शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आदित्यनारायण झा को विवाहमा प्रधानमन्त्री मोदीदेखि अमिताभ बच्चनसम्मलाई निम्तो

आइतवार , मंसिर १४, २०७७

काठमाडौं १४ मंसिर – भारतीय गायक एवं टीवी होस्ट आदित्य नारायणको विबाहको तयारी शुरु भईसकेको छ । कोरोना कालमा उनको विबाह हुने भएको हुनाले उनको विबामा ५० जना मात्रैलाई निम्तो दिईएको छ । उक्त निम्तोमा देशका ठूला व्यक्तित्वहरुलाई कार्ड पठाईएको छ ।

डिसेम्बर १ मा आदित्यको विबाह उनकी गर्लफ्रेण्ड श्वेता अग्रवालसंग हुनेछ भने डिसेम्बर २ मा उनीहरुको रिसेप्सन हुनेछ । यस बारेमा उदित नारायण झाले भने, ‘रिसेप्सन मुम्बईको एक फाइभ स्टार होटलमा हुनेछ । अहिले भेन्यु फाइनल भएको छैन । रिसेप्सन पार्टीका लागि बलिउड अभिनेता अमिताभ बच्चनदेखि सबै सेलिब्रेटी र प्रधानमन्त्री नरेन्द्र मोदीसमेतलाई निम्ता पठाएइएको छ ।’

केही अगाडि आदित्यको तिलक कार्यक्रम आयोजना भएको थियो । सोही कार्यक्रम पछि नै उनको विवाहको तयारी सुरु भएको हो । आदित्यको विवाहमा जम्मा ५० मानिस मात्र सहभागी हुनेछन् । तर, विवाहपछि भव्य रिसेप्सन पाटी आयोजना हुनेछ । जसमा नेता, अभिनेतालगायत ठुलाठुला हस्तीको सहभागीता रहनेछ ।

आदित्य र श्वेताको विवाह मन्दिरमा साधारण तवरबाट हुनेछ । विवाहमा नजिकका आफन्त र साथीहरुमात्र सहभागी हुनेछन् । विवाहपछि परिवारेले एक भव्य रिसेप्सन पार्टी आयोजना गर्र्दैछन् । यसका लागि बलिउडका सबै स्टारलाई निम्ता समेत पठाइएको छ । आदित्य र श्वेता बिगत १२ बर्षदेखि एकअर्कोसँग डेट गरिरहेका छन् । यी दुबैको पहिलोटक भेट फिल्म ‘शापित’को सेटमा भएको थियो ।एजेन्सी

‘कुली नं १’ को ट्रेलरमा ‘लाइक-डिसलाइक’ गोप्य

काठमाडौं १४ मंसिर – बलिउड अभिनेता वरुण धवनको चलचित्र ‘कुली नं १’ को ट्रेलर भिडियोमा लाइक र डिसलाईक नदेखिने बनाइएको छ। शनिबार अमेजोन प्राइम इन्डियाको आधिकारिक युट्युब च्यानलमार्फत ट्रेलर सार्वजनिक भएको थियो।

सन् १९९५ मा प्रदर्शन भएको कुली नं १ कै ‘कपी’ यो चलचित्र हो। पहिलो पल्ट बनेको चलचित्रमा गोबिन्दा र करिश्मा कपूर मुख्य भूमिकामा थिए। यो चलचित्रका निर्देशक डेविड धवननै थिए।

ट्रेलरलाई पूजा इन्टरटेनमेन्टले सार्वजनिक गरेको छ। ट्रेलरमा लाइक, डिसलाइक नदेखिने बनाएपछि कमेन्टमा धेरै प्रतिक्रिया आएको छ। जसमा वरुण र सारा अलि खानको अभिनय ओभर भएको प्रतिक्रिया दिइएको छ।

