काठमाडौं, १५ मंसिर – अभिनेत्री आलिया भट्ट र अभिनेता रणबीर कपूर प्रेम सम्बन्धका कारण लामो समयदेखि चर्चाको केन्द्रमा छन् । उनीहरु विवाह गर्ने तयारीमा समेत रहेको भारतीय मिडियाले बताएका छन् । यस्तैमा आलियाले रणवीर बस्ने अपार्टमेन्टकै भवनमा एक अपार्टमेन्ट खरिद गरेकी छन् । बान्द्राको पाली हिलस्थित एक भवनमा उनले अपार्टमेन्ट किनेकी हुन्, जहाँ रणवीरको पनि अपार्टमेन्ट छ ।
आलियाले खरिद गरेको अपार्टमेन्ट २४६० स्क्वायर फिटको छ । रणवीरको अपार्टमेन्ट यही भवनको ७औं तल्लामा छ भने आलियाले ५औं तल्लाको अपार्टमेन्ट किनेकी हुन् । पिंकविलाको रिपोर्ट अनुसार, आलियाले रणवीरको छिमेकी बन्नका लागि ३२ करोड भारतीय रुपैयाँमा अपार्टमेन्ट खरिद गरेकी हुन् । जुहूस्थित घरमा बस्दै आएकी उनी चाँडै नयाँ अपार्टमेन्टमा सर्दैछिन् ।
आलियाले आफ्नो नयाँ अपार्टमेन्टको इन्टिरियल डिजाइनिङका लागि अभिनेता शाहरुख खानकी श्रीमती गौरी खानसँग कुराकानी गरेकी छन् । गौरी इन्टिरियल डिजाइनर हुन् । आलियाले आफ्नो नयाँ अपार्टमेन्टमा हवन र लक्ष्मी पूजा समेत गरिसकेकी छन् । त्यसबेला रणबीर कपूर, करण जोहर र अयान मुखर्जी उपस्थित थिए । रणबीर र आलिया चाँडै फिल्म ‘ब्रह्मास्त्र’ मा देखिँदैछन् ।
सुनको मूल्य आज पनि घट्यो
काठमाडौं १५ मंसिर - नेपाली बजारमा केहि दिनदेखि सुनको मूल्य निरन्तर ओरालो लागेको छ । आइतबार सुनको मूल्य ९० हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा ७ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार कायम गरिएको छ भने तेजावी सुनको मूल्य ८९ हजार ५५० निर्धारण गरिएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेकोको छ । आज चाँदीको मूल्य प्रतितोला ११२० रहेको महासंघले जनाएको छ ।
ओलीविरोधी मोर्चा एकढिक्का
काठमाडौं, १५ मंसिर – नेपाल कम्युनिस्ट पार्टीभित्र अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मोर्चा अझै एकढिक्का छ । मोर्चालाई क मजोर पार्ने या टु टाउने प्रयास भएपनि अध्यक्ष ओली पक्षधर सफल हुन सकेको छैन ।
विगतमा दुईपटक यस्तै मोर्चा बनेर ओलीलाई प्रधानमन्त्रीबाट हटाउने प्रयास भएको थियो । तर, ओलीले कहिले प्रचण्ड त कहिले बामदेव गौतमसँग सम्झौता गरेर विफल पारेका थिए ।
प्रचण्डसहित माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ प्रकाश रहेको नेकपाको बहुमत सचिवालय सदस्यसहितको मोर्चा कसिलो नै रहेपछि ओलीले नयाँ अस्त्रहरु फ्याँकिरहेका छन् । मोर्चालाई आफूविरुद्धको घेराबन्दी ठानेका ओलीले यसलाई तो ड्ने प्रयास जारी राखेका छन् ।
