काठमाडौँ, १ मंसिर - सत्तारुढ दल नेकपाभित्रको भाँ ड भै लोलाई राजनीतिक रूपमा क्या स गर्न नेपाली काँग्रेसले आन्तरिक तयारी थालेको छ । तिहारलगत्तै संसदको विशेष अधिवेशन आह्वान गर्ने गरी हस्ताक्षर संकलन प्रयोजनार्थ देशभर चाड मनाउन गएका साँसदहरुलाई मंसिर ३ गते बुधबार काठमाण्डौ आउन काँग्रेसले भित्रभित्रै गृहकार्य गरेतापनि नेकपाको कि च लो का कारण त्यो काम हाललाई “पर्ख र हेर” को नीतिअन्तर्गत रोकिएको छ । हालै यसबारे पदाधिकारी बैठकमा व्यापक छलफल र निर्णय भएको छ । बैठकको निर्णयमा ‘विशेष अधिवेशन आह्वानको लागि आवश्यक पर्ने सांसदहरूको हस्ताक्षर संकलन कार्यलाई जनता समाजवादी पार्टीसँग मिलेर तत्काल अघि बढाउने’ भनिएको थियो ।
काँग्रेसभित्र महाधिवेशन र विभाग गठनको विषय जति उचालिएपनि नेता रामचन्द्र पौडेलसमेत ओली सरकार ढा ल्ने र नेकपा फु टाउने प्रस्तावमा सबैभन्दा अगाडि देखिएका हुन् । पछिल्लो दुई दिनको पदाधिकारी बैठकमा उक्त प्रस्तावको सबैभन्दा धेरै समर्थन पौडेलले गरेका थिए । उनले केही समयअघि पूर्व सभामुखहरूको तर्फबाट वक्तव्य नै जारी गरेका थिए । कथम् सरकार ढ ल्यो र नेकपा फु ट्यो भने त्यसको श्रेय काँग्रेसलाई भन्दा पहिले आफूलाई जाने आशयले नै पौडेलले वक्तव्य निकालेको स्रोतको दाबी छ ।
काँग्रेसको जारी केन्द्रीय समिति बैठकबाट उक्त तयारीबारे निर्णय गराउने भनिएपनि नेकपाभित्रको अ न्तर बि रोधलाई दृष्टिगत गर्दै हाललाई स्थगित गरिएको स्रोतले बताएको छ । स्रोतले भनेको छ ‘विशेष महाधिवेशन आह्वान गरेपछि नेकपाभित्रको झ गडा टा ल टु ल हुनसक्ने भएकोले उक्त झ गडाले अ न्तिम रूप न लिएसम्म काँग्रेसले विशेष महाधिवेशन आह्वानको लागि तत्काल केही गर्ने छैन । ढिलोमा छठ पर्वसम्मको लागि पर्ख र हेरको रणनीति बनाउने तय भएको छ ।’
छठपछि काँग्रेसले विशेष अधिवेशनको मागसँगै सडक आन्दोलनको घोषणासमेत गर्ने भएको छ । काँग्रेसको महाधिवेशनसम्बन्धमा देखिएको वि वाद एक हदसम्म समाधान भएकाले पनि विशेष अधिवेशन र सडक आन्दोलनको घोषणानिम्ति अग्रसर भएको हो । यसअघि काँग्रेसले मंसीर ३ गते काठमाडौंमा सांसदहरूको भेला गर्ने बताएको थियो । विशेष अधिवेशन माग गर्नको लागि काँग्रेसलाई आठ जना सांसद अपुग हुन्छ । त्यसैले पनि उसले राजपाको सहयोग लिन खोजेको हो । काँग्रेसको सबैभन्दा ठूलो चाहनाचाँहि यसबीचमा आफूहरूले केही नगरी नेताहरूको आपसी झगडा र कलहबाटै नेकपा ‘भष्म’ हुने रहेको छ । त्यसो भएमा ‘साँप पनि मर्ने,लठ्ठी पनि नभाँचिने’ उसको निश्कर्ष हो ।
जन आस्थाबाट साभार
बामदेवलाई प्रधानमन्त्रीको नयाँ अफर
काठमाडौँ, – प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सदा झैं महासचिव बिष्णु पौडेलमार्फत आज बिहान साढे आठ बजेतिर बालुवाटारमा बोलाएर उपाध्यक्ष वामदेव गौतमलाई नयाँ ‘अफर’ गर्नुभएको छ । भेट्ने बित्तिक्कै प्रधानमन्त्रीले आफूलाई साथ दिए पार्टी अध्यक्षका रूपमा आफ्नो भागका कामहरु सुम्पने र उपप्रधानमन्त्रीसहित रोजेको मन्त्रालय दिइने बताउनुभएको हो । प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै स्रोत भन्छ ‘अध्यक्ष पनि अब तपाईं चलाउनुहोस् । उपप्रधानमन्त्रीसहित जुन मन्त्रालय चाहे पनि दिन तयार छु । तर,प्रचण्डले सचिवालयमा प्रस्तुत गरेको त्यो प्रस्ताव भने फिर्ता हुनुपर्छ ।’
प्रधानमन्त्रीको प्रस्ताव सुन्नेबित्तिक्कै गौतमले ‘तपाईंले अफर गर्नुभएको अघिल्लो दुई वटै प्रस्ताववारे भन्नु केही छैन,तर यसको छिनोफानो तपाईंले भनेर हैन बैठकबाट हुनुपर्छ । प्रचण्डको प्रस्ताव फिर्ता गर्ने कुरो मबाट स म्भव छैन । किनभने त्यो प्रस्ताव मसहितको टिमको सहमतिमा ल्याइएको हो । मसमेतको सहमतिमा आएको उक्त प्रस्ताव मैले भनेर फिर्ता गर्ने कुरोचाँहि सम्भव नहोला ।’ त्यसपछि पनि गौतमले थप्नुभयो ‘तपाईंले ती सबै प्रस्तावलाई बैठकमा पेश गर्नुहोस् । विधि र सहमतिबमोजिम यसअघिका निर्णय कार्यान्वयन गर्छु भन्नुस् अनि त्यतिबेला म पनि तपाईंकै पक्षबाट केही पहल गरौंला ।’
केही दिनअघि शीतल निवासबाट बोलावट भएपछिको भेटमा पनि गौतमलाई त्यस्तै खालको अफर आएको बताइन्छ । तर,आजको बालुवाटार भेटमा भने खुलेर स्पष्ट रूपमा ओलीले गौतमलाई ‘तपाईं प्रधानमन्त्रीबाहेक अरु के बन्न चाहनुहुन्छ भन्नुस् । म त्यो दिन तयार छु । तर,त्यसबाट पार्टीभित्रको वि वाद समाधान हुनुपर्यो’ भन्ने प्रस्ताव गर्नुभएको बताइन्छ ।
हिजो साँझ प्रधानमन्त्री ओली अकस्मात शीतल निवास पुगेको विषयलाई अझैपनि राजनीतिक क्षेत्रमा अर्थपूर्ण ढंगले हेरिएको छ । केपीले अहिले पनि पहिले सङ्गै रहेका र वामदेवले अझै भनेको मान्ने झण्डै डेढ दर्जनको हाराहारीमा सांसद रहेको बताउँदै तिनको संख्या जोड्दा संसदीय दलमा स्पष्ट बहुमत हुने भएको विषयमा कुरा राख्दा राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्रीलाई समस्या समाधानको लागि वामदेवसँग हात बढाउनुहोस् भनेपछि आज बिहान गौतमलाई बोलाइएको बताइन्छ ।
