सिन्धुली,१४ मंसिर – सिन्धुली जिल्लामा सिचाइ सुविधा नपुगेको पाखो खेतबारीमा लगाइने छरुवा धान ‘घैया’ लोप हुदै गएको छ ।
अनुकूल वातावरणको अभाव भएपछि सिन्धुलीका कृषकले स्थानीय घैया जातको धानखेती गर्न छाडेका हुन् । सिँचाइको सुविधा नपुगेका भि रालो पा खामा खेती गर्न सकिने घैया धान कृषकले लगाउन छाडेपछि लो प हुने अवस्थामा पुगेको हो ।
समयमा पानी नपर्ने, स्थानीयको आकर्षणमा कमी र मौसम अनुकूल नहुदा घैया धान लो प हुने अवस्थामा पुगेको हो । जिल्लामा झण्डै तीन सय हेक्टर पाखोबारी तथा खेतमा गरिदै आएको छरुवा धान ‘घैया’ समयको परिवर्तनसँगै विभिन्न कारण जिल्लाबाटै लोप हुँदै गएको कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाएको हो ।
कार्यालयका अनुसार जिल्लाको अधिकांश क्षेत्रमा गरिने यो धान खेतीमा मिहिनेत धेरै र उत्पादन कमी हुने भएपछि हिजोआज लोप हुने अवस्थामा पुगेको हो । घैया धानप्रति कृषकको आकर्षण घट्दै जाँदा सिन्धुली लगायत देशैभर लोप हुने अवस्थामा पुगेको छ । आकाशे पानीको भरमा धान खेती गर्नुपर्ने भएकाले मौसम अनुकूल पानी नपर्ने र मलखादको मात्रा नमिल्ने भएकाले उत्पादनमा कमी हुँदै लोप हुने अवस्थामा पुगेको हो ।
पाँच वर्षयता परेको खडेरीले आकाशेपानीको भरमा गरिने यस्तो धान खेती हिजोआज गर्नै छाडिएको छ । यसले गर्दा धानको जात नै लोप हुने अवस्थामा पुगेको ज्ञान केन्द्रले जनाएको छ । ज्ञान केन्द्रका सूचना अधिकारी तथा बागबानी विकास अधिकृत श्रीकृष्ण अधिकारीले जिल्लामा गरिने घैया धानको रेकर्ड नै नभएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “स्वादमा पनि भर पर्दछ । भात पनि नमिठो हुने र घैया धानको बिकल्पमा अरु धेरै बाली छनौट भएको पनि उक्त धान हराएको हुन सक्छ ।”
जिल्लामा स्थानीय असली घैया धानको जात लोप भइसकेको र नयाँ प्रकारको विकासे जातको घैया छिटफुट मात्रामा खेती हुँदै आएको बताईएको छ । जिल्लामा घैया एक, घैया दुई, मकावनपुर, हर्दिनाथ लगायत छरुवा जातको विकासे धान असिञ्चित क्षेत्रमा छरुवा प्रविधिबाट खेती गर्ने प्रचलन थियो । तर, अहिले त्यस्तो धानको उत्पादनमा कमी आउँदै गएकाले लगाउनै छाडिसकेको कृषकहरू बताउँछन् ।
सिञ्चित जमिनको तुलनामा यस्तो धानको उत्पादन ३० देखि ४० प्रतिशतसम्म कमी हुने जानकारहरु बताउछन । ज्ञान केन्द्रका एक कर्मचारीका अनुसार जिल्लामा १६ हजार ४ सय ८२ हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ । तर, पछिल्लो समय मौसम अनुकूल वर्षात नहुँदा चैते र बर्खे धानसँगै घैया खेतीमा कमी आएको कमि आएको छ ।
पाखोबारी तथा खेतमा भएको सिँचाइ असुविधाले यस्तो धानको खेती नै गर्न छाडिएको छ । धानको उत्पादनमा कमी हुँदा लोप हुने अवस्थामा पुगेको छ । घैया धान उत्पादनमा कमी आएसँगै वार्षिक रूपमा उत्पादन हुने खाद्यान्नमा समेत कमी आउन थालेको कृषि प्राविधिकको भनाइ छ ।
कृषि प्राविधिकहरूका अनुसार समयमै वर्षा नहुने र बढ्दो तापक्रमका कारण अनुकूल वातावरणको अभावमा स्थानीय जातका खेतीबाली उत्पादनमा असर परेको हो । घैया धान वैशाख जेठमा रोपेर कात्तिक, मंसिरमा भित्र्याउने गरिन्छ । पौष्टिक तत्वको मात्रा अधिक हुने घैया धानलाई स्थानीयवासीले औषधिको रूपमा पनि प्रयोग गर्छन् ।