शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

अपने २’ मा अभिनेता धर्मेन्द्रको तीन पुस्ता

मंगलवार , मंसिर १६, २०७७

काठमाडौं १६ मंसिर – देओल परिवारले फेमिली ड्रामा फिल्म ‘अपने’ को सिक्वेल निर्माण गर्ने घोषणा गरेको छ । बलिउड अभिनेता धर्मेन्द्रले एक ट्विट गर्दै यसको जानकारी दिएका हुन् । उनले ट्विटरमा लेखेका छन्, ‘सबै शुभचिन्तकहरुको आर्शिवादका कारण ‘अपने २’ लिएर आउँदैछौं ।’ ‘अपने’ सन् २००७ मा रिलिज भएको थियो । फिल्ममा धर्मेन्द्र र उनका दुई छोरा सनी देओल र बबी देओल लिड रोलमा थिए ।

‘अपने २’ मा देओल परिवारका तीन पुस्ता धर्मेन्द्र, सनी देओल, बबी देओल र सनीका छोरा करण देओलको मुख्य भूमिका रहनेछ । पहिलो पटक देओल परिवारको तीन पुस्ताले फिल्ममा एकसाथ काम गर्न लागेको हो । करण देओलले गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘पल पल दिल के पास’ बाट बलिउडमा डेब्यू गरेका थिए । अब उनले दोस्रो फिल्मको रुपमा ‘अपने २’ गर्न लागेका हुन् ।

अनिल शर्माको निर्देशनमा बन्ने फिल्मको प्रदर्शन मिति पनि घोषणा गरिएको छ । यो फिल्म २०२१ को दिपावलीमा प्रदर्शनमा आउनेछ । बक्सअफिसमा असफल भएको ‘अपने’ लाई दर्शकले भने रुचाएका थिए । यसको सिक्वेलमा नयाँ पुस्ताको इमोसनलाई देखाइने निर्देशक शर्माले बताएका छन् । देओल परिवारको तीन पुस्तालाई एउटै फिल्ममा हेर्न निकै रोचक हुने देखिन्छ ।

यस्तो छ आजको विदेशी विनिमयदर

काठमाडौं १६ मंसिर – मंगलबार अमेरिकी डलरको भाउ स्थिर र युके पाउण्डको भाउ बढेको छ। आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ १९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ ७९ पैसा तोकिएको छ ।

त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५७ रुपैयाँ ४१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५८ रुपैयाँ २१ पैसा तोकिएको छ। एक कुवेती दिनारको खरिददर ३ सय ८६ रुपैयाँ ७७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८८ रुपैयाँ ७४ पैसा तोकिएको छ ।

त्यस्तै एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ५१ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ६७ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ४५ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ६२ पैसा तोकिएको छ । त्यस्तै कोरियन एक सयको खरिददर १० रुपैयाँ ६८ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ७३ पैसा तोकिएको छ ।

 

भिआइपीहरु नै अ सुरक्षित हुने कस्तो सु रक्षा खतरा ?

काठमाडौं १६ मंसिर – आज दिउँसो १ बजे बस्ने भनिएको नेकपा सचिवालयको बैठक सु रक्षा ख तराको कारण देखाउँदै धुम्बाराहीबाट पुनः बालुवाटार सरेको छ । बैठक सार्ने सन्देशको जवाफमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘अस्ति सर्वसम्मत निर्णय भएको बैठकस्थल पार्टी कार्यालयबाट सार्ने कुरो कदापी मान्य हुँदैन ’ भन्ने जवाफ दिनुभएको बताइन्छ ।

त्यसपछि दोहोर्याएर धुम्बाराहीमा बैठक राख्दा राजावादीहरुबाट हो-ह ल्ला,जु लुस र सु रक्षा ख तराको संकेत देखिएकोले बैठकस्थल सार्नैपर्ने जरुरी सन्देश खुमलटारलाई दिइएको निकटस्थहरूले बताएका छन् । अर्का अध्यक्ष दाहालले ‘कसलाई आ क्रमण गर्ने योजना रहेछ र ?’ भन्ने जिज्ञासा राखेपछि बालुवाटारको तर्फबाट ‘त्यसबारे सबै जानकारी गृह मन्त्रालयसँग रहेको ज वाफ प्राप्त भएको बताइन्छ ।’

