बि.सं.२०७७ साल कार्तिक २७ गते बिहिबार ई. सं. २०२० नोभेम्वर १२ नेपाल सम्बत ११४० कौलागा द्धादशी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण द्धादशी , चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, विषकुम्भ योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०६ः२३ बजे, सूर्यास्त साँझ ५ः१४ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।
आज कुनैपनि महत्वपूर्ण कार्य तथा दिवश परेको छैन । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजरे २२ मिनेट देखि ७ बजेर ४४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– विद्यार्थीहरूमा पढाइ लेखाइको स्तर ख स्कनेछ । पारिवारिक समस्याहरू देखा पर्नेछन् । मित्रजनसँग मनमुटाव हुन सक्छ । विश्वासमा पारेर धोका दिने छन् । सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । स्वास्थ्यमा खर्च बढ्नेछ । वादविवाद होला होसियार रहनु होला ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ । आयआर्जनका नया स्रोतहरू थपिनेछन् । कामको दायित्व बढ्नेछ । नयाँ नोकरी पाउने वा पुरानो काममा पदोन्नतिको सम्भावना छ तर आत्मीयजनसँग बिछोड होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । व्यापार व्यवसायमा प्रगति हुनेछ । नयाँ उद्योग–धन्दाको थालनी गर्न सकिनेछ । आफन्तको भेटले हर्ष बढ्नेछ । सन्तानको सहयोग मिल्नेछ । याात्रामा मन रमाउनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । आर्थिक अभावले सताउन सक्छ । विश्वास गरेकाले धोका दिन सक्छन् होसियार रहनु होला । रोकिएका काम बन्नेछन् । व्यापार व्यवसायमा उन्नति हुनेछ । काममा जस पाउने सम्भावना छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):– आर्थिक अभावले भने अलि सताउनेछ । व्यवसायमा केही उतारचढाव आउला । पेट र छातीसम्बन्धी समस्याले सताउन सक्छ । विद्यार्थीहरूका लागि भने अनुकूल समय छ । विश्वास पात्रबाट धोका पाइएला । मानसिक चञ्चलता र उत्साह बढ्नेछ तर अप्रिय समाचारले दुःखी बनाउला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ । कुटुम्बको सहयोग प्राप्त होला । व्यापार व्यवसायमा विस्तार हुनेछ । कृषि कर्म र चौपायाबाट पनि प्रशस्त लाभ हुनेछ । काममा कठिनाई देखिए पनि अन्ततः खुशी मिल्नेछ । घर जग्गा वा अन्य कुनै स्थिर सम्पत्ति जोड्ने पनि समय छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– सन्तानबाट सुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछन् । बौद्धिक पक्ष सबल बन्नुका साथै मान सम्मान पाइनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । प्रयत्न गर्दा विशेष लाभ पाउनुका साथै अध्ययनका लागि अनुकुल समय छ । ब्यापार पनि फस्टाउनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । यात्राको योग छ । रोजगारीमा बाधा साथै प्रतिकूल स्थानान्तरण जस्ता समस्या आइपर्ने देखिन्छ । दैनिक कार्यमा ढिलासुस्ती वा अल्झन बेहोर्नुपर्ला । धार्मिक यात्रामा सहभागी हुने अवसर मिल्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ । घर खर्च पनि बढ्नेछ । पति र पत्नीबीच असमझदारी बढ्न सक्छ । आयआर्जनको कमीले वादविवाद पनि हुन सक्छ । समाजमा कुरा काट्नेहरू बढ्नेछन् । दैनिक कार्यमा केही समस्याहरू देखिएलान्, सावधान रहनु होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– पेटको समस्याले सताउन सक्छ, सचेत रहनुपर्नेछ । साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिन सक्छन्, सावधान रहनु होला । मित्रता, प्रेम र दाम्पत्य सम्बन्ध सुमधूर रहुने समय छ । कठिन काम पनि साथीको सहयोगले बन्ने देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– धर्म कर्म र समाजसेवामा विशेष लगाव बढ्नेछ । कृषि र पशुपालनबाट फाइदा होला । गरेको यात्रा उपलब्धी मूलक बन्नेछ । काममा उत्साह जाग्नेछ । सन्तानबाट पनि सुख मिल्नेछ । सुरुमा कामका कुराले मनमा द्विविधा बढ्न सक्छ । आम्दानीका स्रोतहरू बढ्नाले मन प्रसन्न रहला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिनेछ । नया काम बन्नेछ । परिश्रमको राम्रो मूल्यांकन हुुनेछ । वैदेशिक रोजगारीको काममा भने केही समस्या आउनेछ । कृषि र व्यवसायमा उन्नति हुनुका साथै अन्य काममा पनि मनग्ये धन कमाउने अवसर जुट्नेछ ।
तपाईको दिन शुभ रहोस् ।
आजको मौसम
मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार
मौसम विश्लेषण :- उल्लेखनीय मौसमी प्रणाली छैन ।
हालको मौसमको अवस्था :– हिमाली भूभागमा आंशिका बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो :- प्रदेश न १, वागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
आज राती :- प्रदेश न १, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । ।
२९ गतेसम्मको साप्ताहिक राशिफल हेर्नुहोस्
मेष राशि (चु, चे,चो, ला, लि, लु, ले, लो, अ) :- साताको प्रारम्भमा सामाजिक कार्यमा अग्रसरता जनााउने अवसार प्राप्त हुनेछ । पद प्रतिष्ठामा बृद्धिहुने योग रहेकोछ । मान्यजनहरुको साथ सहयोगमा जटिल कार्य हरु सम्पादित रहनेछन । पूराना मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहनेछ । परीवारका सदस्यहरुको स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । मोरञ्जनका साधन खरीदको उत्तम योग रहेकोछ । अध्यन अध्यापनमा समय राम्रो रहेकोछ । अरुको बिश्वासमा कार्यहरु नसुम्पिनु राम्रो रहनेछ । आय आर्जनका बिभिन्न श्रोतहरु फेला पर्नेछन । साताको उत्तरार्ध तर्फ परीवारका सदस्यहरु बाटँ टाढाँहुन सक्ने सम्भनबना रहेकोछ । अनावश्यक खर्चबढ्न सक्ने सम्भाबनां रहेकोछ । ब्यपार ब्यवसायमा समेत सामान्य सामान्य घाटाको सम्भाबना रहेकेनछ । दाम्पत्य सम्बन्धमा भने सुमधुरता छाउनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- अधिक आत्मबिश्वासका कारण मनमा घमण्ड उत्पन्न हुन सक्ने सम्भाबना रहेकोछ । यात्रामा भने सामान्य झमेला रहनेछ । मित्रजनहरुको साथसहयोग मनग्य प्राप्त रहनाले मन प्रशन्न रहनेछ । अधुरा कार्यहरु सम्पादन गर्नका निम्ती उत्तम समय रहेकोछ । मंगल बार पश्चात भने भौतिक साधनको प्रयोगमा बिषेश साबधानि अपनाउनु पर्नेछ । पारीवारका सदस्यहरुमा कसैको स्वास्थमा तनाब देखा पर्नेछ । भुमि तथा वाहन शुख प्राप्त रहने योग रहेकोछ । कार्य सम्पादनको श्रेय भने गैरब्यतिहरुले सहजता