शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

नेकपामा ओली र प्रचण्डको पत्र ‘यु द्ध’

शुक्रवार , कार्तिक २८, २०७७

काठमाडौं - लामो विवाद र बहसपछि शुक्रबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक मंसिर ३ गते पुनः बस्नेगरी सकिएको छ।

शुक्रबारको बैठक पार्टी भित्रका स मस्या र समाधानको कार्यसूची बनाएर छलफल गर्ने निर्णय गर्दै सम्पन्न भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। अन्नपुर्ण पोष्टमा खवर छ ।

बैठकमा स्थायी समिति निर्णय कार्यान्वय, कोरोना रोकथाम तथा नियन्त्रणका लागि भएका काम र यसबीचमा पार्टी र सरकारबीच देखिएका विवादमाथि छलफल भएको प्रवक्ता श्रेष्ठले बताए। अर्को बैठकमा यी विषयमा छलफल गर्नेगरी शुक्रबारको बैठक सम्पन्न भएको उनको भनाइ छ।

अध्ययनका लागि ओली र प्रचण्डका पत्र बाँडियो !

शुक्रबारको सचिवालय बैठकमा पार्टी भित्रको आन्तरिक विवाद समाधानका लागि अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आदानप्रदान भएका पत्र अध्ययनका लागि सचिवालय सदस्यलाई बाँडिएको छ।

प्रवक्ता श्रेष्ठका अनुसार कात्तिक २२ गते कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालयका पाँच सदस्यले प्रधानमन्त्रीलाई बुझाएको पत्र, त्यसको जवाफमा ओलीले प्रचण्डलाई लेखेको पत्र, पुनः प्रचण्डले ओलीलाई दिएको जवाफी पत्र सचिवालय सदस्यलाई बाँडिएको छ।

त्यसैगरी पार्टी संकट र यसको निवारणका लागि प्रचण्डले तयार पारेको प्रस्ताव र पार्टी स्थायी कमिटी बैठकपछि जारी भएको अन्तरपार्टी निर्देशिका समेत अध्ययनका लागि सबै सचिवालय सदस्यलाई दिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

सबै विषयको अध्ययनपछि पुनः अर्को बैठक बसेर पार्टी विवादको समाधान सचिवालयबाटै हुने उनको भनाइ छ।

‘सचिवालयका पाँच सदस्यले सहमतिमा बैठक गर्न आग्रह गरेको पत्र। त्यसको जवाफमा अध्यक्ष ओलीले प्रचण्डलाई लेखेको पत्र । त्यसको जवाफमा प्रचण्डले पठाएको पत्र। पार्टीको संकट निवारणका लागि प्रचण्डले तयार पारेको प्रस्ताव र स्थायी कमिटी बैठक पछाडि जारी गरिएको अन्तरपार्टी निर्देशिका सचिवालयका साथीहरुलाई अध्ययनका लागि बुझाइएको छ’, प्रवक्ता श्रेष्ठले भने, ‘यी सबै सामग्रीको गम्भीर र समग्रतामा अध्ययनपछि पार्टीलाई एकताको बाटोमा अगाडि बढाउनु उपयुक्त हुन्छ भन्ने धारणाका साथ सचिवालय बैठक मंसिर ३ गते बस्ने गरी आजको बैठक सम्पन्न भएको छ।’ पत्रमा के थियो भन्ने कुरा भने उनले खोल्न चाहेनन्।

नेकपा विवाद चर्किदै जाँदा कात्तिक २२ गते नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालयका शीर्ष पाँच नेताले सचिवालय बैठक बोलाउन पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई लिखित पत्र नै बुझाएका थिए।

नेकपा सचिवालय बैठक बालुवाटारमा

]

अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठले बैठक बोलाउन माग गर्दै पत्र बुझाएको हप्ता दिनपछि सचिवालय बैठक बसेको हो।

बुधबार पार्टी महासचिव विष्णु पौडेलले शुक्रबार साँझ ४ बजेका लागि सचिवालय बैठक रहेको जानकारी गराएका थिए ।