स्रोतका अनुसार राष्ट्रिय अ नुसन्धान विभागले दिएको रि पोर्टको हवाला दिदै गृहमन्त्रीले समेत ‘ग म्भीर सु रक्षा थ्रेट’ रहेको बताएका थिए । त्यसैलाई आधार मान्दै आज दिउँसो धुम्बाराहीस्थित पार्टी मुख्यालयमा हुने भनिएको सचिवालय बैठक पुनः बालुवाटारमै हुने भएको हो ।

यसबाट सरकारले आफ्नै दलको राजधानीमा आयोजना गरिएको सचिवालय बैठकस्थल र नेताहरूको समेत सु रक्षा दिन न सक्ने वा नसकेको अर्थ लाग्न गएको छ । सरकार मुलुकको प्रधानमन्त्री,पूर्व प्रधानमन्त्री,सत्तारुढ दलका शीर्ष नेता र पार्टी कार्यालयको समेत सु रक्षा दिन नसक्ने अवस्थामा पुगेको देखिएकाले अब सर्वसाधारणको जीउधनको सु रक्षा पशुपतिनाथबाहेक अरुले गर्न नसक्ने भन्दै सरकारको आ लोचना समेत शुरु भएको छ ।

उच्च स्रोतका अनुसार बालुवाटारले आफ्नो प्रवृत्तिलाई दो होर्याउँदै बैठक सारेको हो । स्रोतको दाबी छ ‘आफ्नो अनुकूल गराउन बालुवाटारले राजावादीहरूको जु लुस र बि रोध कार्यक्रमलाई देखाउँदै ‘उ च्च सु रक्षा थ्रेट’ को बि ल्ला भि राएर बैठक स्थल सारिएको हो ।’ यसअघि पेरिसडाँडामा भएको बैठकमा प्रधानमन्त्रीले आफूलाई भ र्याङ् उक्लिन गाह्रो भएको बताएपछि पुनः बालुवाटारमा बैठक राखिएको थियो भने,धुम्बाराहीमा बोलाइएको आजको बैठक ‘उच्च सु रक्षा थ्रे ट’ लाई अघि सारेर फेरि सरकारी निवासको करेसामै लगिएको छ । त्यहिँ पनि पहिलेका कतिपय बैठकमा उहाँ अनुपस्थित वा क्षणिक उपस्थित मात्रै हुँदै आउनुभएको थियो ।

जन आस्थाबाट साभार

प्रधानमन्त्री ओली पनि टिकटकमा

प्रधानमन्त्री केपी शर्मा ओलीको पनि टिकटक एकाउन्ट सञ्‍चालनमा आएको छ । युवापुस्तामा लोकप्रिय बनिरहेको भिडियो सेयरिङ एप टिकटकमा प्रधानमन्त्रीले आइतबार एकाउन्ट खोलेका हुन् । उनले आइतबार ‘केपी शर्मा ओली अफिसियल’ नामक टिकटक एकाउन्ट खोलेका हुन् । उनको एकाउन्ट भेरिफाइड समेत भइसकेको छ । ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रविधि विज्ञहरुसँग अकाउन्ट बनाउनेबारे छलफल भएको बताए ।

यो एकाउन्ट भेरिफाइडसमेत भइसकेको छ । प्रोफाइलमा प्रधानमन्त्रीको फोटो भने राखिएको छैन । अहिलेसम्म एउटा मात्र भिडियो पोष्ट भएको अकाउन्टलाई २६ सय जनाले फलो गरेका छन् ।‘टिकटकमा पनि एकाउन्ट खोल्ने कुरा भएको थियो, तर यसबारेमा मलाई विस्तृत जानकारी भएन, प्राविधिक सल्लाहकारहरुलाई थाहा हुनुपर्छ,’ थापाले भने । प्रम ओलीको टिकटक एकाउन्टमा अहिले एउटा मात्रै भिडियो हालिएको छ ।

पहिलो भिडियोका रुपमा प्रधानमन्त्री ओलीले गरेको भाषणको एउटा अंश पोष्ट भएको छ । यसलाई झण्डै दुई लाखले हेरिसकेका छन् । यसमा १३ हजारभन्दा बढी लाइक्स, ३ सयभन्दा बढी कमेन्ट आएका छन् । उक्त भिडियोलाई अहिलेसम्म २ सय ३२ जनाले सेयर गरेका छन् ।

