काठमाडौँ,१३ मंसिर – अ ख्तियार दु रूपयोग अ नुसन्धान आयोगमा लोकमानसिंह कार्कीले पद बहाली गरेकै बेला तीन वर्षअघि भनेका थिए, ‘हामीले अ कुत स म्पत्ति आर्जनमा उच्चपदस्थसहित २ सय जनाको विस्तृत छानबिन थालिसकेका छौं ।’
त्यतिबेला अख्तियारका जिम्मेवार पदाधिकारीले ४० जना इञ्जिनियर, २० जना सु रक्षा निकायका उच्चपदस्थ अधिकारी, पाँच जना सचिव, २० जना डाक्टर, झण्डै दर्जनको संख्यामा सार्वजनिक संस्थानका प्रमुखलगायतको अकुत सम्पत्ति छानबिन चलिरहेको जानकारी गराएका थिए ।
तीमध्ये केहीसँग बयान लिइएको र केहीलाई ब यानका लागि बोलाउने तयारी भइरहेको भनाइ पनि आएको हो । सम्पत्ति खोज्न अ ख्तियारअन्तर्गतकै ‘इन्टेलिजेन्स एजेन्सी’ परिचालन गरियो । एजेन्सीले पाँच सय जनाको लिस्ट बुझाएकोमा ‘सर्टलिस्ट’ गरेर दुई सयमा झारेको हो । तर विशेष अदालतमा अ कुत सम्पत्ति (गै रकानुनी सम्पत्ति) आर्जनमा यसबीच जम्मा १८ वटा मुद्दा मात्र दर्ता भएका छन् ।
अख्तियारकै पछिल्लो वार्षिक प्रतिवेदन अनुसार इतिहासमै सबैभन्दा बढी एक हजार एक सय १४ उजुरीको विस्तृत अ नुसन्धान गरिएको छ । ०७५/७६ को प्रतिवेदनले चार सय ४१ मुद्दा वि शेष अदालतमा दा यर गरिएको देखाएको छ । अख्तियारको ३० वर्षे इतिहासमै यो संख्या सबैभन्दा बढी रहेको उसको दाबी छ । तर, यो संख्यामा ‘स्ट्रिङ अप्रेसन’ मार्फत रं गेहात समातिएका घु स मु द्दा मात्र बढी छन् । अख्तियारले दायर गरेका ती मुद्दामा ८८.५ प्रतिशतले सफलता पाएको थियो । तर, सबैभन्दा ग म्भीर अ पराध मानिएको अकुतमा भने अ ख्तियार आ श्चर्यजनक रूपमा चिसिएको छ ।
भ्र ष्टाचारको क्री डास्थलका रूपमा चिनिएका राजश्व, भन्सार, सडक डिभिजन, स्वास्थ्य, भूमिसुधार, मालपोत, गृहअन्तर्गतका उच्चपदस्थ प्रहरी, कर्मचारी तथा आर्थिक विवादमा मुछिएका तत्कालीन मन्त्रीहरू, स्थानीय निकायका अधिकारीउपरको छानबिनमा अ ख्तियार किन ड राइरहेको छ भन्ने प्रश्न उठेको छ ।
जबकि भ्र ष्टाचार निवारण ऐनले सार्वजनिक पद धारण गरेको राष्ट्रसेवकले प्रचलित कानुनबमोजिम पेश गरेको सम्पत्ति विवरण अमिल्दो तथा अस्वाभाविक देखिन आएमा, निजले मनासिब कारण बिना अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेमा, आफ्नो हैसियतभन्दा बढी कसैलाई दान, दातव्य, उपहार, सापटी, चन्दा वा बकस दिएको प्रमाणित भएमा त्यस्तो सम्पत्ति के–कस्तो स्रोतबाट आर्जन गरेको हो भनेर निजले नै प्रमाणित गर्नुपर्ने कडा व्यवस्था गरेको छ । अन्यथा त्यस्तो सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको मानिन्छ ।
गै रकानुनी रूपमा सम्पत्ति आर्जन गरेको प्रमाणित भए बिगोअनुसार दुई वर्षसम्म कै द र बिगोबमोजिम जरिबाना गरी त्यसरी आर्जन गरेको गै रकानुनी सम्पत्तिसमेत जफत गरिने प्रावधान छ । सम्पत्ति लुकाउन मद्दत गर्ने परिवारका सदस्य र अन्य व्यक्तिलाई समेत यसको आधा सजाय भुक्तान गर्नुपर्ने कडा प्रावधान राखेर ऐनले अ ख्तियारलाई शक्तिशाली बनाएको छ । तर, अख्तियारले भने आफ्नो अधिकार आफै खु म्च्याएर बस्दा अकुतका ठूला भ्र ष्टाचारीले टाउको लु काउने मौका पाएका छन् ।