पार्टीको निर्णय र सहमतिको उलंघन गर्दै प्रधानमन्‍त्री ओलीले आफूखुसी राजदूत नियुक्तिको सिफारिस गरेको, मन्त्रिपरिषद् पुनर्गठनमा पार्टीभित्र कुनै परामर्श नगरेको, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न उक्साएको, सीमा लगायत विषयमा संवाद ठप्प भएका बेला भारतको गुप्तर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयललाई भेटेर त्यसलाई उपलब्धीका रुपमा प्रचार गरेको र पर्सामा पूर्वमाओवादी पृष्ठभूमिका मुकेश चौरसियाको हत्या हुँदा दोषीलाई कारबाही नगर्न दबाब दिएको आरोप लगाउँदै प्रचण्ड-नेपाल पक्ष यतिबेला ओली टिमसँग रुष्ट छ।

सल्लाहकारको ग डबडीले प्रधानमन्त्री ओलीलाई कोरोना !

काठमाडौं२,५ कार्तिक-प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटरमा मंगलवार एकएकाएक उनलाई कोरोना सं क्रमण भएर पनि विशेक भईसकेको आसयको ट्वीट भयो ।

प्रधानमन्त्रीको ट्वीटर ह्याण्डलबाट ‘नयाँ व्यावसायिक यात्रामा अघि बढ्न मातृका पौडेलजीलाई सफलताको अग्रिम शुभकामना । हामी दुबैले कोरोना सं क्रमण जितेपछिको पहिलो भेटमा उहाँले खुशी हुने योजना सुनाउनु हुँदा दुवै जना दंग …!’ भनिएको छ। तर, तस्वीर भने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र पत्रकार मात्रिका पौडेलको राखिएको छ । जानकारी अनुसार प्रधानमन्त्री ओलीको सचिवालय सदस्यहरुमा सं क्रमण पुष्टि भएपनि हालसम्म उनलाई सं क्रमण देखिएको छैन।

यस विषयमा सर्वत्र चासो देखियो । प्रधानमन्त्रीलाई कोरोना कहिले लाग्यो र कहिले हट्यो भन्ने अन्यौल देखियो। यसवीचमा दिनहु उनीसँग भेट भएका नेकपा नेतालगायत मन्त्री, सचिव र थुप्रै नेताका विषयमा चिन्ता देखियो।

तर, सल्लाहकारको गडबडीले प्रधानमन्त्री ओलीलाई कोरोना भएको देखिएको होकी भन्ने आशंका पनि गरिएको छ । किनकी उनका प्रेस सल्लाहकार सुर्य थापाको टाईमलाईनमा हुवहु सन्देश छ । यसविचमा प्रधानमन्त्रीको ट्विटरवाट उक्त सन्देश गायव छ। यो गडवडि कहाँवाट भयो भन्ने अहिले चासोको विषय भएको छ।

सिपी मैनालीलाई यसरी सि ध्या इयो

काठमाडौं, – प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली अहिले जुन स्थितिमा हुनुहुन्छ, पूर्व एमालेभित्रका मा ले कालीन नेताहरुको बुझाई छ, उहाँको यो अवस्था ०३९ सालका सिपी मैनालीसँग ठ्याक्कै मिल्छ ।