यसरी हुँदैछ जापानका राजकुमारकी छोरीको विवाह सामान्य युवकसँग

एजेन्सी । जापानका राजकुमार फुम्हिटोले आफ्नी छोरी माकोलाई उनका प्रेमी केई कोमुरोसँग विवाह गर्न अनुमति दिएका छन् । राजकुमारी माकोले सन् २०१८ मै आफ्ना कलेजका साथी कोमुरो बिहे गर्ने तयारी गरेकी थिइन् । माकोले सन् २०१७ मै कोमुरोसँग एकअर्काबीच विवाह गर्ने घोषणा गरेकी थिइन् । विवाह ढिलो हुनुको कारण कोमुरो शाही परिवारभन्दा बाहिरका हुनु र उनको परिवारको आर्थिक समस्या मुल कारण भएको बताइएको थियो । यद्यपि, यो विषयलाई पछि राजपरिवारले अस्वीकार गरेको थियो ।

अर्कोतर्फ क्योडो न्युज एजेन्सीका अनुसार नरेश नरुहिताका कान्छा भाई राजकुमार फुम्हिटोले विवाहअघि आर्थिक मामिलाहरु मिलाउन आग्रह गरेका थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुका अनुसार फुमिहितोले भनेका थिए, ‘यो मुद्दालाई तत्काल सुल्झाउन आवश्यक छ, ताकि मानिसहरुले यो विवाहलाई स्वीकार गर्न सकुन् । मलाई लाग्छ, धेरै मानिसहरु उनीहरुको विवाहसँग सहमत छैनन् । मानिसहरु यससँग खुसी छैनन् ।’

क्यादो न्युज एजेन्सीका अनुसार राजकुमारी माका प्रेमी कोमुरोले गर्त वर्ष आफ्नो परिवार आर्थिक समस्यामा थियो भन्ने कुरालाई अस्वीकार गरेका छन् । हाल उनी अमेरिकाको न्युयोर्कको फोडम युनिभर्सिटीमा कानूनको अध्ययन गरिरहेका छन् । अहिले भने राजकुमारले विवाहको प्रस्तावलाई अनुमोदन गरेका छन् ।

थुप्रै वि वादहरुका बीच उनी राजकुमारी माकोको विवाह गर्न सहमत भएका हुन् । राजकुमार फुम्हितोले भनेका छन्ः ‘जापानको संविधानअनुसार विवाहमा दुलाहा–दुलहीको सहमति आवश्यक छ ।’ उनले छोरीको यही इच्छा हो भने आफुले उनको निर्णयको सम्मान गर्ने बताएका छन् । राजकुमारी माको जापानका क्राउन प्रिन्स फुमिहितो र प्रिन्सेस किकोकी जेठी छोरी हुन् ।

कोमोरासँग विवाह गरिएपछि माकोको शाही दर्जा हटाइनेछ । यद्यपी, यी दुईको विवाह कहिले हुन्छ भनेर अहिले नै स्पष्ट भैसकेको छैन । यद्यपि, स्थानीय मिडियाहरुले भने राजकुमारी माकोले पछिल्लो महिनाको सुरुमा विवाह गर्ने इच्छा व्यक्ति गरेकी थिइन् ।एजेन्सी

रातोपाटीबाट साभार

आज मंसिर १६ गते मंगलबारको राशिफल र मौसम

बि.सं.२०७७ साल मंसिर १६ गते मंगलबार ई. सं. २०२० डिसेम्वर १ नेपाल सम्बत ११४१ कछलागा पारु, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्ग कृष्ण प्रतिपदा, चन्द्रमा वृष राशिमा ९:४८ सम्म त्यसपछि मिथुन राशि हुनेछ । , रोहिणी नक्षत्र ८ः४३ सम्म त्यसपछि मृगशिरा नक्षत्र हुनेछ ।, सिद्ध योग ११ः१७ सम्म त्यसपछि साध्य योग , कौलव करण ५: ७ मिनेटसम्म त्यसपछि गर करण हुनेछ ।