विशेष अदालतको रेकर्डले घुस रि शवतमा दुई सय ६, नक्कली शैक्षिक प्रमाणपत्रमा ८५, सार्वजनिक सम्पत्तिको हि नामिना नोक्सानीमा ७४, गै रकानुनी ला भहानी ३६, राजश्व हि नामिना १२ वटा दर्ता हुँदा गैरकानुनी सम्पत्ति आर्जन (अकुत) मा जम्माजम्मी १८ वटा मात्र दर्ता भएको देखाएको छ । विशेषमा मु द्दा चल्नेमा विशिष्ट श्रेणीका ६ जना, अन्य कर्मचारी आठ सय ३ तथा बिचौलिया र मतियार तीन सय १५ छन् । एक करोडभन्दा बढी बिगो कायम गरी दा यर भएका मुद्दा संख्या जम्मा २८ छ ।
भ्र ष्टाचारका भाषणमा शून्य सहनशीलताको दुहाई दिँदादिँदै नथाकेका पूर्व प्रमुख आयुक्त नवीनकुमार घिमिरे सत्ताको ताबेदारी गर्दै ‘ठूला माछा’ लाई उन्मुक्ति दिएको आरोप खेप्दै अ वकाश भए । कोरोनाका कारण लकडाउन भएपछि चैतयता ६ महिनाको अवधिमा झन् ठूला छानबिन कार्य ठप्प छन् । हाल नयाँ जिम्मेवारीमा आएका कार्यवाहक प्रमुख आयुक्त गणेशराज जोशीले ‘अकुत’ छानबिनमा जाँगर चलाउलान्/नचलाउलान् पाइन हेर्न बाँकी नै छ ।
जन आस्थाबाट साभार
हिजो को-को कहाँ पुगे ? कसले के भने ?
आज शनिबार हुन लागेको नेकपाको सचिवालय बैठकलाई सबैले उत्सुकता र आशंकासहित हेरिरहेको अवस्थामा नेताहरूबीच छलफल र भेटघाटको गति तीब्र भएको छ । त्यहि क्रममा हिजो शुक्रबार बिहान नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग खुमलटारमा ऊर्जा मन्त्री वर्षमान पुन र नेता मातृका यादवले संयुक्त रूपमा भेटेका छन् । उक्त भेटघाटको १० मिनेटपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले दाहालसँग करिब पौने घण्टा भेटवार्ता गरेको खुमल्टार सचिवालय श्रोतको कथन छ ।
हिजै खुमलटारमा दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच पनि दिउँसो झण्डै तीन घण्टासम्म घनिभूत छलफल भएको थियो । दाहालले वि.सं.२०७४ देखि २०७७ सम्म विभिन्न सञ्चारमाध्यममा दिनुभएको अन्तर्वार्ताहरूको संग्रह ‘नयाँ राजनीतिक विश्लेषण’ पनि हिजै सार्वजनिक भएको छ । उक्त पुस्तक प्रज्ञा स्मृति प्रतिष्ठान,नेपालले प्रकाशन गरेको हो ।
यता,प्रधानमन्त्री निवास बालुवाटारमा पनि हिजो भेटवार्ता र छलफल निकै बाक्लिएको थियो । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलबीच बिहान को भेटघाट झण्डै एक घण्टा लम्बिएको थियो । त्यसैगरी,प्रधानमन्त्रीसँग नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि यसरी नै छलफल गर्नुभएको थियो । त्यसपछि प्रधानमन्त्रीलाई भेट्न मुख्यसचिव शंकरदास बैरागी बालुवाटार पसेको बताइन्छ ।
यता,वरिष्ठ नेता नेपाल निवास,कोटेश्वरमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालले पार्टीको बि बाद बढ्न नदिन झण्डै डेढ घण्टा कुराकानी गर्नुभएको र पर्यटन मन्त्री योगेश भट्टराईलाई उर्जामन्त्री बिष्णु पौडेलले आफ्नै कार्यकक्षमा झिकाउनुभएको सहयोगी समूहले जनआस्थालाई बतायो । त्यसअघि नेपालसँग परराष्ट्र सचिव भरतराज पौडेलको टिमले करिब २० मिनेट संक्षिप्त भेट गरेको थियो ।
उता,नेकपा उपाध्यक्ष वामदेव गौतमसँग भेट गर्न उहाँकै निवास, भैसेपाटीमा उपप्रधानमन्त्री ईश्वर पोखरेल साँझ पुग्नुभएको थियो । पोखेरल र गौतमबीच झण्डै डेढ घण्टा वार्तालाप भएको थाहा लागेको छ ।
