शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

कस्तो छ , प्रियंका र आयुष्मानको ९ महिने वैवाहिक जीवन ?

आइतवार , मंसिर १४, २०७७

काठमाडौँ,१५ मंसिर – पहिलो वैवाहिक सम्बन्धलाई पू र्णबि राम दिएको ठ्याक्कै ८ वर्षपछि अभिनेत्री प्रियंका कार्कीले अभिनेता आयुष्मान देशराज जोशीसँग बिहे गरिन् । अघिल्लो वर्षको फागुनमा बूढानीलकण्ठस्थित पार्क भिलेज रेस्टुरेन्टमा नजिकका साथीभाइ र आफ्ना आफन्तको उपस्थितिमा आयुष्मानले प्रियंकालाई सिन्दुर लगाए । सिन्दुर लगाइरहेका बेला आयुष्मानले प्रियंकासँग यो जुनी सँगै काट्ने कसम खाए ।

२०७६ फागुन १६ गते वैवाहिक जीवनमा बाँधिएको यो जोडीको बिहे भएको ९ महिना पुगेको छ । यदि कुनै विवाहित पुरुष–महिलाले चाहेको ख ण्डमा बच्चा जन्मिने बेला भइसकेको छ । तर, बिहे भएको ९ महिनासम्म त्यस्तो कुनै संकेत देखिएको छैन । यो जोडीले सन्तान जन्माउने कुनै संकेत दिएका छैनन् । प्रियंका भन्छिन्, ‘यस विषयमा अहिले हामी दुईबीच कुरा भएको छैन । कुनै निर्णय पनि भएको छैन । यो नितान्त व्यक्तिगत जीवनसँग सम्बन्धित भएकाले खासै केही बोल्न मन लागेन ।’

आयुष्मानले भने यस विषयमा केही खुलेर बोलेका छन् । ‘मेरो बिहेअघि र पछिको व्यक्तिगत जीवन त उस्तै छ । पारिवारिक जीवनमा केही चेञ्जिङ आएको त पक्कै हो’, आयुष्मान भन्छन्, ‘बिहे भएपनि म आफ्नो काममा व्यस्त छु । ऊ आफ्नो काममा व्यस्त छ ।’

सन्तानको विषयमा अहिले कुनै योजना नरहेको आयुष्मानले प्रतिक्रिया दिए । व्यावसायिक कामहरूको शिलशिलाले सन्तान उत्पादनको विषयमा आफूहरू निर्णयमा नपुगेको आयुष्मानको प्रतिक्रिया छ ।

९ महिनासम्मको पारिवारिक स्थिति कसरी चल्यो ? कहिलेकाहीँ खटपट हुन्छ ? कि हुन्न ? झगडा हुन्छ होला ? किचकिच भएर केही दिन बोलचाल ठ प्प भयो ९ महिनाको अन्तरमा ? आयुष्मान यस्ता प्रश्नको जवाफमा हाँस्दै प्रतिक्रिया दिन्छन्, ‘हरेक श्रीमान–श्रीमतीमा ठाकठुक हुनु स्वाभाविकै हो । तर, हामीहरूको ख टपट बोलचाल बन्द हुने गरी चाहिँ भएको छैन ।’

निःसन्देह, उनीहरूको सम्बन्ध निकै राम्रो छ भन्नका लागि उनीहरूले प्रयोग गर्ने सामाजिक सञ्जालले पनि बताइरहेको हुन्छ । अहिले पनि उनीहरूको सम्बन्ध भर्खरै शुरू भएको प्रेम जस्तो सामाजिक सञ्जालमा देखिन्छ ।

बिहेपछि ट्रोलबाट छुटकारा !