मदन भण्डारी नेतृत्वको मु क्ति मो र्चा सहित पूर्वको रा तो झ ण्डा, दाङको सन्देश समूहजस्ता साना क म्युनिष्ट घ टकबीच एकीकरण भएर नेकपा (माले) गठन हुँदा त्यसको महासचिव थिए सिपी मैनाली । यसरी भर्खरै एकीकरणको प्र क्रियाबाट पार्टी चलाउने क्रममा अहिलेका केपी ओलीझैँ सिपीमा एक किसिमको ता नाशाह स्वभाव सवार भयो । मदन भण्डारी, जीवराज आश्रित, माधव नेपाल, अमृत बोहोरा, झलनाथ खनाल, ईश्वर पोखरेल प्रदीप नेपालहरुले त्यसको निरन्तर प्र ति वा द गर्नुभयो । सातौँ बैठकदेखि सिपी अ ल्प मतमा पर्दै जानुभयो । तर, जे गरे पनि उहाँ महासचिव छाड्न नमान्ने । हटाउने कुरा निस्कियो कि, ‘लु, तिमीहरु नै चलाऊ’ भन्दै माइन्युट फ्याँ केर हिँड्ने † यतिसम्म कि, ०३२ सालमा विराटनगरमा अखिल नेपाल कम्युनिष्ट क्रा न्तिकारी को अर्डिनेसन कमिटी (कोके) गठन गर्दाका सहयो द्धालाई पनि ०३३ सालमा न ख्खु जे ल ब्रे क गरेर आएपछि देखिन सहने अवस्थामा सिपी पुग्नुभयो । फलतः एकदिन मदन भण्डारीले सिपीलाई बैठकमै ह प्की द प्की गर्दै ‘यो–यो भाषा लेख्नुस्’ भनेपछि सिपी त्यही–त्यही भाषा लेख्न बा ध्य हुनुभयो । जसमा थियो, आफैँलाई महासचिव पदबाट मु क्त गरिएको व्यहोरा ! समर्थकहरुका अगाडि, आफैँले चलाएको बैठकमा, आफैँले लेखेको माइन्युटबाट का रवाहीमा परेँ भन्न ला ज हुने भयो । यसबारे आज पनि सिपीले भन्ने गर्नुभएको छ, ‘मलाई मदन भण्डारीले डि क्टेट गरेर ह टाए । म यसै पनि छो ड्न तयार थिएँ । छो ड्ने मौका नै नदिई का रवाहीका नाममा ब द्नाम गरियो ।’

यसरी सिपीसँगै का रवाहीको च पेटामा अखिल (पाँचौँ) का अध्यक्ष टंक कार्कीसहितको ठूलो स मूह पर्‍यो । त्यसपछि झलनाथ महासचिव बनाइनुभयो र मदन भण्डारीको पालो आयो । अहिले केपी ओलीले आफ्नो ता गतका कारण ०७४ मा पार्टीले दुई तिहाई नजिकको बहुमत ल्याएको भन्ने गर्नुभएजस्तै त्यसबेला सिपी मैनाली क्रा न्ति कारी आ न्दोलनको एउटा मि थक हुनुहुन्थ्यो । झापा आ न्दोलनको विरासतबाट उदाएका कमरेड जय अर्थात् सिपीबिना माले चल्दैन भन्ने आममान्यता राखिन्थ्यो । तर, उहाँ ह टेर पनि माले सकिएन । बरु, प्रकारान्तरमा आफैँले चलाएको आ न्दोलनबाट सिपी सकिनुभयो ।

यी तमाम कालक्रमभित्र केपीचाहिँ राजबन्दीका रुपमा विभिन्न का रा गारतिर सारिँदै हुनुहुन्थ्यो । यतिबेला प्रचण्ड–माधवले एक कदम चाले आफू १० कदमका लागि तयार भएको, तर प्रधानमन्त्री न छाड्ने भन्दै हुनुहुन्छ । वास्तविक अवस्थाचाहिँ कस्तो छ भने, पतिले पत्नीलाई ‘नुहाउनका लागि पानी तताऊ, नत्र…!’ भन्ने । पत्नीचाहिँ ‘…न त्र’ भन्ने शव्दसँग ड राएर खु रुक्क पानी त ताउने । एक दिन पत्नीले ‘…नत्र’ भनेकोचाहिँ के रहेछ भनेर पानी त ताइनन् । अनि, पतिले चिसै पानीले नुहाए । पार्टी राजनीति र कानुनका ज्ञाताहरु भन्छन्, केपीसँग संसद भं ग, सं कटका ल, मध्यावधिजस्ता कुनै पनि कानुनी अ स्त्र प्रयोग गर्ने सुविधा अहिले छैन । चाहँदा पार्टी फु टाउन सक्नुहुन्छ । तर, मानौँ केपीले पार्टी फु टाउनु नै भएछ भने पनि उहाँसँग निक्कै सानो समूहमात्रै जाने अवस्था छ । र, त्यसो गरेमा सबभन्दा पहिला उहाँकै प्रधानमन्त्री पद स किन्छ ।

