अहिले वातावरणको अवस्था निकै खस्केको छ । बढ्दो विश्वव्यापी तापमान र यसको परिणामस्वरूप हिउ पग्लिने क्रम बढ्दो छ । नेपालको हिमाली क्षेत्रमा हिमरेखा माथितिर सर्दै गएको भन्ने रिपोर्ट आउन थालेको छ । हिमालहरू काला टाकुरामा परिणत हुने ख तरा बढ्दो छ । समुद्र सतहको उचाइ बढ्दै जाँदा समुद्री किनारका शहरहरू ख तरामा पर्न थालेका छन् । कार्बन डाइअक्साइड र अन्य औद्योगिक ग्यासको बढ्दो प्रयोगले वायुमण्डलमा ओजोन तहको विनाश पनि बढ्दै गएको छ । वनजंगल र वन्यजन्तुहरू मा सिने क्रममा छन् । जमिनमा बढेको प्रदूषणका कारणले कृषि उत्पादन घट्दो क्रममा छ । भू मिगत पानीको सतह झन् झन् गहिराइतिर जाँदैछ । बढ्दो वातावरण विनासले जैविक विविधतामा असर परेको छ ।
वातावरण वि नासको क्षेत्र र प्रभाव व्यापक छ । विश्वव्यापी तापमान वृद्धि र वातावरण विनासमा नेपाल जस्तो मुलुकको योगदान नगन्य छ । मुलुकको भूभागको एक तिहाइभन्दा बढी संरक्षित क्षेत्र छ । यसो भए पनि वातावरण विनासको क्रम भने बढ्दो छ । नेपाल दुई ठूला औद्योगिक मुलुक भारत र चीनको बीचमा रहेकोले यहाँको प्राकृतिक वातावरणमा ती मुलुकको औद्योगिक प्रदूषणको असर पर्छ । बढ्दो वातावरण विनासप्रति विश्वभर चिन्ता प्रकट भइरहेको छ । ओजोन तह विनास, तापमान वृद्धि र जैविक विवधतामा बढ्दो ह्रास नियन्त्रण गर्न नसके मानव अस्तित्व नै गम्भीर संकटमा पर्ने चेतावनी विज्ञ अध्येताहरूले दिएका छन् ।
वातावरण संरक्षणको राष्ट्रिय कार्यक्रमसँगै जनस्तरको आधारभूत तहसम्म चेतना अभिवृद्धि अनिवार्य छ । जनसहभागिता नभई वातावरण संरक्षण सम्भव छैन । वातावरण संरक्षणका स्थानीय स्तरमै प्रयास हुनुपर्छ । सबै स्थानीय तहहरू र प्रदेश सरकारहरूले वातावरण संरक्षण र प्रदूषण नियन्त्रणका मापदण्डहरू बनाउनु पर्छ । मौजुदा कानुनहरूको कार्यान्वयन प्रभावकारी बनाउनुपर्छ । स्थानीय कानुन बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । वनक्षेत्र कति कायम राख्ने, कृषि भूमिको संरक्षण कसरी गर्ने, जैविक विविधता संरक्षणका लागि जनसहभागिता कसरी बढाउने जस्ता विषयमा गम्भीरतापूर्वक कार्यक्रमहरू कार्यान्वयन गर्नुपर्छ । वातावरण संरक्षणमा नेपालको अवस्था आशलाग्दो छ तर संरक्षण कार्य थप प्रभावकारी बनाउन भने आवश्यक छ ।