पूर्णरुपमा प्राप्त गर्नेछन । सवारी साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु होला । साताको अन्त्यमा अध्यन अध्यापनका श्रेत्रमा समय ब्यतित रहनेछ । आर्थिक क्षेत्र दरीलो बनाउने खालका कार्यको प्रारम्भ समेत हुने समय रहेकोछ । यो साता मध्यम रहनेछ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- साताको प्रारम्भमा दिर्घकालिन आम्दानिका निम्ती सामान्य लगानि गर्नु पर्ने समय रहेकोछ । बाणीमा मधुरता छाउनाले रुष्टब्यतिहरु लाई समेत नजिक ल्याउन सफल रहिनेछ । भोजभतेर जन्यकार्यमा सहभागीताको योग बन्नेछ । पुराना लगानि उठाउन समयले बिशेष साथ दिएकोछ । साथिभाईहरुको साथसहयोगमा जटिलकार्यहरु सम्पादित रहनेछन । मान्यजनहरुको मार्गदर्शनमा सभासम्मेलनमा सरीक रहने अवसर प्राप्त रहनेछ । भौतिक साधनको प्रयोगमा अधिक समय ब्यतित रहनेछ । आर्थिक क्षेत्र सबल तुल्याउन सामान्य परीश्रम खर्चनु पर्ने समय रहेकोछ । साजेदारीका साथमा नयाँकार्यको थालनि आम्दानिका दिर्घकालिन श्रोत बन्ने योग रहेकोछ । अध्यन अध्यापनका क्षेत्रमा समय मध्यम रहनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहनेछ । मान्यजनहरुको साथ सहयोगमा ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । दाम्पत्य सम्बन्धमा भने सामान्य तनाब उत्पन्न हुन सक्नेछ । स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ । सभासम्मेलन सम्लग्न रहने समय रहेकोछ । बाणी तथा कला र्कौशलका क्षेत्रबाट आफन्तजनहरु लाई मोहित तुल्याउन सकिनेछ । खानपानका क्षेत्रमा बिशेष साबधानि अपनाउनु पर्नेछ । मित्रजनहरु सगँको सम्बन्धमा भन्ने सामान्य तिक्तता उत्पन्नहुन सक्नेछ । बल तथा प्रराक्रमका क्षेत्रमा कमि भएको महसुस हुनेछ । यात्रामा बिशेष साबधानि अपनाउनु पर्नेछ । योसाता नयाँ लगनीका साथमा गरीएका कार्यमा बिशेष लाभप्राप्त रहनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- साताको प्रारम्भमा सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । नजिकका मित्रजनहरुले धोका दिनाले साजेदारीकार्यमा सामान्य तनाबको सामना गर्नु पर्नेछ । पारीवारका सदस्यहरुबाट टाढा भएको महसुस रहनेछ । भोगबिलाशिताको सरसामान खरिदमा सामान्य खर्चको सम्भाबना रहेकोछ । मगंलबार प्रश्चातभने मान्यजनहरुको सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । नयाँ ब्यापार ब्यवसायमा लगानी लगाउन समयले साथदिनेछ । अध्यन अध्यापनमा रुचि जाग्नेछ । पारीवारिक सम्बन्धमा रहेको समस्या सामान्य सुधारउन्मुख रहनेछ । साताको अन्त्यतिर स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । आफन्तजनहरु सित सामान्य वादविवादको सम्भाबना रहेकोले बिशेष साबधानि रहनुहोला । यो साता आर्थिक कारोबारमा साबधानि अपनाउनुनै उत्तम रहनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- साताको प्रारम्भ उत्तम रहनेछ । कला कौशलका क्षेत्रबाट आम्दानि प्राप्त रहनेछ । कार्य क्षेत्रमा मानसम्मान प्राप्तीको योग रहनेछ । अध्यन अध्यापनका निम्ती समय मध्यम रहनेछ । नयाँ कार्यहरु पनि प्रारम्भहुनेछन । पुराना मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । मगंलबार