त्यसैगरी अर्को स्रोतले दिएको जानकारीअनुसार कुनै हालतमा राजनीतिक दल वि भाजनसम्बन्धी अ ध्यादेश पुनः जारी गर्नेसम्बन्धमा राष्ट्रपतिको साथ र समर्थनको लागि प्रधानमन्त्रीले हिजो साँझ राष्ट्रपतिलाई भेट्नुभएको हो। त्यो यसअघिको बि बादमा रातीराती अख्तियार प्रमुख र प्रधानन्यायाधीशलाई बालुवाटारमा भेटेर र रास्ट्रपतिसङ्ग पटकपटक छलफल गरेर नेताहरुलाई पार्टी बि भाजनको त्रास र कानूनी झ मेलाको आ तंकजस्तो मा नसिक द वाव सिर्जना गरिएजस्तै हिजोको भेटको पनि सिलसिला रहेको बताइन्छ । हिजोको भेटमा राष्ट्रपति भण्डारीले दल बि भाजनसम्बन्धी अध्यादेश यसअघि झैं फेरि जारी हुनेबित्तिक्कै स र्वोच्चमा मुध्द्दा पर्ने या अ नुमोदनको निम्ति सँसदमा जानैपर्ने र त्यसो गर्दा नयाँ राजनैतिक ध्रुविकरण सिर्जना हुने भएकोले प्रधानमन्त्रीलाई अध्यादेश ल्याउनेतिर भन्दा गौतमलाई जे जे अफर गरेर भएपनि आफूतिर ल्याउने पहल गर्न सल्लाह दिनुभएको बुझिएको छ ।
गौतम स्वयमले बेलाबखत भन्ने गर्नुभएको छ ‘मेरा मान्छेले सँसदीय दलमा साथ दिए भने केपीलाई बहुमत पुग्छ । त्यसबाट संसदीय दल विभाजनको लागि आवश्यक ४० प्रतिशतसमेत पुग्छ ।’ अहिले तिनै सांसद आफूतिर तान्नको लागि गौतमलाई नयाँ ढंगले फकाउन थालिएको एकथरिको अनुमान छ । तर,गौतम पार्टी फुटको निम्ति तयार हुनुहुन्न ।
जनआस्थाबाट साभार
प्रचण्डसग पार्टी एकता गर्ने बाबुरामको घोषणा
काठमाडौँ, – जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा फु टे पुष्पकमल दाहाल प्रचण्ड समुहसंग पार्टी एकता गर्न तयार रहेको बताएका छन् ।
जसपाको वरीयता एक नम्बरमा रहेका संघीय परिषद् अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् । प्रचण्ड र बाबुराम ज न यु द्धका सहयात्री हुन् । भट्टराई एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीका पूर्व केन्द्रीय उपाध्यक्ष तथा नेपालको ३५ औ प्रधानमन्त्री हुन्। भट्टराईलाई पार्टीको उपाध्यक्ष र प्रधानमन्त्री प्र चण्डले बनाएका हुन् । तर, बै चारिक म त भि न्नता भएको भन्दै भट्टराई संविधान जारी भएपनि नयाँ श क्ति अभियानमा जुटेका थिए ।
उनीहरु फेरि मिलनको खोजीमा छन् । त्यो मिलन बिन्दु नेकपा फु ट हुन सक्ने कतिपय नेताहरु बताउँछन् । नेकपाका शीर्ष नेताहरू लिखित रूपमै आपसमा पोल खोलाखोल गर्न थालेपछि नेकपाकै कतिपय नेताहरू अब पार्टी ए कता अघि बढ्न नसक्ने नि चोडमा पुगेका छन् ।
केन्द्रीय सदस्य विशाल भट्टराई शीर्ष नेताहरूको ध्याउन्न सत्ताकै वरिपरि भएकाले पार्टी गम्भीर सं टमा परेको टिप्पणी गर्छन् ।
‘पार्टी र सरकारको सत्ता कसले लिने भन्ने विवाद चुलिएर अहिले एकता नै सं कटमा पर्ने अवस्थामा पुगेको छ,’ उनले भने, ‘प्रधानमन्त्री ओलीको सफलतालाई आफ्नो असफलता देख्ने पार्टीका सिनियर कमरेडहरूकै कारण समस्या आएको हो ।’
भट्टराईले ओलीले लेखेको पत्रको जवाफी पत्रका रूपमा आएको दाहालको ‘आरोपपत्र’ फिर्ता नभए पार्टी फुट्न कुनै बेर नै नलाग्ने बताए ।
प्रचण्डलाई ईश्वरको धम्की : प्रस्ताव फिर्ता लिनेकी दुर्भाग्य भोग्ने
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टी एकतालाई बचाउने हो भने राजनीतिक प्रस्ताव फिर्ता लिन पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।
शुक्रबारको सचिवालय बैठकमा पार्टी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमा प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध गम्भीर लाञ्छना लगाइएको भन्दै प्रस्ताव फिर्ता लिएर एकता प्रकृयालाई निष्कर्षमा पुर्याउन अघि बढ्ने कि दुर्भाग्य निम्त्याउने भनेर उपप्रधानमन्त्री पोखरेलले प्रश्न गरे ।
शनिबार सामाजिक संजाल फेसबुकमार्फत पोखरेलले प्रचण्डले पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली विरूद्ध अत्यन्त संगीन आरोपहरू भदौ २६ गतेको स्थायी कमिटीको निर्णय र पार्टी एकताको भावना विरूद्ध रहेको बताए ।
सहमतिका साथअघि बढ्नुपर्ने, पार्टी एकता गर्दा स्वीकार गरिएका आधार र मान्यता विपरित “कि तँ छैनस् कि म छैन”, भन्ने अत्यन्त असन्तुलित र दुराग्रहपूर्ण ढंगले प्रस्ताव अघि सारिएको उनको भनाइ छ ।
प्रस्ताव फिर्ता लिएर एकता प्रकृयालाई निष्कर्षमा पुर्याउन अघि बढ्ने कि दुर्भाग्य निम्त्याउने भनेर प्रचण्ड कमरेडसहित नेकपा सबैले यसको छिनोफानो गर्नुपर्ने पोखलेरको जिकिर छ ।
नेकपामा अब के हुनसक्छ ?
काठमाडौँ,– नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्र ष्टा चारीहरूको ना इके,राष्ट्रवादको न क्क ली मा न्छे,बु र्जु वा तथा पुँ जी वादी,न व उदारवादीलगायतका आ रोप लगाउँदै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीमा सै द्धान्तिक तथा वैचारिक रूपमा नै ठूलो वि चलन आएको आ रोप लगाइनुभएको छ । यस्ता ग म्भीर आ रोपहरू छलफलबाट मात्रै टुं गो न लाग्ने पनि स्पष्ट छ । त्यो अवस्थामा कार्यकारी अध्यक्षले पार्टीलाई रूपान्तरण गर्ने हिसाबले १९ पृष्ठको आरोपपत्र सचिवालयमा दर्ज गर्नुभयो यो अ पमानको ब द्ला लिने ह तियार मात्र बनाउनुभयो भन्ने प्रश्न उठ्नु स्वभाविक बनेको छ । के यी आ रोप पुष्टि हुन्छन् ? यस प्रकरणले यौटा निकास लिन्छ या बालुवाटारले भनेझैं फा सफुसमा फिर्ता गरिन्छ ?
