काठमाण्डौ, १२ मंसिर – चितवनको ठोरी गाविस र माडी नगरपालिकाको दुई वटा वडा मिलाएर ‘अयोध्या नगरपालिका’ घो षणा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना र प्रस्ताव भारतीय खु फिया ए जेन्सी ‘र’ प्रमुख सा मन्त गोयलको भ्रमणसगै ए काएक रो किएको छ । त्यसअघि प्रधानमन्त्री ओलीले आगामी पुस ४ गते शनिबार विवाह पञ्चमीका दिन नयाँ नगरपालिकाको रूपमा ‘अयोध्या नगरपालिका’ र विशाल राम मन्दिर तथा उद्यान निर्माणको घोषणा गर्ने कार्यक्रम थियो ।
यसको डिजाइन र नक्सा अन्तिम चरणमा पुगेपछि झण्डै १२ अर्ब रूपैयाँ बजेट छुट्याउने कामसमेत अघि बढेको बताइन्छ । तर सामन्तसँगको भेटपछि ती सबै कागजात र प्रक्रियालाई अहिले एकाएक सरकारी दराजमा थ न्काइएको छ । जनआस्थालाई प्राप्त नक्सा र डिजाइनको शीर्षकमा ‘प्रोजेक्टः श्री राम मन्दिर’ उल्लेख छ । उक्त नक्सा र डिजाइन काठमाडौं, हात्तिसारस्थित डेकोर स्टुडियोले तयार पारेको हो ।
यसअघि प्रधानमन्त्री ओलीले संसदमा चितवनको ठोरीस्थित अयोध्यापुरी नै रामको वास्तविक जन्मस्थान भएको बताएपछि सर्वत्र त रंग फैलिएको थियो । उत्तर प्रदेशस्थित अयोध्यालाई भारतले राम जन्मभूमि मान्दै आएको सन्दर्भमा प्रधानमन्त्रीको भनाइ धार्मिक वृत्तमा विवादास्पद समेत बनेको थियो । उक्त अभिव्यक्तिलाई भारतले औपचारिक रूपमा सामान्य भनेपनि अनौपचारिक ढंगले ग म्भीर आ पत्तिको रूपमा लिएको थियो ।
उक्त घटनाक्रमको पृष्ठभूमिमा प्रधानमन्त्री ओलीले घोषणा गर्न लागेको अयोध्या नगरपालिका र निर्माण गर्न खोजेको राम मन्दिरलाई भारतको संस्थापन पक्षले आफूहरूसँग नि हुँ खोजेको अर्थमा लिएको थियो । भारतसँग सम्बन्ध सुध्रिन थालेपछि प्रधानमन्त्री नयाँ नगरपालिका घोषणा र महत्वाकांक्षी राम मन्दिर निर्माणको योजनाबाट एक्कासी पछि हट्नुभएको बताइन्छ ।
यसैबीच भूतपूर्व सेनापति राजेन्द्र क्षेत्रीले समेत ठोरी क्षेत्रको भ्रमण गरेका छन् । यो नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चुनावी क्षेत्र हो ।
जनआस्थाबाट साभार
सम्भव छ त ओली र देउवाको सरकार ?
सत्तारुढ कम्युनिष्ट पार्टीमा ठूलो क्षति न पुर्याई आफू ब लियो नहुने, क्ष ति पु र्याउन दुबैतिर नियमित सम्पर्कमा बसी कता लाग्दा तत्काल फाइदा हुन्छ सो को हिसाब निकाल्नुपर्ने ! शुक्रबार भारतीय राजदूत विजयमोहन क्वात्राले प्रमुख प्र तिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई निवासमै गएर भेटेको चौबिस घण्टा नबित्दै देउवा समूहले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसहित बालुवाटारको को र टिमसँग बालुवाटारमा झण्डै तीन घण्टा छलफल गरेको विषयलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा लिइएको छ । यसअघि प्रधानमन्त्रीले भेटघाटको लागि गएका कतिपय पुराना नेता तथा सांसदसँग पार्टीभित्रको वर्तमान अवस्थालाई एकदम सामान्य ढङ्गले लिएको बताउनुभएको छ ।
शुक्रवार पाका पुरानाहरुसङ्गको भेटमा प्रधानमन्त्रीले नेकपा सचिवालयमा प्रस्तुत उन्नाइस पेजको आ रोपपत्र र नेतृत्व तहमा देखिएको भनिएको वि वादले आफ्नो एउटा ‘रौं’ पनि नहल्लिएको र सानो काँडाले कोतरेजस्तो मात्र अनुभव भएको बताउनुले उहाँ अझैपनि पूरै पाँच वर्षे कार्यकालका लागि प्रधानमन्त्री र अ कण्टक नेकपा अध्यक्षमा ढुक्क रहेको छनक मिलेको बताइन्छ ।
नेकपाभित्रको अन्तरबिरोध चुलिएर माथि पुगेको बेला भारतीय संस्थापन पक्षले केपी, प्रचण्डलाई बिगतमा जति बोके पनि बर्ग चरीत्रका हिसावले समेत भरपर्दो मित्र काङ्ग्रेस नै भएको निश्कर्ष निकाली सोहिअनुरुपको नयाँ योजना अघि सारेको देखि“दैछ ।प्रतिनिधिसभातर्फ प्रधानमन्त्री ओलीनिकट भनिएका ७८ जना सांसदमा देउवाका अर्थात् नेपाली काँग्रेसका ६२ जना मिसाउँदा १ सय ४० हुन आउँछ । सरकार बनाउन आवश्यक सामान्य बहुमतको लागि १ सय ३७ सांसद भए पुग्छ । त्यसपछि राजनीतिक दलसम्बन्धी अध्यादेशमा यसअघिको ४० को सट्टा ३० प्रतिशतको व्यवस्था गरेर पार्टी विभाजन गर्न सकिने लुप होल राखेपछि हालै बनेको जनता समाजवादी पार्टी (जसपा) का असन्तुष्ट राजकिशोर यादव, अनिल झा र राजेन्द्र महतोहरूलाई विभाजनको लागि बाटो खुल्ने छ । त्यस्तो अवस्थामा नयाँ बन्ने महतोहरूको पार्टीलाई समेत सरकारमा सामेल गराउने डिजाइन बनाइएको हुनसक्छ ।
त्यसो गर्दा प्रधानमन्त्री ओली बढीमा आगामी एक वर्ष जसरी पनि ढु क्क हुने र त्यसपछि चुनावी सरकार बनाउने माहोल बनाउँदा देउवा पनि गद्गद् नहुने कुरै भएन । अहिले भइरहेको भेटघाटलाई त्यहि रूपमा लिइएको छ । देउवा र महतोहरूले कुनै हालतमा साथ दिन्नौँ भनेर अत्तो थाप्दा न ओली, न प्रचण्ड–माधव कुनै पनि पक्ष पार्टी फुटाउन अग्रसर नहुने भएपछि उनीहरू हामी छौँ नि भन्दै हौस्याउनतर्फ लागेको समेत आशंका गरिएको छ ।