जन आस्थाबाट साभार
सिन्धुलीको जुनार चिन निर्यात हुने
सिन्धुलीको जुनार चिन निर्यात हुने भएको छ । केहिबर्ष अगाडी नेपाल सरकार र चिनिया सरकारबिच नेपालको सुन्तलाजातको फलफुल चिन निर्यात गर्न दुई देशिय सहमती भएअनुसार चिनिया व्यापारी सिन्धुलीको जुनार बगैचामा पुगेका छन् ।
यहाँको तिनकन्याका किसानको जुनार बगैचा अवलोकन गर्न चिनिया व्यापारी पुगेका हुन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाई सिन्धुलीको अगुवाइमा चिनिया व्यापारी यहाँको गोलञ्जोर गाँउपालिका ४ तिनकन्याका जुनार बगैचामा पुगेका हुन् ।
नेपालमा घास दाना कम्पनी सञ्चालन गर्दै आउनु भएका चिनिया व्यापारी जाङ जिन(नेपाली नाम कुवेर श्रेष्ठ) जुनार बगैचामा पुग्नु भएको थियो । “मैले जुनार बगैचामै गएर अवलोकन गरे” उहाँले भन्नु भयो, “जुनार चाइना पठाउन योग्य देखिएको छ अब चाइनाका बजारमा निर्यात गर्नका लागि हामी गृहकार्य गर्छौ ।”
उहाँले नेपाल सरकार र चाइना सरकारबिच भएको सहमती अनुसार जुनार चिन पठाउन सकिने बताउनु भयो । रो ग कि रा मु क्त जुनार चाइना पठाउनुपर्ने हुन्छ, गे्रडिङ गरेर हामी जुनार चाइना पठाउन पहल गर्छौ, उहाँले थप्नु भयो । सिन्धुलीको जुनार चाइनाका बजारमा जानका लागि रो ग कि रा मु क्त फल हनुपर्ने चाइना सरकारको सर्त छ । सोही अनुसार विगतका बर्षका तुलनामा सिन्धुलीका विभिन्न स्थानका बगैचामा यस बर्षबाट जुनार रो ग कि रामुक्त भएकाले जुनार चाइना पठाउन पहल गरिएको कृषि मन्त्रालयले जनाएको छ ।
प्लान्ट क्वारेन्टाइन तथा वि षा दी व्यवस्थापन केन्द्र हरिहर भवनका अनुसार जुनार खेती गर्ने किसानलाई फर्म दर्ता गर्ने र असल कृषि अभ्यासका क्रियाकलापमा अगाडी बढाई जुनारको गुणस्तर बढाउन सकेमा जुनार चिन निर्यात हुने छ । सन् २०१२ र सन् २०१९ मा सिन्धुलीको जुनार र स्याङजाको सुन्तला चिन निर्यात गर्ने गरि समझदारी पत्र साटासाट भए अनुसार सिन्धुलीको जुनार चिन लैजान व्यवसायीले चासो देखाएका हुन् । नेपालका सुन्तलाजातको फलफुल खासगरि सिन्धुलीको जुनार र स्याङजाको सुन्तला पहिलो चरणमा रोगकिरा मुक्त फलहरु जान सक्ने भनेर सम्झौता भएकाले सोही अनुसार जुनार चिन निर्यात गर्न व्यवसायीलाईनै बगैचामा लगेर अवलोकन गराइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाई सिन्धुलीका प्रमुख देबराज अधिकारीले जानकारी दिनु भयो । उहाँका अनुसार दर्ता भएका बगैचाबाट क्वारेन्टाइन पुरा गरेर निर्यात गर्न सक्ने संम्भावना रहेको र सो कार्यका लागि कृषि तथा पशुपन्छि मन्त्रालय, प्लान्ट क्व ारेन्टाइन तथा वि षादी व्यवस्थापन केन्द्र, परियोजना कार्यन्वयन इकाई लगायतका सरोकारवाहरु लागि परेका छन् ।
सिन्धुलीको जुनारमा ०७०/०७१ देखि फल कुहाउने औशा चाइनिज सिट्रस फ्लाई ब्या क्टोसेरा मि न्याक्सको समस्या देखिएकाले ०७५ सालदेखिनै चिनिया प्रविधि अनुसार प्राटिन बेट छर्ने कार्य भएकाले किराको समस्या न्युन भएको इकाई प्रमुख अधिकारीले बताउनु भयो ।
