पछिल्लो समयमा समाजमा अ पाङ्ग व्यक्तिलाई हेर्ने दृ ष्टिकोण फरक हुदै गएको छ । अपांगता कसैको पनि रहर होइन, यो त बा ध्यात्मक अवस्था हो । जन्मजात वा बिरामी, दु र्घटनाजस्ता कारणले व्यक्तिमा अ पांगता हुन्छ । अपांगता शरीरको खास अं गको दु र्बलता हो जसले सबलांग व्यक्तिको जसरी काम गर्दैन । व्यक्ति अपांग हुँदा उसको अपांगता भएको अंग दुर्बल हुन्छ वा राम्रोसँग काम गर्दैन तर अपांगता भएका व्यक्तिहरू सांग व्यक्तिको भन्दा फरक ढंगले काम गर्न सक्षम हुन्छन् । अपांगता भएका व्यक्तिहरू आफ्नो समाजलाई मात्रै होइन विश्वलाई नै चकित पार्ने सिर्जशील भएका धेरै उदाहरण छन् । त्यसैले, अपांगता भएका व्यक्तिलाई अक्षम होइन ‘फरक क्षमताका व्यक्ति’ मान्न थालिएको छ । अर्थात्, अपांग होइन– फरक क्षमता । नेपालमा २०६८ सालको जनगणनाअनुसार २ प्रतिशत मानिसमा अपांगता छ ।
अपांगता भएका व्यक्तिका लागि अनेक कठिनाइहरू छन् । भौतिक संरचनाहरू अपांगताअनुकूल छैनन् । शिक्षण संस्थाका कक्षाकोठाहरू अपांगता अनुकूल छैनन् । शौचालयको अवस्था निकै नाजुक छ । सार्वजनिक शौचालय बनाउँदा उभिन नसक्ने, बस्न नसक्ने जस्ता अपांगता भएका व्यक्ति पनि आउँछन् भन्ने ख्याल गरिएको छैन । अपांगता भएका धेरै बालबालिका विद्यालय बाहिर छन् । अनुकूल भौतिक संरचना र आवश्यक शिक्षण सामग्रीको उपलब्धता कमजोर भएकाले भर्ना भए पनि छाड्ने दर उच्च छ । सामाजिक विभेद भोग्नुपरेको छ यद्यपि यो घट्दो क्रममा छ ।
अपांगता भएका व्यक्तिहरूको नैसर्गिक अधिकारका लागि नेपालले पनि प्रयास गरेको छ । अपांगता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐन छ, समावेशी शिक्षानीति छ । स्थानीय सरकार सञ्चालन ऐनमा अपांगता भएका व्यक्तिको शिक्षा, पुनस्र्थापना र सामाजिक सुरक्षाका लागि स्थानीय तहलाई जिम्मेवार बनाएको छ । अपांगता भएका व्यक्तिहरूले पनि क्षमता देखाउन सक्छन्, उनीहरूलाई अवसर दिनुपर्छ भन्ने मान्यता विकास हुँदै गएको छ । यति हुँदाहुँदै पनि कृष्टिकोण अझै फराकिलो हुन सकेको छैन । अवसर दिनेभन्दा पनि दया देखाउने प्रवृत्ति छ । सार्वजनिक सवारीसाधनमा अपांगता भएका व्यक्तिहरूले सास्ती भोग्नु परेको छ । भौतिक संरचनाहरूमा अपांगता भएका व्यक्तिहरूको सुविधालाई ध्यान नदिँदा उनीहरूको दैनिक जीवन कष्टकर हुने गरेको छ ।