शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

गर्भवती अनुष्कालाई व्यायाम गर्न सघाउँदै कोहली

बुधवार , मंसिर १७, २०७७

 

काठमाडौं १७ मंसिर - सन् २०१७ अर्थात् आजभन्दा ३ वर्ष अगाडि बलिउड अभिनेत्री अनुष्का शर्मा र चर्चित क्रिकेटर विराट कोहलीले विवाह गरेका थिए।

हाल कोरोना प्रकोपबीच अनुष्का गर्भवती भएकी छिन्। विराट र अनुष्का दुवैले आफूहरु आगामी जनवरीमा आमाबुबा बन्ने विषय सार्वजनिक गरिसकेका छन्।

गर्भवती हुँदा महिलाले शारीरिक व्यायाम गर्नुपर्छ। यसरी आमा र बच्चा दुवै स्वस्थ हुने चिकित्सकहरु बताउँछन्।

हालै अनुष्काले इन्स्टाग्राममा एक तस्बिर सार्वजनिक गरेकी छिन्। जहाँ उनलाई उनका श्रीमान विराट कोहलीले व्यायाम गर्न सघाइरहेको देख्न सकिन्छ।

इन्स्टा क्याप्सनमा अनुष्काले आफूले अनलाईन आफ्ना योगा गुरुबाट व्यायाम गर्न सिकिरहेको र श्रीमानले अभ्यासमा सहयोग पुर्याएको उल्लेख गरेकी छिन्।

डाक्टरले जस्तो शारीरिक व्यायाम गर्दा पनि शरीरमा असर नगर्ने बताएपछि उनले आफूले अप्ठेरो योग व्यायाम गरेको उनले बताएकी छिन्। तस्बिरमा उनले श्रीसासन गरेको देखिन्छ।

 

ओलीद्वारा बैठकमा नजाने घाेषणा

काठमाडौं १७ मंसिर - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक ति क्ततापूर्ण रुपमा सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच घ म्साघम्सी परेपछि बैठक ति क्ततापूर्ण बनेको थियो ।

महासचिव विष्णुप्रसाद पौडेलको जन्मदिनको केक काटेर शुरु भएको बैठकको शुरुबाटै वि वाद शुरु भएको थियो । सुरुमा ओलीले बैठकको एजेण्डाबारे प्रश्न गरेका थिए । प्रचण्डले सचिवालयमा पेश भएका डकुमेन्टबारे छलफल हुने बताए । तर ओलीले प्रचण्डको ड कुमेन्टमा छलफल गर्न न सकिने अ डान लिए ।

यदि यो डकुमेन्टमाथि छलफल भएमा बैठकको औचित्य नै नहुने ओलीले अडान लिएपछि भने माहौल अर्कै बन्न पुग्यो ।

स्रोतका अनुसार, बैठकमा ओलीले मुलतः चार अ डान राखे । पहिलो, प्रचण्डको प्रस्तावमाथि छलफल हुनै सक्दैन । यो डकुमेन्ट कु ण्ठा र लाञ्छनाले भरिएकाले यसमाथि छलफल नहुने ओलीको अडान थियो ।

दोस्रो, प्रचण्डले मा फी माग्नुपर्छ । नेताहरुमाथि आ रोपप्र त्यारोप गरिएको पत्रहरु समेटेर प्रकाशन गरिएकोमा ओलीले आपत्ति जनाए । लाञ्छनाहरुले भरिएको पत्र पार्टीकै लोगो राखेर प्रकाशन गर्नु पार्टी विधान बिपरीत भएको ओलीको तर्क थियो ।

तेस्रो, अ ल्पमत र ब हुमतको कुरा हुन्न । बहुमतबाट निर्णय गर्ने नियतले बैठक बोलाउने र गलत प्रचार गर्नुले पार्टी एकता कायम रहन सक्दैन, विभाजनलाई बल पुग्छ भन्ने उनको दाबी थियो ।

चौथो, आज (मंसिर १७) बोलाइएको बैठकमा नआउने । स्रोतका अनुसार ओली पक्षले बैठक केही दिन स्थगित गर्न चाहेका थिए । तर अरु नेताहरुले अनौपचारिक सम्वाद पनि गर्ने र बैठक पनि नरोक्ने बताए ।