पछिल्लो समय बलिउडमा नेपोटिजमको मुद्दा उठेसँगै स्टार किडलाई आम दर्शकले गालि गरिरहेको अवस्था छ। यो भन्दा अगाडि आलिया भट्ट अभिनित चलचित्र ‘सडक २’ को ट्रेलरमा लाइक भन्दा डिसलाइक धेरै भएको थियो ।

हालसम्म याे ट्रेलरमा १ कराेड ३० लाख डिसलाइक छ। यो ट्रेलरमा कलाकारको अभिनय हैन, व्यक्तिलाई गाली गरिएको छ।

 

शनिबार ट्रेलर सार्वजनिक भएको ‘कुली नं १’ चलचित्रमा वरुणसँगै सारा अलि खान, परेश रावल, जावेद जाफरी, राजपाल यादव, जोनी लिभर लगायत कलाकारको मुख्य भूमिका रहेको छ। यो चलचित्रलाई डिसेम्बर २५ मा अमेजन प्राइम भिडियोमा प्रदर्शन हुनेछ । यो चलचित्रलाई वरुण धवनको बुवा डेबिड धवनले निर्देशन गरेका हुन्।

बलिउडका दिग्गज अभिनेता धर्मेन्द्र दुई श्रीमतिभन्दा टाढा एक्लै बस्छन्

काठमाडौं १४ मंसिर – बलिउडका दिग्गज अभिनेता धर्मेन्द्र अब फिल्म ज गतबाट टा ढा छन्। उनलाई भारतीय सिनेमाको हे म्यान पनि भनिन्छ। सन् १९९७ मा उनी विश्वका १० सबैभन्दा सुन्दर पुरुषहरू मध्ये एक थिए। यसबाट उनको व्यक्तित्व अ नुमान गर्न सकिन्छ। एक भन्दा बढि सुपरहिट फिल्म दिने धर्मेन्द्र बाल्यकालदेखि नै नायक बन्न चाहन्थे। कुनै समय ग्ला मरस रोजेका त्यही धर्मेन्द्रले आफ्नो जीवन मायायानगरीबाट टाढा एक्लै बिताइरहेका छन्।

दुई विवाह गर्ने ८४ वर्षीय धर्मेन्द्र अहिले आफ्नो फार्महाउसमा एक्लै बस्छन् । उनी मुम्बई नजिकै लोनावालामा रहेको आफ्नो फार्महाउसमा जैविक खेतीको गरिरहेका छन् । उनीसँग धेरै गाईहरू पनि छन्। धर्मेन्द्रलाई मुम्बईको हलचल लक्जरी जीबनभन्दा फार्महाउसमा एकदमै आराम मिलेको छ। धर्मेन्द्रले आफ्नो फार्महाउसबाट धेरै फोटोहरू र भिडियोहरू शेयर गर्ने गर्छन्। ८४ वर्षको उमेरमा पनि एकदम फिट देखिने धमेन्द्र दैनिक मर्निङ वाक गर्न बिर्सिँदैनन्। धर्मेन्द्रलाई विहानको सूर्योदय हेर्न निकै मन पर्छ। धमेन्द्रले एक स्टाटस लेख्दै भनेका छन्–मैले काम कमाउनलाई धेरै तपस्या गरेको छु। मेरो ६० वर्षको मेहनत मेरो ज्या न भन्दा पनि प्यारो छ।’धर्मेन्द्र यतिबेला मुम्बइको भिडभाड भन्दा टाढा प्रकृतिको काखमा आफ्नो जीवन बिताइरहेका छन्।

 

धमेन्द्र आफ्नो फार्महाउसमा कहिले आँप टिप्दै गरेको त कहिले रक गार्डेनमा समय बिताउँदै गरेको देखिन्छ। उनले आफ्नो फार्म हाउसमा अर्गानिक तरकारी मात्रै गाई भैंसी पनि पालेका छन्। त्यतिमात्रै होइन कुकुर, हाँस, कुखुरा, घोडा पनि पालेका छन्। कयौं पटक धर्मेन्द्रले फार्महाउसको फोटो पनि सामाजिक संजालमा शेयर गरेका छन्। धर्मेन्द्रको फार्महाउस नजिक पहाड र झरना पनि छ। साथै नजिकै हजार फिट गहिरो तल पनि छ।धर्मेन्द्रले एक अन्तर्वाताका क्रममा जतिबेला उनी फिल्म क्षेत्रमा प्रवेश गरेका थिएनन् त्यतिबेला उनी जालन्धरमा सन्त सिनेमा हलमा फिल्म हेर्न जाने गरेको बताएका थिए।