भर्खरै प्रेमको बिरुवा झांगिँदै थियो । यो जोडीका तस्वीर र विभिन्न विषयलाई लिएर सामाजिक सञ्जालमा निकै ट्रोल बने । आयुष्मानलाई चुसेको आँप बनाए, प्रियंकाको अघिल्लो श्रीमानसँगका तस्वीर र अन्तर्वार्ता सार्वजनिक गरेर जिस्काइरहे फ्यानहरूले । तर, न ट्रोलले उनीहरूको प्रेममा असर गर्‍यो, न कुनै गसिपले । तर, बिहे भएपछि भने उनीहरूलाई ट्रोलमा कमै मात्रामा देख्न पाइएको छ । तथापि, उनीहरूका स्ट्याटस र तस्वीरहरूमा नकारात्मक कमेन्ट, प्रतिक्रिया आउन भने अझै छाडेको छैन ।

कसरी जोडियो सम्बन्ध ?

आयुष्मान–प्रियंकाको सम्बन्ध औपचारिक रूपमा थाहा हुनुअघि यो जोडीको प्रेमबारे गसिपका रूपमा बजारमा निकै हल्ला थियो । प्रियंकालाई ६ वर्षले कान्छा केटाले ताकेको धेरैले पत्याएनन् । एउटा नाम चलेको सेलिब्रेटीले जस्तोसुकै युवा छान्न सक्थ्यो, तर प्रियंकाले भाइ उमेरको आयुष्मानलाई सुटुक्क मन दिएको धेरैले पत्तै पाउन सकेनन् ।

कतिपय मिडियाले दाबीका साथ यो जोडी बिहे गर्दैछ भनेर ठोकुवा समेत गरेको थिए । तर, आयुष्मानले हामी दुवै एकअर्काका अति मिलनसार साथी हौं भन्दै यो विषयलाई अन्त मोड्थे । प्रियंकाले पनि जो सँग बोल्यो त्यसैसँग सम्बन्ध छ भन्न मिल्छ ? भन्दै उल्टै प्रश्न तेर्स्याउँथिन् । प्रेममा रहेका बेला हर कोहीले यस्ता विषयलाई अन्त मोड्न अनेक बहना खोज्छन्, यो सामान्य कुरा पनि थियो ।

आयुष्मान–प्रियंकाले पनि विभिन्न बहाना जुटाउँदै यो विषयलाई अन्त मोड्थे । तर, प्रेम न हो कतै न कतैबाट त फुत्किहाल्छ । उनीहरूको पनि प्रेम जीवनमा कहिले अंगालोमा बेरिएका तस्वीर बाहिर आए, त कहिले डेटिङमा गएका तस्वीर सार्वजनिक भए । कहिले अवार्ड समारोहमा चुम्माचाटी गरेका तस्वीर बाहिर आए, कहिले क्लबमा जाँदा आयुष्मान दारुले लट्ठ भएर प्रियंकाले हातमा जुत्ता समातेर निस्किएको तस्वीर सामाजिक सञ्जालमा बाहिर आए । त्यसपछि उनीहरूले यो प्रेमलाई अन्ततः स्वीकार्न बाध्य भए । त्यसैको छनक स्वरूप प्रियंकालाई उनको जन्मदिनमा आयुष्मानले टाँगामा राखेर शहर परिक्रमा नै गराइदिए ।

बैंकर रविना देशराजका जेठा छोरा आयुष्मान प्रियंकाभन्दा ६ वर्ष कान्छा छन् । प्रियंकाको करिअर ओरालो लागिरहेको थियो । आयुष्मान चलचित्र क्षेत्रमा बामे सर्दै थिए, तर प्रेमको जालोमा फसे । खासै मिडियामा स्थान नपाइरहेका बेला तत्कालीन हिट अभिनेत्रीको प्रेम प्रसंगमा जोडिएपछि आयुष्मान पनि दिनदिनै मिडियामा छाइरहे ।

प्रियंकाको सिफारिशमा केही म्युजिक भिडियोहरूमा स्थान पाए । तथापि, उनको चलचित्र यात्राले कुनै गति लिएन । प्रियंकाको चलचित्र यात्रा पनि खासै आशालाग्दो नभएका बेला उनीहरू धुमधामका साथ बिहे गरेका हुन् ।