पूर्वएमाले नेताहरु उहाँलाई किन पनि ०३९ सालतिरको सिपी मैनाली भन्दैछन् भने, अहिले उहाँ नेकपाको बैठकमा बस्नै तयार हुनुहुन्न । बैठक बसेर सिपी बनाउलान् भन्ने ठूलो पीर छ । बैठक बसेछ भने पनि निर्णय नमान्ने गर्नुभएको छ । अनि, उहाँले नै प्र चण्डसँग ‘मिलेर पार्टी फु टाऔँ’ भन्ने अवस्था आएको छ । वास्तवमा पार्टी फु ट्ने त झ गडाले हो, मिल्दासम्म त एकता नै हुन्छ । केपीमात्रै हैन, शालिन र भद्र मानिने प्रदीप ज्ञवालीसम्मले ‘सँगै बस्न नसकिने हो भने सल्लाहले अलग अलग हुने पो सोच्ने हो कि ?’ भनेर प्र चण्डसँग कुरा गर्नुभएको छ ।

संसदीय दलमा ब हुमत पुगेको भए ओलीले असारमै वक्तव्य जारी गर्नुहुन्थ्यो । त्यसबेला आफू पक्षका र केही इ तर सांसदलाई मन्त्रीको प्र लोभन दिएर पनि बालुवाटारमा बोलाई हस्ताक्षर गराइयो । तर, ब हुमत पुगेन । अहिले अरु पार्टीसँग मिल्ने गाइँगुइँ छ । पार्टी अ लग भएपछि अन्य पार्टीसँग मिलेर सरकार चलाउनु भनेको आफ्नै स्थिति ध रापमा पार्नु हो । देउवाले नै मा नेछन् भने पनि उनी पक्षकै ठूलो पंक्तिले अ लोकप्रिय सरकारलाई साथ दिने कुरा स्वीकार्ने सम्भावना शू न्यप्रायः छ ।

केपीले पार्टी फु टाउन कि संसदीय दल वि भाजन गर्नुपर्छ कि नयाँ पार्टी खोल्नुपर्छ । तर, त्यसको दो ष आफूले बोक्न तयार हुनुपर्ने अर्को चुनौति उहाँसँग रहन्छ । किनभने, ०५४ मा एमाले विभाजनको कारण माधव, केपीहरु हुन् त भनियो । तर,४० प्रतिशत पुर्‍याएर वि भाजनको आरोप सहाना, वामदेव, सिपीहरुले खेप्नुप र्‍यो । अहिले पनि केपीले पार्टी विभाजन गर्नुभयो भने वातावरण बनाउनेलाई कारक मानिँदैन, ‘कर्ता’ अर्थात् विभाजनको नेतृत्व जसले गर्छ, त्यही कारक मानिन्छ ।

पार्टी नै लम्पसार

अहिलेका कुराकानीअनुसार केपी ओली नै तयार नहुँदाको बैठक कसरी अगाडि बढ्छ ? कार्यकारी अध्यक्षलाई बैठक बोलाऊ भन्दा दुई अध्यक्षको सहमति भन्ने अड्को छ । सरकार चलाउन दुई अध्यक्षको सहमति नचाहिने, पार्टी चलाउन चाहिने अचम्मको अ प्ठेरोमा नेकपा छ । प्र चण्डले बोलाएको बैठकमा केपीपक्षीय नेता नजाने क्रम चल्दै आएको छ । यसरी नेकपाभित्र जसो गर्दा पनि स मस्या छ । कि केपीलाई सरकार चलाउन एकलौटी अधिकार दिनुपर्‍यो । त्यसो गर्दा पार्टीको अ स्तित्व गु म्ने भयो । व्यक्तिका अगाडि पार्टी ल म्पसार परेजस्तो हुने भयो ।

अ विश्वास प्रस्ताव संसदमा वा संसदीय दलमा लगिन्छ । संसदीय दलको नेता फेर्ने प्रस्ताव ल्याउन पार्टीको निर्णय हुनुपर्छ । संसदमा लैजान पनि पार्टीकै निर्णय हुनुपर्छ । पार्टीमा छि नोफानो नगरी केही पनि हुँदैन ।