किसानको बगैचामै चिनिया व्यापारी पुगेपछि किसान समेत खुसी भएका छन् । यहाँको जुनार चिन निर्यात हुने भनेसँगै हामी सबै खुसी थियौ, अहिले चिनिया व्यवसायीनै बगैचामा आएपछि थप आशा पलाएको छ, स्थानिय लोकबहादुर आले मगरले भन्नु भयो,“ हामी चिनिया व्यापारीका लागि गर्नुपर्ने सम्पुर्ण सहयोग गरेर जुनार चिन पठाउन चाहन्छौ । ”
‘शिक्षक भर्ना गर्न लिएको परिक्षामा उत्तरपुस्तिका नै परिबर्तनको आ शंका’
सिन्धुलीको फिक्कल गाँउपालिकाको पदपुर्ति समितिले शिक्षक भर्ना गर्न लिएको परिक्षामा उत्तरपुस्तिका नै परिर्बतनको आ शंका भएपछि वि वाद उत्पन्न भएको छ ।
उक्त परिक्षामा उत्तरपुस्तिका नै परिबर्तनको आशंकालाई लिएर पदपूर्ति समितिमा बसेका व्यक्तिहरु बीच नै बि बाद उत्पन्न भएको हो । उक्त पदपूर्ति समितिले प्रावि तहमा एक जना शिक्षक करारमा भर्ना गर्न दशैंअघि असोज १५ गते लिएको लिखित तथा मौखिक परिक्षाको नतिजा निष्पक्ष नभएको भन्दै समितिकै व्यक्ति बीच वि वाद भएपछि नतिजा समेत सार्बजकिन हुन नसकेको गाँउपालिकाले जनाएको छ ।
फिक्कल गाँउपालिकामा रहेका विद्यालयमा रिक्त शिक्षक पदमा भर्ना गर्न गाँउपालिकाको शिक्षा ऐनले प्रमुख प्रशासकिय अधिकृतको संयोजकत्वमा चार सदस्यिय परिक्षा समिति बनाएको छ । उक्त समितिको बाँकी सदस्यमा वडा नं. ५ का अध्यक्ष एवं गाँउपालिका प्रबक्ता राजु बराल, वडा नं. ३ का अध्यक्ष टेकबहादुर रजनमगर र सदस्य–सचिबमा शिक्षा शाखा संयोजक हरिलाल विश्वकर्मा रहनु भएको छ ।
उक्त परिक्षाको नतिजालाई लिएर पदपुर्ति समितिका सदस्यमध्ये जनप्रतिनिधिहरु एकतिर र कर्मचारी अर्को तीर बि भाजन भएको गाँउपालिकाकै कर्मचारी बताउछन् ।
गाँउपालिकाका अनुसार लकडाउन घोषणा हुन अघि नै एक जना प्रावि शिक्षक पदपूर्ति गर्न निवेदन आह्वान गरेकोमा छ जनाले निबेदन दर्ता गरेका थिए । लकडाउनका कारण लगत्तै लिखित परिक्षा हुन नसकेपछि दशैंअघि लिएको लिखित परिक्षामा चार जना सहभागि भएका थिए । उक्त लिखित परिक्षा उत्तिर्ण गरेको भन्दै दुई जना महिलाको नाम सार्बजनिक गरिएको छ ।
लिखित परिक्षाको उत्तरपुस्तिका नै परिबर्तन गरी आर्थिक चलखेलमा एक नम्बरमा रहेकालाई दुई नम्बरमा र दुई नम्बरमा रहेकालाई एक नम्बरमा पु¥याई अन्तिम नतिजा सार्बजनिक गर्ने तयारी गरेको प्रमुख प्रशासकिय अधिकृत एबं परिक्षा समितिका संयोजक राजुप्रसाद न्यौपानेलाई आरोप लागेको पालिकाकै कर्मचारी बताउछन् ।
गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले शंकास्पद केही कुरा देखिएको र त्यो बिषयमा आफुलाई केही जानकारी नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले त्यो बिषय छलफलको प्रकृयामा रहेकोले एक/दुई दिनमा नै टुंगिने छ ।” परिक्षाका दिन पदपूर्ति समितिका एक जना सदस्य बाहिर गएकोले अहिले नतिजा प्रकासन रोकिएको उहाँको भनाई छ ।
एक नम्बरमा नाम निकाल्न तयार गरेकी महिलाले उत्तर पुस्तिकामा लेखेको अक्षर (ह्याण्ड राईटिङ) फरक–फरक पाईएपछि शंका गर्ने ठाँउ उत्पन्न भएको परिक्षा समितिका सदस्य एवं गाँउपालिकाका प्रबक्ता राजुप्रसाद बरालले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “परिक्षा लिएको दिन म काम बिशेषले काठमाडौँ गएको थिए । पछि ह्याण्ड राईटिङ फरक भएको कुरा आएपछि मैले फोन गरेर शिक्षा शाखा संयोजक एवं परिक्षा समितिका सदस्य सचिब हिरालाल बिश्वकर्मालाई नतिजा प्रकाशन रोक्न लगा ।” अब अहिले के गर्ने भनेर बिज्ञहरुसँग छलफल भई रहेको र जस्ले ग ल्ति गरेको हो उस्को परिक्षा रद्ध गरी अर्को व्यक्तिको नाम निकाल्न सबैतिरबाट सुझाब आएको उहाँले बताउनुभयो ।