ओलीले माधवकुमार नेपाललाई बालुवाटारमा डाकेर तीनपटक भेट गरिसकेका छन् । उनले भावी अध्यक्षका लागि सहयोग गर्ने प्रस्ताव राखेपनि नेपाल तयार भएनन् । यसपछि उनले विश्वासपात्र पठाएर बामदेव गौतमलाई भावी प्रधानमन्त्रीका रुपमा अगाडि सार्ने प्रस्ताव गरे । गौतमलाई उपप्रधानमन्त्रीसहित रोजेको मन्त्रालय दिने प्रस्ताव पनि पठाए । तर, गौतम सकारात्मक भएनन् ।
सचिवालय सदस्य इश्वर पोखरेल र महासचिव विष्णु पौडेलले पटक पटक गौतमलाई भेटे । पौडेल अर्थमन्त्री पद त्यागेर बामदेवका लागि त्याग गर्न तयार समेत देखिए । पोखरेलले पनि वरिष्ठ उपप्रधानमन्त्रीको प्रस्ताव लिएर शुक्रबार गौतमलाई भैंसेपाटीस्थित निवासमा भेटे । तर, गौतम सकारात्मक भएनन् । उनले मोर्चा अझ बलियो बन्दै जाने बताइदिए ।
ओलीविरोधी मोर्चाका नेताहरु कहिले कोटेश्वर त कहिले खुमलटार भेला भएर आफूहरुलाई आइरहेको प्रस्तावबारे बताउन थालेका छन् । यसरी आएका प्रस्तावहरु एक अर्कालाई भन्न थालेपछि ओली पक्षधरलाई कुरा गर्न समेत समस्या हुनथालेको छ । अहिलेको अवस्थासम्म ओलीविरोधी मोर्चा एकढिक्का नै छ ।
आफूविरुद्धको घेराबन्दी तोड्न ओलीले पूर्व एमालेबीचको एकतामा समेत जोड दिन थालेका छन् । उनले पार्टी बैठकमा शनिबार प्रस्तुत गरेको दस्तावेजमा पनि यही आशय छ । उनले एमाले शब्द ठाउँ ठाउँमा उल्लेख गरेका छन् ।
नेकपा भित्रको चुरो कुरो बाहिर आयो
काठमाडौँ,१५ मंसिर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को फरक फरक प्रस्ताव सचिवालय बैठकमा प्रस्तुत भएपछि नयाँ राजनीतिक ब हस सुरु भएको छ । प्रस्ताव सार्वजनिक रुपमा बाहिर आएसँगै नेकपा इ तर पक्षकाले घरझ गडा पेचिलो बढ्ने अड्कलबाजी गरिरहेका बेला झ गडाको ‘चुरो कुरो’ र ‘मनका भावना’ बाहिर आएकाले वि वाद सल्टिने दिशामा पुगेको नेकपाका दोस्रो तहका नेताहरुको विश्वास रहेको छ ।
अध्यक्ष प्रचण्डले कार्तिक २८ गते बुधबार बसेको सचिवालय बैठकमा १९ बुँदे प्रस्ताव एकतर्फी रुपमा पेश गर्नुभएको थियो । सो प्रस्ताव अध्यक्षद्वयको सहमतिमा नआएकाले राजनीतिक प्रस्तावको रुपमा पार्टीले स्वीकार्न नसक्ने तर्क एक पक्षको छ भने अर्को पक्षले त्यसलाई स्वीकार गरी पार्टीको दस्तावेजको रुपमा राखिने तर्क गरेको छ । दुवै अध्यक्षको प्रस्ताव प्रश्न उत्तरको रुपमा आएको छ । दुई अध्यक्षबीच बालुवाटारमा दैनिकजसो बैठक र छलफल भए पनि ‘दुबैबीच कतिसम्मको ति क्तता छुपेको रहेछ’ भन्नेहरु पनि देखिएका छन् । पार्टीका अर्कोथरि नेताहरुले बल्झिएको घा उबाट खिल बाहिर निस्किएकाले अब घा उ निको हुने तर्क गरेका छन् ।आजको गोरखापत्रमा खवर छ ।