कथँ आ रोपपत्र पारित भएमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली कुन नै तिकता र ध रातलमा टेकेर पदमा टि किरहन सक्नुहोला ? कुनै न कुनै ब हानामा उक्त पत्र फिर्ता भएमा मात्र प्रधानमन्त्रीको कु र्सी जो गिने हो,अन्यथा यसै हुन्छ भन्न सकिने अवस्था देखिँदैन । फिर्ता नभएमा पत्रमा लगाइएका आ रोपहरूलाई कुनै न कुनै हिसाबले सम्बोधन गर्नैपर्ने हुन्छ । त्यसैले प्रधानमन्त्री निकटस्थहरूले दाहालको पत्र फिर्ता हुनुपर्ने माग सामाजिक सन्जालमार्फत राखिरहेकै छन् ।
यता,दाहाललाई भने फिर्ता गराउनैको लागि मात्र उक्त पत्र सचिवालयमा दर्ता गराइएको अर्थ लाग्यो भने त्योभन्दा ल ज्जास्पद अरु केही हुने छैन । ग म्भीर आ रोप लगाउने अनि विना छलफल र निर्णय पत्र फिर्ता लिँदा प्रधानमन्त्रीको हुर्मत् लिन र सार्वजनिक खपतको लागि मात्र गरिएको थियो भन्ने सबैले अर्थ लगाउँदा उहाँ मज्जैसङ्ग अप्ठेरोमा पर्ने देखिन्छ ।
दाहालले सोझो अर्थमा न मागेपनि पत्रमा घु माउरो तवरले रा जीनामा मागेकै स्थिति छ । यस्तो अवस्थामा कि वार कि पार गर्दा प्रधानमन्त्री ओलीसँग एउटै मात्र अ स्त्र बाँकी रहन्छ । उहाँ सत्ता छाड्न तयार हुनुहुन्न,घुमिफिरी पुरानै एक पद छोडाउने चक्कर हुनसक्छ । त्यसमा उहाँले सजिलोको लागि अध्यक्ष पद त्याग्ने घोषणा गरेर खुमलटारतिर नयाँ पासा फ्याँक्नसक्ने पनि स्रोतको दाबी छ । त्यसो गर्दा माधव नेपाल र पूर्व एमालेसँग निकट भएको देखिनेछ भने त्यस्तो अ वस्थामा दाहालले पनि नेपाललाई अध्यक्ष बन्न हुँदैन र दिन पाईंदैन भन्न नमिल्ने अवस्थाको सिर्जना हुनेछ ।
त्यसपछि पनि नेपाल र दाहालबीच को पहिलो अध्यक्ष भन्ने वि वाद सिर्जना भएपछि आगामी दुई वर्ष सजिलोसँग प्रधानमन्त्रीमा रहन पाइने निश्कर्ष निकालिएको हुनसक्ने बताइएको छ । यो एक कदम हटेको देखाउँदै दुई कदम अघि बढेको रणनीतिसरह काम हुने बालुवाटारको बुझाई छ ।
हुनतः त्यसको लागि पनि उहाँले लामो सयमसम्म च ट्टानी अ डान लिएको देखाउनु हुनेछ । केपी ओली साह्रै अ डान लिने थोरै नेपाली नेताहरूमध्ये एक हो । तर,उहाँले इलेभेन्थ आवरसम्म मात्र त्यसमा टिक्ने तर बाह्र घण्टा पुग्न लागेपछि ल त्तो छा ड्ने गरेको विगतले पनि यस पटकसमेत त्यसो गर्नुको विकल्प नभएको बताइन्छ ।
यसअघि पनि धेरैवटा वि वादमा प्रधानमन्त्रीले आफूले टि यर ग्याँ स फालिदिएर बिरोधीहरूलाई तितरबितर पारेको बताउनुभएको थियो । यसपटक भने खुमलटार समूहलाई एक कदम चालेको अवस्थामा आफूले १० कदम चालेर देखाइदिने क डा चु नौती दिँदै आउनु भएको छ ।
शनिबार साँझ एक्कासी शीतल निवास पुग्नुभएका प्रधानमन्त्रीले राष्ट्रपतिसँग २८ मिनेट कुराकानी गर्नुभएको थियो । कुराकानी भएको समयलाई हेर्दा प्रधानमन्त्री आवश्यक सरसल्लाहभन्दा पनि भावी कदम सुनाउन जानुभएको अड्कल लगाइएको छ । शीतल निवास स्रोतका अनुसार राष्ट्रपति भण्डारी पनि पछिल्ला दिनमा प्रधानमन्त्री ओलीसँग त्यत्ति स न्तुष्ट हुनुहुन्न ।
जन आस्थाबाट साभार
यो पनि पढनुस
प्रधानमन्त्री ओली, उपाध्यक्ष गौतम र महासचिव पौडेलबीच छलफल
काठमाडौँ, – नेकपाभित्रको वि वाद उ त्क र्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओली, उपाध्यक्ष बामदेव गौतम र अर्थ मन्त्रीसमेत रहेका महासचिव विष्णु पौडेलबीच बालुवाटारमा भेटवार्ता भएकाे छ। आइतबार विहान साँढे आठ बजे गौतम र पौडेल बालुवाटारमा पुगेकाि थिए।
शुक्रबार बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई वि भिन्न आ रोप ल गाउँदै राजनीतिक प्रतिवेदन पेश गरेपछि ओली समूह प्रचण्डप्रति आ क्रो शित बनेको छ। नेताहरुबीच आ रोप प्र त्या रोप चु लिएका बेला प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतम र महासचिव पौडेलसँग छलफल गरेका हुन्।
नौ सदस्यीय सचिवालय बैठकमा उपाध्यक्ष गौतमले जसलाई समर्थन गर्यो उसैको पक्षमा ब हुमत पुग्ने अवस्था छ। सुरुमा ओलीलाई साथ दिएका गौतमले पछिल्लो समय प्रचण्डलाई साथ दिन थालेका छन्।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमलाई सरकारमा सहभागी गराउने गरी गौतमसँग परामर्श गरेका हुन्। हाल प्रधानमन्त्री ओलीले र क्षा मन्त्रालयको जि म्मेवारी आफैंसँग राखेका छन्। गौतमलाई वरिष्ठ उपप्रधानमन्त्री बनाएर र क्षा मन्त्रालयको जिम्मेवारी दिएर सरकारमा सहभागी गराउने तयारीमा छन्।
अदालतले गौतमलाई मन्त्री बन्ने बाटो खो लिदिएपछि गौतम सरकारमा सहभागी हुने तयारीमा छन्। यसअघि राष्ट्रपति भण्डारीले गौतमलाई भेटेर प्रधानमन्त्रीलाई सहयोग गर्न सुझाव दिएकी थिइन्। शनिबार साँझ प्रधानमन्त्री ओलीले पनि राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका थिए।
भेटर्वार्तामा उपाध्यक्षगौतमले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई सच्चिन आग्रह गरेका छन्। गौतमले पार्टीभित्रको वि वाद उच्च तहमा पुग्नुको मुख्य दो षी ओलीनै भएकाले अरुलाई दोष दिएर ओली उ म्कन नपाउने बताएका हुन्।
गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीकाअनुसार गौतमलाई पार्टीमा देखिएको वि वाद कसरी स माधान गर्ने भन्ने मामिलामा छलफल गर्न बालुवाटार बोलाइएको थियो।
सुवेदीले भने,‘पार्टीमा देखिएका समस्या कसरी स माधान गर्ने भन्ने सम्बन्धमा छलफल भएको हो। उपाध्यक्ष गौतमले प्रधानमन्त्रीलाई स च्चिनुको विकल्प नभएको भनेर आउनु भएको छ। ओलीले आफ्नो कार्यशैली स च्चाए समाधानको विकल्प त्यही हुने उपाध्यक्ष गौतमको भनाई छ।’
तर पार्टी स्रोतका अनुसार ओलीले आज पनि गौतमलाई सरकारमा आउन र प्रथम उपप्रधानमन्त्री बन्न आग्रह गरेका थिए। तर गौतमले आफू अहिले सरकारमा नआउने ठा डो जवाफ ओलीलाई दिएका थिए।
ओलीले शुक्रबार सचिवालयको बैठक सकिनासाथ पनि गौतम र अर्का वरिष्ठ नेता माधवकुमार नेपाललाई बालुवाटारमा बोलाएर आफ्नो समूहका सदस्यसहित छलफल गरेका थिए।
त्यो बेला पनि गौतमले ओलीलाई आफ्नो कार्यशैली न सच्याए पार्टीमा संकट बढ्ने चे तावनी दिएका थिए।
नेकपा पु नर्गठन
काठमाडौं , –माले-एमाले जु टेपछि अ लग्गै बसेको ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी मंसीर ८ गते ७ औं पार्टी पु नर्गठन दिवस मनाउने भएको छ । उसले तीन दिन विभिन्न कार्यक्रमको आयोजना गरेर विगतमा झैँ यसपटक पनि दिवस मनाउन लागेको हो ।