मैले उक्त परिक्षाको नतिजा रोक्नु भनेपछि प्रमुख प्रशासकिय अधिकृतले एक साताको अरु परिक्षा पनि रोक्नु भएको गाँउपालिका प्रबक्ता बरालले सुनाउनुभयो । उहाँले भन्नुभयो, “अहिले उक्त परिक्षा रोकेपनि अरु परिक्षा खुलाऔं भन्नु भएको छ । अहिले अरु परिक्षा लिने भए त्यतिबेला अरु परिक्षा किन रोकेको भनेर छलफलकै बिषय बनेको छ ।”
अहिले विद्यालयहरुमा शिक्षक अभावले पठनपाठन कार्य नै प्रभावित भएको अवस्था रहेको गाँउपालिकाले जनाएको छ ।
सिन्धुलीमा कृषिमा आधुनिक प्रविधिको प्रयोग बढ्दै
सिन्धुली,१२ मंसिर – सिन्धुली जिल्लामा पछिल्लो समय कृषिका क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग बढ्दै गएको छ ।
आधुनिक प्रविधिको प्रयोग बढेसँगै लागत घट्दा किसान लाभान्वित भएका छन् । विशेष गरी धान रोप्न, का ट्न र झा ट्न यन्त्रीकरणको प्रयोग बढ्दै गएको हो । अर्काेतर्फ यस्ता यन्त्र महँगा हुने र प्रयोग कम हुने हुँदा सरकारको अधिकतम अनुदानविना किसानले खरिद गर्न क ठिन हुने गरेको छ ।
बर्षौदेखी जिल्लाका सुगम क्षेत्रमा मात्रै सिमित आधुनिक कृषि प्रविधि यतिखेर जिल्लाका दु र्गम क्षेत्रमा समेत सहजताका साथ प्रयोग हुन थालेका छन् । कृषि सडकको निर्माणसंगै अहिले दुर्गम क्षेत्रहरुमा पनि आधुनिक प्रविधिका कृषि औ जारहरु प्रयोग हुन थालेका छन् । कतिपय उपकरण गहुँ र मकैलगायत बालीमा पनि प्रयोग हुने गर्दछन् । कतिपय भने एउटा बालीमा मात्रै प्रयोग हुने गर्दछ ।
ट्रयाक्टर नजाने ठाउँमा मात्र गोरुले जोत्ने तथा दाइँ हाल्ने गरिए पनि अधिकांश किसानले खेतीपातीमा ट्रयाक्टर तथा हाते ट्रयाक्टरको प्रयोग गर्न थालेका स्थानीय बासिन्दा बताउछन् । “ग्रामिण तथा माहाभारत क्षेत्रमा पनि खेत वारीमा ट्रयाक्टरको माध्यमबाट अहिले जोत्ने काम भई रहेको छ,” गोलान्जोर गाँउपालिका–३ वडा अध्यक्ष पुष्कर बरालले भन्नुभयो, “सुगम क्षेत्रमा त कुरै छाडौ, दु र्गम क्षेत्रमा समेत आधुनिक कृषि प्रविधिको प्रयोग पछिल्लो समयमा बढ्दो देखिन्छ ।”
विगतका बर्षहरुमा महिना दिन लगाएर खेत जोतेर बालिनाली लगाउने किसान यतिखेर ट्रयाक्टरको प्रयोगले अव एकै दिनमा वालिनाली लगाउन थालेका उहाँले सुनाउनुभयो ।
पछिल्लो समयमा जिल्लामा ठूला तथा साना आधुनिक कृषि औजार भित्रिएसँगै किसानहरु त्यसलाई उपयोग गरि आफ्नो जीवनयापनलाई सहज बनाउन थालेका हुन् । गाँउ घरमा कृषि मज्दुरको अ भाव हुदै जानु र आधुनिक कृषि प्रविधिको प्रयोगले समय तथा खर्च समेत बचत हुने हुदा किसानहरु त्यसप्रति आकर्षित भएका हुन् ।
फिकल गाउँपालीका–४ खाङसाङ निवासी किसान केदार माझी कृषि ज्ञान केन्द्रबाट अनुदानमा हाते ट्रयाक्टर गाउँमा ल्याएपछि अहिले आफुले रोजगारी पाएको बताउनुहुन्छ । पहिला खेत जोत्न गोरु प्रयोग गर्दा गोरु घस्याउनु पर्ने चलन रहेकोमा अव ट्रयाक्टरले खेत जोत्नु पर्दा किसानले तेल किन्नु पर्ने उहाँको भनाई छ । हाते ट्रया क्टरले खेतबारी जोत्दा तेल बाहेक प्रति घण्टा तीन सय रुपैयाँ ज्याला लिने गरेको माझीले सुनाउनुभयो ।