कार्यकारी अध्यक्ष प्रचण्डले भोलि बुधबार १ बजे बैठक बस्ने बताए । तर ओली त्यस्तो बैठकको के काम भन्दै उठेको एक नेताले बताए । उनी भोलिको बैठकमा नआउने संकेत देखिएको नेताहरुले बताएका छन् ।

‘भोलिको बैठकमा प्रधानमन्त्री जानुहुन्न । कार्य व्यस्तताका कारण बैठकमा बस्न नसक्ने जानकारी दिइसक्नु भएको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने । नेकपाको स्थायी कमिटी बैठक भोलि(मंसिर १८ मा) बोलाइएको छ भने केन्द्रीय कमिटी बैठक मंसिर २५ मा राखिएको छ ।

नेकपा विभाजनकै बाटोमा अघि बढेको हो ? आजको बैठक निर्णायक

काठमाडौं १७ मंसिर - सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विधिवत्रूपमै वि भाजनको बाटोमा अग्रसर भएको छ ।

कात्तिक २८ गतेदेखि पेस भएका कार्यकारी अध्यक्षको प्रस्तावमाथि छलफल गर्ने कि नगर्ने भनेर पार्टी प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच च र्का च र्की परेपछि नेकपा अब फु टको बाटोमा बढेको चर्चा हुन थालेको छ ।

स्रोतका अनुसार मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओलीले दसदिन सचिवालय बैठक रोक्न माग गरेका थिए । तर, बहुमत सचिवालय सदस्यहरूले बैठक रोक्न नहुने र प्रचण्डको प्रस्तावमाथि छलफल गर्नुपर्ने अ डान लिएपछि ओलीले यस्ता बैठकको कुनै औचित्य छैन भनेर उठेको स्रोत बताउँछ ।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार आ जको बैठकमा ओली उपस्थित हुने सम्भावना न्यून छ ।

“भोलि बैठक राख्ने हो भने म उपस्थित हुन भ्याउन्न भनेर प्रधानमन्त्रीले भनिसक्नुभएको छ,” प्रधानमन्त्रीको सचिवालय भन्छ ।

नेकपाका एक सचिवालयले दिएको जानकारी अनुसार आज ओली उपस्थित नभए पनि बैठक भने रोकिने छैन । विधानको धारा ६० अनुसार प्रक्रियाबाट विषयहरू टुङ्ग्याउने र सचिवालयमा पेस भएको सबै दस्तावेज स्थायी कमिटीमा लैजाने पक्षमा बहुमत सदस्यहरू छन् । यसले विधिवत् फाटो ल्याउने नेकपाका नेताहरू बताउँछन् ।

मङ्गलबारको सचिवालय बैठक च र्का च र्कीमा परिणत भएपछि बिहीबारको स्थायी कमिटी अन्यौलग्रस्त बनेको छ । मङ्सिर ३ गते बसेको सचिवालय बैठकले बिहीबारका लागि स्थायी कमिटी र २५ गतेका लागि केन्द्रीय कमिटी तय गरेको थियो ।

तर, आजको सचिवालय बैठकमा ओली उपस्थित नभए स्थायी कमिटी बैठकमात्रै होइन नेकपाकै भविष्य अ निश्चित हुने नेकपाका नेताहरू बताउँछन् । आजको बैठक दिउँसो १ बजे बालुवाटारमा तय गरिएको छ ।

वालुवाटारमा ओली र प्रचण्डबीच भ ना भ न : झण्डै हात हा लाहाल

काठमाण्डौ,१७ मंसिर - सत्तारुढ दल नेकपाको सचिवालयको आजको बैठकको सुरुमै महासचिव विष्णु पौडेलेको जन्मदिनको केक काटिएको थियो । केक काटेर पौडेललाई सबैले जन्मदिनको शुभकामना दिएको तस्वीर सुरुमै बाहिरिएको थियो ।

निकै ति क्ततापूर्ण अवस्थामा बसेको बैठकलाई पौडेलको जन्मदिनको माहोलले शान्त बनाउने अ पेक्षा गरिएको थियो । तर बैठक सुरु नै आ क्रमक बन्न पुग्यो । बैठकको अध्यक्षता प्रचण्डले गरेका थिए । अर्का अध्यक्ष केपी ओलीले बोल्न सुरु गरे र प्रचण्डसँग एजेण्डा सोधे । प्रचण्डले प्रतिवेदनमाथिको छलफल नै एजेण्डा भएको भनेपछि ओलीले प्रचण्डको प्र स्ताव फिर्ता लिनुपर्ने अडान लिए र