जसअनुसार ६ गते देशभर पार्टी पुनर्गठन दिवसको प्रचारप्रसार तथा अतिरिक्त क्रि याकलापको आयोजना गर्ने, ७ गते देशव्यापी प्र दर्शन तथा जनसभा गर्ने र ८ गते पार्टी पुनर्गठनको दिन देशभर उत्सव मनाउने कार्यक्रम छ । पार्टी उपाध्यक्षमा जगतबहादुर बोगटी र लोकनारायण सुवेदी छन् भने हरिदेव ज्ञवाली,रामबहादुर भण्डारी र टंक राई उपाध्यक्ष छन् ।
जन आस्थाबाट साभार
दुर्गा प्रसाईंलाई विप्लव समूहले दियो चे तावनी
काठमाडौं -नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’का छोरा डा.प्रकाश चन्द र झापा स्थित बिएण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंबीचको फोन वार्ता सामाजिक सञ्जालमा बाहिरिएको छ।
केहि दिन अघि प्रकाशले एक अन्तरवार्तामा प्रसाईं लगायत केही मेडिकल कलेज सञ्चालकलाई ‘मा फिया’ भन्दै उनीहरु सु ध्रिनुपर्ने बताएका थिए।
उक्त अन्तरवार्तामा आफ्नो नाम लिएको भन्दै प्रसाईंले मोबाइलमा म्यासेज पठाएपछि प्रकाश र प्रसाईंबीच कुराकानी भएको देखिन्छ।
सोही बिषयलाई लिएर विप्लव नेकपाको भातृ संगठन अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघका अध्यक्ष टिका प्रसा कँडेलले विज्ञप्ति जारी गर्दै प्रसाईंमाथि का रवाहीको माग गरेका छन्। सरकारले कारवाही नगरे ‘जनताले उनीमाथि का रवाही गर्ने’ चे तावनी समेत दिएका छन्।
क्याबिनेटको त्यो निर्णय र मन्त्रीहरुको क न्त बि जोग
काठमाडौँ, – मन्त्रीहरुले महिनाको अन्तमा वेतनवापत औसत ७० हजार रुपैयाँ पाउँछन् । त्यसमध्ये १५ हजार रुपैयाँ नेकपालाई लेबीवापत बुझाउँछन् । अधिकांश मन्त्रीको निजी सचिवालय वापतको रकम सम्बन्धित कर्मचारीको खातामा सोझै जाने गरेपछि उनीहरुले पाउने रकम सुख्खा ७० हजार मात्र हो । सरकारलाई बझाउनुपर्ने नियमानुसारको कर पनि त्यसैबाट कट्टा हुने हो ।
करवापत औसत ९ हजार,लेबीवापत १५ हजार र कोभिड–१९ कोषमा ६१ हजारको आधा ३० हजार पाँचसय कटाएर मन्त्रीको हातमा मुश्किलले १६ हजार रुपैयाँ परेपछि दैनिकी चलाउन अधिकांशले सरसापटीको सहयोग लिने गरेका हुन् । पछिल्लो क्याबिनेट बैठकले अबउप्रान्त मन्त्रीहरुको मासिक तलबबाट आधा रकम कोभिड–१९ कोषमा जम्मा गर्ने निर्णय गरेपछि उनीहरु बिलखवन्दमा परेका हुन् । क्याबिनेटमा उक्त प्रस्ताव आएपछि केही मन्त्रीले राष्ट्रप्रमुखदेखि सरकारी ढुकुटीबाट तलब भत्ता बुझ्ने सबैले समानुपातिक हिसाबले कोषमा रकम जम्मा गर्ने व्यवस्था गर्नु जा यज हुने बताएका थिए । तर,प्रधानमन्त्रीले मन्त्रीको मात्र तलब आधा कट्टा गर्ने निर्णय गराउनुभयो ।
यो हिसाबले हाल रहेका २५ जना मन्त्रीको मासिक तलबबाट कट्टा गरिएको प्रति व्यक्ति औसतमा ३० हजारको दरले हुन आउने साढे सात लाख रुपैयाँ क्रा न्ति का रिता देखाउने अ स्त्रसिवाय अरु केही नभएको बताइन्छ । प्रधानमन्त्री स्वयमले चैतदेखि आफूले मासिक तलब भत्तावापत एक सुको नबुझेको सचिवालयमार्फत् प्रचार भइरहेको छ ।
पछिल्लो दिनमा पार्टीभित्र प्रधानमन्त्रीको राजीनामा मागिएको छैन । यसअघि गत असार साउन ताका नेकपाभित्र देखिएको च र्को म त भे दको बेला भने स्वयम प्र चण्ड र वामदेव गौतमले उहाँको रा जीनामा माग्नुभएको थियो । गत साउनमा स मस्या स माधानको लागि गठित कार्यदलले प्रतिवेदन बुझाएपछि कुनैपनि बैठकमा वहाँको रा जीनामा मागिएको छैन । तर पनि आफूले रा जीनामा नदिने बताउँदै आउनुभएको छ । प्रधानमन्त्रीले टिचिङ्ग र किमाथांकामा भन्दा स्वयम्भू हलचोकस्थित अमृत बोहोरा र अष्टलक्ष्मी शाक्यको निवासमा गएर रा जीनामा दिन्नँ भन्न सक्नुपर्ने एकथरिको मत रहेको छ । बोहोरा पार्टीको अ नुशासन आयोगका अध्यक्ष हुन् भने अष्टले मात्र यसवीच रा जीनामाको कुरा उठाउनुभएको छ ।
बिहीबारको क्याबिनेट बैठकमा कृषि मन्त्रालय मातहत रहेका र हालै बढुवा भएका दुईजना सहसचिवलाई कोभिड–१९ कोषमा पदस्थापना गर्ने,५ मेगावाटको सानो जलविद्युत परियोजनाको लागि भोगचलन गर्न सरकारी जग्गा उपलब्ध गराउने,सामान्य प्रशासन मन्त्रालयले तयार पारेको सहसचिवहरुको पदस्थापनलाई समर्थन गर्ने एजेण्डा मात्र थियो ।
जन आस्थाबाट सभार
यो पनि पढनुस
ओलीको दोश्रो पुस्ताको नेता : को हुन र कति उमेरका छ्न ?
काठमाडौँ, –सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना अति बिश्वासनीय नेता शंकर पोखरेललाई पार्टी अध्यक्ष बनाउने तयारी थालेका छन् । पार्टीको अबको नेत्तृत्व ६० बर्ष वरिपरिको दोस्रो पुस्तामा हस्तान्तर गर्ने प्रस्ताब सार्बजनिक गर्दै यस्तो तयारी गरेका हुन ।
आफूपछि पार्टीको नेत्तृत्व दोस्रो पुस्तालाई दिनुपर्ने ओलीको प्रस्ताब छ । ६० बर्ष उमेरको प्रस्ताब शंकर पोखरेलको उमेरलाई हेरेर गरिएको स्रोतले बताएको छ ।
यो उमेर कायम भए ओली समूहका नेत्तृत्वका आकांक्षीहरु ईश्वर पोखरेल र सुबास नेम्वाङ स्वतः प्र तिश्पर्धाबाट बाहिरिने छन् । अर्का अध्यक्ष प्रचण्ड,बरिष्ठ नेता माधब नेपाल र झलनाथ खनालले पुनः नेत्तृत्वको आ कांक्षा प्रकट गरिरहेको बेला ओलीको यस्तो प्रस्ताबले उक्त पार्टीभित्र नयाँ ह लचल ल्याएको छ । यो प्रस्ताबले ओली अर्का अध्यक्ष प्रचण्ड, बरिष्ठ नेताद्वय नेपाल र खनालभन्दा एक कदम अघि देखिएका छन् । यसले पहिलो पुस्ताका नेता र क्षात्मक बनेका छन् । अरु पुस्ताका नेता तथा कार्यकर्ताहरु भने उत्साहित बनेका छन् । ओलीको यो प्रस्ताबले पार्टीभित्र नयाँ ध्रुबीकरण हुने निस्चित देखिएको छ ।
नेकपामा ओली र प्रचण्डको पत्र ‘यु द्ध’
काठमाडौं – लामो विवाद र बहसपछि शुक्रबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक मंसिर ३ गते पुनः बस्नेगरी सकिएको छ।
शुक्रबारको बैठक पार्टी भित्रका स मस्या र समाधानको कार्यसूची बनाएर छलफल गर्ने निर्णय गर्दै सम्पन्न भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। अन्नपुर्ण पोष्टमा खवर छ ।
बैठकमा स्थायी समिति निर्णय कार्यान्वय, कोरोना रोकथाम तथा नियन्त्रणका लागि भएका काम र यसबीचमा पार्टी र सरकारबीच देखिएका विवादमाथि छलफल भएको प्रवक्ता श्रेष्ठले बताए। अर्को बैठकमा यी विषयमा छलफल गर्नेगरी शुक्रबारको बैठक सम्पन्न भएको उनको भनाइ छ।
अध्ययनका लागि ओली र प्रचण्डका पत्र बाँडियो !