कोरोना म हा मा रीले गर्दा उनीहरूले हनिमून घरमै मनाए । सधैँजसो विदेशका विभिन्न स्थानमा घुम्ने प्रियंका–आयुष्मानलाई विदेश टुरमा समेत कोरोना बा धक बनेको छ । प्रियंका थप्छिन्, ‘कोरोना म हा मारी सकिएपछि घुम्न जाने योजना छ । बिहे भएपछि राम्रोसँग घुम्न पाइएको छैन ।’

लोकान्तरबाट साभार

 

आज मंसिर १५ गते सोमबारको राशिफल र मौसम

बि.सं.२०७७ साल मंसिर १५ गते सोमबार ई. सं. २०२० नोभेम्वर ३० नेपाल सम्बत ११४१ कछलाथ्व पुन्हि, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कार्तिक शुक्ल पूर्णिमा, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, शिव योग १०ः५६ सम्म त्यसपछि सिद्ध योग, बव करण ३ः१६ मिनेटसम्म त्यसपछि कौलव करण । नेपालमा सूर्योदय बिहान ०६ः३७ बजे, सूर्यास्त साँझ ५ः९ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ ।

आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज चतुर्मास व्रत समाप्ति/कार्तिक स्नान समाप्ति परेको छ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजरे ३७ मिनेट देखि ७ बजेर ५७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– विलासितामा खर्च बढ्नेछ । उच्च महत्वाकांक्षाले केही नोक्सानीसमेत निम्त्याउन सक्छ । रोगले पनि सताउन सक्छ । सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइएला । दण्ड–जरिवानाको पनि सम्भावना छ । पतिपत्नीबीच असमझदारी बढ्ने सम्भावना छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– आज तपाइलाइ परिवार तथा साथीभाइको सहयोग प्राप्त होला साथै धनलाभको पनि योग रहेको छ । व्यापार–व्यवसायमा लगानी बढाउने समय छ । जीवनसाथीलाई केही पीडा हुने ग्रहयोग छ । स्वास्थ्यबाधा र रोगको पहिचान हुन कठिन हुने समस्या देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– नसोचेको ठाँउबाट धन प्राप्त भइ मन प्रसन्न हुनेछ, साथै पढाइमा पनि केहि प्रगती हुने दिन रहेको छ । आज ब्यापारबाट प्रशस्त धनलाभ हुनेछ । भौतिक साधनहरू जुट्नेछन् । कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ । लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– नोकरीमा पदोन्नति र पढाइ लेखाइमा पनि प्रगतिको समय छ । रमाइलो भ्रमण गर्ने अवसर प्राप्त होला । घर जग्गा तथा बन्धुबान्धवसँग असमझदारी बढ्ने योग छ । सन्तान वा अनुयायीले पनि प्रसन्नता दिलाउनेछन् । टाढाको यात्राको सम्भावना पनि रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– विपरीत लिंगीहरू प्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धनमा कसिनेछ । काममा बाधा हुन सक्छ । प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्न सक्छन् । साथै पुरानो रोगले पुनः दुःख दिन सक्छ । घर खर्च बढ्नुका साथै व्यापारमा केही मन्दी आउने देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । हातमा आएका केही अवसर गुम्न सक्छन, होसियार रहनु होला । चोटपटक वा हाड–जोर्नीमा समस्या आउने देखिएकाले सवारीसाधन वा हातहतियार उपयोग गर्दा सावधानी अपनाउनुहोला । आर्थिक समस्या समाधान हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोत समेत बढ्नेछन् । खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइनेछ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ । स्वास्थ्य सबल बन्नेछ भने मुद्दा मामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– तपाइको प्रतिभाको उच्च मूल्यांकन हुनेछ । नोकरीमा पदोन्नति र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ । समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ । आज रोकिएका काम बनी, नयाँ काम सुरु हुनेछन् । व्यापारमा पनि फाइदा हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– जीवनसाथीको समस्याले चिन्ता बढाउन सक्छ । अन्धविश्वासको भरमा काम गर्नाले दुःख पाइनेछ । धार्मिक काममा बाधा सृजना हुन सक्छ सजक रहनुहोला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । तर परिवारजनमा केही असमझदारी बढ्न सक्छ, सावधान रहनु होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– मान सम्मानका साथमा प्रशस्तै आम्दानी बढ्ने समय छ । जीवनसाथीको सहयोगले थप लाभ र आनन्द मिल्नेछ । राष्ट्रियस्तरको मानसम्मान प्राप्त हुन सक्छ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनेछ । मंगलमय काम सम्पादन हुनेछ । काममा आफन्तको सहयोग जुट्न सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– उत्साहवर्द्धक समाचार सुन्न पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । परिवारजनको सहयोगले उत्साह बढाउनेछ । स्वास्थ्यका लागि भारी खानपानमा सजग रहनुहोला । सुखद समाचारले काममा उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– स्थायी सम्पत्ति बढाउन सकिनेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । अनुसन्धानात्मक अध्ययन गर्नेहरूलाई फाइदाको दिन रहेको छ । टाढाको यात्राबाट धनलाभ हुन सक्छ । प्रेम र मित्रताको बन्धन कसिने समय छ ।