नेपालमा सूर्योदय बिहान ०६: ३८ बजे, सूर्यास्त साँझ ५;९ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज विश्व एड्स दिवश परेको छ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजरे ३४ मिनेट देखि १ बजेर १२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । भूमि र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ होला । स्वास्थ्य कमजोर रहनाले जोसजाँगरमा कमी आउनेछ । पठनपाठनमा समय दिन नसकिएला । न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिनेछ । कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ । कीर्तिमानी काम सम्पादन होला । काममा सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले चुनौती समेत सामना गर्नपर्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– आज सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषि कर्म र व्यावसायिक काममा फाइदै होला । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । टाढाको यात्रा हुने पनि देखिन्छ । आफन्तबाट टाढिनुपर्ने समय छ । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ उठाउन सकिनेछ । पढाइलेखाइमा सामान्य प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । श्रमको उचित मूल्य नमिल्न सक्छ । सोचेभन्दा कमै फाइदा मिल्नेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । मनग्य धन आर्जन हुनेछ । आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ । सर सापटमा धन खर्च हुने समय छ । भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । आयआर्जन राम्रै हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने देखिन्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– स्वादिष्ट भोजनको आनन्द पाइएला । पहिलेको सफलताले थप हौसला जगाउनेछ । ब्यवसायमा प्रशस्तै लाभ हुनेछ । भाग्योन्नतिको समय छ । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ । अरूको भर पर्दा धोका हुन सक्छ । परिस्थिति अनुसार चल्न नसक्ता दुःख पाइनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा भर नपर्नुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सम्पादन हुनेछ । पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ । आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला । प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– सुन्दर पहिरनले व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । रमाइलो जमघटको अवसर पनि प्राप्त हुने देखिन्छ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ । कामबाट फुर्स्दिलो भइनेछ भने अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– मेहनतले सम्मानित स्थान दिलाउनेछ । नचिताएको ठाँउबाट धन आर्जन हुनाले मन हर्षित होला । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । व्यापार व्यवसायमा लाभ हुनेछ । व्यवसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ ।

तपाईको दिन शुभ रहोस् ।

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार

मौसम विश्लेषण :- उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन ।

हालको मौसमको अवस्था : – हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो :– देशभर मौसम सामान्यतया सफा रहनेछ ।