यता भारतले पनि संविधान घोषणादेखि नै पहिले नि हुँ खोजेर अघि बढ्ने रणनीति लिएको थियो । नक्सा प्रकरण त्यसैको निरन्तरता हो । तर, घ टनाक्रमले जे–जे भने पनि प्रधानमन्त्री ओलीलाई आवरणमा सपोर्ट नगरुञ्जेल नेकपाभित्र वि भाजन नआउने देखिएपछि सरकारलाई यो वा त्यो कोणबाट ढाढस दिने खेल प्रारम्भ भएको हो। यसअघि नेकपा फुटाउन अर्को पक्षलाई जति तेल लगाएपनि त्यो खेमाले मसक्क आँट्ने लक्षण नदेखिएपछि बरु बालुवाटारतिरै घ्यु दल्दा फलिफाप हुने सं केत आएकाले भारत, काँग्रेस र राजेन्द्र महतोहरूको भेटघाट क्रमशः बाक्लिन थालेको अनुमान छ । पार्टी विभाजनको अवस्थामा समेत आफैँ सरकारको नेतृत्वमा बसेर केही नतिजामुलक काम देखाउँदा फुटको असरलाई एक वर्षसम्ममा नि मिट्यान्न पारेर पूर्ववत् अवस्थामा आउन सकिने सुझावसमेत बालुवाटारलाई दिइएको हुनसक्छ ।
बलियोलाई ढा ल्न कमजोरहरुको एकता आवश्यक भएजस्तै बरु अल्पमतमा रहेको बालुवाटारलाई अनेक आश्वासन दिएर ढाडदेखि पैतालासम्म कन्याउँदा बेस हुने कसै कसैलाई लागेको छ । काँग्रेसले प्रधानमन्त्रीलाई साथ दिने विश्वसनीय आधार प्रस्तुत गरेको अवस्थामा नेकपा विभाजन गर्न बल पुग्ने र त्यसपछि काँग्रेसको दिन फ्याट्ट खुल्ने सन्देशसमेत सुनाइसकेकोले बूढानीलकण्ठ र बालुवाटारको भेटघाट बाक्लिएको स्रोतको दाबी छ ।
जन आस्थाबाट साभार ।
नेपालीका भाञ्जा हर्षवद्धन भारतीय विदेशसचिवका रुपमा आइपुगे मावली देश
भारतका विदेश सचिवका रुपमा नेपाली भाञ्जा हर्षवर्द्धन श्रृङ्गला मावली देश नेपाल आइपुगेका छन्। पटकपटक भाञ्जाका रुपमा मावली नेपाल आएका भारतीय विदेश सचिव श्रृङ्गला यो पटक भने परराष्ट्र सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको द्विदिवसीय भ्रमणमा काठमाडौं आएका हुन्।
ललितपुर मामाघर भएका शृंगला सन् १९८४ व्याचका कर्मचारी हुन्। ललितपुरका बस्नेत परिवारका भाञ्जा हर्षवर्द्धन नेपाली भाषामा राम्रोसँग संवाद गर्न सक्छन्। उनले नेपाल आउँदै गर्दा विमानस्थलमा पनि संवाददाताहरुसँग नेपालीमा संवाद गरेका थिए । उसो त श्रृङ्गला नेपाली भाषा मात्र होइन अंग्रेजी, हिन्दी, भियतनामी, फ्रेन्च भाषासमेत राम्रोसँग बोल्न सक्छन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५० हजार भू क म्प पि डितका घर बनाउने प्र तिबद्धता जनाए अनुसार ४० हजार घर बनाउने काम सकिएको बताए। मनाङको बौद्ध गुम्बाको उद्घाटन, पुननिर्माण भएका ३ विद्यालयको उद्घाटन, नेपाल भारत सम्बन्धमा वेबनार लगायत कार्यक्रममा सहभागि हुने उनले संवाददाताहरुलाई नेपालीमा जानकारी दिएका थिए।
दार्जीलिङ्गमा पढ्न गएकी ललितपुरकी नेपाली छात्रा हरिदेवी बस्नेतसँग प्रेम सम्बन्ध विवाहमा परिणत गरेका छिरिङ्ग शृंगलाका हर्षवर्द्धन जेठो छोरो हुन् । उनको जन्म मुम्बइमा भएको थियो भने मायो कलेजमा उनले अध्ययन गरेका थिए । उनका मावली परिवार अहिले पनि ललितपुरका स्थायी बासिन्दा हुन् ।
दुई देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदानकै निरन्तरताका सिलसिलामा भारतीय विदेश सचिवको भ्रमण भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । भ्रमणको पहिलो दिन नेपाल– भारत परराष्ट्र सचिवस्तरीय वार्ता हुने र त्यसमा द्विपक्षीय सम्बन्ध एवं सहयोगका विविध विषयमा विचारविमर्श हुनेछ । बिहीबार नै भारतका विदेश सचिवले नेपालका उच्चपदस्थ व्यक्तित्वसँग शिष्टाचार भेट गर्ने तथा कोभिड–१९ सम्बन्धी भारतीय सहायता हस्तान्तरण गर्ने कार्यक्रम छ ।
