शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

गोलन्जोरमा कोभिड अस्पताल सञ्चालनमा

मंगलवार , कार्तिक २५, २०७७

सिन्धुली ,२५ कार्तिक –गोलन्जोर गाउँपालिकामा कोभिड-१९ अस्थायी अस्पताल सोमबारबाट सञ्चालनमा आएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी स्थानिय तहमा कोभिड – १९ अस्थायी अस्पताल संचालन मार्गदर्शन –२०७७ बमोजिम अस्पताल शुरु भएको हो ।

परिपत्र अनुसार गाउँ कार्यपालिकाले ग्वाल्टार स्वास्थ्य चौकीलाई पाँच बेडको अस्थायी कोभिड –१९ अस्पतालको रुपमा बिस्तार गर्ने भनी गएको असोज १ गते निर्णय गरेको थियो । दक्ष स्वास्थ्यकर्मी बाट सेवा प्रवाह गर्ने लक्ष राखेको अस्पतालले सोमबारबाटै नागरिकलाई सेवा प्रवाह शुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जीले बताउनु भयो ।

अस्थायी अस्पतालमा सेवा लिन आउने कोभिड –१९ का सं क्रमीत बिरामिलाइ गाउँपालिकाले सबै उपचार खर्च निशुल्क गर्ने जनाएको छ भने अन्य बिरामिको हकमा ल्याब तथा औषधिको सरकारी दररेटमा उपचार हुनेछ ।

स्थायी अस्पताल संचालन संगै गाउँपालिका अध्यक्ष पुष्पबहादुर कार्कीले कोभिड–१९ को महामारीविरुद्ध जुध्न स्थानिय सरकारले भरपर्दो तयारी गरिरहेकोले विचलित नहुन गाउँपालिकाबासीलाइ आग्रह गर्नु भयो ।

सं क्रमण देखिएको क्षेत्रमा परीक्षणलाई तीब्र बनाइएको, बिरामीहरूको उपचारमा संवेदनशील रहेको भन्दै सूरक्षाको पूर्ण पालना गर्न र सरकारका निर्णय र निर्देशनलाई पालना गर्न कार्कीले अनुरोध गर्नु भयो । गाउँपालिकाले अस्थायी अस्पताल संचालनको जानकारी एक बिज्ञप्ति मार्फत गराएको छ ।

प्रतिक्रिया