अहिले केपीको प्रस्तावमा प्रचण्डले ‘हस् त हजुर’ भनेर हिँडिदिने हो भने सबैभन्दा पहिला छँदाखाँदाको दुई तिहाई नजिकको सरकार ढ ल्छ । प्रचण्डहरु केपीलाई हटाउने भनिरहेका छैनन् । मात्रै, कार्यशैली सच्याउने भन्दैछन् । तर, केपी बुझ्दै हुनुहुन्छ, यो सब मलाई ह टाउने खेल हो ।

चुनावी गणित

०७४ को स्थानीय निर्वाचनमा कांग्रेस र माओवादी केन्द्र मिलिदिँदा एमालेको धेरै जिल्लामा हा र भयो । त्यहीअनुसार कांग्रेस–माओवादी त्यसपछिको चुनावमा मि ल्दा ख तरा हुन्छ भनेर ग ठबन्धनको जोड केपी ओलीबाटै शुरु भएको हो । त्यही ग ठबन्धन एकीकरणमा परिणत भएको थियो । तर, त्यसो गर्दा पनि एमालेको १ सय २१ सीटमात्रै आयो । त्यो ब हुमत होइन । ०४८ सालमा जबज आएको थिएन । तर, पूर्वमालेको संगठन बलियो हुनाले ७० सीट आयो । त्यसबेला ३० सीटमा थोरै मतान्तरका साथ हार्नुपरेको थियो । ०५१ को मध्यावधिमा ८८ सीट आयो । ०५६ मा पार्टी वि भाजन हुँदा पनि एमालेले ७१ सीट जितेको हो । पार्टी न फुटेको भए १ सय ३० पुग्ने थियो । त्यसबेला केपी मुख्य नेता हुनुहुन्थेन । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा एमालेले ३३ सीटमात्रै ल्यायो । तर, झलनाथ खनाल अध्यक्ष भएपछि ०७० को दोस्रो संविधानसभामा एमालेले प्र त्यक्षतर्फ नै ९६ सीट ल्याइदियो । यो हिसाबले त झलनाथ आज पनि नेता हुनुपर्ने हो । किनभने, उहाँले ती नगुना बढी प रिणाम दिनुभयो । जसरी केपी ओली आज ‘०७४ मा मैले गरेर ब हुमत ल्याएको’ भन्दै हुनुहुन्छ, त्योचाहिँ मुखको मजामात्रै भएको पूर्वएमाले नेताहरुको ठम्याई छ । किनभने, ०७४ मा एकल बहुमतका लागि १ सय ३८ सीट चाहिनेमा जम्मा १ सय २१ मात्रै आएको हो । बरु, अर्को त्रुटी भएको छ संविधानतः सरकार गठन भएपछि ३० दिनमा विश्वासको मत लिनुपथ्र्यो, आजसम्म लिइएको छैन ।

जन आस्थाबाट साभार

सचेतक देव गुरुङलाई हटाउने ?

पार्टीको आन्तरिक कलहमा स्वस्थ र फरकमत राख्ने जो कोहीलाई ठेगान लगाउने तर आरती उतार्नेहरुलाई दोहोर्‍याइ, तेहेर्‍याइ लाभका पद दिने रोग नै प्रधानमन्त्री ओलीको छ । अहिले आफ्नो विपक्षको सेखी झार्न प्रमुख सचेतकबाट देव गुरुङलाई हटाउने प्रपञ्चमा प्रधानमन्त्री पुगेका छन ।

आफ्नो वि पक्षमा रहेका सांसदलाई पनि हटाउने

आफ्नो सत्ता बलियो पार्न प्रधानमन्त्री ओलीले समानुपातिक साँसदहरुलाई पनि बलीको बोको बनाउन खोजिरहेका छन । पार्टीमा आफ्नो प्रस्तावको विपक्षमा जाने सबै समानुपातिक सांसदलाई हटाइदिने र आफ्ना निकटका लाई लैजाने तयारीमा प्रधानमन्त्री ओलीको समय बितिरहेको बुझिएको छ । यसका लागि उनले निर्वाचन आयोगका प्रमुखसँग छलफल गरिरहेका छन् । यसरी आफै सर्वेसर्वा हुने उनको प्रयासले सिङ्गो नेकपाको भविष्यलाई अरु संकटउन्मुख बनाउँदै लगेको छ ।