शुक्रबारको सचिवालय बैठकमा पार्टी भित्रको आन्तरिक विवाद समाधानका लागि अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आदानप्रदान भएका पत्र अध्ययनका लागि सचिवालय सदस्यलाई बाँडिएको छ।
प्रवक्ता श्रेष्ठका अनुसार कात्तिक २२ गते कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालयका पाँच सदस्यले प्रधानमन्त्रीलाई बुझाएको पत्र, त्यसको जवाफमा ओलीले प्रचण्डलाई लेखेको पत्र, पुनः प्रचण्डले ओलीलाई दिएको जवाफी पत्र सचिवालय सदस्यलाई बाँडिएको छ।
त्यसैगरी पार्टी संकट र यसको निवारणका लागि प्रचण्डले तयार पारेको प्रस्ताव र पार्टी स्थायी कमिटी बैठकपछि जारी भएको अन्तरपार्टी निर्देशिका समेत अध्ययनका लागि सबै सचिवालय सदस्यलाई दिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
सबै विषयको अध्ययनपछि पुनः अर्को बैठक बसेर पार्टी विवादको समाधान सचिवालयबाटै हुने उनको भनाइ छ।
‘सचिवालयका पाँच सदस्यले सहमतिमा बैठक गर्न आग्रह गरेको पत्र। त्यसको जवाफमा अध्यक्ष ओलीले प्रचण्डलाई लेखेको पत्र । त्यसको जवाफमा प्रचण्डले पठाएको पत्र। पार्टीको संकट निवारणका लागि प्रचण्डले तयार पारेको प्रस्ताव र स्थायी कमिटी बैठक पछाडि जारी गरिएको अन्तरपार्टी निर्देशिका सचिवालयका साथीहरुलाई अध्ययनका लागि बुझाइएको छ’, प्रवक्ता श्रेष्ठले भने, ‘यी सबै सामग्रीको गम्भीर र समग्रतामा अध्ययनपछि पार्टीलाई एकताको बाटोमा अगाडि बढाउनु उपयुक्त हुन्छ भन्ने धारणाका साथ सचिवालय बैठक मंसिर ३ गते बस्ने गरी आजको बैठक सम्पन्न भएको छ।’ पत्रमा के थियो भन्ने कुरा भने उनले खोल्न चाहेनन्।
नेकपा विवाद चर्किदै जाँदा कात्तिक २२ गते नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालयका शीर्ष पाँच नेताले सचिवालय बैठक बोलाउन पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई लिखित पत्र नै बुझाएका थिए।
नेकपा सचिवालय बैठक बालुवाटारमा
अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठले बैठक बोलाउन माग गर्दै पत्र बुझाएको हप्ता दिनपछि सचिवालय बैठक बसेको हो।
बुधबार पार्टी महासचिव विष्णु पौडेलले शुक्रबार साँझ ४ बजेका लागि सचिवालय बैठक रहेको जानकारी गराएका थिए ।
पार्टीको निर्णय र सहमतिको उलंघन गर्दै प्रधानमन्त्री ओलीले आफूखुसी राजदूत नियुक्तिको सिफारिस गरेको, मन्त्रिपरिषद् पुनर्गठनमा पार्टीभित्र कुनै परामर्श नगरेको, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न उक्साएको, सीमा लगायत विषयमा संवाद ठप्प भएका बेला भारतको गुप्तर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयललाई भेटेर त्यसलाई उपलब्धीका रुपमा प्रचार गरेको र पर्सामा पूर्वमाओवादी पृष्ठभूमिका मुकेश चौरसियाको हत्या हुँदा दोषीलाई कारबाही नगर्न दबाब दिएको आरोप लगाउँदै प्रचण्ड-नेपाल पक्ष यतिबेला ओली टिमसँग रुष्ट छ।
सल्लाहकारको ग डबडीले प्रधानमन्त्री ओलीलाई कोरोना !
काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटरमा मंगलवार एकएकाएक उनलाई कोरोना सं क्रमण भएर पनि विशेक भईसकेको आसयको ट्वीट भयो ।
प्रधानमन्त्रीको ट्वीटर ह्याण्डलबाट ‘नयाँ व्यावसायिक यात्रामा अघि बढ्न मातृका पौडेलजीलाई सफलताको अग्रिम शुभकामना । हामी दुबैले कोरोना सं क्रमण जितेपछिको पहिलो भेटमा उहाँले खुशी हुने योजना सुनाउनु हुँदा दुवै जना दंग …!’ भनिएको छ। तर, तस्वीर भने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र पत्रकार मात्रिका पौडेलको राखिएको छ । जानकारी अनुसार प्रधानमन्त्री ओलीको सचिवालय सदस्यहरुमा सं क्रमण पुष्टि भएपनि हालसम्म उनलाई सं क्रमण देखिएको छैन।
यस विषयमा सर्वत्र चासो देखियो । प्रधानमन्त्रीलाई कोरोना कहिले लाग्यो र कहिले हट्यो भन्ने अन्यौल देखियो। यसवीचमा दिनहु उनीसँग भेट भएका नेकपा नेतालगायत मन्त्री, सचिव र थुप्रै नेताका विषयमा चिन्ता देखियो।
तर, सल्लाहकारको गडबडीले प्रधानमन्त्री ओलीलाई कोरोना भएको देखिएको होकी भन्ने आशंका पनि गरिएको छ । किनकी उनका प्रेस सल्लाहकार सुर्य थापाको टाईमलाईनमा हुवहु सन्देश छ । यसविचमा प्रधानमन्त्रीको ट्विटरवाट उक्त सन्देश गायव छ। यो गडवडि कहाँवाट भयो भन्ने अहिले चासोको विषय भएको छ।
सिपी मैनालीलाई यसरी सि ध्या इयो
काठमाडौं, – प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली अहिले जुन स्थितिमा हुनुहुन्छ, पूर्व एमालेभित्रका मा ले कालीन नेताहरुको बुझाई छ, उहाँको यो अवस्था ०३९ सालका सिपी मैनालीसँग ठ्याक्कै मिल्छ ।
मदन भण्डारी नेतृत्वको मु क्ति मो र्चा सहित पूर्वको रा तो झ ण्डा, दाङको सन्देश समूहजस्ता साना क म्युनिष्ट घ टकबीच एकीकरण भएर नेकपा (माले) गठन हुँदा त्यसको महासचिव थिए सिपी मैनाली । यसरी भर्खरै एकीकरणको प्र क्रियाबाट पार्टी चलाउने क्रममा अहिलेका केपी ओलीझैँ सिपीमा एक किसिमको ता नाशाह स्वभाव सवार भयो । मदन भण्डारी, जीवराज आश्रित, माधव नेपाल, अमृत बोहोरा, झलनाथ खनाल, ईश्वर पोखरेल प्रदीप नेपालहरुले त्यसको निरन्तर प्र ति वा द गर्नुभयो । सातौँ बैठकदेखि सिपी अ ल्प मतमा पर्दै जानुभयो । तर, जे गरे पनि उहाँ महासचिव छाड्न नमान्ने । हटाउने कुरा निस्कियो कि, ‘लु, तिमीहरु नै चलाऊ’ भन्दै माइन्युट फ्याँ केर हिँड्ने † यतिसम्म कि, ०३२ सालमा विराटनगरमा अखिल नेपाल कम्युनिष्ट क्रा न्तिकारी को अर्डिनेसन कमिटी (कोके) गठन गर्दाका सहयो द्धालाई पनि ०३३ सालमा न ख्खु जे ल ब्रे क गरेर आएपछि देखिन सहने अवस्थामा सिपी पुग्नुभयो । फलतः एकदिन मदन भण्डारीले सिपीलाई बैठकमै ह प्की द प्की गर्दै ‘यो–यो भाषा लेख्नुस्’ भनेपछि सिपी त्यही–त्यही भाषा लेख्न बा ध्य हुनुभयो । जसमा थियो, आफैँलाई महासचिव पदबाट मु क्त गरिएको व्यहोरा ! समर्थकहरुका अगाडि, आफैँले चलाएको बैठकमा, आफैँले लेखेको माइन्युटबाट का रवाहीमा परेँ भन्न ला ज हुने भयो । यसबारे आज पनि सिपीले भन्ने गर्नुभएको छ, ‘मलाई मदन भण्डारीले डि क्टेट गरेर ह टाए । म यसै पनि छो ड्न तयार थिएँ । छो ड्ने मौका नै नदिई का रवाहीका नाममा ब द्नाम गरियो ।’