तर प्रचण्डले प्रतिवेदनमाथि छलफल नभै निकास नसिस्कने बताए । प्रतिवेदनमाथि छलफल गर्न नचाहेका ओली त्यसपछि प्रचण्डमाथि खनिए । ओलीले प्रचण्डलाई कहाँबाट संचालित हो तपाई भन्दै प्रश्न मात्रै गरेनन्, पार्टी फु टाउनकै लागि एकता गरेको आ रोप लगाए ।

ओलीले आ रोप लगाएपछि प्रचण्ड पनि चुप लागेनन् । ओलीलाई प्रचण्डले गुट बनाउने, भ्र ष्टाचारलाई प्रश्रय दिने र दम्भ देखाउने गरेको आरोप लगाए ।

ओलीले कार्यकारी प्रचण्डको प्रस्ताव लाञ्छनापत्र मात्रै भएको र यसले पार्टीको शाख गिराउने काम गरेको भनाई पनि राखेका थिए । जवाफमा प्रचण्डले ओलीले उ त्तेजित बनाउने गरी बोलेको भन्दै अ सन्तुष्टी व्यक्त गरे ।

केहीबेरको आरोप प्रत्यारोपछि ओलीले प्रतिवेदनमाथि छलफल गर्न इन्कार गर्दै बैठक नै स्थगित गर्न माग गरेका थिए । ओली र दाहालबीच करिब एक घण्टा भनाभन भएपछि सचिवालयका ७ जना सदस्यले प्रतिवेदनमाथिको छलफल अगाडि बढाउनुपर्ने भन्दै ओलीलाई द बाब दिएका थिए ।

सचिवालयका एक सदस्यकाअनुसार बैठक स्थगित गर्नुपर्ने ओलीको मागप्रति विष्णु पौडेल मौन बसे भने बाँकी सबैले छलफल हुनुपर्ने बताए ।

ओलीलाई साथ दिदै आएका ईश्वर पोखरेललेसमेत आज प्रतिवेदनमाथिको छलफल अगाडि बढाउनुपर्ने मत जाहेर गरेपछि ओली द बाबमा परेका थिए । रामबहादुर थापाले पनि ओलीले नै छलफल सुरु गरिसकेकाले अब पछि हट्न नहुने तर्क गरेका थिए ।

बैठकमा वरिष्ठ नेतासमेत रहेका झलनाथ खनालले ओलीलाई तानाशाह निरंकुश बन्न खोजेको आरोप लगाएको ति सदस्यले जानकारी दिए ।

अध्यक्षद्धयबीचको भनाभनले बैठकको वातावरण नै अस्वभाविक बनेपछि खनाल, अर्का वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो भनाई राखेका थिए ।

उनीहरु सबैले ओलीमाथि दबाब सृजना गरेका थिए । ओलीले बैठक नै बोलाउन नहुने अडान लिएपछि पौडेलबाहेकका सदस्यहरुले आपत्ति जनाएका थिए ।