अन्तिम अस्त्र संसद विघटन र मध्यावधि चुनाव

प्रधानमन्त्री ओलीलाई थप स्वेच्छाचारी हर्कतका लागि कतिपयले उकासिरहेका छन् । आफ्नो अनुकूल जाने अवस्था नभएमा संसद विघटनसम्मको तयारीमा केपी ओली रहेका छन् । केपीले संसद विघटन गरे कसरी प्रतिवाद गर्ने भनेर प्रचण्ड–माधव पक्षले कानुन व्यवसायीहरुसँग छलफल गरिरहेका छन् । संसद विघटनसम्म गरी मध्यावधि चुनाव गरेर देशलाई कुन दिशामा लाने भूत प्रधानमन्त्रीमा सवार हुँदै गएको हो भन्ने खुट्याउन राजनीतिक शास्त्रका पण्डितहरुलाई पनि महाभारत हुन थालेको छ ।

मुद्दा दिने कार्यसँगै ट्रम्पले सडक आन्दोलन गराइरहेका छन् । गडबड गराउन खोजिरहेका छन् । उनी धाँधली भएको पुस्टि गराएर ह्वाइट हाउसबाट हारे पनि सजिलै ननिस्कने गुरुयोवजना बनाइरहेका छन् ।

विश्वको सबैभन्दा श क्तिशाली राष्ट्रमा भइरहेको निर्वाचनको परिणामको जटिलताका कारण अमेरिकामात्र होइन विश्वलाई नै तरङ्ग पारिरहेको छ ।

झिल्को अनलाइनबाट साभार

अहिलेको विवादले कता लैजाला नेकपालाई ?

काठमाडौँ, – नीति, विधि र पद्धतिलाई तिलाञ्जली दिने पार्टी र सरकारको मूल नेतृत्वका कारण करीव दुई तिहाई बहुमतले आरामको सरकार सञ्चालन गर्ने युगीन अवसरलाई पनि सत्तारुढ नेकपाले राष्ट्र र जनताको पक्षमा अधिकतम काम गर्ने कालखण्डका रुपमा स्थापित गर्न चुकिरहेको छ । लगभग तीन वर्षे एकल सत्ता नेकपाको आन्तरिक कलह र झैझगडामा व्यतित हुँदा नेकपालाई मत दिने नागरिक र पार्टीलाई सत्तामा पुर्‍याउन अहोरात्र खटिने आम कार्यकर्तामा निकै निराशा र वैचैनी बढ्दो छ । तैपनि सत्तामा गएपछि पार्टी र जनता, पार्टीको नीति, विधि र पद्धति विर्सने रोगले मूल नेतृत्वलाई अझै छाडेको छैन । काम कुरो एकातिर विवाद झिकी विनासतिर गर्ने मूल नेतृत्वको अविराम चालाले कता लैजाला नेकपालाई ? यो आम कार्यकर्ताको टाउको दुखाइको विषय बनेको छ ।

नेकपा एमाले व्युँताउने वैमौसमी राग किन ?

नेकपाका दुई अध्यक्ष प्रचण्ड र के पी ओलीका बीचमा विहीवार भेटघाट भयो तर कुरा मिलेन । केपी ओलीले बुधवार प्रदेश एकमा आफ्नो गुटको भर्चुअल मिटिङमा पार्टी फुट्ने, पूर्व एमालेलाई एकतामा जोड गर्ने र जनताको वहुदलीय जनवादमा एकताबद्ध हुनका लागि भनेको कुरालाई प्रचण्डले आपत्ति जनाए । सचिवालय, स्थायी समितिको वैठक राख्न नमान्ने तर गुटगत वैठक र फुटको कुरा गर्ने कार्यप्रति प्रचण्डको आपत्ति थियो । तर, अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीले समकक्षी प्रचण्डको आपत्तिलाई वास्ता गरिरहेका छैनन् ।

