शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

ओली प्रचण्डको एक-अर्का वि रुद्ध खतरनाक तयारी

शुक्रवार , मंसिर १२, २०७७

काठमाडौ, १२ मंसिर - नेपाल कम्युनिस्ट पार्टीको शनिबारका लागि तय भएको सचिवालय बैठक सामान्य नहुने निश्चितप्रायः छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एक अर्का वि रुद्ध ग म्भीर आरोपसहितको दस्तावेज छलफलमा प्रस्तुत हुनेभएपछि बैठक सामान्य नहुने देखिएको छ ।

प्रचण्डले ओलीमाथि संघीयताविरोधी, भ्रष्टाचारको संरक्षण गरेकोलगायत ग म्भीर आ रोपसहितको दस्तावेज सचिवालयमा प्रस्तुत गरेका थिए । जवाफमा ओलीले प्रचण्डमाथि यु द्ध अ पराध गरेको, शान्ति प्रक्रियामा बे इमानी गरेकोलगायतको आरोपलगाएर दस्तावेज तयार गरेका छन् । प्रचण्डलाई यु द्ध अ पराधको अ भियोगमा मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अ दालत द हेग सम्म पुर्याउने घुमाउरो चे तावनी समेत ओलीले दिएका छन् ।

पुराना विषय कोट्याएर ओलीले प्रचण्डमाथि विगतमा जसरी क डा रुपमा प्रस्तुत हुनेगरेका थिए त्यही शैली देखाएका छन् । ओलीले विगतमा प्रचण्डलाई हिं साको पक्षधरका रुपमा आरोप लगाउँथे । यस्तो टकरावका बीच पनि ओली र प्रचण्डले पार्टी एकता गरी नेकपा गठन गर्दा धेरैले आश्चर्य मानेका थिए ।

ओली र प्रचण्डबीच फाटो यति धेरै भइसकेको छ कि दुवैबीच बोलचाल बन्द भएको छ । विश्वापात्रहरुमार्फत् ओलीले प्रचण्डसँग सम्पर्क गरिरहेका छन् । तर, प्रचण्डलाई डर देखाउने गरी दस्तावेज तयार हुनुले ग म्भीर मो डमा नेकपा वि वादलाई पुर्याइदिएको छ ।

पुराना घ टना उल्लेख गर्दै ओलीले प्रचण्डविरुद्ध चेतावनीसहितको आरोप लगाउनुले वि वाद झन् चुलीमा पुग्ने देखिएको छ । अब आ रोपको छि नोफानो कसरी हुन्छ ?

ओलीले प्रचण्डलाई आ आफ्नो बाटो लागौं भनिसकेका छन् । प्रचण्डले पनि ओलीलाई ग म्भीर आ रोप लगाएर सत्ताबाट ह टाउन खोजेका छन् । यस्तो अवस्थामा भोलि बस्ने सचिवालय बैठकले वारपारको अवस्था बनाउन सक्छ । नेकपा यसै पनि फुटको नजिक पुगेको छ । जोगाउन दोस्रो पुस्ताका नेताहरु सक्रिय छन् । यसलाई जोगाउन नसके नेकपाका शिर्ष नेताहरुबीच एक अर्काको राजनीतिक जीवन नै समाप्त पार्ने सम्मको खेल हुने संकेतहरु देखिएको छ ।

जसले ‘र’ प्रमुखलाई नेपाल ल्याए..

खु फिया ए जेन्सी ‘र’ प्रमुख सामन्त गोयललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूतका रूपमा नेपाल ल्याउन पहल गर्ने पात्रको पहिचान भएको छ । यताको कुरो सुनाउन र भ्रमणको प्र पञ्च मिलाउन दिल्ली गई नेपाल आएर फेरि उतै सोझिएका ती पात्र काग तिहारको दिन मात्र भाइटीका भ्याउने गरी स्वदेश फर्किएका हुन् ।

हिमाञ्चल प्रदेशमा समेत आफ्नो कम्पनी सिम्रिक एअरका दुई वटा हेलिकप्टरबाट सेवा शुरु गर्ने उनको तयारी छ । दलहरुभित्र अ न्तद्र्वन्द्व च र्कंदा बेलाबखत सक्रिय हुने ती ब्यापारिक पात्र केहि बर्षदेखि मिडिया उद्योगमा समेत आवध्द छन् । नाम हो, क्याप्टेन रामेश्वर थापा अर्थात यदाकदा प्रधानमन्त्री केपी ओलीको अन्तर्वार्ता प्रशारण गरिरहने एपीवान टिभीका मालिक (अन्नपूर्ण मिडिया ग्रुपका अध्यक्ष) । गोयल काठमाडौं आउँदा थापा स्वागतको निम्ति त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलतिरै थिए ।

कात्तिक ५ गते दिउँसो १ बजे काठमाडौं ओर्लेका सामन्तलाई आफ्नै गाडीमा राखेर उनले बौद्धस्थित हायात होटल पुर्‍याएका थिए । होटल पुगेर त्यो दिनको लञ्च गोयलसँगै थापाले पनि त्यहि होटलमा खाएका हुन् ।

दिनभरि त्यहिँ आराम गरेर सामन्तले अनौपचारिक भेटघाट थालेको बताइन्छ । हायातमै साँझको डिनर खाएर राती नौ बजेको हाराहारीमा थापाले नै टिमलाई बालुवाटार छिराएका थिए । उच्चस्तरीय उक्त भेटमा गोयलसँगै आएका ‘र’ का पूर्व काठमाडौं प्रमुख अरुण जैन र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई पनि थिए । मध्यराति बालुवाटारबाट निस्केका गोयललाई उनैले पुनः हायात होटलमा छाडेको बुझिएको छ ।

स्रोतका अनुसार ‘र’ का बर्तमान काठमाडौं स्टेशन प्रमुख अभिजित हल्दरले गोयललाई भोलिपल्टको ब्रेकफाष्ट मिटिङ्गमा थापासङ्गै भेटेका थिए । ब्रेकफाष्टपछि थापाले नै गोयललाई आफ्नो गाडीमा राखेर विमानस्थल पुर्‍याएको सु र क्षा श्रोतको दावी छ ।

यसअघि थापा काठमाडौंबाट आन्तरिक हवाई उडानमार्फत् भद्रपुर हुँदै स्थलमार्गबाट बागडोगरा पुगी हवाई उडानमा नयाँ दिल्ली उत्रेका थिए । झण्डै एक साता दिल्लीमा रहँदा थापाले हाम्रा प्रधानमन्त्रीको दूत भएर गरेको उच्चस्तरीय भेटघाटपछि ‘र’ प्रमुख सामन्त गोयलको काठमाडौं यात्रा तय भएको बताइन्छ ।

गोयलसँगको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई मुलुकबीचको सम्बन्ध अझै प्रगाढ होओस् भन्दै कुराकानी थाल्ने माहोल बनाउन आग्रह गर्नुभएको बताइन्छ । प्रधानमन्त्रीको भनाई उधृत गर्दै स्रोतले भनेको छ, ‘नेपालको सीमाभित्रको जमिन नेपालकै हुने भएकाले दुई देशबीच तत्काल वार्ता थालिनुपर्छ।’

प्रत्युत्तरमा गोयलले ‘आफू प्रधानमन्त्रीको दूतको रूपमा आएको र मोदीले नेपालमा जोसुकैको सरकार बने पनि भारतले समान व्यवहार र समर्थन गर्ने’ उल्लेख गर्दै भनेका थिए– ‘नेपालमा बढ्दै गएको भारतबिरोधी भावनालाई घटाउनै पर्छ । भारतले राम्रो गर्न खोज्दाखोज्दैको अवस्थामा समेत कुनै पनि विषयलाई बङ्ग्याउन हुँदैन ।’

भारतीय प्रधानमन्त्रीको सन्देश सुनाउँदै गोयलले भनेका थिए, ‘भारतविरोधी नदेखाएरै पनि राष्ट्रियताको पक्षधर हुन सकिन्छ ।’ चीनको सन्दर्भमा भारतीय दूत भनिएका गोयलले सुनाए, ‘नेपालले दुई छिमेकी मुलुकप्रति लिएको समान नीतिलाई भारतले सँधै समर्थन गर्दै आएको छ ।’ हायातमा बस्दा लागेको खर्च गोयलको टिमले नै ब्यहोरेको बताइन्छ ।

जन आस्थाबाट साभार

नेपालीका भाञ्जा हर्षवद्धन भारतीय विदेशसचिवका रुपमा आइपुगे मावली देश

भारतका विदेश सचिवका रुपमा नेपाली भाञ्जा हर्षवर्द्धन श्रृङ्गला मावली देश नेपाल आइपुगेका छन्। पटकपटक भाञ्जाका रुपमा मावली नेपाल आएका भारतीय विदेश सचिव श्रृङ्गला यो पटक भने परराष्ट्र सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको द्विदिवसीय भ्रमणमा काठमाडौं आएका हुन्।

ललितपुर मामाघर भएका शृंगला सन् १९८४ व्याचका कर्मचारी हुन्। ललितपुरका बस्नेत परिवारका भाञ्जा हर्षवर्द्धन नेपाली भाषामा राम्रोसँग संवाद गर्न सक्छन्। उनले नेपाल आउँदै गर्दा विमानस्थलमा पनि संवाददाताहरुसँग नेपालीमा संवाद गरेका थिए । उसो त श्रृङ्गला नेपाली भाषा मात्र होइन अंग्रेजी, हिन्दी, भियतनामी, फ्रेन्च भाषासमेत राम्रोसँग बोल्न सक्छन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५० हजार भू क म्प पि डितका घर बनाउने प्र तिबद्धता जनाए अनुसार ४० हजार घर बनाउने काम सकिएको बताए। मनाङको बौद्ध गुम्बाको उद्घाटन, पुननिर्माण भएका ३ विद्यालयको उद्घाटन, नेपाल भारत सम्बन्धमा वेबनार लगायत कार्यक्रममा सहभागि हुने उनले संवाददाताहरुलाई नेपालीमा जानकारी दिएका थिए।

दार्जीलिङ्गमा पढ्न गएकी ललितपुरकी नेपाली छात्रा हरिदेवी बस्नेतसँग प्रेम सम्बन्ध विवाहमा परिणत गरेका छिरिङ्ग शृंगलाका हर्षवर्द्धन जेठो छोरो हुन् । उनको जन्म मुम्बइमा भएको थियो भने मायो कलेजमा उनले अध्ययन गरेका थिए । उनका मावली परिवार अहिले पनि ललितपुरका स्थायी बासिन्दा हुन् ।

दुई देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदानकै निरन्तरताका सिलसिलामा भारतीय विदेश सचिवको भ्रमण भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । भ्रमणको पहिलो दिन नेपाल– भारत परराष्ट्र सचिवस्तरीय वार्ता हुने र त्यसमा द्विपक्षीय सम्बन्ध एवं सहयोगका विविध विषयमा विचारविमर्श हुनेछ । बिहीबार नै भारतका विदेश सचिवले नेपालका उच्चपदस्थ व्यक्तित्वसँग शिष्टाचार भेट गर्ने तथा कोभिड–१९ सम्बन्धी भारतीय सहायता हस्तान्तरण गर्ने कार्यक्रम छ ।

नेपाल भारतबीचको सम्बन्धलाई नयाँ उचाइदिन दिल्लीले औपचारिक रुपमै विदेश सचिव श्रृङ्गलालाई नेपाल पठाएको बुझिएको छ । उनले आफ्ना समकक्षी एवं परराष्ट्र सचिव भरतराज पौड्यालसँग औपचारिक भेटवार्ता गर्नेछन् । उनले परराष्ट्रमन्त्री प्रदि ज्ञवालीसँग पनि भेट गर्नेछन्। क्यारियर कुटनीतिज्ञले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत भेटवार्ता गर्नेछन्। भारतीय विदेश सचिवको भ्रमणले दुई देशबीचको सीमा बेठकको टुंगो पनि लगाउने आशा गरिएको छ।

सीमाविवादको विषयलाई मुख्य केन्द्रमा राखे पनि भारतले नेपाललाई कोरोना भा इरस वि रुद्धको खोप विकासका लागि एवं महाकाली नदीको वहुउद्देश्यीय परियोजना पञ्चेश्वरका विषयमा समेत छलफल हुनेछ। नेपालले पनि दिल्लीसँगको सम्बन्धलाई सुधार गर्नका लागि नयाँ नक्सा छापिएका विद्यालयका पाठ्यपुस्तकहरु फिर्ता लिएको थियो। विदेश सचिव श्रृङ्गाला शुक्रबार नयाँदिल्ली प्रस्थान गर्नेछन्।

 

बाइडेनको सरकारको मन्त्रीमण्डलमा पूर्व राष्ट्रपति ओबामा पनि समावेश हुदै

अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाले राष्ट्रपतिको पद छोडेपछि उनकी श्रीमती अ साध्यै खुसी भएको बताएका छन् । ओबामाले भने, ‘कार्यालय छोडेपछि मिसेल असाध्यै रिल्याक्स र खुसी भएकी छिन् ।’ अमेरिकाको सरकारमा उनी पुनः समावेश हुन्छन् त ? यसको जवाफ ओबामाले दिएका छन् ।

हालै ओबामालाई ‘के तपाईं जो बाइडेनको सरकारको मन्त्रीमण्डलमा समावेश हुनुहुनेछ ?’ यसको उनले रोचक जवाफ दिएका छन् । ओबामाले भने, ‘मैले मन्त्रीको पद सम्हाले मिशेलले म लाई छो डिदिनेछिन् ।’

स्मरण रहोस्, ओबामा चार वर्षअघि अमेरिकाको राष्ट्रपति पदबाट ह टेका थिए र त्यसपछि ट्रम्प अमेरिकाका राष्ट्रपति बनेका थिए । ५४ वर्षका ओबामाले पिपल म्यागजिनसँगको कुराकानीमा आफू राष्ट्रपति हुँदा उनकी श्रीमती मिशेल एक प्रकारको अ न्तर्निहित त नाव महसुस गर्ने गरेको जानकारी दिए ।

ओबामाको नयाँ किताब ‘अ प्रमिस्ड ल्याण्ड’ सार्वजनिक भएको छ र यसै मौकामा उनी मिडियासँग कुराकानी गरिरहेका थिए । ओबामाले राष्ट्रपति रहँदा श्रीमती मिशेल सबैकुरा उत्कृष्ट गर्ने कोसिसमा त नाव र द बाब महसुस गर्ने गरेको बताए ।

‘अँध्यारोमा मिशेलसँगै सुतिरहेका बेला म हाम्रा ती पुराना दिनहरु सम्झन्थेँ जब हामीबीच सबैकुरा निकै सहज थिए, जब उनी लगातार हाँसिरहेकी हुन्थिन् र हामीबीचको प्रेममा कम द बाब थियो । त्यसपछि ती दिन नफर्कने हुन् कि भनेर मेरो मन ढु ङ्गाले थि चिए जसरी भारी हुन्थे,’ उनले आफ्नो नयाँ किताबमा लेखेका छन् ।

कहिलेकाँही उनले आफ्नो भावना आफैंमा मात्रै सिमित राख्थिन्, श्रीमानलाई दबाब नदिनका लागि । ‘हामीबीच त्यस्ता समय पनि आए जब मलाई उनी तनावमा भएको, दुःखी भएको र रिसाएको जस्तो लाग्थ्यो तर मेरो चिन्ताको विषय भने अफगानिस्तान र आर्थिक संकट हुने गर्दथ्यो,’ उनले पिपल म्यागजिनलाई भने । ‘त्यसैले उनी आफैंले यी कुरा दबाउने गर्थिन् ।’

तर हामीले अफिस छोडेपछि दुबैले रिल्याक्स गर्ने मौका पाएका छौं ।‘हामीले अफिस छोडेपछि मिशेल असाध्यै रिल्याक्स छिन् र निकै खुसी पनि,’ उनले थपे । ‘यसले हामीलाई लामो विवाहपछिको हाम्रो गहिरो मायामा रमाउने मौका दिएको छ । हामीलाई पुनः साथी बन्न दिएको छ ।’

मिशेल ओबामाले यसअघि मानसिक स्वा स्थ्य र ह्वाइट हाउसमा नभएपछि स–सानो कुरामा रमाउने उनको बानीबारे कुरा गरेकी थिइन् ।‘यसले मेरो ढोका खोलिदिएको छ । म बाहिर हिँड्न सक्छु र घरको आँगनमा बसेर मौसमको मज्जा लिन सक्छु,’ उनले टुडे शोमा भनेकी छिन् । ‘म मेरा छोरीहरुसँग रमाउन सक्छु, नितान्त आमा भएर ।’

ह्वाइट हाउसबाट ट्रम्पको नि स्कने छाँ ट काँ ट छैन

अमेरिकाको राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएदेखि डोनल्ड ट्रम्प ह्वाइट हाउसमा अ ड्डा ज माएर बसेका छन् । सीएनएनले दिएको खबरअनुसार, नोभेम्बर ३ पछि अहिलेसम्म ट्रम्पले कुनै सार्वजनिक समारोह आयोजन गरेका छै नन् । उनी बिहान गल्फ खेल्नका लागि मात्र ह्वाइट हाउसबाट नि स्कन्छन् । अरू समय उनी ह्वाइट हाउसमै बसिरहन्छन् ।

ट्रम्प राष्ट्रपति कार्यालय ओ भल अफिसमा पनि दिउँसो मात्र पुग्छन् र रातिसम्म बस्छन् । थ्यांक्स गिभिङमा पनि उनले छु ट्टी नलिने योजना बनाएका छन् ।

ट्रम्पले जो बाइडनको जीतलाई स्वीकार गरेका छै नन् र कानूनी ल डा इँ ल डेर भए पनि दोस्रो कार्यकाल चलाउने सोच बनाइरहेका छन् ।

विगत एक हप्तादेखि ट्रम्पले महत्त्वपूर्ण विषयमा कुनै टि प्पणी नगरेको एक अधिकारीले बताए । इजिप्टमा शा न्तिप्रक्रियामा खटिएका अमेरिकीहरूको मृ त्यु, अफगानिस्तान र इराकबाट सु रक्षाबल फिर्ता बोलाउने विषय वा अन्य ज ल्दाबल्दा इस्युमा उनी स्वयंले केही पनि बोलेका छैनन् ।

सीएनएनको रिपोर्टअनुसार, ट्रम्प अधिकांश समय वकिलहरूसँग कुराकानी गरिरहेका छन् र पुनः मतगणना गराउनका लागि का नूनी उपायहरू अ पनाइरहेका छन् ।

जो बाइडनलाई वि श्वका धेरै मुलुकका नेताहरूले ब धाई दिइसकेका छन् । चुनावपछि ट्रम्पले वि देशी राष्ट्रप्रमुख वा सरकारप्रमुखसँग कुराकानी गरेका छैनन् ।

ट्रम्पले भनेजस्तै अमेरिकामा ‘इलेक्ट्रोनिक भोटिङ मेसिन’बाटै भोट ‘डि लिट’ गरिएको थियो !

बीबीसी – डोनाल्ड ट्रम्पले अमेरिकी चुनावमा प्रयोग गरिने इलेक्ट्रोनिक भोटिङ सिस्टमको आ लोचना गर्दै मेसिनकै कारण लाखौं भोट नो क्सान भएको दा बी गरेका छन् । यो भोटिङ मेसिन डोमिनियन भो टिङ सिस्टम्स नामक कम्पनीले तयार गर्दछ ।

ट्रम्पले अनेक प्रकारका आ रोपहरु लगाएका छन्, जस्तै कि ती मेसिनहरुबाट भोट डि लिट गरिएकोदेखि उनका वि पक्षीहरुले कम्पनीमा अ नुचित प्रभाव राखे ।

के हुन् ट्रम्पका दाबी र दाबीमा कति बल छ ?

ट्रम्प : ‘डोमिनियनले देशभर हाम्रा २० लाख भोट डिलिट गर्यो’

ट्रम्प आफ्ना समर्थक र रू ढिवादी समाचार नेटवर्क ‘आउटलेट वन अमेरिकन न्युज नेटवर्क’ (ओएएनएन) को समाचारका आधारमा यस्तो दाबी गरिरहेका छन् । समाचारमा लेखिएको थियो, “देश भर राष्ट्रपति ट्रम्पका लागि हालिएका लाखौं भोटे डि लिट गरियो ।”

ओएएनएनको समाचारमा चुनावको नि गरानी गर्ने एक ग्रुप एडिसन रिसर्चको तथ्य जाँच नभएको डाटा प्रयोग गरिएको छ ।

तर, कम्पनीका अध्यक्ष लैरी रोसीनले भने, “एडिसन रिसर्चले त्यस्तो कुनै समाचार लेखेको छैन र हामीसँग भोटिङमा धाँ धली गरिएको कुनै प्रमाण पनि छैन ।” ओएएनएनले पनि आफ्नो दाबीका बारेमा कुनै प्रमाण उपलब्ध गराएको छैन । ट्रम्प र उनका समर्थक फोक्स न्युजको एक् समाचार पनि शेयर गरिरहेका छन् । जसमा एंकर शान हेनिटीले डोमिनियन भोटिङ मेसिनले महत्वपूर्ण राज्यहरुम ट्रम्पका भोेटहरु जो बाइडेनको भोटमा परिणत गरेको दाबी गरेका छन् ।

उक्त रिपोर्टमा मिशिगनको एन्ट्रिम काउन्टी क्षेत्रमा देखिएको समस्याका बारेमा उल्लेख गरिएको छ । जहाँ डोमिनियन मेसिनहरु प्रयोग गरिएको थियो । दाबी गरिएको छ कि यसरी नै अन्य काउन्टीमा पनि सफ्टवेयरमा समस्या भएको हसन सक्छ । एन्ट्रिम काउन्टीमा समस्या आएको थियो तर त्यो समस्या डोमिनियनको सफ्टवेयरमा भने थिएन । मिशिगनका से क्रेटरी अफ स्टेट जोसलीन बेनसनले उक्त समस्या मानवीय त्रु टिका कारण भएको बताएका छन् ।

एन्ट्रिम काउन्टीका क्लर्कले मेसिनमा रिपोर्टिङ फंक्सन सही तरिकाले चालु गरेका थिएनन् । सोही कारण सुरुवाती नतिजा आएको थियो । जहाँ बाइडेनले तीन हजार मतले जीत हासिल गरेका थिए । निर्वाचन अधिकारीहरुले यो पारम्परिक रिपब्लिकन क्षेत्रमा असामान्य नतिजा देखिएपछि रिपोर्टिङ फंक्शन फेरि चालु गरेका थिए । पछि गणना हुँदा ट्रम्प अढाई हजार मतले विजयी भएका थिए ।

बेनसनले सुरुवातमै गल्ती पत्ता लागेको र पछि त्यसलाई सुधार गरिएको बताएका छन् । सुरुवाती चरणमै गल्ती पत्ता नलागे पनि ग ल्ती पत्ता लगाउन चेकिङ सिस्टम राखिएका कारण पछि पनि ग ल्ती पत्ता लाग्न सक्ने उनको भनाइ छ ।

उनले भने, “राज्यमा यस्तो गल्ती अन्य ठाउँमा भएको भन्ने बारेमा यस्तो कुनै प्रमाण छैन ।”

एंकर शान हेनिटीले जर्जियाको पनि नाम लिएका छन्, जहाँ डोमिनियन मेसिनको अत्यन्तै प्रयोग भएको थियो । तर, जर्जियाका सेक्रेटरी अफ स्टेटले केही स्थानमा गणनामा ढिलाइ भए पनि सफ्टवेयरले भोतको सही गणना गरिएको बताएका छन् ।

डोमिनियन भोटिङ सिस्टम्सले पनि बयान जारी गर्दै भनेको छ, “डोमिनियनका बारेमा भोेट परिवर्तन गर्ने र डि लिट गर्ने जुन दाबी गरिएको छ त्यो शतप्रतिशत गलत छ ।”

ट्रम्प : ‘वामपन्थी दलहरुको हो डोमिनियन भोटिंग सिस्टम्स’

ट्रम्पको यो दाबीमा कुनै सत्यता छैन । यो कम्पनी ‘वामपन्थी दल’ को होइन । कम्पनीले विगतमा रिपब्लिकन र डेमोक्रेट दुबैका लागि चन्दा दिएको छ । ट्रम्प रेडिकल लेफ्ट भनेर कसका बारेमा कुरा गरिरहेका छन् भन्ने बारेमा केही स्पष्ट हुन सकेको छैन । सायद उनी अनलाइन फैलाइएको दाबीतर्फ इशारा गरिरहेका छन् । जसमा भनिएको छ– कम्पनीको सम्बन्ध क्लिन्टन परिवार र अन्य डेमोक्रेट नेताहरुसँग छ, त्यसमा स्पीकर नेन्सी पलोसी पनि समावेश छन् ।

डोमिनियन भोटिङले एक बयान जारी गरेर कम्पनी निष्पक्ष अमेरिकी कम्पनी भएको र पलोसी परिवार वा क्लिन्टन ग्लोबल इनिसियेटिभका साथ कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ ।

क्लिन्टन फाउन्डेसनले पनि बयान जारी गरेर डोमिनियन भोटिङ सिस्टम्ससँग कुनै लेनदेन नरहेको र कम्पनीको कुनै पनि अपरेसनसँग कहिल्यै नजोडिएको तथा आगामी दिनमा पनि नजोडिने प्रष्ट्याएको छ । बीबीसीबाट

अमेरिका चुनावः ट्रम्पले लो कतन्‍त्रमाथि ‘कू’ गर्ने ख तरा कति छ ?

वासिङटन -अमेरिकी निर्वाचनको नतिजासँगै जो बाइडेनलाई नयाँ राष्ट्रपति पाएकोमा खुसियाली मनाउँदै उनका समर्थकहरु सडकमा नाचेको एक हप्ता भइसक्यो ।

तर (पूर्व)राष्ट्रपति डोनल्ड ट्रम्पको अ डा नले गर्दा उनीहरुको खुसीले सा र्थकता नै न पाउला कि भन्ने अ न्योल सि र्जना भएको छ । यतिसम्म कि, ट्रम्पको अ डानले अमेरिकी लोकतन्त्र र लोकतान्त्रिक निकायहरुको सि मितता कायम गरिदिएको बताइन्छ ।अन्नपुर्णपपोष्टमा खवर छ ।

ट्रम्पले निर्वाचनको न तिजामाथि प्र श्न उठाउँदै, धाँ धलीको आ रोप लगाउँदै बारम्बार त्यसको परीणाम अ स्वीकार गर्दैआएका छन् । पेन्सिल्भेनिया, नेवाडा, एरिजोना, जर्जिया र मिसिगन जस्ता निर्णयक राज्यको मत परीणामप्रति उनले प्र श्न उ ठाएका छन् । केही राज्यमा फेरि मतगणना गर्नुपर्ने भन्दै मु द्दा दायर गरे पनि सुनुवाइ भएन ।

ट्रम्पले बारम्बार प्र माणविना आ रोप लगाएर एउटा मान्यता स्थापित गर्ने कोसिस गरेका छन् कि, रिपब्लिकनहरु चुनावमा धाँ धली र मतपरीणाम चो रिएकोमा विश्वास गर्दैछन् । अर्कोतर्फ रिपब्लिकन पार्टीभित्रै ट्रम्पको जिरहलाई स्वीकार गर्ने र नगर्ने गरी दुई समूह बनेका छन् । यतिसम्म कि, उनको परिवारभित्रका सदस्यहरु नै दुई समूहमा विभाजित छन् ।

ट्रम्पलाई परिवारकै केही सदस्यले हार स्वी कार गर्नुपर्ने सुझाव दिएका छन् । तर पनि ट्रम्प हा र स्वीकार गर्न तयार दे खिएका छैनन् । आफैँले रा जीनामा दिनुपर्ने बेलामा रक्षामन्त्री मार्क एस्परलाई पदमु क्त नै गरिदिए । यस्ता ह र्कतले गर्दा उनी सजिलै पद छा ड्नेवाला छैनन् । केही कोणबाट यस्तो पनि व्या ख्या हुन थालेको छ कि, के ट्रम्प लो कतान्त्रिक शासनमाथि सै न्य कू गर्दै त छैनन् ? गरिहाले पनि उनको त्यो प्र यास सफल होला त ?

यस्ता जिज्ञासा र प्रश्न पनि केही कोणबाट उठ्न थालेका छन् । केही राजनीतिशास्त्री ट्रम्पले ‘कू’ गरिहाल्ने सम्भावना देख्दैनन् । तर शासन व्यवस्थामा अ नधीकृत हकृत् वा गै रका नुनी प्रयासको खतरा भने देख्छन् ।

‘कू’ को खास अर्थ हिं सात्मक रुपमा सरकार ह त्याउने हुन्छ । त्यो प्राय सै निक बल मा हुने गर्छ । ट्रम्प भने सै निक ब लमा सत्ता ह त्याउने भन्दा पनि श क्तिको बलमा चुनावी नतिजा उ ल्ट्याउने प्रयासमा छन् । यद्यपि यस्तो हर्कतलाई पनि केही अमेरिकी राजनीतिशास्त्रीहरु आफैँमा एक किसिमको ‘कू’ नै ठान्छन् ।

ट्रम्पले निर्वाचनको नतिजा उ ल्ट्याउन सफल भएमा यस्तो हर्कतलाई ‘सेल्फ–कोप’ वा ‘अटो–कोप’को सज्ञा दिन सकिन्छ । राजनीतिशास्त्रमा यस्तो शब्दाबली अल्बर्टो फुजीमोरीले पहिलो पटक प्रयोगमा ल्याएका हुन् । पेरुभियन कंग्रेसमा १९९२ मा यस्तै अन्योलका बीच ता नाशाह ला दिएको थियो । ट्रम्पले चुनावी नतिजा चो री गर्नका लागि यस्तै प्रयास गरेको व्याख्या हुन थालेको छ ।

यस्तै वर्तमान चिन्ताको विषय यो पनि हो कि, ट्रम्प शान्तिपूर्वक रुपमा सत्ता हत्याउन खोजिरहेका छन् । अर्थात् उनी चुनावको आधिकारिकतालाई ग लत सावित गर्न खोजिरहेका छन् । उनका पछिल्ला गतिविधिले उनी स त्ता ह त्याउने ह र्कतसम्म पुग्न सक्छन् । र यसो गरेमा त्यो १९४० को र १९५० को अर्जेन्टिनामा जुआन पेरोनले गरेजस्तै वा कोलम्बियामा लिबरल र कन्जेरभेटिभको ल डाइँ जस्तै हुनेछ ।

ट्रम्पले अधिकतक रुपमा यस्तै अ वस्थातिर लैजान सक्ने व्या ख्या अमेरिकी राजनीतिशास्त्रीहरु गर्छन् । २०१५ मा पनि भेनेजुएलामा मादुरोले संसदीय निर्वाचन हा रेका थिए । तर विदेशी मध्यस्तता र श्रृंखलावद्ध धाँ धलीपछि परीणामलाई आफ्नो पक्षमा पारे ।

इबो मोरालेसले पनि २०१६ मा जनमत संग्रहबाट आफ्नो पदावधि लम्ब्याउन खोजे । ठूलो आन्दोलनपछि उनले विदेशी र घरेलु शक्तिको ष ड्यन्त्रबाट हट्नु परेको भन्दै देश छाडे । अन्ततः उनले परीणाम स्वीकार गरे । र पुन निर्वाचनको पक्षमा तयार भए । तर २०१९ मा उनले अर्को निर्वाचन जिते ।

ट्रम्पले चुनाव हा रेपछि ह्वाइट हाउसमा दिपावली गरे

काठमाडौँ, –अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिपावलीको अवसरमा अमेरीका तथा सन्सारभर रहेका हिन्दुहरुलाई शुभकामना दिएका छन् । उनले दिपावली दिपापलीको अवसरमा राष्ट्रपतिका हैसियतले ह्वाइट हाउसबाट शुभकामना दिएका हुन् ।

राष्ट्रपति ट्रम्पले दिपवालीका अवसरमा शुभकामना दिँदै अमेरकी राष्ट्रपति भवनमा दीप समेत बा ले का थिए । उनले दीप बा ल्दै दिपावली समेत गरेका छन् ।

ट्रम्पले आफुले वा ले को दीपको तस्बिर सामाजिक सञ्जाल ट्वीटरमार्फत सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमा तस्बिर पोष्ट गर्दै राष्ट्रपति ट्रम्पले ‘ह्यापी दिपावली’ भनेका छन् ।

त्यस्तै अमेरिकाकै नवनिर्वाचित राष्ट्रपति वो बाइडेनले पनि दिपावलीको शुभकामना दिएका छन् । उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारीसले पनि दिपावलीको शुभकामना दिएकी छिन् ।

