काठमाडौँ,१३ मंसिर –विवाह, प्रेम वा मित्रताका लागि महिला र पुरुषका फरक फरक धारणा हुने गर्दछन् । जसका कारणले उनीहरु एकअर्काका विषयमा जान्न र नजिक हुन अनेकौं प्रयत्न गर्छन् । तर एकले अर्कालाई बुझ्न नसक्दा दुबैको निकटतामा बाधा उत्पन्न हुन्छ ।
यी कुरामा ध्यान दिएमा सम्बन्ध बलियो र दिगो हुन सक्छ
-महिलालाई देखिने गरी उनी प्रति तपाईले गरेको माया देखाउनुपर्ने हुन्छ । त्यसैले उनीसँगको सामिप्यता र प्रेम बढाउन कुनै यस्तो काम गर्नुस् जसका कारण उनले तपाईको प्रेम महशुस गर्न सकुन् ।
-महिलालाई किनमेल गर्न असाध्यै मनपर्छ । त्यसैले उनीहरु थोरै खर्च भएपनि बजारमा छानीछानी सामान किन्न रुचाउँछन् । सामाग्री किन्नु र हातभरी झोला बोकेर घर फर्कनु एक किसिमले महिलाको चाहाना नै हो भन्दा फरक पर्दैन ।
– महिलासँग भेट हुँदा उनीहरुको कुरा सुन्न प्राथमिकता दिने र उनीहरुलाई सम्मानपूर्वक व्यवहार गर्ने पुरुष महिलाको पहिलो छनौट हुन् ।
– महिलाका लागि आफ्नो आत्मसम्मान अति नै प्यारो हुन्छ । त्यसैले महिलालाई खुशी मिल्ने विषयमा पुरुषले रोकेको छेकेको विषय उनीहरुले बाहिरी रुपमा पालना गरे पनि भित्रि रुपमा भने दुखी हुन्छन् ।
-अधिकाशं महिलालाई सुगठित शरिर भएका पुरुष मनपर्छ । तर उनीहरुमा महिलालले बौद्धिकता पनि खोज्दछन् । अझ आफ्नो कर्तब्य र जिम्मेवारी निभाउने पुरुष प्रथम रुचीमा पर्दछन् ।
-उपहार पाउनु सबैको मन पर्ने बिषय हो । तर गिफ्ट दिँदा दिने व्यक्तिले पूर्व घोषणा नगरी सरप्राइजका रुपमा आफ्नो मनले छानेर दिएको गिफ्टले उनीहरुको मन जित्न सकिन्छ ।
– महिलालाई आफ्नो परीवार वा आफन्तसँग भेटघाट गराएको र सम्बन्धलाई प्राथमिकता दिएको कुराले चाँडै छुन्छ । अझ महिलाका परिवारलाई आदर गरिदिउन् भन्ने चाहना हुन्छ ।
– नियमित रुपमा सम्भव नभएपनि कहिलेकाहि महिलाका गुनासोहरु सुनिदिने गर्नुपर्दछ । यसबाट उनीहरुको मनको बोझ हल्का हुने गर्दछ ।
– पुरुषहरु आफ्नो बढाईचढाई गरेर कुरा गरेको जो महिलालाई फिटिक्कै मन पर्दैन । महिला साचो सुन्न सक्छन्, झु-टो सहन सक्दैनन् ।आफूलाई साँचो माया र हेरचाह गर्ने पुरुषका लागि उनीहरु सबै त्याग्न सक्छन् ।
-महिलालाई शं-का गरेको मन पर्दैन । उनीहरुको गलत क्रियाकलापमा शं-का नगर्नुस् भन्ने होइन । तर कुनै विषयमा नाम जोडर लगाइएका आरोप पटक्कै मन पराउदैनन् ।
कोरोना म हा मा रीमा मालामालः अमेरिकी अरबपतिहरुको सम्पत्ति १० खर्ब डलरले बढ्यो
काठमाडौँ,१३ मंसिर – कोरोना म हा मारीबाट पूरै विश्व नै अ स्त व्य स्त बनेको छ । महामारीका कारण हजारौँ मानिसहरुले रोजगारी गु माएका छन् । लाखौँ मानिसहरु भोकमरीको स्थितिमा पुगेका छन् । यस्तोमा अमेरिकी अरबपतिहरुको सम्पत्तिमा भने उच्च बढोत्तरी देखिएको छ ।
एक रिपोर्टका अनुसार, मार्चमा पूरै विश्वमा कोरोना फैलिएको समयपछि पनि अमेरिकी अरबपतिहरुको सम्पत्तिमा एक ट्रिलियन अर्थात् १० खर्ब डलरभन्दा अधिक वृद्धि भएको छ ।