तपाईको दिन शुभ रहोस् ।

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार

मौसम विश्लेषण :- उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन ।

हालको मौसमको अवस्था : – हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो :– देशभर मौसम सामान्यतया सफा रहनेछ ।

आज राती :- देशभर मौसम सामान्यतया सफा रहनेछ ।

मंसिर १४ गते आईतबार देखि मंसिर २० गतेसम्मको साप्ताहिक राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :– हप्ताको सुरु र अन्तको समय राम्रो रहेकोले व्यापार व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुँनेछ । सवारि साधन तथा अन्य भौतिक सम्पतिहरु लाभ हुँनेछ । पढाई लेखाईमा सुधार हुँने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउँनेछ । राजनिति तथा समाजसेवामा समय खर्चिनेहरुका लागि समय उत्तम रहेकोछ । नयाँ ठाउँबाट प्रेम प्रश्ताब आउँने तथा पुराना प्रेम सम्बन्धहरुलाई बिबाहमा परिणत गर्ने सहमति जुट्नेछ । मंगलबार दिउँसोबाट बिहिबार सम्मको समय मध्ययम रहेकोले सरकारी सेवामा रहि काम गर्नेहरुले नियम सँगत काम नगर्दा दण्ड तथा जरिवाना तिुर्ने पर्ने हुँन सक्छ । स्वास्थ्यको ख्याल गर्नुहोला औषधि उपतार खर्च बढेर जाने योग रहेकोछ । तापनि बैदेशिक व्यापार फस्टाएर जानेछ भने लामो दुरिको विदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) :– बृष राशि हुँने हरुका लागि यो हप्ता मध्ययम समय रहेकोछ । जानकारिको अभावले कामहरु बिग्रनेछ भने आलोचनाको शिकार होईनेछ । आर्थिक पक्ष कमजोर रहने तथा यहि बेलामा व्यापार व्यावसायमा मन्दि आउनेछ । आम्दानि भन्दा खर्च अधिक हुने हुनाले रुपैया पैसाको व्यावस्थापन गर्न गाह्रो पर्नेछ । पढ्ने लेख्ने काममा खासै मन नजादा हरुभन्दा पछि परिनेछ । माया प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ । राजनिति तथा समाजसेवामा जनताको काम गर्न नसक्दा मान सम्मान पाउने योग टरेर जानेछ । प्राकृतिक स्रोत साधन तथा पैत्रिक सम्पतीको प्रयोग गर्दा ध्यान दिनुहोला बिवादमा फस्ने योग रहेकोछ । हप्ताको अन्ततिर स्वास्थ्यमा समस्या आई खर्च बढ्नेछ । तापनि विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर काम गर्नेहरुका लागि समयले साथ दिनेछ । कुटनिति तथा पराराष्ट्र सँग सम्बन्धित क्षेत्रमा काम गर्नेहरुका लागि समयले साथ दिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :– हप्ताको शुरु र अन्तको समय उत्तम रहेकोले आकस्मिक धन सम्पति प्राप्त हुँनेछ भने नसोचेका सम्पति हात लाग्ने योग रहेकोछ । समस्याहरुको सजिलै समाधान गरि उपलब्धिमुक कामहरु गर्न सकिनेछ । अध्ययन अनुशन्धानमा सोचेभन्दा राम्रो प्रगति हुँने तथा नयाँ कुरा पत्ता लगाउँन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि बाट भनेजस्तो प्रतिफल प्राप्त हुँनेछ । धार्मिक क्षेत्र तथा मन्दिरतिरको यात्राको तय गर्न सकिनेछ । मंगलबार दिउँसोबाट बिहिबार सम्मको समय मध्ययम रहेकोले कार्य क्षेत्रमा अरुको नकारात्मक टिका टिप्पणिले समस्या पैदा हुँनेछ भने खुट्टा तान्नेहरु हावि हुँनेछन् । व्यापारमा