यसरी सिपीसँगै का रवाहीको च पेटामा अखिल (पाँचौँ) का अध्यक्ष टंक कार्कीसहितको ठूलो स मूह पर्यो । त्यसपछि झलनाथ महासचिव बनाइनुभयो र मदन भण्डारीको पालो आयो । अहिले केपी ओलीले आफ्नो ता गतका कारण ०७४ मा पार्टीले दुई तिहाई नजिकको बहुमत ल्याएको भन्ने गर्नुभएजस्तै त्यसबेला सिपी मैनाली क्रा न्ति कारी आ न्दोलनको एउटा मि थक हुनुहुन्थ्यो । झापा आ न्दोलनको विरासतबाट उदाएका कमरेड जय अर्थात् सिपीबिना माले चल्दैन भन्ने आममान्यता राखिन्थ्यो । तर, उहाँ ह टेर पनि माले सकिएन । बरु, प्रकारान्तरमा आफैँले चलाएको आ न्दोलनबाट सिपी सकिनुभयो ।
यी तमाम कालक्रमभित्र केपीचाहिँ राजबन्दीका रुपमा विभिन्न का रा गारतिर सारिँदै हुनुहुन्थ्यो । यतिबेला प्रचण्ड–माधवले एक कदम चाले आफू १० कदमका लागि तयार भएको, तर प्रधानमन्त्री न छाड्ने भन्दै हुनुहुन्छ । वास्तविक अवस्थाचाहिँ कस्तो छ भने, पतिले पत्नीलाई ‘नुहाउनका लागि पानी तताऊ, नत्र…!’ भन्ने । पत्नीचाहिँ ‘…न त्र’ भन्ने शव्दसँग ड राएर खु रुक्क पानी त ताउने । एक दिन पत्नीले ‘…नत्र’ भनेकोचाहिँ के रहेछ भनेर पानी त ताइनन् । अनि, पतिले चिसै पानीले नुहाए । पार्टी राजनीति र कानुनका ज्ञाताहरु भन्छन्, केपीसँग संसद भं ग, सं कटका ल, मध्यावधिजस्ता कुनै पनि कानुनी अ स्त्र प्रयोग गर्ने सुविधा अहिले छैन । चाहँदा पार्टी फु टाउन सक्नुहुन्छ । तर, मानौँ केपीले पार्टी फु टाउनु नै भएछ भने पनि उहाँसँग निक्कै सानो समूहमात्रै जाने अवस्था छ । र, त्यसो गरेमा सबभन्दा पहिला उहाँकै प्रधानमन्त्री पद स किन्छ ।
पूर्वएमाले नेताहरु उहाँलाई किन पनि ०३९ सालतिरको सिपी मैनाली भन्दैछन् भने, अहिले उहाँ नेकपाको बैठकमा बस्नै तयार हुनुहुन्न । बैठक बसेर सिपी बनाउलान् भन्ने ठूलो पीर छ । बैठक बसेछ भने पनि निर्णय नमान्ने गर्नुभएको छ । अनि, उहाँले नै प्र चण्डसँग ‘मिलेर पार्टी फु टाऔँ’ भन्ने अवस्था आएको छ । वास्तवमा पार्टी फु ट्ने त झ गडाले हो, मिल्दासम्म त एकता नै हुन्छ । केपीमात्रै हैन, शालिन र भद्र मानिने प्रदीप ज्ञवालीसम्मले ‘सँगै बस्न नसकिने हो भने सल्लाहले अलग अलग हुने पो सोच्ने हो कि ?’ भनेर प्र चण्डसँग कुरा गर्नुभएको छ ।
संसदीय दलमा ब हुमत पुगेको भए ओलीले असारमै वक्तव्य जारी गर्नुहुन्थ्यो । त्यसबेला आफू पक्षका र केही इ तर सांसदलाई मन्त्रीको प्र लोभन दिएर पनि बालुवाटारमा बोलाई हस्ताक्षर गराइयो । तर, ब हुमत पुगेन । अहिले अरु पार्टीसँग मिल्ने गाइँगुइँ छ । पार्टी अ लग भएपछि अन्य पार्टीसँग मिलेर सरकार चलाउनु भनेको आफ्नै स्थिति ध रापमा पार्नु हो । देउवाले नै मा नेछन् भने पनि उनी पक्षकै ठूलो पंक्तिले अ लोकप्रिय सरकारलाई साथ दिने कुरा स्वीकार्ने सम्भावना शू न्यप्रायः छ ।
केपीले पार्टी फु टाउन कि संसदीय दल वि भाजन गर्नुपर्छ कि नयाँ पार्टी खोल्नुपर्छ । तर, त्यसको दो ष आफूले बोक्न तयार हुनुपर्ने अर्को चुनौति उहाँसँग रहन्छ । किनभने, ०५४ मा एमाले विभाजनको कारण माधव, केपीहरु हुन् त भनियो । तर,४० प्रतिशत पुर्याएर वि भाजनको आरोप सहाना, वामदेव, सिपीहरुले खेप्नुप र्यो । अहिले पनि केपीले पार्टी विभाजन गर्नुभयो भने वातावरण बनाउनेलाई कारक मानिँदैन, ‘कर्ता’ अर्थात् विभाजनको नेतृत्व जसले गर्छ, त्यही कारक मानिन्छ ।
पार्टी नै लम्पसार
अहिलेका कुराकानीअनुसार केपी ओली नै तयार नहुँदाको बैठक कसरी अगाडि बढ्छ ? कार्यकारी अध्यक्षलाई बैठक बोलाऊ भन्दा दुई अध्यक्षको सहमति भन्ने अड्को छ । सरकार चलाउन दुई अध्यक्षको सहमति नचाहिने, पार्टी चलाउन चाहिने अचम्मको अ प्ठेरोमा नेकपा छ । प्र चण्डले बोलाएको बैठकमा केपीपक्षीय नेता नजाने क्रम चल्दै आएको छ । यसरी नेकपाभित्र जसो गर्दा पनि स मस्या छ । कि केपीलाई सरकार चलाउन एकलौटी अधिकार दिनुपर्यो । त्यसो गर्दा पार्टीको अ स्तित्व गु म्ने भयो । व्यक्तिका अगाडि पार्टी ल म्पसार परेजस्तो हुने भयो ।
अ विश्वास प्रस्ताव संसदमा वा संसदीय दलमा लगिन्छ । संसदीय दलको नेता फेर्ने प्रस्ताव ल्याउन पार्टीको निर्णय हुनुपर्छ । संसदमा लैजान पनि पार्टीकै निर्णय हुनुपर्छ । पार्टीमा छि नोफानो नगरी केही पनि हुँदैन ।
अहिले केपीको प्रस्तावमा प्रचण्डले ‘हस् त हजुर’ भनेर हिँडिदिने हो भने सबैभन्दा पहिला छँदाखाँदाको दुई तिहाई नजिकको सरकार ढ ल्छ । प्रचण्डहरु केपीलाई हटाउने भनिरहेका छैनन् । मात्रै, कार्यशैली सच्याउने भन्दैछन् । तर, केपी बुझ्दै हुनुहुन्छ, यो सब मलाई ह टाउने खेल हो ।
चुनावी गणित
०७४ को स्थानीय निर्वाचनमा कांग्रेस र माओवादी केन्द्र मिलिदिँदा एमालेको धेरै जिल्लामा हा र भयो । त्यहीअनुसार कांग्रेस–माओवादी त्यसपछिको चुनावमा मि ल्दा ख तरा हुन्छ भनेर ग ठबन्धनको जोड केपी ओलीबाटै शुरु भएको हो । त्यही ग ठबन्धन एकीकरणमा परिणत भएको थियो । तर, त्यसो गर्दा पनि एमालेको १ सय २१ सीटमात्रै आयो । त्यो ब हुमत होइन । ०४८ सालमा जबज आएको थिएन । तर, पूर्वमालेको संगठन बलियो हुनाले ७० सीट आयो । त्यसबेला ३० सीटमा थोरै मतान्तरका साथ हार्नुपरेको थियो । ०५१ को मध्यावधिमा ८८ सीट आयो । ०५६ मा पार्टी वि भाजन हुँदा पनि एमालेले ७१ सीट जितेको हो । पार्टी न फुटेको भए १ सय ३० पुग्ने थियो । त्यसबेला केपी मुख्य नेता हुनुहुन्थेन । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा एमालेले ३३ सीटमात्रै ल्यायो । तर, झलनाथ खनाल अध्यक्ष भएपछि ०७० को दोस्रो संविधानसभामा एमालेले प्र त्यक्षतर्फ नै ९६ सीट ल्याइदियो । यो हिसाबले त झलनाथ आज पनि नेता हुनुपर्ने हो । किनभने, उहाँले ती नगुना बढी प रिणाम दिनुभयो । जसरी केपी ओली आज ‘०७४ मा मैले गरेर ब हुमत ल्याएको’ भन्दै हुनुहुन्छ, त्योचाहिँ मुखको मजामात्रै भएको पूर्वएमाले नेताहरुको ठम्याई छ । किनभने, ०७४ मा एकल बहुमतका लागि १ सय ३८ सीट चाहिनेमा जम्मा १ सय २१ मात्रै आएको हो । बरु, अर्को त्रुटी भएको छ संविधानतः सरकार गठन भएपछि ३० दिनमा विश्वासको मत लिनुपथ्र्यो, आजसम्म लिइएको छैन ।
जन आस्थाबाट साभार
सचेतक देव गुरुङलाई हटाउने ?