त्यसपछि आज बैठक बस्न ओली तयार भएका थिए ।

आज मंसिर १७ गते बुधबारको राशिफल र मौसम

आज अन्तर्राष्ट्रिय दासता उन्मुलन दिवश परेको छ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजरे ३८ मिनेट देखि ९ बजेर १६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल््नेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन । मनग्ये धन आर्जन होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । कामका लागि गरिएको भ्रमण लाभदायक रहने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – विभिन्न सहयोग र उपहार पाइने छ । आयआर्जन पनि राम्रै होला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । मनपर्ने भौतिक साधन जोड्ने समय छ । नयाँ काम प्रारम्भ गर्न सकिने छ । प्रतिस्पर्धीलाई पछि पार्न सकिने छ । व्यापार तथा कृषिमा मनग्ये धन लाभ हुनेछ । सफलताले उत्साह जगाउनेछ । सानो प्रयत्नले ठूलो काम बन्न सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – हिम्मतले काम बनाउन सकिने छ । ईष्र्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । सानो प्रयत्नले ठूलो फाइदा हुनेछ । दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ । उपलब्धिले थप उत्साह जगाउनेछ । बोलीको भरमा काम सम्पादन हुन सक्छ । तार्किक क्षमताले लाभ र मानसम्मान दिलाउनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन । काममा ढिलासुस्ती हुनसक्छ । अप्रिय समाचारले दुःखी बनाउने छ । पढाइलेखाइमा बाधा पुग्नेछ । व्यापार÷व्यवसायमा सोचेको फाइदा लिन सकिंदैन । लगानी डुब्ने डर हुन्छ । परिवारजनसँगको आत्मीयतामा कमी आउने छ । खर्च बढ्नुका साथै आर्थिक सङ्कटले सताउन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – लगनशील बन्दा पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ । पैत्रिक धनको उपयोगबाट विशेष फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन र प्रसन्नतापनि मिल्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ । आम्दानी बढ्नेछ । दिगो फाइदाका लागि लगानी बढाउन सकिने छ । गरिएका कामको राम्रै मूल््याङ्कन हुनेछ । लगनशीलताले प्रसिद्धि दिलाउन सक्छ । कीर्तिमानी काम गर्ने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – काम गर्दा सोचेभन्दा राम्रो परिणाम प्राप्त हुनसक्ने भाग्योन्नति हुन सक्ने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । दीर्घकालिक विशेष योजनाहरू कार्यान्वयन गर्न सकिने छ । सामाजिक र परोपकारी काममा मन जानेछ । धार्मिक÷सामाजिक काममा सहभागी भइनेछ वा मद्दत लिन चाहनेको सेवा गर्ने अनुकूलता मिल्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – आत्मबल र हिम्मत बढाएर काम गर्न सके आजको दिनलाई राम्रो बनाउन सकिने छ । गरेको कामबाट सन्तोषजनक परिणाम प्राप्त हुनेछ । सामाजिक र पारमार्थिक काममा झुकाव बढ्ने छ । नयाँ कामको जिम्मेवारी प्राप्त हुनेछ । दूरदराजम आफन्तसँग आत्मीयताबढ्ने छ । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – जीवनशैलीमा परिवर्तन आउन सक्छ । प्रेम वा मित्रताको बन्धन कसिनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । दाम्पत्य जीवन रमाइलो रहने छ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यवसायमा लाभ लिने समय छ । आम्दानी प्रशस्तै बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन । मिहिनेत र परिश्रमको बलले धेरैको मन लोभ्याउने उपलब्धि आर्जन हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)– रकम तथा भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । कामको चापबाट फुर्सद पाइने छ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन । यात्रा गर्ने अवसर जुट्नुका साथै आतिथ्यता प्राप्त होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ । आफनो क्षेत्रमा अधिकार जमाउन सकिने छ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय आएको छ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ । सन्तति वा आफ्नो प्रतिभा प्रदर्शन गरी प्रशंसा तथा प्रसिद्धि पाउने समय छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ । महत्वाकाङ्क्षी योजना फलीभूत होलान । पढाइलेखाइमा प्रगति हुनेछ । हडबड गर्दा काम दोहोर्याउनु पर्ने स्थिति आउन सक्छ । महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्न समय पर्खंदा राम्रो हुनेछ । प्रयत्न गर्दा विशेष काम गर्ने वातावरण तयार हुनेछ । व्यवहारले अरूको विश्वास जित्न सकिने छ ।

वि.सं.२०७७ साल मंसिर १७ गते । बुधबार । ईश्वी सन् २०२० डिसेम्बर ०२ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर कृष्णपक्ष । तिथि–द्वितीया,२६ घडी २२ पला,बेलुकी ०५ बजेर १२ मिनेट उप्रान्त तृतीया । नक्षत्र–मृगशिरा,०९ घडी ३७ पला,बिहान १० बजेर ३० मिनेट उप्रान्त आद्रा । योग–साध्य,१३ घडी ०४ पला,बिहान ११ बजेर ५३ मिनेट उप्रान्त शुभ । करण–गर,बेलुकी ०५ बजेर १२ मिनेट उप्रान्त वणिज,रातको ०५ बजेर ३४ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३९ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट । दिनमान २६ घडी ०८ पला । विश्व दासता उन्मुलन दिवस ।

तपाईको दिन शुभ रहोस् ।

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार

मौसम विश्लेषण :- उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन ।

हालको मौसमको अवस्था : –हाल पूर्वी पहाडी भूभागका केही स्थानहरूमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो :–बागमती र प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

आज राती :- गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया