काठमाडौँ, कार्तिक २७ – चर्चित मोडल तथा गायक दुर्गेश थापाले यस वर्षको तिहारमा ह्याप्पी तिहार–२ ‘डन आयो डन’ गीत सार्वजनिक गरेका छन् ।
गायक थापाको ह्याप्पी तिहार–२ ‘डि सिरिज’ युटुव च्यानलमार्फत सार्वजनिक भएको हो । गत हप्ता सार्वजनिक भएको गीत अहिलेसम्म १५ लाख बढी दर्शकले हेरेका छन् ।
गीतको भिडियोमा चर्चित अभिनेता पल शाहले साथ दिएका छन् । भिडियोमा अभिनेता पल शाह, गायक दुर्गेश थापा, योगेश काजी र नृत्य निर्देशक शिव विक लगायतका कलाकारले नृत्य प्रस्तुत गरेका छन् ।
दुर्गेशको शब्द र संगीत रहेको ह्याप्पी तिहार–२ मा दुर्गेश र गायक योगेश काजीले स्वर भरेका छन् ।
भिडियोको निर्देशन तथा कोरियोग्राफी शिव विकले गरेका हुन् । गायक थापाले गतवर्ष सार्वजनिक गरेको ह्याप्पी तिहार, चिसो वि य र गीत विवादमा परेको थियो ।
यो साल सार्वजनिक भएको गीतमा कोरोनाबारे सचेत गराइएको छ । गीतको सुरुवात मै ‘ह्याप्पी तिहार ह्याप्पी तिहार, कोरोना लास्टै बढ्या छ है टेक केयर’बाट सुरु भएको छ ।
विचमा नृत्यको लागि आउने अभिनेताहरुले पनि स्यानिटाईजर प्रयोग गरेर मात्रा नाच्ने गरेको भिडियो निर्माण गरिएको छ । जनजिब्रोमा अभ्यास्त भन भन भाई हो, देउसिरे, पल्लोघर कस्को आलेको जस्ता शब्द गीतमा छन ।
हेर्नुहोस् भिडियो :
गायक तथा मोडल दुर्गेश थापा वि रुद्ध प्रहरीमा उजुरी
काठमाडौँ, – गायक दुर्गेस थापाको गाडीले कुकुरलाई ठ क्कर दिएर कुकुरको मृ त्यु पछि उनि वि रुद्ध उजुरी परेको छ । बागबजार स्थित आरधना कम्प्लेक्सको पार्किङ स्थलबाट बाहिरिने क्रममा गायक थापाको बा १९ च ८९३७ नम्बरको हुण्डाई ब्राण्डको क्रेटाले कुकुरलाई ठ क्कर दिएको थियो । ठ क्कर दिएको कुकुरको दुई घण्टापछि मु त्यु भएको थियो । कुकुरलाई ठ क्कर दिएपछि उ पचार गर्न छाडेर गाडी लिएर गएका गायक थापा विरुद्ध महानगरीय प्रहरी वृत सिंहदरबारमा उ जुरी परेको छ ।
स्थानीय रामदार गोपाली र प्रितम तण्डुकारले नेपालको कानुन अनुसार कारबाही गर्नुपर्ने माग गर्दै उ जुरी दिएका थिए । कुकुर म रे को जानकारी पाए लगत्तै कुकुरको संरक्षण गर्ने संस्था क्याट नेपालले सो विषयमा प्रहरी कार्यालयलाई जानकारी गराएको थियो । प्रहरीले बोलाउदा समेत कार्यब्यस्ततको कारण आउन न भ्याएको भन्दै थापाले आ लटाल गरेको क्याट नेपालका वरिष्ठ संयोजक सोभाश्रीले जानकारी दिए ।
उनले भने–‘राती करिब ८ बजेर कुकुरको उपचार गर्न छाडेर भागेका चालक थापामाथि हदैसम्मको का रबाही गर्नुपर्छ । उनले मान्छेको सबैभन्दा निकटको पशु कुकुरलाई संरक्षण गर्नुपर्ने अवस्थामा भा ग्नु कानुन विपरित भएको बताए ।’ गायक थापाले पार्किङमा रहेको गाडीको टायर मुनी रहेको गाडीले हर्न बजाउदा समेत कुकुर पछि नहटेपछि झु क्किएर कि चिएको बताए ।