नेपाल भारतबीचको सम्बन्धलाई नयाँ उचाइदिन दिल्लीले औपचारिक रुपमै विदेश सचिव श्रृङ्गलालाई नेपाल पठाएको बुझिएको छ । उनले आफ्ना समकक्षी एवं परराष्ट्र सचिव भरतराज पौड्यालसँग औपचारिक भेटवार्ता गर्नेछन् । उनले परराष्ट्रमन्त्री प्रदि ज्ञवालीसँग पनि भेट गर्नेछन्। क्यारियर कुटनीतिज्ञले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत भेटवार्ता गर्नेछन्। भारतीय विदेश सचिवको भ्रमणले दुई देशबीचको सीमा बेठकको टुंगो पनि लगाउने आशा गरिएको छ।
सीमावि वादको विषयलाई मुख्य केन्द्रमा राखे पनि भारतले नेपाललाई कोरोना भा इरस वि रुद्धको खोप विकासका लागि एवं महाकाली नदीको वहुउद्देश्यीय परियोजना पञ्चेश्वरका विषयमा समेत छलफल हुनेछ। नेपालले पनि दिल्लीसँगको सम्बन्धलाई सुधार गर्नका लागि नयाँ नक्सा छापिएका विद्यालयका पाठ्यपुस्तकहरु फिर्ता लिएको थियो। विदेश सचिव श्रृङ्गाला शुक्रबार नयाँदिल्ली प्रस्थान गर्नेछन्।
बाइडेनको सरकारको मन्त्रीमण्डलमा पूर्व राष्ट्रपति ओबामा पनि समावेश हुदै
अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाले राष्ट्रपतिको पद छोडेपछि उनकी श्रीमती अ साध्यै खुसी भएको बताएका छन् । ओबामाले भने, ‘कार्यालय छोडेपछि मिसेल असाध्यै रिल्याक्स र खुसी भएकी छिन् ।’ अमेरिकाको सरकारमा उनी पुनः समावेश हुन्छन् त ? यसको जवाफ ओबामाले दिएका छन् ।
हालै ओबामालाई ‘के तपाईं जो बाइडेनको सरकारको मन्त्रीमण्डलमा समावेश हुनुहुनेछ ?’ यसको उनले रोचक जवाफ दिएका छन् । ओबामाले भने, ‘मैले मन्त्रीको पद सम्हाले मिशेलले म लाई छो डिदिनेछिन् ।’
स्मरण रहोस्, ओबामा चार वर्षअघि अमेरिकाको राष्ट्रपति पदबाट ह टेका थिए र त्यसपछि ट्रम्प अमेरिकाका राष्ट्रपति बनेका थिए । ५४ वर्षका ओबामाले पिपल म्यागजिनसँगको कुराकानीमा आफू राष्ट्रपति हुँदा उनकी श्रीमती मिशेल एक प्रकारको अ न्तर्निहित त नाव महसुस गर्ने गरेको जानकारी दिए ।
ओबामाको नयाँ किताब ‘अ प्रमिस्ड ल्याण्ड’ सार्वजनिक भएको छ र यसै मौकामा उनी मिडियासँग कुराकानी गरिरहेका थिए । ओबामाले राष्ट्रपति रहँदा श्रीमती मिशेल सबैकुरा उत्कृष्ट गर्ने कोसिसमा त नाव र द बाब महसुस गर्ने गरेको बताए ।
‘अँध्यारोमा मिशेलसँगै सुतिरहेका बेला म हाम्रा ती पुराना दिनहरु सम्झन्थेँ जब हामीबीच सबैकुरा निकै सहज थिए, जब उनी लगातार हाँसिरहेकी हुन्थिन् र हामीबीचको प्रेममा कम द बाब थियो । त्यसपछि ती दिन नफर्कने हुन् कि भनेर मेरो मन ढु ङ्गाले थि चिए जसरी भारी हुन्थे,’ उनले आफ्नो नयाँ किताबमा लेखेका छन् ।