पार्टी कमिटीको वैठक राख्नै नचाहने, पार्टी वैठकले गरेका निर्णयहरु निरन्तर अवज्ञा गर्ने र उल्टै सरकारलाई पार्टीभित्रैबाट सहयोग भएन भन्ने प्रधानमन्त्री ओलीको दुःखेसो र गु नासो आफैं नाच्न न जान्ने आँगन टे ढो देख्ने दृष्टिभ्र मका रुपमा मात्र रहेको घ टनाक्रमहरुले देखाइरहेका छन् । वास्तवमा प्रधानमन्त्रीलाई सिङ्गो नेकपाको एकता जोगाउने र ठूलो कम्युनिष्ट पार्टीका रुपमा नेकपाले पाएको सत्ता अवसरलाई जनमुखी बनाउने चि न्ता र चासो हुनुको सट्टा पार्टी एकतापछि इतिहास बनिसकेको नेकपा एमाले व्युँताउने हु टहुटी देखिनुले प्रधानमन्त्री ओली एकता जो गाउने भन्दा बढी पार्टी फु टाउन आ तुर देखिएका छन । यसले नेकपालको एकतालाई अरुले हैन, मूल नेतृत्वले नै सं कटमा ध केलेको देखिदैंछ ।

राजीनामाको वेमौसमी राग

अहिले प्रधानमन्त्री ओलीको राजीनामा पार्टीभित्र वा बाहिरबाट कसैले पनि औपचारिक रुपमा मागिरहेका छैनन् । तर, अस्पताल उद्घाटनको कार्यक्रममा गएर प्रधानमन्त्री ओलीले आफै राजीनामा नदिने, आफूले राजीनामा दिए देश वर्वाद हुने हास्यास्पद घोषणा गरेका छन् । चोरलाई चोरको खुट्टा काट भन्दा हत्त न पत्त उचाले जस्तो, प्रधानमन्त्री आफैले कसैले नमागेको राजीनामाको राग अलाप्दा प्रधानमन्त्री ओली नै अस्थिर बन्दै गएको प्रतित भएको छ । आफै बोक्सी आफै झाँक्री गर्ने यो प्रधानमन्त्रीको शैलीले जग हसाइ गरेको छ ।

वुधवार नै प्रम केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा नदिने भनी सार्वजनिक रुपमा दिएको अभिव्यक्तिप्रति पनि प्रचण्डले वुधवारको वैठकमा आपत्ति जनाएका थिए । तर, समकक्षी प्रचण्डको आपत्तिलाई पनि प्रधानमन्त्रीले सकारात्मक रुपमा लिएको पाइएको छैन ।

वैठक छल्ने किन र कहिलेसम्म ?

वुधवारको दुई अध्यक्षबीचको भेटवार्तामा प्रचण्डले सचिवालयको वैठक राख्न भन्दा केपीले मानेनन् । त्यसैले पार्टी मुख्यालय धुम्वाराहीमा शुक्रवार कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालयको वैठक धुम्वाराहीमा आयोजना गरे । प्रधानमन्त्रीले पार्टी कमिटी र वैठकहरुलाई अस्वीकार गर्ने प्रवृत्ति नछोडेपछि प्रचण्डले वैठकबाटै समाधान खोज्न आफैले सचिवालयको वैठक आयोजना गरेका हुन, भलै शुक्रवारको सचिवालय वैठकलाई अनौपचारिक संज्ञा दिइएको छ । तर, जुन पार्टीले ओलीलाई अध्यक्ष र प्रधानमन्त्री बनायो, त्यही पार्टीको वैठक नमान्ने प्रधानमन्त्रीको प्रवृत्ति बिनासकाले विपरीत बुद्धि झै हुन पुगिरहेको छ । प्रधानमन्त्री नआउँदा र त्यसलाई ‘इगो’ को रुपमा लिंदा मन्त्री रहेका सचिवालय सदस्यलाई आउन नैतिक रुपमा पनि अप्ठ्यारो पारेको हुन सक्छ । यो परिस्थिति लामो समय रहनु हुँदैन ।

जो अगुवा उही बाटो……..