तर प्राप्त सिसिटिभी फुटेजमा पार्किङ स्थलबाट केही पर रहेको कुकुरलाई जानिजानि किचेको जस्तो देखिएको छ । कुकुरलाई कि चेपछि उद्धार गर्नुको साटो गाडी हुइक्याएर लगेपछि स्थानीय दुई जनाले वृतमा उजुरी दिएका छन् । गायक तथा मोडल थापाले अन्जानमा सो घटना भएको दाबी गरे । भने – ‘हर्न बजाउदा समेत नदेखेपछि किचेको हुनसक्छ । घटनाको विषयमा जानकारी लिन खोज्दा थापाले भने–कुकुर म रेको भन्ने मलाई जानकारी छैन ।’
उजुरी पाएको विषयमा आफुलाई जानकारी भएको बताए । भने –महानगरीय प्रहरी वृत सिहदरबारबाट फोन आएको थियो, सुटिङको कारण कार्यब्यस्तताले गर्दा आउन नभ्याउने र आज मंगलबार आउने बताएको छु भने । उनले अन्जानमा भएको विषयलाई हल्लाको विषय बनाउनु हुने बताउदै भने – ‘घटना भएको हो, यस्मा के के हुन्छ त्यो बुझ्न बाकी छ । ‘
सिहदरबार वृतका प्रमुख प्रहरी नायब उपरीक्षक हरीबहादुर बस्नेतले उजुरी आएको बताउदै सो विषयमा छानबीन हुने बताए । के का रबाही हुन्छ ? भन्ने प्रश्नमा उनको उत्तर थियो । कानुनमा कस्तो व्यवस्था छ, सोही अनुसार प्रकृया अघि बढ्ला । क्याट नेपालकी वरिष्ठ संयोजक शोभा श्रीले निर्दोष पशुलाई गाडीले किचेर मार्न कलाकारमाथि कारबाही हुनुपर्ने बताए । यो त पशु अधिकार गम्भीर हननको विषय हो, यस्तो घटना गर्नेमाथि कडा का रबाही हुनैपर्छ ।
आलुजस्ता हिट गायक ?
काठमाडौं -बजारमा कस्तो सामान बेच्ने भन्ने पसलेलाई थाहा हुन्छ। उसको सामान किन्ने नकिन्ने ग्राहकको मर्जी हो। गायक तथा मोडल दुर्गेश थापाको विचारमा जसरी अन्य चिजवस्तु किनबेच हुन्छ; त्यसरी नै कला, गला र सिर्जना बेच्ने ठाउँ हो गीतसंगीत पनि। दर्शकको ताली र गाली दुवै आफ्नो सम्पत्ति भएको भन्न रुचाउने उनी सांगीतिक बजारमा आफ्नै ब्रान्डको गीत लिएर उपस्थित हुन्छन्। उनका जुनै गीतले पनि चर्चा बटुल्छन्।
बागलुङका दुर्गेश थापा पछिल्लो समय युवा पुस्ताले फलो गर्ने गायक हुन्। उनले गायनसँगै मोडलिङ पनि सँगसँगै लगिरहेका छन्। गायनमा संघर्ष गरिरहेकै थिए। कहिले डान्स बारमा काम गर्थे त कहिले म्युजिक भिडियोमा कोरस नाच्थे। कामकै सिलसिलामा सिकेको अभिनयले उनलाई मोडल बनायो। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा अजवी पौड्यालले लेखेका छन्