रिपोर्टका अनुसार, अमेरिकी अरबपतिहरुको कुल सम्पत्तिमा एक तिहाई भन्दा अधिक वृद्धि भएको छ । विश्लेषणमा पाइएअनुसार, ५६० अरबपतिहरुले १८ मार्च २०२० र २४ नोभेम्बर २०२० का बीच १० खर्ब ८ अर्ब डलर बराबरको सम्पत्ति प्राप्त गरेका छन् । अब यि अरबपतिहरुको संयुक्त सम्पत्ति ४ ट्रिलियन अर्थात् ४० खर्ब डलर पुगेको छ ।
२९ अरबपतिको सम्पत्ति दोब्बर
ती अरबपतिहरुमध्ये २९ अरबपतिहरुले मार्चमा आफ्नो सम्पत्ति दोब्बर बनाए । यस क्रममा ३६ नयाँ अरबपति बने । कयौँ अमेरिकी कोरोना भाइरसबाट बच्न लगाइएको लकडाउनबाट सिर्जित आर्थिक समस्यापछि संघर्ष गरिरहेका बेला यि अरबपतिहरुको सम्पत्तिमा भने यस्तो बढोत्तरी भएको हो ।
एलन मस्कको सम्पत्तिमा सबैभन्दा धेरै वृद्धि
इंस्टीट्यूट फर पोलिसी स्टडीज (आईपीएस) को रिपोर्टका अनुसार, स्पेस एक्स र टेस्लाका प्रमुख एलन मस्कको सम्पत्तिमा सबैभन्दा धेरै बढोत्तरी भएको छ । महामारीपछि उनको सम्पत्ति एक खर्ब डलरले वृद्धि भएको छ ।
यसैगरी विश्वका सबैभन्दा धनी तथा अमेजनका सीईओ जेफ बेजोसको सम्पत्ति मार्चको मध्यदेखि ७० अर्ब भन्दा धेरै वृद्धि भएको छ । जबकि कोभिड–१९ बाट कम्पनीका करिब २० हजार कर्मचारीहरु संक्रमित भएको अनुमान गरिएको छ ।
यस अवधिमा फेसबुकका संस्थापक मार्क जुकरवर्गको सम्पत्ति ४७ अर्ब ८० करोड अर्थात् ४७ प्रतिशतले बढेको छ ।एजेन्सी,
हिजो को-को कहाँ पुगे ? कसले के भने ?
काठमाडौँ,१३ मंसिर –आज शनिबार हुन लागेको नेकपाको सचिवालय बैठकलाई सबैले उत्सुकता र आशंकासहित हेरिरहेको अवस्थामा नेताहरूबीच छलफल र भेटघाटको गति तीब्र भएको छ । त्यहि क्रममा हिजो शुक्रबार बिहान नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग खुमलटारमा ऊर्जा मन्त्री वर्षमान पुन र नेता मातृका यादवले संयुक्त रूपमा भेटेका छन् । उक्त भेटघाटको १० मिनेटपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले दाहालसँग करिब पौने घण्टा भेटवार्ता गरेको खुमल्टार सचिवालय श्रोतको कथन छ ।
हिजै खुमलटारमा दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच पनि दिउँसो झण्डै तीन घण्टासम्म घनिभूत छलफल भएको थियो । दाहालले वि.सं.२०७४ देखि २०७७ सम्म विभिन्न सञ्चारमाध्यममा दिनुभएको अन्तर्वार्ताहरूको संग्रह ‘नयाँ राजनीतिक विश्लेषण’ पनि हिजै सार्वजनिक भएको छ । उक्त पुस्तक प्रज्ञा स्मृति प्रतिष्ठान,नेपालले प्रकाशन गरेको हो ।
यता,प्रधानमन्त्री निवास बालुवाटारमा पनि हिजो भेटवार्ता र छलफल निकै बाक्लिएको थियो । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलबीच बिहान को भेटघाट झण्डै एक घण्टा लम्बिएको थियो । त्यसैगरी,प्रधानमन्त्रीसँग नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि यसरी नै छलफल गर्नुभएको थियो । त्यसपछि प्रधानमन्त्रीलाई भेट्न मुख्यसचिव शंकरदास बैरागी बालुवाटार पसेको बताइन्छ ।