मन्दि आउँनेछ भने नोकरिमा दुर्गम स्थानमा स्थानान्तरणको सम्भावना रहेकोछ । प्रेममा नजिक हुँने समय रहेपनि एक अर्काको भावनालाई कदर गर्न नसक्दा टाडिनु पर्ने बाध्यता आउँनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :– हप्ताको शुरु र अन्तको समय मध्ययम रहेकोले आफन्त तथा दिदि बहिनि सँग साना कुरामा राय बाजिनेछ भने घमण्ड गर्ने बानिले आफैलाई समस्या पार्नेछ । आर्थिक मुद्दाहरु हल हुनुको सट्टा थप जटिल बन्नेछ । बोलिमा रुखोपना बढि आउँने हुदा आफन्त तथा साथिभाईहरु टाडिनेछन् । भौतिक सम्पति प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरुको सामना गर्नु पर्नेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुँनेछ । नसोचेको धन तथा सम्पति प्रयोग गर्न पाईने हुदा मन प्रशन्न रहनेछ । मंगलबार दिउँसोबाट बिहिबार सम्मको समय उत्तम रहेकोले कल्याणकारि तथा तारिफयोग्ग काम गरि चर्चामा आउँन सकिनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो प्रयत्नले ठुला कामहरु बन्नेछन् । धर्म तथा अध्यात्मिक क्षेत्रमा ध्यान जाने हुँनाले धार्मिक प्रतिष्ठान वा मन्दिर तिरको यात्रा हुँनेछ । दाजुभाई तथा जीवन साथि सँगको सम्बन्ध थप सुदृड हुँनेछ । लेखन कलाको माध्ययबाट आफ्ना बिचारहरु मनमानसमा लैजान सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्न सक्छ ध्यान दिनुहोला । समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ भने सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला । सरकारि तथा प्रशासनिक कामहरु गर्दा ध्यान दिनुहोला दण्ड जरिवाना तिर्नुपर्ने हुँन सक्छ । आफन्त तथा चेलि माईति बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेकोछ सचेत रहनुहोला । हप्ताको अन्त तथा शुक्रबार र शनिबारको समय उत्तम रहेकोले समयले साथ दिने हुँदा सानो प्रयत्नले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । धर्म तथा धर्म बिश्तारको लागि समय दिनु पर्नेछ भने सस्कार परिवर्तनमा तपाईको भुमिका महत्वपुर्ण हुँनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । प्रशासनिक क्षेत्रमा तपाईको उच्च स्तरको सहभागिता रहनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) :- समय मध्ययम रहेकोले मौषमि रोगको प्रकोपले समस्या निम्त्याउनेछ भने हाड जोर्निहरुमा समस्या आउँन सक्छ ध्यान दिनुहोला । सवारि चलाउदा ख्याल गनुहोला चोटपटक तथा दुर्घटना हुँने योग रहेकोछ । कुनै पनि विवादित बिषयमा सामेल नहुँनु नै राम्रो रहेकोछ भने न्ययिक निर्णयहरु तपाईको पक्षमा आउँने छैनन् । प्रेममा रमाउँने हरुका लागि केहि मनमुटावको सिर्जना भएपनि अन्तत एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । समयको अध्ययन नगर्दा रोग,ऋण तथा संकटको सामना गर्ने पर्ने हुँन सक्छ । व्यापार व्यावसायमा अलि बढि समय दिन सके प्रशस्त आम्दानि हुँनेछ । अध्ययन अध्यापनमा भने मेहनेत गरे अनुशारको फल प्राप्त हुँनेछ । आफन्तत तथा अग्रजहरुको सकारात्मक सल्लाहलाई आम्तसाथ गर्दै अगाडि बढ्नु होला गन्तव्य पहिल्याउँन सहज हुँनेछ । हप्ताको अन्तमा लामो