प्रधानमन्त्री तथा अध्यक्ष ओलीले शनिबार ३८ पृष्ठको ५३ बुँदे प्रस्ताव पेश गर्नुभयो । प्रस्तावको शुरुवातमा अर्का अध्यक्ष प्रचण्डले लगाउनु भएको आरोपको खण्डन गर्नुभएको छ । उठाइएका प्रश्न र आरो पको बुँदागत जवाफ र खण्डन गर्नुभएको छ । प्रतिवेदनको बीचमा सरकारले गरेका काम र उपलब्धीका बारेमा प्रष्ट पार्नुभएको छ । त्यस्तै अन्तिमतिर पार्टी जोगाउन र एकताबद्ध भएर अगाडि बढ्न नेता कार्यकर्तालाई आव्हान गर्नुभएको छ । यसर्थ प्रतिवेदन वि वाद सल्टाउन उन्मुख देखिन्छ ।
पार्टी भित्रको आन्तरिक वि वाद समाधान नगरी अगाडि बढ्ने सहज बाटो बन्न नसक्ने भन्नुहुँदै अध्यक्ष ओलीले भन्नुभएको छ, “अन्तरिम कमिटीलाई अ ल्पमत र बहुमतको खेल खेल्ने थलो नबनाऔँ । हाम्रो विधान र नियमावली पनि अधिवेशनसम्म हामीलाई मार्गदर्शन गर्न बनाइएका अन्तरिम प्रबन्धहरु हुन् ।” २०७५ जेठ ३ गते केन्द्रीय कमिटीबाट पारित भई जारी भएको नेकपाको विधान पनि अन्तरिम नै छ । प्रधानमन्त्री ओलीले प्रस्तावमा लेख्नुभएको छ, “विचार, विधि, सङ्गठन र नेतृत्वको प्रश्नको समाधान यथाशीघ्र एकता महाधिवेशन आयोजना गरेर त्यसैबाट खोजौँ ।” समस्याको समाधान पनि यसैमा देखिन्छ ।
गत भदौ २९ गते जारी अन्तर पार्टी निर्देशन (अपानी) को बुँदा ३.४ मा भनिएको छ, “अध्यक्षद्वयले पार्टी र सरकारबीचको आपसी सम्बन्धलाई संस्थागत रूपमा अघि बढाउन समन्वय गर्ने । सामूहिक नेतृत्व तथा व्यक्तिगत जिम्मेवारीको संस्थागत प्रणाली अवलम्बन गर्ने र सबल तुल्याउने ।” भदौ २६ गतेको स्थायी कमिटी बैठकपछि जारी गरिएको निर्देशिका कार्यान्वयन नहुँदै दुई अध्यक्षबीच तिक्तता शुरुभयो । त्यसकै परिणाम दुवैजनाबाट अलग–अलग प्रस्ताव प्रस्तुत भएका छन् ।
२०७५ जेठ ३ गते पार्टी एकता घोषणा गर्दा दुई अध्यक्षको जोडबलमा पार्टी एकता घोषणा गरिएको थियो । पार्टी एकतामा बामदेव गौतम, विष्णु पौडेल, जनार्दन शर्मालगायतका नेताहरुको पनि अहम् भूमिका रह्यो । पार्टी एकता घोषणा गर्दै दुवै अध्यक्षले सहमति र समन्वयमै अगाडि बढ्ने प्रतिवद्धता जनाउनुभएको थियो । पार्टी एकता गर्दा बहुमत र अल्पमतको कुरा थिएन । त्यसैले प्रधानमन्त्री ओलीले भन्नुभएजस्तै अन्तरिम कमिटीमा बहुमत र अल्पमतको निर्णयले खासै अर्थ राख्दैन ।
नेकपाका दोस्रो तहका नेताहरुको सुझाव छ “दुई अध्यक्षको आपसी सहकार्य, समन्वय र समझदारीमै पार्टी एकता भएको हो । अझ त्यसको खाँचो छ । पार्टी फुट हुनबाट जोगाउने जिम्मेवारी पनि दुवै अध्यक्षकै काँधमा छ ।” उपाध्यक्ष बामदेव गौतमले पार्टीको आन्तरिक छलफल र बैठकबाटै समस्या समाधान हुने विश्वास गर्नुभएको छ । सचिवालयमार्फत् आज आफ्नो धारणा सार्वजनिक गर्नुहुँदै उहाँले भन्नुभएको छ, “पार्टी बाहिर छरिएका हाम्रा विचारहरु आजदेखि पार्टीमा भित्रिएका छन् । चाहेमा अब हामीले समस्या समाधान गर्न सक्छौं ।”