यता,वरिष्ठ नेता नेपाल निवास,कोटेश्वरमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालले पार्टीको बि बाद बढ्न नदिन झण्डै डेढ घण्टा कुराकानी गर्नुभएको र पर्यटन मन्त्री योगेश भट्टराईलाई उर्जामन्त्री बिष्णु पौडेलले आफ्नै कार्यकक्षमा झिकाउनुभएको सहयोगी समूहले जनआस्थालाई बतायो । त्यसअघि नेपालसँग परराष्ट्र सचिव भरतराज पौडेलको टिमले करिब २० मिनेट संक्षिप्त भेट गरेको थियो ।
उता,नेकपा उपाध्यक्ष वामदेव गौतमसँग भेट गर्न उहाँकै निवास, भैसेपाटीमा उपप्रधानमन्त्री ईश्वर पोखरेल साँझ पुग्नुभएको थियो । पोखेरल र गौतमबीच झण्डै डेढ घण्टा वार्तालाप भएको थाहा लागेको छ ।
जन आस्थाबाट साभार
सिन्धुलीको जुनार चिन निर्यात हुने
सिन्धुलीको जुनार चिन निर्यात हुने भएको छ । केहिबर्ष अगाडी नेपाल सरकार र चिनिया सरकारबिच नेपालको सुन्तलाजातको फलफुल चिन निर्यात गर्न दुई देशिय सहमती भएअनुसार चिनिया व्यापारी सिन्धुलीको जुनार बगैचामा पुगेका छन् ।
यहाँको तिनकन्याका किसानको जुनार बगैचा अवलोकन गर्न चिनिया व्यापारी पुगेका हुन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाई सिन्धुलीको अगुवाइमा चिनिया व्यापारी यहाँको गोलञ्जोर गाँउपालिका ४ तिनकन्याका जुनार बगैचामा पुगेका हुन् ।
नेपालमा घास दाना कम्पनी सञ्चालन गर्दै आउनु भएका चिनिया व्यापारी जाङ जिन(नेपाली नाम कुवेर श्रेष्ठ) जुनार बगैचामा पुग्नु भएको थियो । “मैले जुनार बगैचामै गएर अवलोकन गरे” उहाँले भन्नु भयो, “जुनार चाइना पठाउन योग्य देखिएको छ अब चाइनाका बजारमा निर्यात गर्नका लागि हामी गृहकार्य गर्छौ ।”
उहाँले नेपाल सरकार र चाइना सरकारबिच भएको सहमती अनुसार जुनार चिन पठाउन सकिने बताउनु भयो । रो ग कि रा मु क्त जुनार चाइना पठाउनुपर्ने हुन्छ, गे्रडिङ गरेर हामी जुनार चाइना पठाउन पहल गर्छौ, उहाँले थप्नु भयो । सिन्धुलीको जुनार चाइनाका बजारमा जानका लागि रो ग कि रा मु क्त फल हनुपर्ने चाइना सरकारको सर्त छ । सोही अनुसार विगतका बर्षका तुलनामा सिन्धुलीका विभिन्न स्थानका बगैचामा यस बर्षबाट जुनार रो ग कि रामुक्त भएकाले जुनार चाइना पठाउन पहल गरिएको कृषि मन्त्रालयले जनाएको छ ।
प्लान्ट क्वारेन्टाइन तथा वि षा दी व्यवस्थापन केन्द्र हरिहर भवनका अनुसार जुनार खेती गर्ने किसानलाई फर्म दर्ता गर्ने र असल कृषि अभ्यासका क्रियाकलापमा अगाडी बढाई जुनारको गुणस्तर बढाउन सकेमा जुनार चिन निर्यात हुने छ । सन् २०१२ र सन् २०१९ मा सिन्धुलीको जुनार र स्याङजाको सुन्तला चिन निर्यात गर्ने गरि समझदारी पत्र साटासाट भए अनुसार सिन्धुलीको जुनार चिन लैजान व्यवसायीले चासो देखाएका हुन् । नेपालका सुन्तलाजातको फलफुल खासगरि सिन्धुलीको जुनार र स्याङजाको सुन्तला पहिलो चरणमा रोगकिरा मुक्त फलहरु जान सक्ने भनेर सम्झौता भएकाले सोही अनुसार जुनार चिन निर्यात गर्न व्यवसायीलाईनै बगैचामा लगेर अवलोकन गराइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाई सिन्धुलीका प्रमुख देबराज अधिकारीले जानकारी दिनु भयो । उहाँका अनुसार दर्ता भएका बगैचाबाट क्वारेन्टाइन पुरा गरेर निर्यात गर्न सक्ने संम्भावना रहेको र सो कार्यका लागि कृषि तथा पशुपन्छि मन्त्रालय, प्लान्ट क्व ारेन्टाइन तथा वि षादी व्यवस्थापन केन्द्र, परियोजना कार्यन्वयन इकाई लगायतका सरोकारवाहरु लागि परेका छन् ।