खेतीपातीको सिजनमा दैनिक २५ सय देखी तीन हजार रुपैयासम्म कमाई हुने गरेको माझीको भनाई छ । उहाँका अनुसार गाउँपाखा पखेरामा अहिले पावर टिलर तथा मिनि टिलरका साथमा खेत बारी जोत्ने काममा किसान लाग्ने गरेका छन् । धानबाली भित्र्याएसँगै खेत जोतेर किसान यतिखेर गँहु बाली लगाउने चटारोमा छन् ।
खेतीका साथै धान थन्क्याउनका लागि थ्रे सरको प्रयोग पनि बढ्दै जान थालेको दुधौली नगरपालिका–२ का किसान नरनाथ पहाडी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “गोरुले दाइँ हाल्ने गरेकोमा थ्रेसर भित्रिएसँगै दाइँ हाल्न गोरुको प्रयोगमा पनि कमी आइसकेको छ । थ्रेसर र ट्रयाक्टरले गर्दा किसानले गोरु पाल्न समेत छा्ड्दै गएका छन् ।”
धान पराल छुट्याइ दिने थ्रेसरको प्रयोगसँगै धान भित्र्याउनका लागि जनशक्ति पनि कम लाग्ने गरेको उहाँको भनाइ छ । थ्रेसरको प्रयोग गरेबापत प्रतिघण्टा तीन हजार रुपैयाँसम्म बुझाउनु पर्ने किसानले बताएका छन् । एकै दिनमा खेत जोती बाली लगाउन सकिदा खेतीमा लाग्ने जनशक्तिमा समेत कमी आएको किसानहरु बताउछन् ।
सिन्धुलीको कमलामाई नगरपालीका, दुधौली र मरिण क्षेत्रमा किसान आफैले ट्रयाक्टर खरिद गरि खेत जोत्ने गरेका छन् । जिल्लामा आधुनिक कृषि प्रविधि भित्र्याउन कार्यालयले साना कृषि यन्त्र ७५ प्रतिशत र ठूला कृषि यन्त्र ५० प्रतिशत अनुदानमा किसानलाई बितरण गर्दै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
कमलामाई नगरपाकिाले पनि पछिल्लो समयमा किसानहरु आधुनिक कृषि औजारप्रति आकर्षित हुदै गएपछि मिनी ट्रेलर (जोत्ने हलो) बितरण गर्दै आएको जनाएको छ । कमलामाई नगरपालिकाले गत बर्ष वडा नं. १, ४, ५, १०, ११ र १२ का एक/एक जना तथा वडा नं. २ र ७ का दुई÷दुई जना गरी १० जनालाई मिनी ट्रेलर बितरण गरेको जनाएको छ ।
नगरपालिका कृषि शाखाका प्राविधिक देबीप्रसाद सापकोटा यो बर्षपनि किसानलाई आधुनिक कृषि यान्त्रीकरण बितरण गर्ने कार्यक्रम रहेको बताउनुहुन्छ ।
सिन्धुलीको भिमानमा नापी हुदै
सिन्धुलीको कमलामाई नगरपालिका–९ मा एक हजार ३३ परिवार पचास वर्षदेखि लालपुर्जावि हिन अवस्थामा रहेको पाईएको छ ।
जिल्लाको दोस्रो ठूलो व्यापारीक केन्द्र भीमान बजारको अधिकांस जग्गाको लालपूर्जा नभएको स्थानीयको गु नासो छ । उक्त वडाका वडाध्यक्ष देवराज पौडेलले भीमान बजारका साथै पन्नेसी, सुकेखोला, बथानचौडी, कोरुङखोला लगायत आधा दर्जन बस्तीमा बसोबास गर्नेको लालपुर्जा नभएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “भिमान क्षेत्रको बस्ति २०२३ सालतिर जङगल फडानी गरी बसेको हो । २०२८ साल र २०३८ सालमा नापी विभागले नापी गर्दा जग्गा दर्ता भएपछि तिरो तीर्नु पर्ने डरले कसैले पनि नापेनन् । त्यतीबेला छुटेपछि अहिले अधिकांस नै लालपुर्जा विहिन अवस्थामा रहेका छन् ।”