दुरिको यात्रा हुँनेछ भने नसोचेको धन तथा सम्पति हात लाग्ने योग रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,त) :- हप्ताको शुरु र अन्तको समय उत्तम रहेकोले आफ्नो ज्ञानलाई सहि समयमा प्रयोग गर्न सकिने हुदा चुनौति पन्छाएर काम बनाउँन सकिनेछ । बौद्धिकताको प्रतिष्पर्धामा तपाईकै जित हुँनेछ भने भनेजस्तो पारिश्रमिक पाउँदा मन प्रफुल्लित हुँनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पति पाउने योग रहेकोछ । शिक्षा तथा शिक्षा पेशाबाट भनेजस्तो लाभ लिन सकिनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम गर्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सहज मार्गमा बित्नेछ । आर्थिक स्थिति मजभुत हुने तथा व्यापार व्यावासायमा मनग्गे आम्दानि हुनेछ । लामो दुरिको मनोरञ्जानात्मक यात्राको तय गरि भरपुर रमाउन सकिनेछ । भौतक बस्तु तथा बिलाशि सामानको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । मंगलबार दिउँसोबाट बिहिबार सम्मको समय मध्ययम रहेकोले कुनै पनि विवादमा सामेल नहुनुहोला तपाईको पक्षमा फैसला नहुँन सक्छ । आफन्त तथा अग्रज सँग सन्तुलित व्यावहार गर्नुहोला अनाबश्यक विवाद हुँने योग रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) :– आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाब पाईने हुँनाले सुधारात्मक काम गर्न सहयोग हुँनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रो आम्दानि हुँनेछ । समाजिक काममा समय दिनु पर्नेछ भने तपाईको काम देखि सबै खुसि हुनेछन् । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले राज्यबाट पद प्राप्तीको गतिलो योग रहेकोछ । सवारि साधनको व्यापार व्यावसाय सुरु गर्दा भनेजस्तो नाँफा कमाउँन सकिनेछ । पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुँनाले आफन्त हरु खुसि हुँनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाईलो यात्रा हुँनेछ । हप्ताको अन्ततिर समय मध्ययम रहेकोले मुद्दा मामिला तथा यस्तै क्रियाकलापमा सामेल नहुँनु नै राम्रो रहेकोछ । आफन्त तथा कुटुम्बसँग मनमुटाब बढ्ने योग रहेकोछ । सत्रुहरुले टाउको उठाउँन खोज्नेछन् ध्यान दिनुहोला । तपाईको कामबाट अरुले फाईदा लिन खोज्नेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- सोमबार सम्मको समय मध्ययम रहेकोले पारिवारिक असमझ्दारिले कामहरु गर्न केहि कठिनाई हुनेछ भने दाजुभाई सँग बिवाद बढ्ने योग रहेकोछ । कुनै पनि काम गर्नको लागि गरिने यात्रा कष्टप्रद हुन सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । मंगलबारबाट समय उत्तम रहेकोले मेहनेतले प्रतिष्ठित काम गर्ने अवसर जुराउँनेछ । कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे धन तथा सम्पति कमाउँन सकिनेछ राजनिति तथा समाजसेवामा समय व्यातित गर्नेहरुका लागि समयले साथ दिनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजाका साथ तपाईको नाम एक कदम अगाडि आउनेछ । सन्तान तथा छोराछोरिले प्रगति गर्ने हुनाले मन प्रशन्न रहनेछ । शेयर बजार तथा बैकिङ क्षेत्रमा गरेको लगानिबाट