ट्रम्प आफैले आफैलाई ‘ मा फी’ दिने वा रा जिनामा दिएर पेन्सबाट ‘ मा फी’ लिनेबारे छलफल गर्दै

काठमाडौँ,– दोश्रो कार्यकालका लागि प राजित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफैलाई मा फी वा क्षमादान दिन मिल्ने नमिल्नेबारे निकटवर्तीहरुसँग छलफल गरिरहेको जनाइएको छ । तर राष्ट्रपति आफैले आफैलाई मा फी वा क्ष मादान गर्न मिल्ने वा न मिल्ने सन्दर्भमा अमेरिकन मिडियाहरुमा ब हस सुरु भएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा गरेको एउटा ट्वीटमा आफूले आफैलाई मा फी वा क्ष मादान दिनसक्ने दावी गरेका थिए । यद्यपी यस्तो दावीको कानुनी आधार भने स्पष्ट छैन । जस्टिस डिपार्टमेन्ट अफिस अफ लिगल काउन्सिलले सन् १९७४ मा रिचर्ड निक्सनका सन्दर्भमा एउटा मेमो जारी गरेर आधारभूत नियम अनुशार आफ्नो न्यायाधिस आफै बन्न न सकिने र राष्ट्रपतिले आफूले आफैलाई मा फी वा क्ष मादान दिन नसकिने उल्लेख थियो ।

तर कतिपयले राष्ट्रपति आफैले आफैलाई मा फी वा क्ष मादान दिनसक्ने दावी समेत गरेका छन् । यद्यपी डोनाल्ड ट्रम्पले आफूले आफैलाई मा फी वा क्ष मादान दिएमा यसले अदालतमा कानुनी ल डाईको सामना गर्नुपर्ने हुनसक्छ । र, यसबारे अदालतले निर्णय दिनुपर्ने अवस्था समेत आउनसक्छ । रिचार्ड निक्सनका पालामा निक्सनले रा जिनामा दिएपछि राष्ट्रपति बनेका जेराल्ड फोर्डले निक्सनलाई मा फी वा क्ष मादान दिएका थिए ।

ट्रम्पले आफू निकटका कैयनलाई भने क्षमादान दिने योजना बनाएका छन् । रोबर्ट मुलरको अ नुसन्धानका सन्दर्भमा जोडिएकाहरु, ट्रम्प अर्गनाइजेनशनका कर्मचारीहरु, आफ्नै परिवारका सदस्यहरु लगायतलाई मा फी वा क्ष मादान दिने योजनामा ट्रम्प रहेको जनाइएको छ । नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले भने ट्रम्पलाई मा फी नदिने बताएका छन् ।

आफैले आफैलाई क्ष मादान दिन नसकेको अवस्थामा ट्रम्पले कार्यकाल सकिनुभन्दा केही अगाडि रा जिनामा दिने र माइक पेन्सले राष्ट्रपतिका रुपमा कार्यभार सम्हालेर ट्रम्पलाई मा फी वा क्ष मादान दिनसक्ने परिदृश्यबारे समेत चर्चा सुरु भएको छ । यदि ट्रम्पलाई मा फी दिइएको खण्डमा उनले संघीय अ भियोगहरुमा उन्मुक्ति पाउनेछन् । तर न्युयोर्क एटोर्नी जनरल म्यानहटन डिस्ट्रिक्न एटोर्नीबाट भइरहेको अ नुसन्धानबाट उत्पन्न अवस्थाको सामना गर्नमा भने रोक लाग्नेछैन ।

ट्रम्पले आफ्नो कार्यकालमा केही हाइप्रोफाइल व्यक्तित्वहरुलाई मा फी वा क्ष मादान दिइसकेका छन् ।

अमेरिकाको संविधान अनुशार नवनिर्वाचित राष्ट्रपतिले जनवरी २० अगाडि सपथग्रहण र पदभार ग्रहण गर्न पाउँदैनन् । त्यतीबेलासम्म पुरानै राष्ट्रपति ह्वाइटहाउसमा रहन्छन् । जनवरी २० सम्म राष्ट्रपतिको श क्तिमा कुनै क टौती हुँदैन । त्यसैले ट्रम्पले राष्ट्रपतिको हैसियतमा विगतमा जे जे गर्ने अधिकार पाएका थिए, त्यो अधिकार जनवरी २० सम्म पाउनेछन् । उनी जनवरी २० सम्म कमाण्डर इन चिफ र अमेरिकाको प्रमुख कार्यकारी रहनेछन् ।

राष्ट्रपति ट्रम्पले त्यो अवधिसम्म कार्यकारी आ देश जारी गर्नेदेखि विभिन्न खाले नियुक्ती गर्न पाउने अधिकारसम्म राख्छन् । यो अवधिमा ट्रम्पलाई खर्च विधेयक अगाडि बढाउनेदेखि संघीय अदालतहरुमा नियुक्ती गर्न पाउने सम्मको अधिकार रहेको छ ।

यस्तो अवधिमा विगतका कैयन राष्ट्रपतिहरुले कैयन व्यक्तिलाई क्ष मादान दिने गरेका छन् । यस्तो अवधिमा जर्ज बुस सिनियरले सोमालियामा राजनीतिक स्थीरताका लागि सेना परिचालन गर्ने निर्णय गरेका थिए । त्यस्तै उनले इराकमाथि हवाई ह मला समेत गराएका थिए । उनले कैयनलाई क्ष मादान समेत दिए ।