अहिले बास्तबिक सु कुम्बासी पहिचान गरी लालपुर्जा बितरण गर्न नगरपालिकाले भिमान क्षेत्रको वडा नं. ८, ९, १०, १३ र १४ मा तीन महिनाअघिदेखि नापी कार्य सुरु गरेको उहाँले सुनाउनुभयो । उहाँका अनुसार आगामी जेठसम्ममा सक्ने गरी चार वटा टोली परिचालन गरी नापी कार्य भई रहेको छ । अहिलेसम्म वडा नं. ८, ९ र १३ मा ८० प्रतिशत र वडा नं. १४ मा ७० प्रतिशत नापी कार्य सकिएको छ । वडा नं. १० मा तीहार पछिबाट नापी कार्य भर्खर सुरु गरिएको छ ।
नापी कार्य सकिएपछि बास्तविक सु कुम्बासीलाई पहिलो चरणमा र अन्यत्र पनि जग्गा भई जो पहिलेदेखि नै बस्दै आएका छन्, त्यस्तालाई दोस्रो चरणमा लालपुर्जा बितरण गर्ने योजना रहेको वडा अध्यक्ष पौडेलले जानकारी दिनुभयो । उहाँका उक्त वडामा करिब १३ सय घरधुरी छन्, ती मध्ये ८५ प्रतिशत ऐलानी जग्गामा वर्षौंदेखि बसोबास गर्दै आएका छन् । भीमान बजारमा मात्र झण्डै चार सयबढी ठूला पक्की घर निर्माण भइसकेका छन् ।
करिब १३ सय घरधुरी रहेको उक्त वडाका एक हजार ३३ परिवारले आफु बसोबास गर्दै आएको घर जग्गा नापी गरि दिन वडा कार्यालयमा निवेदन दिएको वडा सचिव मुकेश तामाङले जानकारी दिनुभयो । करोडौं रुपैयाँको लागतमा बनाएका आवास स्थानीयले आफ्नो हो भनेर दावी गर्ने आधार समेत नभएको उनीहरुको भनाई छ । स्थानीयले त्यो जग्गा कसरी लिए, बस्ने आधार र अधिकार के हो ? भन्ने कुराको पनि खोजी भएको छैन ।
“२०२८ सालको नापीमा छुटेपछि वडाको आधा दर्जन बढी बस्ती लालपूर्जाविहिन भएको हो”, अर्का स्थानीय बासिन्दा झलकबहादुर माझीले भन्नुभयो, “त्यति बेला जिल्लाको दुर्गम क्षेत्र थियो भिमान क्षेत्र । जग्गाको महत्व पनि थिएन, जग्गा दर्ता गराउदा तिरो तिर्नु पर्ने डरले जग्गा धनीले आफ्नो जग्गा नापी नगराएको हुन सक्छ । अहिले जिल्लाकै ब्यापारीक केन्द्र बनेको छ, तर लालपूर्जा छैन ।”
२०२८ सालमा नापी टोली आउदा कमला नदी किनारको खेत नपाएका स्थानीय २०४१ र २०५१ सालको बाढीले उक्त खेत बगाएपछि ऐ लानी ठाउँमा सरेका उहाँले बताउनुभयो । स्थानीयका अनुसार नापी, नक्सा र लालपूर्जा भएका खेत कमला नदीले बगाएर बगरमा परिणत भएको छ । यहाँको चुरेबाट बगेर आउने खहरे कमला नदीमा मिसिएर धेरै खेती योग्य जमिन कटान गरेको छ ।
स्थानीय जानकार शालिग्रामप्रसाद पौडेलका अनुसार भिमान बजार हुदै अधिकांस बस्ती छोएर बीपी राजमार्ग बनेको छ । सडक खुल्नुअघि सिन्धुलीबाट कमलाखोंच क्षेत्र प्रबेश गर्ने नाका भीमान बजार भएकाले यहाँ पहिले देखिनै व्यापारीक चहलपहल थियो । “वर्षौदेखि घर गृहस्थी गरेर बस्नेलाई समस्या भएन तर, घर जग्गा विक्री गर्न र व्यापार व्यवसायीका लागि लालपूर्जा नहुदा समस्या भएको छ”, उहाँले भन्नुभयो ।
तत्कालीन समयमा नापी हुँदा बजार मुनिको जग्गालाई मात्र सिमाना बनाएर डिभर्केशन (पोल गाड्ने) गरिएको थियो । वन कार्यालयले उक्त बस्ती बसेको जग्गा गाउँ पञ्चायतको हुने व्यवस्था गरेको थियो । बर्षौंदेखि घर जग्गाको नापी नक्सा नहुदा सरकारले बस्ती उठाउने होकी भन्ने चिन्ताले दिनरात सताउने गरेको स्थानीयको भनाइ छ ।
हिउद मौसमसँगै चकमकेमा खानेपानीको हा हाकार
सिन्धुली– तीनपाटन गाँउपालिकाको सदरमुकाम चकमके बजारमा हिउद मौसम सुरुसँगै खानेपानीको हा हाकार म च्चिएको छ ।