पश्चात भने अनावश्यक खर्चका कारण मनमा सामान्य चिन्ताले सताउनेछ । परीवारका सदस्यहरु सगँ सामान्य मनमुटाब रहन सक्ने सम्भाबना रहेकोछ । तपाइको कार्यमा त्रुटिखोज्नेहरु बाटँभने बच्नुपर्ने समय रहेकोछ । साताको अन्त्यतिर अधुराकार्यहरु पून सुचारु गर्न समयले साथ दिनेछ । साजेदारी कार्यमा हात नहाल्नुनै बेश रहनेछ । ब्यपार ब्यवसायमा जिवन साथीको अग्रसरता उत्तम रहनेछ । यो साताको प्रारम्भ तथा अन्त्यमा आर्थिक कारोबार गरे पनि साताको मध्यमा भने सजग रहनु होला।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- गरीरहेको कार्यमा अधिक समय खर्चनु पर्नेछ । सामाजिक कार्यका क्षेत्रमा सामान्य अपजसको सामना गर्नुपर्ने हुदा बिशेष साबधानि अपनाउनु होला । सामान्य अप्रिय खबरले मन बिचल्लीत गराउन सक्नेछ । भौतिक साधनको अधिक उपयोग समेत कष्टकर रहन सक्नेछ । आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नेछन । मित्रजनहरुको साथ सहयोगमा दिर्घकालिन आम्दानिका मार्ग तयार गर्ने अवसार प्राप्त रहनेछ । बौधिक ब्यतित्वहरु सगँको भेटघाटले मन रोमाञ्चीत तुल्याउनेछ । पठन पाठनमा समय उत्तम रहनेछ । साताको अन्त्य तिर भने तात्कालिन आर्थिक अभाबको सामना गर्नु पर्ने सम्भाबना रहनेछ । प्रतिपक्षीहरु सबल रहनाले प्रतिस्पर्दाजन्य कार्यमा बिशेष साबधानि अपनाउनु पर्नेछ । यो साता नयाँ कार्यका क्षेत्रमा लगानि गर्न बिशेष सोच बिचार पूर्याउनु होला ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- साताको प्रारम्भमा सामाजीक कार्यमा जुट्ने उत्तमसमय रहकोछ । रोकिएर रहेका कार्यहरु सम्पादन गर्न बिषेश समय रहेकोछ । मान्यजनहरुको साथ सहयोग प्राप्त रहनेछ ।स्थीर क्षेत्रमा लगाइएको लगानिको दिर्घ कालिन फाईदा प्राप्त रहनेछ । महत्वपूर्ण जिम्बेवारी हात लाग्ने समय रहेकोछ । सभासम्मेलन जन्यकार्यमा सहभागीताको योग रहेकोछ । मान्यजनहरुको साथ सहयोगमा नयाँ कार्यको थालनिको निम्ती उत्तम समय रहनेछ । कार्य क्षेत्रमा लगाईएको लगनसीलताको राम्रो कदर हुनेछ । अध्यन अध्यापनका क्षेत्रमा खर्चिएको समय मध्यम रहनेछ । आम्दानिका बिभिन्न श्रोतहरु फेला परेतापनि कार्य क्षेत्रमा एक्लोपनको अनुभब रहनेछ । साताको अन्त्यमा अनावश्यक खर्चको सम्भाबना रहनेछ । परीबारका सदस्यहरुबाट टाढाँ भएको महसुस रहनेछ । बिश्वासिला ब्यत्तिहरुबाटँ धोका हुन सक्ने सम्भाबना रहेकोले साबधानि रहनु होला ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- साताको प्रारम्भमा स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । गरीरहेको कार्यमा समेत सामान्य झमेला उत्पन्न हुनेछ । आफन्तजनहरु सगँ बादबिवादको सम्भाबना रहेकोछ । मित्रजनहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । सम्पादित कार्यको उत्तम श्रेय प्राप्तहुनाले मन प्रशन्न रहनेछ । मान्यजनहरु सगँको भेटघाटले उत्साहा दिलाउनेछ । यात्रामा बिशेष साबधानि अपनाउनु पर्नेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । कार्य सम्पादनका निम्ती बिभिन्न कठिनाईको सामना गर्नु पर्ने समय रहेकोछ । सबारी साधनको प्रयोगमा साबधानि अपनाउनु उत्तम रहनेछ । मानसम्मानमा समेत आचँ आउन