कोरोनाको कहर दिन दिनै बढी रहेको छ । अझै कम भएको छैन । बरू यसको कहर झनै तीव्र गतिमा बढिरहेको छ । उता मानिसहरूमा यसको डर भने कम भइरहेकको पाइएको छ । सुरुमा यसप्रति जनचासो जति थियो त्यो अब छैन । विश्व त्राही–त्राही भइरहेको बेला नेपालले विदेशबाट पनि आफ्ना धेरै नागरिकहरू उद्धार गरेर ल्याएको छ । तीबाट पनि नेपालका कोरोना भित्रिएको कुरालाई नकार्न मिल्दैन । सरकारले तिनलाई राम्ररी व्यवस्थापन गर्न र तिनको राम्ररी जाँच गर्न सकेको छैन । सरकार केही औपचारिकता पूरा गरेर आफ्नो जिम्मेवारी पूरा गरेको जस्तो देखाइरहेकको छ । तर, बजारमाथि नियन्त्रण गरेको छैन र नागरिकलाई जसरी जहाँ जान पनि छुट दिइिरहेकको छ । यसले गर्दा कोरोनाको सं क्रमण अझै बढ्ने कुरा पक्का छ ।
मानिसहरू सानातिना जमघट गर्न थालेका छन् । गोष्ठी र सभाहरू पनि भइरहेकका छन् । यिनमा सरकारको उचित निगरानी देखिएको छैन । सरकारले जनता, व्यापारी तथा व्यवसायीहरूलाई क्रमशः सबै प्रकारका छुट दिदै आइरहेकको छ । यो सरकारको बाध्यता पनि होला । सरकारले व्यवसायीबाट कर उठाउनु पर्ने बाध्यता होला । करविना राष्ट्र चल्दैन । कर लिनका लागि व्यवसाय चलाउँनै पर्ने हुन्छ । उता व्यवसायीहरूको व्यवसाय चलेन भने उनीहरूले न त सरकारलाई कर तिर्न सक्छन् न उनीहरूको जीविका नै हुन्छ । सार्वजनिक गाडी पनि चल्न थालेका छन् ।
सडकमा केही संख्यामा टेम्पु, माईक्रो, मिनिबस र ठूला बसहरू पनि गुड्न थालेका छन् । ती यात्रु बोक्नैका लागि हुन् । तिनमा यात्रु चढेका देखिन्छन् । यसबाट कोरानोको जोखिमबाट कसरी बच्न सकिन्छ भन्ने प्रश्न अहम् बनेर उठेको छ । यातायातका त्यस्ता साधनहरूमा कत्तिको सावधानी अपनाइको छ र सर्वजनिक रूपमा यसरी यात्रा गर्दा सधैं एकैनासले यसरी सावधानी अपनाउन सकिन्छ ? भन्ने प्रश्न उठ्नु अस्वाभाविक होइन । जनताका अति आवश्यक कामका लागि यातायात सञ्चालन एकातिर आवश्यकै हो तर तिनमा तोकिएको संख्याभन्दा बढी यात्रु राखिएको छ कि छैन, मास्क र स्यानिटाइजरको अनिवार्यता अपनाइको छ कि छैन भनेर पनि निकै कडाइका साथ अनुगमन गर्न सरकार र ट्राफिक प्रहरीहरू चुक्नु हुदैन ।