झण्डै पाँच सय घरधुरी रहेको चकमके बजारभरी एउटा मात्र धारा हुदा खानेपानीको स मस्या भएको स्थानीय बासिन्दाको गु नासो छ । उक्त वडाका अध्यक्ष हितलाल श्रेष्ठ हिउद मौसमको सुरुसँगै चकमके बजारमा खानेपानीको स मस्या हुदै गएको बताउनुहुन्छ । “चकमकेमा खानेपानीको हा हाकार हुदै गएको छ,’ उहाँले भन्नुभयो, ‘भएको पा नी सु क्दै गएको छ । त्यही पानी पनि आधा बेल्टार लगिएको छ । भएको पानी पनि सफा आउदैन ।”
चकमके बजारमा खानेपानीको स मस्या बढ्दै गएपछि आफुले वडाको बजेटबाट दुई वटा ईनार खनिदिएको उहाँले सुनाउनुभयो । प्रत्यके दिन उज्यालो हुनासाथ बिहानभरी खानेपानीको जोहो गर्दै बित्ने गरेको स्थानीयको गुनासो छ ।
“सिंगो बजारमै एउटा धारा छ, त्यो पनि अर्को वडामा,” चकमके बजार उद्योग बाणिज्य संघका अध्यक्ष आनन्द कार्कीले भन्नुभयो, “बस्ति बाक्लो छ । उज्यालो हुनासाथ के महिला, के पुरुष ! सबैजसोका हातमा रित्ता गाग्री तथा बोतल हुन्छ । उज्यालो हुनासाथ पहिलो काम भनेको खानेपानीको जोहो गर्नु हुन्छ ।”
उहाँका अनुसार चकमके बजार वडा नं. ११ मा पर्छ भने खानेपानीको धारा भएको ठाँउ वडा नं. ४ मा पर्छ । सुख्खा मौसममा घण्टौं लाइन बसेर खानेपानीको जोहो गर्नु पर्ने बाध्यता छ । बर्षादको मौसम सुरु भएपनि अहिलेसम्म खडेरीकै च टारो छ । बर्षादको मौसममा भने खोला बाधक भएर समस्या हुने गरेको छ । बजार नजिकैको हाडीखोला तरेर खानेपानी ओसार्नु पर्ने भएकाले महिलाहरुलाई भने वर्षायाम सुरु भएपछि समस्या हुने गरेको छ ।
बजार खोला वारि र खानेपानीको एकमात्र धारा खोला पारी भएपछि पानी ओर्सान समस्या हुने गरेको स्थानीय महिलाहरु बताउछन् । बर्षादको मौसममा पुरुषको सहायतामा खोला तरेर पानी बोक्ने गरेका गरेको स्थानीय महिला पार्बती मगरले बताउनुभयो । उहाँले भन्नुभयो, ‘खोलामा बाढी आउदा भने धमिलो पानी नै पीउन बाध्यता छ । ठाडो खोला भएकाले बाढी आउ“दा पार गर्न कठिन हुने गरेको छ ।’
धेरै बर्ष अगाडी निर्माण भएका खानेपानी धारा हाल सु ख्खा छन् । भूकम्प पछि तीरतीर आउने धाराको पानीको मुहान पुरै सु केको छ । मुहान ध सिने तथा पुर्ण रुपमा सु केपछि लाखौ खर्चेर बनाएका खानेपानीका योजनाबाट समेत पानीको स मस्या समाधान हुन नसकेको स्थानीय बताउ“छन् । चकमके बजारमा होटल सञ्चालन गर्दै आएका शंकर श्रेष्ठ धारा भएपनि पानी नआउने गरेको बताउनुहुन्छ ।
‘बजारमा धारा छन्, तर पानी छैन,’ उहाँले थप्नुभयो, ‘पानीको अ भाव धेरै छ । होटलका लागि आवश्यक पानी नजिकैको सामुहिक इनारबाट पैसा तिरेर ल्याउने गरेका छौं । मासिक तीन सय रुपैया“मा आवश्यक पानी पाइने भएपनि त्यो पीउन योग्य छैन् । खानेपानी खोलापारी कै धारामा गएर ल्याउने गरेका छौं ।’
चकमके बजार सहित आसपासका क्षेत्रमा खानेपानी ल्याउन डिभिजन खानेपानी कार्यालयले काम गरि रहेकाले अबको केहि मनिापछि खानेपानीको समस्या समाधान हुने गाँउपालिका अध्यक्ष कर्णबहादुर थापामगरले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउपालिकाले पनि सोही स्थानको खानेपानीमा लगानी गर्दा दोहोरो लगानी पर्ने भएकोल हामीले लगानी नगरेका हौं ।”