बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

लोकतन्त्रलाई व्यवहारमा बदलौ

बुधवार , मंसिर १०, २०७७

राजा ज्ञानेन्द्रले देशको शासन सत्ता लिएपछि लोकतन्त्र आएको १५ वर्ष पुगेको छ । यो अवधिमा देशले कयौँ राजनीतिक उपलब्धि हासिल गरे पनि जनताको जीवनस्तर, आर्थिक उन्नति लगायतमा खासै परिवर्तन ल्याउन सकेको छैन । कतिपयले त एउटा राजा फालेर कयौँ राजा ल्याइएछ भनेर टिप्पणीसमेत गर्न थालेका छन् । शासनसत्तामा रहनेले लोकतान्त्रिक मूल्य, मान्यतालाई व्यवहारमा उतार्न नसक्दाको परिणाम नै यस्ता गुनासो आउने गरेका हुन् । सत्ता सञ्चालकका स्वेच्छाचारी क्रियाकलाप, प्रतिपक्षको मौनता, निरीह नागरिक समाज अहिले लोकतन्त्रका लागि खतरा बनेर उभिँदै छन् ।

आ न्दोलनका उपलब्धिलाई जीवन पद्धतिमा उपयोग गर्न समय लाग्छ । लोकतन्त्रमा निराशा अनि आशा तल–माथि भइरहन्छ । त्यसलाई देश हाक्ने नेतृत्वले नै मिलाउन सक्नु पर्छ । डेढ दशकको अवधिमा जनआन्दोलनको भावअनुरूप राज्य चलेको पाइँदैन । २००७ सालको क्रान्तिदेखि सुरु भएको लोकतान्त्रिक आन्दोलन ०६२÷६३ सम्म आइपुग्दा राजनीतिक दलहरूले धेरै उतारचढाव पार गरे पनि त्यसबाट शासकहरूले पाठ सिकेको देखिदैन । लोकतान्त्रिक गणतन्त्रसँगै संघीय संरचनाको आधारमा देश सात प्रदेशमा गएको छ । प्रदेश सरकारहरूले संघबाट अधिकार नपाएको गुनासो गरिरहेका छन् ।

भ्र ष्टाचार सबैतिर व्याप्त देखिन्छ । जनताको पक्षमा होइन, सत्ताले आफू र आफ्ना नेता–कार्यकर्ताको पक्षमा समय र शक्ति खर्चिन थालेको छ । राजनीतिक उपलब्धि मात्रले देशको सम्पन्नता मापन हुदैन । राजनीतिकसँगै आर्थिक उपलब्धिहरू देखा परेर हरेक नागरिकको जीवनमा परिवर्तन नल्याएसम्म लोकतन्त्रको वास्तविक प्रतिफल जनताले महसुस गर्न सक्दैनन् । लोकतन्त्र प्रत्येक जनताको जीवनपद्धति नबनेसम्म राजनीतिक परिवर्तन दलहरू र तिनका नेता–कार्यकर्ताको स्वार्थ पूरा गर्नमात्र केन्द्रित रहेको महसुस जनस्तरले गर्दछन् । लोकतन्त्र व्यवहार, आचरण र जनताको दैनिकीमा प्रतिविम्वित हुनु पर्दछ ।

 

प्रतिक्रिया