बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

चिसोको ध्यान पुर्‍याऔं

मंगलवार , मंसिर ९, २०७७

हिउँदेवर्षा र हिमपात हरेक वर्षको हिउद मौसमको सामान्य प्राकृतिक प्रक्रिया हो । यसले एक्कासि चिसो बढाउँछ । हिमाली क्षेत्रका कतिपय ठाउँमा तापक्रम शून्य डिग्री सेण्टिग्रेडभन्दा निकै तल पुग्छ । पहाडी क्षेत्रमा पनि निकै चिसो हुन्छ । धेरै ठाउँमा तापक्रम शून्यको हाराहारीमा हुन्छ । तराई क्षेत्रमा तापक्रम यति धेरै नघटे पनि धेरै ठाउँमा शीतलहर चल्छ । अधिक चिसोको यस्तो समयमा ध्यान दिनुपर्ने मुख्य दुई पक्ष हुन्छन्, ‘चिसोबाट जोगिने र चिसोका कारणले हुने रो गबाट जोगिने ।’ चिसोबाट जोगिन शरीर न्यानो राख्नुप¥यो । चिसो छेल्न सक्ने बाक्लो न्यानो कपडा लगाउनुपर्‍यो । तातो झोल पदार्थ खानुपर्‍यो ।

यति गर्दागर्दै पनि चिसोमा हुने रु घाखोकी, नि मोनिया, घाँटीको सं क्रमणजस्ता रोगहरू देखापर्न सक्छन्, कुनै संक्रमणका कारणले ज्वरो आउन सक्छ । कहिलेकाही त चिसोले भएको सामान्य बिसञ्चो ठान्दा ख तरा पनि हुनसक्छ । यसतर्फ ध्यान दिनु आवश्यक हुन्छ । समयमै चिकित्सक भेट्नुपर्छ । चिसोको समस्याले बढी सताउने गरिब तथा विपन्न परिवारलाई नै हो । नवजात शिशु, सुत्केरी, साना बालबालिका र वृद्धवृद्धाहरू चिसोको मा रमा पर्छन् । शरीर न्यानो राख्ने र चिसोले हुने रोगबाट बच्ने दुवै उपाय एकसाथ अपनाउनु आवश्यक हुन्छ ।

शहरी क्षेत्र तथा सम्पन्न परिवारमा घर न्यानो राख्न आधुनिक उपकरणको प्रयोग बढ्दो छ । विद्युत् आपूर्तिको नियमितताले उपकरण प्रयोग सहज भएको छ । गरिब तथा विपन्न परिवारमा यसो हुन सम्भव छैन । दाउरा, गुइठा बाल्ने चलन छ । विद्युत्को सहज पहुँच भए ग्रामीण क्षेत्रमा पनि क्रमशः आधुनिक उपकरण प्रयोग बढ्नेछ । प्राकृतिक रूपले चिसो कम गर्न सम्भव छैन तर अन्य उपायले नकारात्मक प्रभाव कम गर्न सकिन्छ । सामाजिक संघसंस्था र सरकारी निकायहरूले विपन्न परिवारलाई सहयोग गर्न ध्यान दिनुपर्छ ।

 

प्रतिक्रिया