यस्तै, स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ्ले पार्टी भित्रको विवाद सबैसामु छताछुल्ल भएपछि त्यसको समाधानमा दुवैजना अध्यक्ष नै जिम्मेवार भएर भूमिका निर्वाह गर्नुपर्ने बताउनुहुन्छ । “दुई मितिमा फरक फरक प्रस्ताव बैठकमा प्रस्तुत भए, दुवै प्रस्ताव पार्टीका सम्पत्ति हुन् । यसलाई दस्तावेजको रुपमा लिएर सहमतिमा अध्यक्षद्वयले संयुक्त प्रस्ताव बनाएर अघि बढ्नुपर्छ” उहाँले भन्नुभयो ।
पार्टी भित्रको विवादको सबै कुरा जानकारीमा आएपछि अब सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा छलफल भएर ती विवाद सल्टिने नेता नेम्वाङले विश्वास व्यक्त गर्नुभयो । “पार्टीको समस्या अल्पमत र बहुमतको आधारमा होइन, सहमतिको आधारमा टुङ्गिन्छ” उहाँले भन्नुभयो । आउँदो मंसिर १६ गते मंगलबारको बैठकमा नेताहरुबीच घनिभूत छलफल भई धेरै समस्या समाधान भइसक्ने उहाँ बताउनुहुन्छ ।
केन्द्रीय सदस्य तथा पूर्वमन्त्री प्रदीप नेपालले दुवै अध्यक्षको प्रतिवेदन अध्ययन गर्दा आरोप प्रत्यारोप मात्र देखिएकाले पार्टीको विवाद नै नभएको बताउनुभयो । “दुबै जना अध्यक्षले आफ्नो कमी कमजोरी सच्याउने वित्तिकै सबै विवाद सल्टिन्छ, पार्टीको यो विवादै होइन” उहाँले भन्नुभयो । अध्यक्षद्वयले प्रस्तुत गर्नुभएको प्रस्ताव उहाँहरुको व्यक्तिगत प्रस्ताव भएको नेता नेपालले तर्क गर्नुभयो । “अध्यक्ष दुवै जनाले प्रस्तुत गर्नुभएको यो प्रस्ताव पार्टीको सम्पत्ति होइन, उहाँहरुको व्यक्तिगत विचार हो, दुवैले फिर्ता लिने वित्तिकै समस्या समाधान हुन्छ” उहाँले भन्नुभयो ।
एकथरि विश्लेषकहरुले अध्यक्षद्वयले फरक फरक प्रस्ताव प्रस्तुत गर्नुभएपछि पार्टी फुटको बाटोमा गइसकेको दावी गर्ने गरेका छन् । तर दलका नेताहरुले त्यसलाई स्वीकार गरेका छैनन् । पार्टी भित्रको आन्तरिक समस्या पार्टी कमिटीमै छलफल गरेर सल्टाउन सकिने, अहिलेको विवादले पार्टी एकतामा समस्या नपर्ने बुझाइ नेकपाका नेताहरुको छ ।
स्थायी कमिटी सदस्य शंकर पोखरेलले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “पार्टी एकता रक्षाका लागि दुवै प्रतिवेदनलाई स्थगित गरी एकीकृत प्रतिवेदन बनाउने दिशामा सचिवालयको बैठक अग्रसर होस् ।” अध्यक्षद्वयले एकतर्फी रुपमा प्रस्तुत गर्नुभएको प्रस्तावले समस्या समाधान नगर्ने भन्नुहुँदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहनुभएका पोखरेलले दुवै अध्यक्षको समन्वय र समझदारीमा साझा प्रस्ताव बनाएर नै पार्टीको आन्तरिक समस्याको निकास निस्कने तर्क गर्नुभएको छ ।
उसो त केन्द्रीय कमिटी बैठकले आगामी चैत २५ देखि ३० गतेसम्म एकता महाधिवेशनको मिति तोकिसकेको छ । अबको चार महिनामा आन्तरिक विवादमा अल्झनुभन्दा पार्टीका नेताहरु एकताबद्ध भएर सबै समस्याको समाधान महाधिवेशनबाटै खोज्ने दिशामा जानसके आन्तरिक विवाद तत्कालका लागि साम्य हुने देखिन्छ ।