त्यही हलमा फिल्म हेर्दा हेर्दै आफू पनि हिरो भन्ने सोच बनाएका थिए। सन्त सिनेमा हाल ११ वर्ष पहिला बन्द भइसक्यो। धर्मेन्द्रले १९५८ मा फिल्म ‘दिल भी तेरा हम भी तेरा’ बाट बलिउडमा डेब्यू गरेका थिए।आफ्नो ६ दशक लामो करियरमा धर्मेन्द्रले करिव २७० फिल्ममा काम गरेका छन्। धर्मेन्द्रकी पहिली श्रीमती प्रकाश कौर लाइमटाइमबाट टाढा बस्छिन्। उनका निकै कम फोटो मात्र सार्वजनिक भएका छन्। धर्मेन्द्रले प्रकाशसँग १९५४ मा १९ वर्षको उमेरमा विवाह गरेका थिए। उनीहरुका चार सन्तान छन्। अजय सिंह, (सनी) विजय सिंह (बबी), बिजेता र अजेता देओल छन्।

धर्मेन्द्रको जन्म पंजाबको लुधियाना शहरको सानो गाउँ नसरालीमा भएको थियो। जाट परिवारमा जन्मेको धर्मेन्द्र बाल्यकालदेखि नै स्वस्थ थिए। प्रकाश कौरसँग विवाह गर्दा उनी १९ वर्षका थिए। धर्मेन्द्र त्यसबेला बलिउडमा प्रवेश गरेका थिएनन्। प्रकाश कौर र धर्मेन्द्रका चार सन्तान, दुई छोराहरू र दुई छोरीहरू छन्।

जब धर्मेन्द्र फिल्ममा देखा परे, त्यस लगत्तै बलिउडमा उनको नाम चल्यो। उनको जोडि हेमा मालिनीसँग सबैभन्दा मन पराइयो। त्यहि सुपरहिट जोडी वास्तविक जीवनमा पनि बने। दोस्रो विवाहको लागि, धर्मेन्द्र र हेमा धर्म परिवर्तन गरेर इस्लाम अपनाए त्यसपछि सदाको लागि एक भए। हेमा मालिनी र धर्मेन्द्रका दुई छोरी छन्।

एउटा अन्तर्वार्तामा धर्मेन्द्रले भनेका थिए, ‘म जाट हुँ र जाटले जमिनलाई माया गर्छ । आफ्नो खेतलाई प्रेम गर्दछ। म मेरो समय लोनाभलाको मेरो फार्महाउसमा बिताउँछु। म खेतीमा खुशी छु। मेरो उद्देश्य जैविक खेती गर्नु मात्र हो।’

‘रेड वाइन’मा साम्राज्ञीसंग पुष्प रोमान्स

काठमाडौं, १४ मंसिर – नेपाल र अमेरिकामा छायांकन हुने तयारीमा रहेको चलचित्र ‘रेड वाइन’ बाट अभिनेता पल शाह बाहिरिएका छन् । चलचित्रबाट पल बाहिरिएपछि उनको ठाउँमा पुष्प खड्काको प्रवेश भएको छ । तीन दिन अगाडि पुष्पसँग निर्माण टिमको कागजी सम्झौता भइसकेको छ । अहिले चलचित्र ‘कृष्ण लिला’ को छायांकनमा व्यस्त रहेका उनले यसपछि ‘रेड वाइन’ का लागि समय निकाल्नेछ । अमेरिकामा रहेका रमेश एमके पौडेलले निर्देशन गर्ने चलचित्रमा अभिनेत्री साम्राज्ञी आरएल शाहसँग पलको जोडी पक्का भएको थियो ।

