सिन्धुलीको दुधौली नगरपालिकास्थित कमला नदीमा माछा मार्न जाल खेल्दै स्थानीय दनुवार समुदायका व्यक्ति ।
सिन्धुली,१७ मंसिर – सिन्धुली जिल्लाको दुधौली नगरपालिका–४ निवासी ३९ बर्षिय वर्षीय शम्भु दनुवारको हातमा माछा मा र्ने जाल र माछा हाल्ने बाँसको फुर्लुङ सधै देख्न पाईन्छ ।
जीवनको झण्डै दुई दशक परिवारको गु जरा चलाउन यसरी नै कमला नदीमा माछा मार्दै आएको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘हरेक दिन मेरो दिनचर्या कमला नदीमा नै बित्छ । बिहान घामको झुल्कोसँगै कमला नदीमा जाल र फुर्लुङ लिएर गयो । साँझ फर्किने बेलासम्म दुई /अढाई किलोसम्म माछा मा रिन्छ । त्यसैबाट मेरो पाँच जनाको परिवारको गु जरा चल्दै आएको छ ।’
दिनभरी मारेको माछा बिक्री गर्ने बजार भने स्थानीय डकाहा बजार र गाँउघर रहेको उहाँले जानकारी दिनुभयो । प्रतिकेजी पाँच सयका दरले बिक्री हुने गरेको उहाँको भनाई छ । अन्य पेसा र व्यवसायभन्दा राम्रो आम्दानी हुने भएपछि शम्भुले माछा मार्ने पेसा रोजेको बताउनुभयो ।
उहाँकै शब्दमा, “अन्य पेसाभन्दा सजिलो, लगानी गर्न नपर्ने र राम्रो मूल्यमा बिक्री हुने भएपछि बिगत १९ वर्षदेखि माछा मारेरै परिवारको गुजारा चलाउन थालेको हुँ । हिजो आज पेसा र व्यवसाय भनेकै माछा मार्ने भएको छ ।” सोही ठाँउका अर्का मित्रलाल दनुवारको दिनचर्या पनि शम्भुको भन्दा कम छैन ।
मित्रलालले आफ्नो बाउबाजेले पनि माछा मारेरै जीविका चलाएको सुनाउनुभयो । “बिहान घामको झुल्कोसँगै हातमा जाल र कम्बरमा फुर्लुङ लिएर कमला र चदाहा नदीमा पस्ने गरेको छु । बाउ बाजेको पेसा पनि पहिला यस्तै थियो । अहिले लोकल माछाको माग पनि बढ्न थालेको र राम्रो मूल्यमा बिक्री हुने भएपछि मैले पनि यही व्यवसाय थालेको हुँ”, उहाँले थप्नुभयो ।
स्थानीयका अनुसार कमलाखुँज क्षेत्रका दनुवार समुदाय माछा खान अति मनपराउने भएकाले पनि उनीहरू माछा मार्ने पेसा रोज्छन् । शम्भु र मित्रलाल जस्तै कमलाखुँजका अन्य सयौं दनुवार दैनिक माछा मारेर राम्रो आम्दानी लिइरहेका छन् । उनीहरू धेरै जसोले मारेको माछा बिक्री गरेर नगद आर्जन गर्ने गरेका छन् भने केहीले तरकारीका रूपमा प्रयोग गर्दै आएका छन् ।
माछाकै आम्दानीले नुन भुटुनको जोगो गर्ने गरेको र छोराछोरीको पढाइ खर्चदेखि औषधोपचार पनि टर्ने गरेको पेसामा संलग्न दनुवारहरु बताउछन् । दुधौली नगरपालिकामा दनुवार समुदायको बाक्लो बसोबास छ । पुस्तौंदेखि दनुवार समुदाय माछा मारेर बाँसका मान्द्रा, डोकाडालो लगायत सामग्री बुनेर बिक्री गर्दै जीविका चलाउने गरको दुधौली नगरपालिका–२ निवासी शिक्षक हेम अधिकारीले जानकारी दिनुभयो ।
अहिले कमला नदीमा पहिला जस्तो माछा भने नभएको पेसामा संलग्न दनुवारहरुको गुनासो छ । व्यवसायी शम्भु भन्नुहुन्छ, ‘करेन्ट लगाएर माछा मार्न थालेपछि यस्तो अवस्था आएको हो । पहिले दुईदेखि चार किलोसम्म माछा मार्न सकिन्थ्यो, तर अचेल एकदेखि दुई किलोसम्म मार्ने गरेका छौ ।
व्यावसायिक रुपमा माछा मार्न जाल प्रयोग गर्ने भएपनि कहिले कही मात्र माछा मार्नेले करेन्ट लगाएर र विषादी प्रयोग गर्नाले माछामा कमी हुदै आएको उनीहरूको गुनासो छ ।