पार्टीको आन्तरिक कलहमा स्वस्थ र फरकमत राख्ने जो कोहीलाई ठेगान लगाउने तर आरती उतार्नेहरुलाई दोहोर्याइ, तेहेर्याइ लाभका पद दिने रोग नै प्रधानमन्त्री ओलीको छ । अहिले आफ्नो विपक्षको सेखी झार्न प्रमुख सचेतकबाट देव गुरुङलाई हटाउने प्रपञ्चमा प्रधानमन्त्री पुगेका छन ।
आफ्नो वि पक्षमा रहेका सांसदलाई पनि हटाउने
आफ्नो सत्ता बलियो पार्न प्रधानमन्त्री ओलीले समानुपातिक साँसदहरुलाई पनि बलीको बोको बनाउन खोजिरहेका छन । पार्टीमा आफ्नो प्रस्तावको विपक्षमा जाने सबै समानुपातिक सांसदलाई हटाइदिने र आफ्ना निकटका लाई लैजाने तयारीमा प्रधानमन्त्री ओलीको समय बितिरहेको बुझिएको छ । यसका लागि उनले निर्वाचन आयोगका प्रमुखसँग छलफल गरिरहेका छन् । यसरी आफै सर्वेसर्वा हुने उनको प्रयासले सिङ्गो नेकपाको भविष्यलाई अरु संकटउन्मुख बनाउँदै लगेको छ ।
अन्तिम अस्त्र संसद विघटन र मध्यावधि चुनाव
प्रधानमन्त्री ओलीलाई थप स्वेच्छाचारी हर्कतका लागि कतिपयले उकासिरहेका छन् । आफ्नो अनुकूल जाने अवस्था नभएमा संसद विघटनसम्मको तयारीमा केपी ओली रहेका छन् । केपीले संसद विघटन गरे कसरी प्रतिवाद गर्ने भनेर प्रचण्ड–माधव पक्षले कानुन व्यवसायीहरुसँग छलफल गरिरहेका छन् । संसद विघटनसम्म गरी मध्यावधि चुनाव गरेर देशलाई कुन दिशामा लाने भूत प्रधानमन्त्रीमा सवार हुँदै गएको हो भन्ने खुट्याउन राजनीतिक शास्त्रका पण्डितहरुलाई पनि महाभारत हुन थालेको छ ।
मुद्दा दिने कार्यसँगै ट्रम्पले सडक आन्दोलन गराइरहेका छन् । गडबड गराउन खोजिरहेका छन् । उनी धाँधली भएको पुस्टि गराएर ह्वाइट हाउसबाट हारे पनि सजिलै ननिस्कने गुरुयोवजना बनाइरहेका छन् ।
विश्वको सबैभन्दा श क्तिशाली राष्ट्रमा भइरहेको निर्वाचनको परिणामको जटिलताका कारण अमेरिकामात्र होइन विश्वलाई नै तरङ्ग पारिरहेको छ ।
झिल्को अनलाइनबाट साभार
अहिलेको विवादले कता लैजाला नेकपालाई ?
काठमाडौँ, – नीति, विधि र पद्धतिलाई तिलाञ्जली दिने पार्टी र सरकारको मूल नेतृत्वका कारण करीव दुई तिहाई बहुमतले आरामको सरकार सञ्चालन गर्ने युगीन अवसरलाई पनि सत्तारुढ नेकपाले राष्ट्र र जनताको पक्षमा अधिकतम काम गर्ने कालखण्डका रुपमा स्थापित गर्न चुकिरहेको छ । लगभग तीन वर्षे एकल सत्ता नेकपाको आन्तरिक कलह र झैझगडामा व्यतित हुँदा नेकपालाई मत दिने नागरिक र पार्टीलाई सत्तामा पुर्याउन अहोरात्र खटिने आम कार्यकर्तामा निकै निराशा र वैचैनी बढ्दो छ । तैपनि सत्तामा गएपछि पार्टी र जनता, पार्टीको नीति, विधि र पद्धति विर्सने रोगले मूल नेतृत्वलाई अझै छाडेको छैन । काम कुरो एकातिर विवाद झिकी विनासतिर गर्ने मूल नेतृत्वको अविराम चालाले कता लैजाला नेकपालाई ? यो आम कार्यकर्ताको टाउको दुखाइको विषय बनेको छ ।
नेकपा एमाले व्युँताउने वैमौसमी राग किन ?