सक्नेछ । सामान्य अप्रिय खवरको श्रवण मनमा चिन्ता उत्पन्न हुन सक्नेछ । साताको अन्त्यमा आम्दानिका श्रोतहरु प्रशस्त फेला परेता पनि कार्य सम्पादनमा भने बिलम्ब हुन सक्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- भौतिक साधनको प्रयोगमा समय ब्यतित रहेनछ । पारीवारिक सम्बन्धमा सामान्य समस्या देखा पर्ने सम्भाबना रहेकोछ । शारीरिक आलस्यताका कारण गरीरहेको कार्यमा सामान्य ढिलाईको योग रहेकोछ । सामान्य अप्रिय खबरले मनलाई चन्चल तुल्याउन सक्नेछ । आत्मसम्मानमा ठेस पुग्नसक्ने सम्भाबना रहेकोछ । बिद्यार्थी वर्गका निम्ती समय सामान्य कठिन रहनेछ । बौधिक ब्यत्तित्वहरुका सामु आफु कमजोर भएको महसुस रहनेछ । नयाँकार्यमा साजेदारी नगर्नुनै उत्तम रहनेछ । गरीरहेको कार्यमा क्षणिक परीर्वतन तथा ढिलाईको सामना गर्नुपर्नेछ । बिहिबार पश्चात भने अधुराकार्यहरु स्वतः सम्पादित रहनेछन । परीवारका सदस्यहरु बाट टाढा रहेको अनुभब हुन सक्नेछ । योसाता कार्य क्षेत्रमा सामान्य तनब रहेता पनि आम्दानिमा भने असर रहने छैन ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- सामान्य अप्रिय खबरले मन बिचल्लीत गराउन सक्नेछ । भौतिक साधनको अधिक उपयोग समेत कष्टकर रहन सक्नेछ । मनोबिलासिताका साधनको खरीदमा सामान्य खर्चको सम्भबना रहेकोछ । नयाँ लगानिका साथमा थालिएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । शारीरिक आलस्यताले कार्यक्षेत्रमा सामान्य ढिलाईको सामना गर्नुपर्ला । बिश्वासिला ब्यत्तिहरुबाट धोकाहुन सक्नेछ । संचित रकम खर्चको सम्भाबना रहेकोले बिषेश साबधानि अपनाउनु उत्तम रहनेछ । बौधिक ब्यत्तित्वहरुका सामु आफु कमजोर भएको महसुस रहनेछ । नयाँकार्यमा साजेदारी नगर्नुनै उत्तम रहनेछ । स्वास्थका क्षेत्रमा समेत सामान्य समस्या देखा पर्नेछ । खानपानमा साबधानि अपनाउनु होला । सम्पासदत कार्यको श्रेय गैर ब्यत्तिहरुले प्राप्त गर्नाने मनमा खिन्नता उत्पन्नहुन सक्नेछ ।
मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- यो साता गरीरहेको कार्य परीर्वतनको सम्भाबना रहनेछ । अध्यन अध्यापनमा समय ब्यतित रहनेछ । आफुभन्दा सानाको सहयोगमा नयाँ कार्य थालनिको योग बन्नेछ । कला कौशलको प्रयोगले हरकसैलाईृ मोहित तुल्याउन सकिनेछ । सामाजिक कार्यका क्षेत्रमा जुट्दा सामान्य मान सम्मान समेत प्राप्त रहनेछ । आर्थिक क्षेत्र सबल तुल्याउन सामान्य परीश्रम खर्चनु पर्ने समय रहेकोछ । देशबिदेशको यात्राका निम्ती समय मध्यम रहनेछ । बिहिबार पश्चात भने ब्यापार ब्यवसायमा नयाँ लगानी गर्नु उत्तम रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । अधुरा कार्यहरु सम्पादन गर्न समय राम्रो रहेकोछ । प्रेम सम्बन्धमा प्रगाढता छाउनेछ । योसाता तपाईको कार्य प्रगतिको चर्चा चल्नेछ साथै अधुरा लगानि उठाउने दिन समेत रहेकोछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– व्यवसायिक क्षेत्रमा लाभप्रद छ । पुराना इष्टमित्र र प्रेमीप्रेमिकाको मिलन हुने समय छ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । सहयोग, पुरस्कार र हौशला जस्ता कुराहरुमा बृद्दी हुनेछ । बिग्रिएका कामहरु बन्ने छन् ।