भनेजस्तो आम्दानि हुँनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने जीवन साथिले तपाईको काममा सहयोग गर्ने हुदा समयमानै काम सकाउन सकिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :– व्यापार व्यावसायमा प्रसस्त नाँफा कमाउँन सकिनेछ भने लगानि गर्ने बाताबरण बनाउँन सकिनेछ । समयमा कामहरु सम्पन्न हुँने तथा अरुको काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानि गर्दापनि सकारात्मक नतिजा हात लागि हुँने ग्रहयोग रहेकोछ । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ । गीत संगित तथा कला साहित्यमा समय दिनेहरुले मनग्गे लाभ लिन सक्नेछन् । कामहरु समयमा नै सम्पन्न हुँने हुँनाले थप काम गर्न जोस जागर बढेर आउँनेछ । तापनि यात्रा गर्दा ध्यान दिनुहोला गन्तव्य पहिल्याउँन गाह्रो पर्नेछ । दाजुभाई सँग सानो सानो कुरामा विवाद हुँने तथा आमा सँग टाडिएर लामो दुरिको यात्रा हुँनेछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जाने हुँनाले आर्थिक अवस्था सुदृड हुँनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :– प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखि रहनेछ । पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । बिभिन्न अवसरले पछ्याउँनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुँने हुँदा आफन्तहरु खुसि हुँनेछन् । सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ । उत्तम बस्त्र,मनपर्ने भोजन तथा बिशेष उपाहार प्राप्तिको योग रहेकोछ । आफन्त साथिभाई तथा कुटुम्बबाट आउँने सुखद समाचारले मन प्रशन्न हुँनेछ । व्यावसाय फस्टाएर जानेछ भने बिशेष गरि होटल तथा रेष्टुरेन्टमा लगानि गर्नेहरुका लागि आजको दिन फलदायि रहनेछ । थोरै बोलेर मनग्गे आम्दानि गर्न सकिने समय रहेकोछ । शुक्रबार तथा शनिबारको समय मध्ययम रहेकोले आफन्त तथा दाजुभाईबाट तपाईको काममा सहयोग नहुँने योग रहेकोछ । यात्रा गर्दा ख्याल गर्नुहोला कष्टकर पनि हुँन सक्छ । न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुँन सक्छ ध्यान दिनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :– आईतबारदेखि मंगलबार बिहान सम्मको समय मध्ययम रहेकोले काम गर्दा ध्यान दिनुहोला काम बिग्रने तथा जरिवाना तिर्नु पर्ने हुँन सक्छ । स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढेर जाने योग रहेकोछ । मंगलबार दिउँसोबाट समय उत्तम रहेकोले साना तिना समस्या देखिएपनि लगनशिल भएर लाग्नाले सफलताको शिखर चुम्ने ग्रहयोग रहेकोछ । पढाई लेखाईमा सुधार हुँने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । आफन्त तथा जीवन साथिको सहयोगले ठुला तथा उपलब्धिमुलक काम गर्न सकिनेछ । मानव निर्मित तथा भौतिक साधनहरु प्राप्तीको योग रहेकोछ । व्यापार व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ । कलात्मक तथा रचनात्मक काम सुरु गरि भविश्यमा आयस्रोतका बाटाहरु सुरक्षित गर्न सकिनेछ । राजनिति कर्मीहरुका लागि समय फलदायि रहेकोले पद प्राप्तीको गतिलो योग रहेकोछ ।

तपाईको साप्ताहिक दिन शुभ रहोस ।

 

प्रतिक्रिया