प्रधानमन्त्री समेतको निर्देशनमा कर्णाली प्रदेश सरकारमा नियोजित विवाद खडा गरेको स्पष्ट छ । तर, आफैले हानेको तीरमा व्याकफायर भएपछि पनि प्रधानमन्त्री ओली प्रतिशोधी हर्कतका लागि तयार देखिन्छन । कर्णालीमा चाल्ने स्टेपलाई हेरेर केपीले संघमा स्टेप चाल्ने उनी निकट स्रोतले बतायो । प्रचण्ड र माधव नेपालले मिलेर कर्णालीमा मन्त्रीमण्डल एकलौटी पुनर्गठन गरेमा प्रमले सङ्घमा त्यसको जवाफ दिने तयारी गरेको बुझिएको छ । बालुवाटार स्रोतका अनुसार गिरिराजमणि पोखरेल, वर्षमान पुन, शक्ति बस्नेत, बिना मगर, रामेश्वर राय यादव लगायतलाई निकाल्ने तयारीमा प्रधानमन्त्री पुगेका छन । त्यसको ठाउँमा हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, प्रभु साहसहितका टिमलाई मन्त्रीमा लैजाने योजना रहेको छ । यो तथ्यलाई गजुरेल, रायमाझी, पौडेल र साहले निरन्तर प्रधानमन्त्री ओलीको पक्ष लिंदै हिडेका घटनाक्रमहरुले पनि सिद्ध गर्दै आएको छ । आफ्नो निकट बनाएर मन्त्री छान्ने प्रधानमन्त्रीको रहर वा हठ प्रतिशोधको उदाहरण नै हो ।

प्रमुख सचेतक देव गुरुङलाई हटाउने ?

पार्टीको आन्तरिक कलहमा स्वस्थ र फरकमत राख्ने जो कोहीलाई ठेगान लगाउने तर आरती उतार्नेहरुलाई दोहोर्‍याइ, तेहेर्‍याइ लाभका पद दिने रोग नै प्रधानमन्त्री ओलीको छ । अहिले आफ्नो विपक्षको सेखी झार्न प्रमुख सचेतकबाट देव गुरुङलाई हटाउने प्रपञ्चमा प्रधानमन्त्री पुगेका छन ।

आफ्नो वि पक्षमा रहेका सांसदलाई पनि हटाउने

आफ्नो सत्ता बलियो पार्न प्रधानमन्त्री ओलीले समानुपातिक साँसदहरुलाई पनि बलीको बोको बनाउन खोजिरहेका छन । पार्टीमा आफ्नो प्रस्तावको विपक्षमा जाने सबै समानुपातिक सांसदलाई हटाइदिने र आफ्ना निकटका लाई लैजाने तयारीमा प्रधानमन्त्री ओलीको समय बितिरहेको बुझिएको छ । यसका लागि उनले निर्वाचन आयोगका प्रमुखसँग छलफल गरिरहेका छन् । यसरी आफै सर्वेसर्वा हुने उनको प्रयासले सिङ्गो नेकपाको भविष्यलाई अरु संकटउन्मुख बनाउँदै लगेको छ ।

अन्तिम अस्त्र संसद विघटन र मध्यावधि चुनाव

प्रधानमन्त्री ओलीलाई थप स्वेच्छाचारी हर्कतका लागि कतिपयले उकासिरहेका छन् । आफ्नो अनुकूल जाने अवस्था नभएमा संसद विघटनसम्मको तयारीमा केपी ओली रहेका छन् । केपीले संसद विघटन गरे कसरी प्रतिवाद गर्ने भनेर प्रचण्ड–माधव पक्षले कानुन व्यवसायीहरुसँग छलफल गरिरहेका छन् । संसद विघटनसम्म गरी मध्यावधि चुनाव गरेर देशलाई कुन दिशामा लाने भूत प्रधानमन्त्रीमा सवार हुँदै गएको हो भन्ने खुट्याउन राजनीतिक शास्त्रका पण्डितहरुलाई पनि महाभारत हुन थालेको छ ।

मुद्दा दिने कार्यसँगै ट्रम्पले सडक आन्दोलन गराइरहेका छन् । गडबड गराउन खोजिरहेका छन् । उनी धाँधली भएको पुस्टि गराएर ह्वाइट हाउसबाट हारे पनि सजिलै ननिस्कने गुरुयोवजना बनाइरहेका छन् ।

विश्वको सबैभन्दा श क्तिशाली राष्ट्रमा भइरहेको निर्वाचनको परिणामको जटिलताका कारण अमेरिकामात्र होइन विश्वलाई नै तरङ्ग पारिरहेको छ ।

झिल्को अनलाइनबाट साभार

प्रतिक्रिया