नेकपाका दुई अध्यक्ष प्रचण्ड र के पी ओलीका बीचमा विहीवार भेटघाट भयो तर कुरा मिलेन । केपी ओलीले बुधवार प्रदेश एकमा आफ्नो गुटको भर्चुअल मिटिङमा पार्टी फुट्ने, पूर्व एमालेलाई एकतामा जोड गर्ने र जनताको वहुदलीय जनवादमा एकताबद्ध हुनका लागि भनेको कुरालाई प्रचण्डले आपत्ति जनाए । सचिवालय, स्थायी समितिको वैठक राख्न नमान्ने तर गुटगत वैठक र फुटको कुरा गर्ने कार्यप्रति प्रचण्डको आपत्ति थियो । तर, अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीले समकक्षी प्रचण्डको आपत्तिलाई वास्ता गरिरहेका छैनन् ।
पार्टी कमिटीको वैठक राख्नै नचाहने, पार्टी वैठकले गरेका निर्णयहरु निरन्तर अवज्ञा गर्ने र उल्टै सरकारलाई पार्टीभित्रैबाट सहयोग भएन भन्ने प्रधानमन्त्री ओलीको दुःखेसो र गु नासो आफैं नाच्न न जान्ने आँगन टे ढो देख्ने दृष्टिभ्र मका रुपमा मात्र रहेको घ टनाक्रमहरुले देखाइरहेका छन् । वास्तवमा प्रधानमन्त्रीलाई सिङ्गो नेकपाको एकता जोगाउने र ठूलो कम्युनिष्ट पार्टीका रुपमा नेकपाले पाएको सत्ता अवसरलाई जनमुखी बनाउने चि न्ता र चासो हुनुको सट्टा पार्टी एकतापछि इतिहास बनिसकेको नेकपा एमाले व्युँताउने हु टहुटी देखिनुले प्रधानमन्त्री ओली एकता जो गाउने भन्दा बढी पार्टी फु टाउन आ तुर देखिएका छन । यसले नेकपालको एकतालाई अरुले हैन, मूल नेतृत्वले नै सं कटमा ध केलेको देखिदैंछ ।
राजीनामाको वेमौसमी राग
अहिले प्रधानमन्त्री ओलीको राजीनामा पार्टीभित्र वा बाहिरबाट कसैले पनि औपचारिक रुपमा मागिरहेका छैनन् । तर, अस्पताल उद्घाटनको कार्यक्रममा गएर प्रधानमन्त्री ओलीले आफै राजीनामा नदिने, आफूले राजीनामा दिए देश वर्वाद हुने हास्यास्पद घोषणा गरेका छन् । चोरलाई चोरको खुट्टा काट भन्दा हत्त न पत्त उचाले जस्तो, प्रधानमन्त्री आफैले कसैले नमागेको राजीनामाको राग अलाप्दा प्रधानमन्त्री ओली नै अस्थिर बन्दै गएको प्रतित भएको छ । आफै बोक्सी आफै झाँक्री गर्ने यो प्रधानमन्त्रीको शैलीले जग हसाइ गरेको छ ।
वुधवार नै प्रम केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा नदिने भनी सार्वजनिक रुपमा दिएको अभिव्यक्तिप्रति पनि प्रचण्डले वुधवारको वैठकमा आपत्ति जनाएका थिए । तर, समकक्षी प्रचण्डको आपत्तिलाई पनि प्रधानमन्त्रीले सकारात्मक रुपमा लिएको पाइएको छैन ।
वैठक छल्ने किन र कहिलेसम्म ?
वुधवारको दुई अध्यक्षबीचको भेटवार्तामा प्रचण्डले सचिवालयको वैठक राख्न भन्दा केपीले मानेनन् । त्यसैले पार्टी मुख्यालय धुम्वाराहीमा शुक्रवार कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालयको वैठक धुम्वाराहीमा आयोजना गरे । प्रधानमन्त्रीले पार्टी कमिटी र वैठकहरुलाई अस्वीकार गर्ने प्रवृत्ति नछोडेपछि प्रचण्डले वैठकबाटै समाधान खोज्न आफैले सचिवालयको वैठक आयोजना गरेका हुन, भलै शुक्रवारको सचिवालय वैठकलाई अनौपचारिक संज्ञा दिइएको छ । तर, जुन पार्टीले ओलीलाई अध्यक्ष र प्रधानमन्त्री बनायो, त्यही पार्टीको वैठक नमान्ने प्रधानमन्त्रीको प्रवृत्ति बिनासकाले विपरीत बुद्धि झै हुन पुगिरहेको छ । प्रधानमन्त्री नआउँदा र त्यसलाई ‘इगो’ को रुपमा लिंदा मन्त्री रहेका सचिवालय सदस्यलाई आउन नैतिक रुपमा पनि अप्ठ्यारो पारेको हुन सक्छ । यो परिस्थिति लामो समय रहनु हुँदैन ।
जो अगुवा उही बाटो……..
प्रधानमन्त्री समेतको निर्देशनमा कर्णाली प्रदेश सरकारमा नियोजित विवाद खडा गरेको स्पष्ट छ । तर, आफैले हानेको तीरमा व्याकफायर भएपछि पनि प्रधानमन्त्री ओली प्रतिशोधी हर्कतका लागि तयार देखिन्छन । कर्णालीमा चाल्ने स्टेपलाई हेरेर केपीले संघमा स्टेप चाल्ने उनी निकट स्रोतले बतायो । प्रचण्ड र माधव नेपालले मिलेर कर्णालीमा मन्त्रीमण्डल एकलौटी पुनर्गठन गरेमा प्रमले सङ्घमा त्यसको जवाफ दिने तयारी गरेको बुझिएको छ । बालुवाटार स्रोतका अनुसार गिरिराजमणि पोखरेल, वर्षमान पुन, शक्ति बस्नेत, बिना मगर, रामेश्वर राय यादव लगायतलाई निकाल्ने तयारीमा प्रधानमन्त्री पुगेका छन । त्यसको ठाउँमा हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, प्रभु साहसहितका टिमलाई मन्त्रीमा लैजाने योजना रहेको छ । यो तथ्यलाई गजुरेल, रायमाझी, पौडेल र साहले निरन्तर प्रधानमन्त्री ओलीको पक्ष लिंदै हिडेका घटनाक्रमहरुले पनि सिद्ध गर्दै आएको छ । आफ्नो निकट बनाएर मन्त्री छान्ने प्रधानमन्त्रीको रहर वा हठ प्रतिशोधको उदाहरण नै हो ।
प्रमुख सचेतक देव गुरुङलाई हटाउने ?
पार्टीको आन्तरिक कलहमा स्वस्थ र फरकमत राख्ने जो कोहीलाई ठेगान लगाउने तर आरती उतार्नेहरुलाई दोहोर्याइ, तेहेर्याइ लाभका पद दिने रोग नै प्रधानमन्त्री ओलीको छ । अहिले आफ्नो विपक्षको सेखी झार्न प्रमुख सचेतकबाट देव गुरुङलाई हटाउने प्रपञ्चमा प्रधानमन्त्री पुगेका छन ।
आफ्नो वि पक्षमा रहेका सांसदलाई पनि हटाउने
आफ्नो सत्ता बलियो पार्न प्रधानमन्त्री ओलीले समानुपातिक साँसदहरुलाई पनि बलीको बोको बनाउन खोजिरहेका छन । पार्टीमा आफ्नो प्रस्तावको विपक्षमा जाने सबै समानुपातिक सांसदलाई हटाइदिने र आफ्ना निकटका लाई लैजाने तयारीमा प्रधानमन्त्री ओलीको समय बितिरहेको बुझिएको छ । यसका लागि उनले निर्वाचन आयोगका प्रमुखसँग छलफल गरिरहेका छन् । यसरी आफै सर्वेसर्वा हुने उनको प्रयासले सिङ्गो नेकपाको भविष्यलाई अरु संकटउन्मुख बनाउँदै लगेको छ ।
अन्तिम अस्त्र संसद विघटन र मध्यावधि चुनाव
प्रधानमन्त्री ओलीलाई थप स्वेच्छाचारी हर्कतका लागि कतिपयले उकासिरहेका छन् । आफ्नो अनुकूल जाने अवस्था नभएमा संसद विघटनसम्मको तयारीमा केपी ओली रहेका छन् । केपीले संसद विघटन गरे कसरी प्रतिवाद गर्ने भनेर प्रचण्ड–माधव पक्षले कानुन व्यवसायीहरुसँग छलफल गरिरहेका छन् । संसद विघटनसम्म गरी मध्यावधि चुनाव गरेर देशलाई कुन दिशामा लाने भूत प्रधानमन्त्रीमा सवार हुँदै गएको हो भन्ने खुट्याउन राजनीतिक शास्त्रका पण्डितहरुलाई पनि महाभारत हुन थालेको छ ।
मुद्दा दिने कार्यसँगै ट्रम्पले सडक आन्दोलन गराइरहेका छन् । गडबड गराउन खोजिरहेका छन् । उनी धाँधली भएको पुस्टि गराएर ह्वाइट हाउसबाट हारे पनि सजिलै ननिस्कने गुरुयोवजना बनाइरहेका छन् ।
विश्वको सबैभन्दा श क्तिशाली राष्ट्रमा भइरहेको निर्वाचनको परिणामको जटिलताका कारण अमेरिकामात्र होइन विश्वलाई नै तरङ्ग पारिरहेको छ ।
झिल्को अनलाइनबाट साभार