गत वर्षको तीजमा ‘हामी पनि नाच्नुपर्छ, बीचबीचमा’ बोलको गीत सार्वजनिक भएपछि दुर्गेशको चर्चा चुलियो। एउटै लय र प्याटर्नको गीत बजारमा आइरहेको अवस्थामा उनले लोकलयलाई पप प्याटर्नमा फ्युजन गरेर उक्त तीज गीत बनाएका थिए। यो गीत संगीतप्रेमी सबैको मनमा झुन्डियो। यसपछि उनलाई पछाडि फर्केर हेर्नु परेको छैन। उनले गाएका जति पनि चलेका गीत छन् ती सब विवादित नै छन्। धेरैलाई चोरीको आरोप लागेको छ भने केहीलाई बिगारेको। तर जेसुकै आरोप लागे पनि गीत चाँहि उनकै चलेका छन्। दर्शक श्रोता कमाउन सकेपछि कसैको केही नलाग्ने रहेछ। अरू त अरू आफैंलाई ब्यंग्य गर्दै गाएको आफूजस्तो गीतले पनि उनलाई नै चर्चामा ल्यायो।
‘१६ वर्षे जोबन’ बोलको गीत सुटिङ गर्दागर्दै हालै बालाजुमा भेटिए दुर्गेश। सुटिङको विश्रामका क्रममा आफूलाई मन परेको काम गर्न हर कोहीलाई छुट रहेको उनले बताए। कसैले आफ्नो गीतको जनरा सोधे भने उनलाई थाहा छैन। भन्छन्, ‘मैले भोगेको जिन्दगी र देखेको समाजका विषयलाई गीत बनाउँछु। मलाई जसरी मन पर्छ, त्यसरी नै लय बनाउँछु। गीतको प्याटर्न छुट्ट्याउने, क्वालिटी चेक गर्ने जिम्मा दर्शकलाई।’
अभिनय गर्दागर्दै, नाच्दानाच्दै गायनमा आएकाले गीतसंगीत सिक्ने फुर्सद छैन उनलाई। उनी सहजसाथ स्वीकार्छन्, ‘म नजान्ने नै हुँ। नसिकेकै हुँ तर पनि दर्शकले माया गरिरहनुभएको छ। यसैमा खुसी छु।’
उनी कहिले तीज हामी केटाहरूको पनि हो, हामी पनि नाच्नुपर्छ भन्दै गाउँछन् त कहिले ‘हेप्पी तिहार चिसो बियर’ भन्दै गितार बजाउँदै गाउँछन्। कहिले ‘आलु जस्तो गायक हुँ’ भन्दै आफूलाई उपमा दिन्छन् त कहिले एउटा फोटो खिच भन्दै केटाहरूलाई सारी लगाएर भिडियो तयार गर्छन्। यसरी उनलाई जसरी पनि अरूभन्दा फरक गर्नु छ।
कोरोना कहरले घरभित्रै बसिरहँदा उनले ‘बेसार, कोरोनाको दबाई के छ र’ भन्दै व्यं ग्यात्मक गीत सार्वजनिक गरे। अहिले उनी ‘ह्याप्पी तिहार’ गीतको दोस्र्रो शृंखला निकाल्ने तयारीमा छन्। यसपटकको तीजमा उनले पुरुषलाई सारी लगाएर भिडियो बनाएपछि धेरै महिला दर्शकको गाली पनि खाए। महिलाको अ पमान गरेको आ रोप पनि लाग्यो। ‘चिसो बि यर’ गीतको केही शब्दलाई लिएर उनलाई प्रहरीले आफ्नो दैलो पुर्याएका थिए।
म्युजिक भिडियोमा पुरुषले सारी लगाएको प्रसंगबारे उनी भन्छन्, ‘लुगाको पनि कुनै जेन्डर हुन्छ र ? महिलाले पनि टिसर्ट पेन्ट, किन लगाउनुभएको ? त्यो पुरुषको लुगा हैन र ? महिलाले पेन्ट लगाएर नाच्दा सवाल नउठ्ने तर पुरुषले सारी लगाउँदा रोइलो किन नि ? बलिउड, हलिउडमा पनि यस्तो प्राक्टिस चलिरहेकै छ। यसमा रोइलो गर्नुपर्ने कुरै के छ र ?’
गीत गाउनु उनको सानैदेखिको रहर हो। तर आफूलाई गायकभन्दा अझै पनि स्टेज पर्फमरका रूपमा लिएका छन् दुर्गेशले। दुर्गेशको सुरुआती अभिनय धोका पाएको प्रेमीलगायत ट्र्याजेडी गीतमा बढी देखिन्छ। पछिल्लो समय भने उनले अलि चञ्चले, रोमान्टिक गीतमा अभिनय गरिरहेका छन्।