कहिलेकाँही उनले आफ्नो भावना आफैंमा मात्रै सिमित राख्थिन्, श्रीमानलाई दबाब नदिनका लागि । ‘हामीबीच त्यस्ता समय पनि आए जब मलाई उनी तनावमा भएको, दुःखी भएको र रिसाएको जस्तो लाग्थ्यो तर मेरो चिन्ताको विषय भने अफगानिस्तान र आर्थिक संकट हुने गर्दथ्यो,’ उनले पिपल म्यागजिनलाई भने । ‘त्यसैले उनी आफैंले यी कुरा दबाउने गर्थिन् ।’
तर हामीले अफिस छोडेपछि दुबैले रिल्याक्स गर्ने मौका पाएका छौं ।‘हामीले अफिस छोडेपछि मिशेल असाध्यै रिल्याक्स छिन् र निकै खुसी पनि,’ उनले थपे । ‘यसले हामीलाई लामो विवाहपछिको हाम्रो गहिरो मायामा रमाउने मौका दिएको छ । हामीलाई पुनः साथी बन्न दिएको छ ।’
मिशेल ओबामाले यसअघि मानसिक स्वा स्थ्य र ह्वाइट हाउसमा नभएपछि स–सानो कुरामा रमाउने उनको बानीबारे कुरा गरेकी थिइन् ।‘यसले मेरो ढोका खोलिदिएको छ । म बाहिर हिँड्न सक्छु र घरको आँगनमा बसेर मौसमको मज्जा लिन सक्छु,’ उनले टुडे शोमा भनेकी छिन् । ‘म मेरा छोरीहरुसँग रमाउन सक्छु, नितान्त आमा भएर ।’
ह्वाइट हाउसबाट ट्रम्पको नि स्कने छाँ ट काँ ट छैन
अमेरिकाको राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएदेखि डोनल्ड ट्रम्प ह्वाइट हाउसमा अ ड्डा ज माएर बसेका छन् । सीएनएनले दिएको खबरअनुसार, नोभेम्बर ३ पछि अहिलेसम्म ट्रम्पले कुनै सार्वजनिक समारोह आयोजन गरेका छै नन् । उनी बिहान गल्फ खेल्नका लागि मात्र ह्वाइट हाउसबाट नि स्कन्छन् । अरू समय उनी ह्वाइट हाउसमै बसिरहन्छन् ।
ट्रम्प राष्ट्रपति कार्यालय ओ भल अफिसमा पनि दिउँसो मात्र पुग्छन् र रातिसम्म बस्छन् । थ्यांक्स गिभिङमा पनि उनले छु ट्टी नलिने योजना बनाएका छन् ।
ट्रम्पले जो बाइडनको जीतलाई स्वीकार गरेका छै नन् र कानूनी ल डा इँ ल डेर भए पनि दोस्रो कार्यकाल चलाउने सोच बनाइरहेका छन् ।
विगत एक हप्तादेखि ट्रम्पले महत्त्वपूर्ण विषयमा कुनै टि प्पणी नगरेको एक अधिकारीले बताए । इजिप्टमा शा न्तिप्रक्रियामा खटिएका अमेरिकीहरूको मृ त्यु, अफगानिस्तान र इराकबाट सु रक्षाबल फिर्ता बोलाउने विषय वा अन्य ज ल्दाबल्दा इस्युमा उनी स्वयंले केही पनि बोलेका छैनन् ।
सीएनएनको रिपोर्टअनुसार, ट्रम्प अधिकांश समय वकिलहरूसँग कुराकानी गरिरहेका छन् र पुनः मतगणना गराउनका लागि का नूनी उपायहरू अ पनाइरहेका छन् ।
जो बाइडनलाई वि श्वका धेरै मुलुकका नेताहरूले ब धाई दिइसकेका छन् । चुनावपछि ट्रम्पले वि देशी राष्ट्रप्रमुख वा सरकारप्रमुखसँग कुराकानी गरेका छैनन् ।
ट्रम्पले भनेजस्तै अमेरिकामा ‘इलेक्ट्रोनिक भोटिङ मेसिन’बाटै भोट ‘डि लिट’ गरिएको थियो !
बीबीसी – डोनाल्ड ट्रम्पले अमेरिकी चुनावमा प्रयोग गरिने इलेक्ट्रोनिक भोटिङ सिस्टमको आ लोचना गर्दै मेसिनकै कारण लाखौं भोट नो क्सान भएको दा बी गरेका छन् । यो भोटिङ मेसिन डोमिनियन भो टिङ सिस्टम्स नामक कम्पनीले तयार गर्दछ ।
ट्रम्पले अनेक प्रकारका आ रोपहरु लगाएका छन्, जस्तै कि ती मेसिनहरुबाट भोट डि लिट गरिएकोदेखि उनका वि पक्षीहरुले कम्पनीमा अ नुचित प्रभाव राखे ।
के हुन् ट्रम्पका दाबी र दाबीमा कति बल छ ?