आज राती :- गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

मंसिर १४ गते आईतबार देखि मंसिर २० गतेसम्मको साप्ताहिक राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :– हप्ताको सुरु र अन्तको समय राम्रो रहेकोले व्यापार व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुँनेछ । सवारि साधन तथा अन्य भौतिक सम्पतिहरु लाभ हुँनेछ । पढाई लेखाईमा सुधार हुँने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउँनेछ । राजनिति तथा समाजसेवामा समय खर्चिनेहरुका लागि समय उत्तम रहेकोछ । नयाँ ठाउँबाट प्रेम प्रश्ताब आउँने तथा पुराना प्रेम सम्बन्धहरुलाई बिबाहमा परिणत गर्ने सहमति जुट्नेछ । मंगलबार दिउँसोबाट बिहिबार सम्मको समय मध्ययम रहेकोले सरकारी सेवामा रहि काम गर्नेहरुले नियम सँगत काम नगर्दा दण्ड तथा जरिवाना तिुर्ने पर्ने हुँन सक्छ । स्वास्थ्यको ख्याल गर्नुहोला औषधि उपतार खर्च बढेर जाने योग रहेकोछ । तापनि बैदेशिक व्यापार फस्टाएर जानेछ भने लामो दुरिको विदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) :– बृष राशि हुँने हरुका लागि यो हप्ता मध्ययम समय रहेकोछ । जानकारिको अभावले कामहरु बिग्रनेछ भने आलोचनाको शिकार होईनेछ । आर्थिक पक्ष कमजोर रहने तथा यहि बेलामा व्यापार व्यावसायमा मन्दि आउनेछ । आम्दानि भन्दा खर्च अधिक हुने हुनाले रुपैया पैसाको व्यावस्थापन गर्न गाह्रो पर्नेछ । पढ्ने लेख्ने काममा खासै मन नजादा हरुभन्दा पछि परिनेछ । माया प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ । राजनिति तथा समाजसेवामा जनताको काम गर्न नसक्दा मान सम्मान पाउने योग टरेर जानेछ । प्राकृतिक स्रोत साधन तथा पैत्रिक सम्पतीको प्रयोग गर्दा ध्यान दिनुहोला बिवादमा फस्ने योग रहेकोछ । हप्ताको अन्ततिर स्वास्थ्यमा समस्या आई खर्च बढ्नेछ । तापनि विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर काम गर्नेहरुका लागि समयले साथ दिनेछ । कुटनिति तथा पराराष्ट्र सँग सम्बन्धित क्षेत्रमा काम गर्नेहरुका लागि समयले साथ दिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :– हप्ताको शुरु र अन्तको समय उत्तम रहेकोले आकस्मिक धन सम्पति प्राप्त हुँनेछ भने नसोचेका सम्पति हात लाग्ने योग रहेकोछ । समस्याहरुको सजिलै समाधान गरि उपलब्धिमुक कामहरु गर्न सकिनेछ । अध्ययन अनुशन्धानमा सोचेभन्दा राम्रो प्रगति हुँने तथा नयाँ कुरा पत्ता लगाउँन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि बाट भनेजस्तो प्रतिफल प्राप्त हुँनेछ । धार्मिक क्षेत्र तथा मन्दिरतिरको यात्राको तय गर्न सकिनेछ । मंगलबार दिउँसोबाट बिहिबार सम्मको समय मध्ययम रहेकोले कार्य क्षेत्रमा अरुको नकारात्मक टिका टिप्पणिले समस्या पैदा हुँनेछ भने खुट्टा तान्नेहरु हावि हुँनेछन् । व्यापारमा मन्दि आउँनेछ भने नोकरिमा दुर्गम स्थानमा स्थानान्तरणको सम्भावना रहेकोछ । प्रेममा नजिक हुँने समय रहेपनि एक अर्काको भावनालाई कदर गर्न नसक्दा टाडिनु पर्ने बाध्यता आउँनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :– हप्ताको शुरु र अन्तको समय मध्ययम रहेकोले आफन्त तथा दिदि बहिनि सँग साना कुरामा राय बाजिनेछ भने घमण्ड गर्ने बानिले आफैलाई समस्या पार्नेछ । आर्थिक मुद्दाहरु हल हुनुको सट्टा थप जटिल बन्नेछ । बोलिमा रुखोपना बढि आउँने हुदा आफन्त तथा साथिभाईहरु टाडिनेछन् । भौतिक सम्पति प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरुको सामना गर्नु पर्नेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुँनेछ । नसोचेको धन तथा सम्पति प्रयोग गर्न पाईने हुदा मन प्रशन्न रहनेछ । मंगलबार दिउँसोबाट बिहिबार सम्मको समय उत्तम रहेकोले कल्याणकारि तथा तारिफयोग्ग काम गरि चर्चामा आउँन सकिनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो प्रयत्नले ठुला कामहरु बन्नेछन् । धर्म तथा अध्यात्मिक क्षेत्रमा ध्यान जाने हुँनाले धार्मिक प्रतिष्ठान वा मन्दिर तिरको यात्रा हुँनेछ । दाजुभाई तथा जीवन साथि सँगको सम्बन्ध थप सुदृड हुँनेछ । लेखन कलाको माध्ययबाट आफ्ना बिचारहरु मनमानसमा लैजान सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्न सक्छ ध्यान दिनुहोला । समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ भने सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला । सरकारि तथा प्रशासनिक कामहरु गर्दा ध्यान दिनुहोला दण्ड जरिवाना तिर्नुपर्ने हुँन सक्छ । आफन्त तथा चेलि माईति बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेकोछ सचेत रहनुहोला । हप्ताको अन्त तथा शुक्रबार र शनिबारको समय उत्तम रहेकोले समयले साथ दिने हुँदा सानो प्रयत्नले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । धर्म तथा धर्म बिश्तारको लागि समय दिनु पर्नेछ भने सस्कार परिवर्तनमा तपाईको भुमिका महत्वपुर्ण हुँनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । प्रशासनिक क्षेत्रमा तपाईको उच्च स्तरको सहभागिता रहनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) :- समय मध्ययम रहेकोले मौषमि रोगको प्रकोपले समस्या निम्त्याउनेछ भने हाड जोर्निहरुमा समस्या आउँन सक्छ ध्यान दिनुहोला । सवारि चलाउदा ख्याल गनुहोला चोटपटक तथा दुर्घटना हुँने योग रहेकोछ । कुनै पनि विवादित बिषयमा सामेल नहुँनु नै राम्रो रहेकोछ भने न्ययिक निर्णयहरु तपाईको पक्षमा आउँने छैनन् । प्रेममा रमाउँने हरुका लागि केहि मनमुटावको सिर्जना भएपनि अन्तत एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । समयको अध्ययन नगर्दा रोग,ऋण तथा संकटको सामना गर्ने पर्ने हुँन सक्छ । व्यापार व्यावसायमा अलि बढि समय दिन सके प्रशस्त आम्दानि हुँनेछ । अध्ययन अध्यापनमा भने मेहनेत गरे अनुशारको फल प्राप्त हुँनेछ । आफन्तत तथा अग्रजहरुको सकारात्मक सल्लाहलाई आम्तसाथ गर्दै अगाडि बढ्नु होला गन्तव्य पहिल्याउँन सहज हुँनेछ । हप्ताको अन्तमा लामो दुरिको यात्रा हुँनेछ भने नसोचेको धन तथा सम्पति हात लाग्ने योग रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,त) :- हप्ताको शुरु र अन्तको समय उत्तम रहेकोले आफ्नो ज्ञानलाई सहि समयमा प्रयोग गर्न सकिने हुदा चुनौति पन्छाएर काम बनाउँन सकिनेछ । बौद्धिकताको प्रतिष्पर्धामा तपाईकै जित हुँनेछ भने भनेजस्तो पारिश्रमिक पाउँदा मन प्रफुल्लित हुँनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पति पाउने योग रहेकोछ । शिक्षा तथा शिक्षा पेशाबाट भनेजस्तो लाभ लिन सकिनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम गर्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सहज मार्गमा बित्नेछ । आर्थिक स्थिति मजभुत हुने तथा व्यापार व्यावासायमा मनग्गे आम्दानि हुनेछ । लामो दुरिको मनोरञ्जानात्मक यात्राको तय गरि भरपुर रमाउन सकिनेछ । भौतक बस्तु तथा बिलाशि सामानको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । मंगलबार दिउँसोबाट बिहिबार सम्मको समय मध्ययम रहेकोले कुनै पनि विवादमा सामेल नहुनुहोला तपाईको पक्षमा फैसला नहुँन सक्छ । आफन्त तथा अग्रज सँग सन्तुलित व्यावहार गर्नुहोला अनाबश्यक विवाद हुँने योग रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) :– आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाब पाईने हुँनाले सुधारात्मक काम गर्न सहयोग हुँनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रो आम्दानि हुँनेछ । समाजिक काममा समय दिनु पर्नेछ भने तपाईको काम देखि सबै खुसि हुनेछन् । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले राज्यबाट पद प्राप्तीको गतिलो योग रहेकोछ । सवारि साधनको व्यापार व्यावसाय सुरु गर्दा भनेजस्तो नाँफा कमाउँन सकिनेछ । पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुँनाले आफन्त हरु खुसि हुँनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाईलो यात्रा हुँनेछ । हप्ताको अन्ततिर समय मध्ययम रहेकोले मुद्दा मामिला तथा यस्तै क्रियाकलापमा सामेल नहुँनु नै राम्रो रहेकोछ । आफन्त तथा कुटुम्बसँग मनमुटाब बढ्ने योग रहेकोछ । सत्रुहरुले टाउको उठाउँन खोज्नेछन् ध्यान दिनुहोला । तपाईको कामबाट अरुले फाईदा लिन खोज्नेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- सोमबार सम्मको समय मध्ययम रहेकोले पारिवारिक असमझ्दारिले कामहरु गर्न केहि कठिनाई हुनेछ भने दाजुभाई सँग बिवाद बढ्ने योग रहेकोछ । कुनै पनि काम गर्नको लागि गरिने यात्रा कष्टप्रद हुन सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । मंगलबारबाट समय उत्तम रहेकोले मेहनेतले प्रतिष्ठित काम गर्ने अवसर जुराउँनेछ । कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे धन तथा सम्पति कमाउँन सकिनेछ राजनिति तथा समाजसेवामा समय व्यातित गर्नेहरुका लागि समयले साथ दिनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजाका साथ तपाईको नाम एक कदम अगाडि आउनेछ । सन्तान तथा छोराछोरिले प्रगति गर्ने हुनाले मन प्रशन्न रहनेछ । शेयर बजार तथा बैकिङ क्षेत्रमा गरेको लगानिबाट भनेजस्तो आम्दानि हुँनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने जीवन साथिले तपाईको काममा सहयोग गर्ने हुदा समयमानै काम सकाउन सकिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :– व्यापार व्यावसायमा प्रसस्त नाँफा कमाउँन सकिनेछ भने लगानि गर्ने बाताबरण बनाउँन सकिनेछ । समयमा कामहरु सम्पन्न हुँने तथा अरुको काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानि गर्दापनि सकारात्मक नतिजा हात लागि हुँने ग्रहयोग रहेकोछ । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ । गीत संगित तथा कला साहित्यमा समय दिनेहरुले मनग्गे लाभ लिन सक्नेछन् । कामहरु समयमा नै सम्पन्न हुँने हुँनाले थप काम गर्न जोस जागर बढेर आउँनेछ । तापनि यात्रा गर्दा ध्यान दिनुहोला गन्तव्य पहिल्याउँन गाह्रो पर्नेछ । दाजुभाई सँग सानो सानो कुरामा विवाद हुँने तथा आमा सँग टाडिएर लामो दुरिको यात्रा हुँनेछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जाने हुँनाले आर्थिक अवस्था सुदृड हुँनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :– प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखि रहनेछ । पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । बिभिन्न अवसरले पछ्याउँनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुँने हुँदा आफन्तहरु खुसि हुँनेछन् । सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ । उत्तम बस्त्र,मनपर्ने भोजन तथा बिशेष उपाहार प्राप्तिको योग रहेकोछ । आफन्त साथिभाई तथा कुटुम्बबाट आउँने सुखद समाचारले मन प्रशन्न हुँनेछ । व्यावसाय फस्टाएर जानेछ भने बिशेष गरि होटल तथा रेष्टुरेन्टमा लगानि गर्नेहरुका लागि आजको दिन फलदायि रहनेछ । थोरै बोलेर मनग्गे आम्दानि गर्न सकिने समय रहेकोछ । शुक्रबार तथा शनिबारको समय मध्ययम रहेकोले आफन्त तथा दाजुभाईबाट तपाईको काममा सहयोग नहुँने योग रहेकोछ । यात्रा गर्दा ख्याल गर्नुहोला कष्टकर पनि हुँन सक्छ । न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुँन सक्छ ध्यान दिनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :– आईतबारदेखि मंगलबार बिहान सम्मको समय मध्ययम रहेकोले काम गर्दा ध्यान दिनुहोला काम बिग्रने तथा जरिवाना तिर्नु पर्ने हुँन सक्छ । स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढेर जाने योग रहेकोछ । मंगलबार दिउँसोबाट समय उत्तम रहेकोले साना तिना समस्या देखिएपनि लगनशिल भएर लाग्नाले सफलताको शिखर चुम्ने ग्रहयोग रहेकोछ । पढाई लेखाईमा सुधार हुँने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । आफन्त तथा जीवन साथिको सहयोगले ठुला तथा उपलब्धिमुलक काम गर्न सकिनेछ । मानव निर्मित तथा भौतिक साधनहरु प्राप्तीको योग रहेकोछ । व्यापार व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ । कलात्मक तथा रचनात्मक काम सुरु गरि भविश्यमा आयस्रोतका बाटाहरु सुरक्षित गर्न सकिनेछ । राजनिति कर्मीहरुका लागि समय फलदायि रहेकोले पद प्राप्तीको गतिलो योग रहेकोछ ।

तपाईको साप्ताह शुभ रहोस ।

 

प्रतिक्रिया