सिन्धुलीको जुनारमा ०७०/०७१ देखि फल कुहाउने औशा चाइनिज सिट्रस फ्लाई ब्या क्टोसेरा मि न्याक्सको समस्या देखिएकाले ०७५ सालदेखिनै चिनिया प्रविधि अनुसार प्राटिन बेट छर्ने कार्य भएकाले किराको समस्या न्युन भएको इकाई प्रमुख अधिकारीले बताउनु भयो ।
किसानको बगैचामै चिनिया व्यापारी पुगेपछि किसान समेत खुसी भएका छन् । यहाँको जुनार चिन निर्यात हुने भनेसँगै हामी सबै खुसी थियौ, अहिले चिनिया व्यवसायीनै बगैचामा आएपछि थप आशा पलाएको छ, स्थानिय लोकबहादुर आले मगरले भन्नु भयो,“ हामी चिनिया व्यापारीका लागि गर्नुपर्ने सम्पुर्ण सहयोग गरेर जुनार चिन पठाउन चाहन्छौ । ”
निर्माता नवल खड्काले श्र द्वा न्जली पोष्टमा ‘जन्मदिनको शुभकामना’ लेखे
काठमाडौँ,१३ मंसिर – संचार माध्यम मध्येको पनि सबै भन्दा बढी प्रयोग हुने सामाजिक संजाल फेसबुकमा देशको ख्याति प्राप्त एक लोकप्रिय कलाकार दिपा श्री निरौलाले आफ्नो फुपुको छोरीको अ सामयिक नि धन प्रति दु:ख व्यक्त गर्दै “गंगा दीदी नाम जस्तै गंगा सागर हुनुहुन्थ्यो दीदी अब सम्झना मात्र.. हार्दिक श्र द्धांजलि दिदी” भन्दै एक पोष्ट अपडेट गरेकी थिइन । उक्त पोष्टलाई धेरै व्यक्तिहरुले उहाको फुपुको छोरीको अ सामयिक नि धन प्रति दु:खद घडीमा परिवारजनमा धैरेधारण गर्ने श क्ति भगवानले प्रदान गरुन भन्दै कमेन्ट गरेका छन् ।
तर एक बरिष्ठ फिल्म निर्माता नवल खड्काले उक्त पोष्ट “जन्मदिनको लाखौ लाख शुभकामना” भन्दै कमेन्ट गरेका छन् यसरि कहाँनेर, कस्तो समयमा के कुरा गर्ने, कस्तो परिस्थिमा कसलाई के भन्ने जस्ता कुरामा समेत अ ज्ञानता नभएकै होत ?
उनको कमेन्टलाइ कसैले “कमसेकम हेरेर रिप्लाइ गरौन होउ” भनेका छन् भने केहिले सच्याउन सल्लाह दिए । संचार मध्यमबाट धेरै कुराहरुको जानकारी त् हरेक मानिसहरुले पाइरहेका छन तर पनि यहि सामाजिक संजालमा आएका यस्ता नकारात्मक कुराले गर्दा मानिसको दिमागमा न कारात्मक असर समेत पर्न जान्छ ।
परिवारमा शोक परिरहदा फिल्म क्षेत्रमा राज गरिरहेको लामो समय भैसक्दा पनि कहानेर के बोल्ने ज्ञान नभएको हो यात अन्य कुनै कारणले गर्दा या त् अन्जानमा भनेका हुन यी कुरा त् उनैलाई थाहा होला । नवल खड्का जस्ता व्यक्तिको कमेन्टले नराम्रो संदेश उनको परिवारलाइ मात्र नभई सामाजिक संजालमा सक्रिय सम्पूर्ण व्यक्तिहरुलाई जान्छ त्यसैले उनको कमेन्टलाइ केहिले सच्याउन समेत सल्लाह दिएका छन् ।
पारस शाह बिरामी परे पछि सोनीले यस्तो स्टाटस लेखिन्