गोप्य स्रोतले दिएको जानकारी अनुसार, कथावस्तु, कलाकार र टाइटल परिवर्तनमा पलले दबाब दिन थालेपछि निर्माण टिमले उनको ठाउँमा पुष्पलाई अनुबन्ध गरेको हो । चलचित्रमा पलभन्दा अगाडि निर्माण टिमले साम्राज्ञीलाई अनुबन्धित गरेको थियो । चलचित्रमा साम्राज्ञीको सशक्त भूमिका रहेको बुझिएको छ । आफ्नोभन्दा साम्राज्ञीको भूमिका सशक्त भएका कारण पलले निर्देशक पौडेललाई चलचित्रको कथावस्तु परिवर्तन गर्न आग्रह गरेको स्रोत बताउँछ । तर, पौडेल उनको कुरामा सहमत भएनन् । यसपछि पलले चलचित्रबाट बाहिरिने निर्णय गरेका थिए । अब ‘रेड वाइन’ मा पुष्पले साम्राज्ञीसँग अनस्क्रिन रोमान्स गर्नेछन् ।

चलचिको २० प्रतिशत छायांकन काठमाडौं र ८० प्रतिशत अमेरिकामा हुनेछ । चलचिमा सन्दिप क्षेत्रीको पनि मुख्य भूमिका रहनेछ । चलचित्रमा व्यवसायी पासाङ लामा र आर्यन पौडेलको लगानी रहने छ । सह-निर्मातामा निरू भण्डारी रहने छिन् । आर्यन फिल्मस् प्रोडक्शन र बोधी एच.डि. अमेरिकाको ब्यानरमा निर्माण हुने चलचित्रको पटकथा तथा संवाद शबिर श्रेष्ठले तयार पारेका हुन् ।

सलमान र कैटरीनाको रोमान्सको भिडियो बन्यो भा इरल

काठमाडौँ,१४ मंसिर – कैटरीना कैफ र सलमान खानको फिल्म ‘एक था टा इगर’ रिलीज भएको ८ बर्ष भयो । आज पनि, फ्यानहरूले यो फिल्म धेरै मन पराउँछन् । फिल्ममा दर्शकहरुले कैफ र खानको जोडीलाई मन पराएका छन् ।

अब यस फिल्मको एक भिडियो क्लि प सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो भिडियो यशराज फिल्म्स द्वारा ट्विटरमा साझा गरिएको छ । यो भिडियो गीत माशल्लाहको शूटिङ्गको बेलाको हो । भिडियोमा कैफ र खान रमाईलो गरिरहेको देखिन्छन् ।

८ बर्षपछि सामाजिक सञ्जालमा भाइरल भिडियोमा देख्न सकिन्छ कि कैटरीना कैफ र सलमान खानले गीतको शुट गरे ।

त्यसबेला सलमान खान रमाइलो गर्न थाल्छन् । सलमानलाई यो गरिरहेको देखेर कैटरीना कैफ हा स्यास्पद स्टाइलमा गलामा छिन् । यशराज फिल्म्सले यस भिडियो क्लिप साझा गरेर क्याप्शनमा लेखे, ‘एक जोडदार नाच, ज्यादै कठिन परिश्रम, टीम वर्क र यसको पछाडिको रमाइलो ।’

उनको अर्को फिल्म राधे–योर मोस्ट वा न्टेड भाई’ रिलीजको तयारीमा रहेको छ । राधेमा सलमान खान, ज्याकी श्रफ, रणदीप हूडा, दिशा पटानी र प्रभुदेवा लगायत कलाकारहरुले काम गरिरहेका छन् । अर्कोतिर कैफको कामको कुरा गर्ने हो भने उनी छिट्टै फिल्म ‘सौर्यवंशी’ मा देखा पर्नेछिन् ।

प्रतिक्रिया