ट्रम्प : ‘डोमिनियनले देशभर हाम्रा २० लाख भोट डिलिट गर्यो’
ट्रम्प आफ्ना समर्थक र रू ढिवादी समाचार नेटवर्क ‘आउटलेट वन अमेरिकन न्युज नेटवर्क’ (ओएएनएन) को समाचारका आधारमा यस्तो दाबी गरिरहेका छन् । समाचारमा लेखिएको थियो, “देश भर राष्ट्रपति ट्रम्पका लागि हालिएका लाखौं भोटे डि लिट गरियो ।”
ओएएनएनको समाचारमा चुनावको नि गरानी गर्ने एक ग्रुप एडिसन रिसर्चको तथ्य जाँच नभएको डाटा प्रयोग गरिएको छ ।
तर, कम्पनीका अध्यक्ष लैरी रोसीनले भने, “एडिसन रिसर्चले त्यस्तो कुनै समाचार लेखेको छैन र हामीसँग भोटिङमा धाँ धली गरिएको कुनै प्रमाण पनि छैन ।” ओएएनएनले पनि आफ्नो दाबीका बारेमा कुनै प्रमाण उपलब्ध गराएको छैन । ट्रम्प र उनका समर्थक फोक्स न्युजको एक् समाचार पनि शेयर गरिरहेका छन् । जसमा एंकर शान हेनिटीले डोमिनियन भोटिङ मेसिनले महत्वपूर्ण राज्यहरुम ट्रम्पका भोेटहरु जो बाइडेनको भोटमा परिणत गरेको दाबी गरेका छन् ।
उक्त रिपोर्टमा मिशिगनको एन्ट्रिम काउन्टी क्षेत्रमा देखिएको समस्याका बारेमा उल्लेख गरिएको छ । जहाँ डोमिनियन मेसिनहरु प्रयोग गरिएको थियो । दाबी गरिएको छ कि यसरी नै अन्य काउन्टीमा पनि सफ्टवेयरमा समस्या भएको हसन सक्छ । एन्ट्रिम काउन्टीमा समस्या आएको थियो तर त्यो समस्या डोमिनियनको सफ्टवेयरमा भने थिएन । मिशिगनका से क्रेटरी अफ स्टेट जोसलीन बेनसनले उक्त समस्या मानवीय त्रु टिका कारण भएको बताएका छन् ।
एन्ट्रिम काउन्टीका क्लर्कले मेसिनमा रिपोर्टिङ फंक्सन सही तरिकाले चालु गरेका थिएनन् । सोही कारण सुरुवाती नतिजा आएको थियो । जहाँ बाइडेनले तीन हजार मतले जीत हासिल गरेका थिए । निर्वाचन अधिकारीहरुले यो पारम्परिक रिपब्लिकन क्षेत्रमा असामान्य नतिजा देखिएपछि रिपोर्टिङ फंक्शन फेरि चालु गरेका थिए । पछि गणना हुँदा ट्रम्प अढाई हजार मतले विजयी भएका थिए ।
बेनसनले सुरुवातमै गल्ती पत्ता लागेको र पछि त्यसलाई सुधार गरिएको बताएका छन् । सुरुवाती चरणमै गल्ती पत्ता नलागे पनि ग ल्ती पत्ता लगाउन चेकिङ सिस्टम राखिएका कारण पछि पनि ग ल्ती पत्ता लाग्न सक्ने उनको भनाइ छ ।
उनले भने, “राज्यमा यस्तो गल्ती अन्य ठाउँमा भएको भन्ने बारेमा यस्तो कुनै प्रमाण छैन ।”
एंकर शान हेनिटीले जर्जियाको पनि नाम लिएका छन्, जहाँ डोमिनियन मेसिनको अत्यन्तै प्रयोग भएको थियो । तर, जर्जियाका सेक्रेटरी अफ स्टेटले केही स्थानमा गणनामा ढिलाइ भए पनि सफ्टवेयरले भोतको सही गणना गरिएको बताएका छन् ।
डोमिनियन भोटिङ सिस्टम्सले पनि बयान जारी गर्दै भनेको छ, “डोमिनियनका बारेमा भोेट परिवर्तन गर्ने र डि लिट गर्ने जुन दाबी गरिएको छ त्यो शतप्रतिशत गलत छ ।”