यो अवधिमा बाराक ओबामाले राष्ट्रसंघको हरित जलवायु फण्डमा ५ सय मिलियन डलर अनुदानमा हस्ताक्षर गरेका थिए । ओबामाले विभिन्न अ पराधमा संलग्न वा संलग्न भएको आशंका रहेका २ सय बढीलाई क्षमादान दिएका थिए ।

बिल क्लीन्टनले आफ्ना भाई र एउटा राहत संकलन अभियानमा खटिएकी महिलाका पति लगायत १४० भन्दा धेरैलाई क्ष मादान दिएका थिए ।

यस्तो क्षमादान अहिलेसम्म अ पराधमा नमुछिएका व्यक्तिलाई समेत दिन सकिन्छ । क्ष मादानपछि क्षमादानको अवधि अगाडिसम्मका अपराधका लागि उनीहरुलाई भविश्यमा समेत छुट प्राप्त हुन्छ । विगतका अपराधका कारण भविश्यमा सजाय भोग्न नपरोस् भनेर समेत क्षमादान दिइन्छ ।

क्ष मादान दिन पाउने अमेरिकी राष्ट्रपति त जविज अधिकार हो । अधिकांश राष्ट्रपतिले अर्को व्यक्ति नयाँ राष्ट्रपति निर्वाचित भइसकेपछि आफू जनवरी २० सम्म ह्वाइटहाउसमा रहँदासम्म यो अधिकारको प्रयोग गर्दै आएका छन् ।

बाराक ओबामालाई राजदूत बनाउने बाइडेनको तयारी

काठमाडौँ,अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्व राष्ट्रपति बाराक ओबामालाई महत्वपूर्ण कुटनीतिक जिम्मेवारी दिने तयारी गरेका छन् । ओबामाको कार्यकालमा उपराष्ट्रपति रहेका बाइडेनले ओबामालाई बेलायतका लागि राजदूतमा नियुक्त गर्न लागेको बेलायती अखबर द एक्प्रेसले जनाएको छ । डेमोक्रेटिक उम्मेदवार बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प राजित गरेका हुन् । उनले आगामी जनवरीमा ह्वाइट हाउसको जिम्मेवारी सम्हाल्नेछन् ।

राष्ट्रपतीय जिम्मेवारी लिने वित्तिकै ओबामालाई बेलायतका लागि राजदूत नियुक्त गर्ने बाइडेनको योजना रहेको समाचारमा उल्लेख छ ।

कुटनीतिमा माहिर ओबामा राजदूतका रुपमा बेलायत गए बेलायती प्रधानमन्त्री बोसि जोहनसनका लागि भने मुस्किल पर्नसक्ने विश्लेषण गर्न थालिएको छ । किनभने दुई देशबीच ब्रक्जिट व्यापार सम्झौतालाई लिएर शी त यु द्ध च लिरहेको छ ।

ट्रम्पलाई करोडौ डलरको अफर !

काठमाडौँ, -अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा हा र बेहोरेपनि हार स्वीकार नग री रहदा उनले वि कल्पका बारेमा विचार गरिरहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । मिडिया रिपोर्टका अनुसार ट्रम्पलाई किताब र टेलिभिजन डिल का लागि १० करोड डलरको अफर आएको छ ।

अहिले निर्वाचनमा धाधली भएको भन्दै कानुनी लडाई ल डिरहेका ट्रम्पलाई यो अफर प्लान बिको रुपमा लिइएको बताइएको छ । ट्रम्पलाई ह्वाइटहाउसमा बिताएका क्षणको बारेमा किताब प्रकाशन गर्न र टेलिभिजन शोका लागि ठुलो रकमको अफर गरिएको छ ।

यस अघि ट्रम्पका १९ किताब प्रकाशित भैसकेका छन् । यस अघिका किताबमा ट्रम्पले आफ्नो व्यापार र गल्फका बारेमा लेखेका थिए । राष्ट्रपति बन्नु अघि ट्रम्पको २०१५ मा क्रिपल्ड अमेरिका लेखेका थिए ।

ह्वाइटहाउसमा आफ्नो कार्यकाल सकेर निस्किने अमेरिकी राष्ट्रपतिका लागि यस्तो अफर यस अघि पनि आउने गरेको थियो । जसबाट पूर्व राष्ट्रपतिहरुले राम्रो रकम कमाउने गरेका छन् । पूर्व राष्ट्रपति बाराक ओबामा र प्रथम महिला मिचेल ओबामालाई २०१७ मा साढे ६ करोड डलरको अफर दिइएको थियो । सोहि सम्झौता अनुसार नै ओबामाको ‘अ प्रोमिस्ड ल्याण्ड’ नामक किताब आउदो साता प्रकाशित हुदै छ ।

अहिले ट्रम्पलाई पुस्तकका लागि अफर गरेपनि प्रकाशकहरुमा एक किसिमको ड र भने रहेको उल्लेख गरिएको छ । ट्रम्प अन्य राष्ट्रपति जस्तो वि वादरहित छैनन् । राष्ट्रपति हुनुअघि उनलाई २० भन्दा बढी यौ न शोषणका आ रोप छन् भने राष्ट्रपतीय कार्यकाल पनि निकै वि वादित रहेको छ । अझ अहिले निर्वाचनमा भएको पराजय अ स्विकार गरिरहदा बजारमा उनको ‘ट्रम्प ब्राण्ड’ को लोकप्रियतामा कमि आइरहेको छ । यति हुदा पनि प्रकाशकहरुले उनले पाएको ७ करोड मतलाई हेरेर ट्रम्पलाई सय मिलियन डलरको अफर गरेको बताइएको छ ।

प्रतिक्रिया