पूर्वयुवराज पारस शाह र मोडल सोनीका रोकायबीचको अफयर्स चलिरहेको खबरले केहि समय अगाडी निकै चर्चा पाएको थियो । पूर्व राजकुमार पारस शाह र युट्युवर सोनीका रोकाया बीचको सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा निकै चर्चा परिचर्चा भइरहेको हुन्थ्यो ।
पारससँग सङ्गत् बढेपछि सोनिकाले नराम्रा ह र्कतहरु पनि बन्द गरेकी थिइन् । सार्वजनिकरुपमै अ श्ली ल तथा छा डा शब्दहरु बोल्ने र अ र्ध न ग्न भएर हिड्ने जस्ता कार्यहरुले युटुबर समेत रहेकी सोनीका बेला बखत चर्चामा आउने गरेकी छिन । केहि समय अगाडी तिनै सोनीका पूर्व युवराज पारस शाहसँग एकदमै नजिक बनेकी थिईन ।
यो कुरा उनी आफैले स्वीकार गरिसकेकी पनि थिईन । सोनिकाले पारसलाई लिएर कार्यक्रम नै बनाउने र पारस जहाँ गयो त्यहाँ सोनिकालाई पनि देखिन थालेपछि बजारमा उनीहरुलाई अर्कै दृष्टिकोणले हेरिन थालिएको थियो । पूर्व युवराज पारस शाह मुटुमा समस्या आएर अस्वस्थ भएपछि पारसकी एकताकाकी निकट साथी सोनिका रोकाय भावुक बनेकी छिन् ।
उनले भावुक हुँदै आफ्नो फेसबुकमा लामो स्टाटस लेखेकी छिन् । उनलको यो स्टाटसबाट उनीहरुको निकटता बुझ्न सकिन्छ । सोनिकाले एक समाचार सेयर गर्दै उक्त स्टाटस लेखेकी हुन् । उनी अगाडी लेख्छिन्, पूर्वयुवराज पारस शाहः मृ त्यु बाट भा ग्न कहा त्यति सजिलो छ? जहाँ धर्म हुन्छ त्यहाँ जीवन र म र ण को लेखा जोखा हुन्छ ।
मृ त्युलाइ नजिकवाट नियाल्ने अवसर पाउनु भयको छ र त्यो अन्तिम सासको समयमा तपाइका वरपर आफ्ना भनौदामा म जस्ता अपरिचित पात्र हुदैनन्, हुन्छन् त तपाइका आफन्त, आमाबुबा, श्रीमती र छोराछोरी । तसर्थ जसले आफ्नो कर्तव्य जानेको हुन्छ उसले सहि र गलत छुट्टाउन जान्दछ । जुन राजाको र ग त ले धर्मको प्रकाश निभाउदैन । उसले पक्कै बाटो बिराउनेछ । जय नेपाल । गेट वेल सुन ।
सुस्मा र पूर्व युवारज पारसको कहाँ भेट भयो ?
पछिल्लो समय चलचित्र अभियनबाट टाढा रहेकी अभिनेत्री सुस्मा कार्की सामाजिक सञ्जालमार्फत बेला–बेला चर्चामा आइरहेकी हुन्छिन् ।केहि समय पहिला ना इटोमा फुली लगाएको भिडियो शेयर गरेर चर्चामा थिइन् । अझै केहि पहिला उनले सलमान खानसँगको फोटो शेयर गरेर पनि चर्चामा रहेकी थिइन् ।
शुक्रबार मात्रै अभिनेत्री कार्कीले पूर्वयुवराज पारस शाहसँगको फोटो शेयर गरेकी छन् । ब्या क ग्राउन्ड हेर्दा दुवैजनाबीच कुनै पार्टीमा भेट भएको जस्तो देखिन्छ । तर, उनले फोटोको ‘लोकेशन’बारे भने केही खुलाएकी छैनन् ।
पारससँगको फोटो शेयर गर्दै कार्कीले फेसबूकमा लेखेकी छन्, हरेक दिन मैले भगवानबाट आशिष पाइरहेकी छु । र, म यसलाई एक नयाँ शुरुवात मान्दछु । हो ! सबैचिज सुन्दर छ । आदरणीय युवराजसँग ।
सुस्मालाई उनका प्रसंशकहरुले पारससँग कहाँ भेटेको ? यो तस्वीर कहाँ लिएको भनेर प्रश्न पनि गरेका छन् । त्यसमा भने उनले केही जवाफ फर्काएकी छैनन् । तर कतिपय न करात्मक प्र तिक्रियमा भने उनले जवाफ फर्काएकी छिन् ।