शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

आज कार्तिक २५ गते मंगलबारको राशिफल र मौसम

मंगलवार , कार्तिक २५, २०७७

बि.सं.२०७७ साल कार्तिक २५ गते मंगलबार ई. सं. २०२० नोभेम्वर १० नेपाल सम्बत ११४० कौलागा दशमी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण दशमी , चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, एन्द्र योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ०६ः२१ बजे, सूर्यास्त साँझ ५ः१५ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज शान्ति विकासका लागि विश्व विज्ञान दिवश परेको छ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजरे २६ मिनेट देखि १ बजेर १० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । पारिवारिक समस्याले मन खिन्न हुनेछ । अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि हुनेछैन । चोट पटकको भय पनि छ । माता पिताको स्वास्थ्यमा केहि कमजोरी आउने देखिन्छ । सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्ला । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– मिष्ठान्न भोजन प्राप्त हुनेछ । पठनपाठनमा प्रगति हुनेछ, नसोचेका कामहरु बन्ने छन । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । विपरीतलिङ्गी बाट सहयोग मिल्ला । प्रशस्त धन आर्जन गर्ने मौका छ । कर्म प्राप्तिको योग छ । राम्रै सफलता मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– समय मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यावसायिक यात्राको सम्भावना छ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइएला । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ । प्रतिस्पर्धीहरूले हार खान सक्छन् । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– सानातिना काम र घरेलु समस्यामा नै समय व्यतीत हुनेछ । प्रत्येक काममा बाधा अड्चन आउने छ । वादविवादमा फँस्ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनेछ । बौद्धिक र सृजनात्मक सफलता मिल्नेछ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने सम्भावना छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । परोपकार र धार्मिक क्षेत्रमा मन जानेछ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– काममा मातापिताको सहयोग प्राप्त होला । मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । सवारी साधन प्राप्तिको योग छ, व्यापारमा लाभ हुनेछ । समाजमा प्रतिभाको कदर हुनेछ । धर्मकर्ममा रुची बढ्नेछ, खेलकुद तथा कलाकारिता क्षेत्रमा रहने हरुको लागि समय उत्साह प्रद देखिन्छ । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । यात्राको योग छ । मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् । जग्गाजमिन वा घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । समाजमा तपाईंका कुरा काट्नेको कमी हुने छैन । आकस्मिक यात्राको समय छ । बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुनेछ । मानसिक तनावको सिर्जना हुनेछ । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउनसक्छ । खर्च बढ्नुको साथै शरीरमा आलस्यता बढ्नेछ । विश्वास गरेकाबाट धोका हुन सक्छ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– मनग्य धन कमाउने अवसर मिल्नेछ । अरुको मनजित्न सजिलै सकिनेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुधनबाट लाभ लिन सकिने छ । काममा रुची घट्नेछ भने मनमा खराब बिचारहरुले डेरा जमाउने छन् । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– अरुबाट तपाईंका कामको उच्च मूल्याङ्कन हुने सङ्केत छ । बोलीको कदर हुनेछ । कुनै विशेष खुशीको समाचार सुन्न पाइएला । राम्रो कामको लागि काम गर्ने वातावरण मिल्ला । दिन दुःखीलाई दिएको सहयोगले रोकिएको काम बन्न सक्छ । धन लगानी गर्ने अवसर पाउनुहुनेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– व्यवसायिक क्षेत्रमा लाभप्रद छ । पुराना इष्टमित्र र प्रेमीप्रेमिकाको मिलन हुने समय छ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । सहयोग, पुरस्कार र हौशला जस्ता कुराहरुमा बृद्दी हुनेछ । बिग्रिएका कामहरु बन्ने छन् । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– बोलीको विपरीत अर्थ लाग्न सक्छ, बोलीलाई नियन्त्रणमा राख्नुहोला । व्यापारमा हानी व्यहोर्नु पर्छ । कर्मचारीले अपजस व्यहोर्नु पर्छ । यात्रा घातक बन्न सक्छ । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । यात्रा नगरेकै बेश होला । तपाईको दिन शुभ रहोस् ।

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार

मौसम विश्लेषण :- उल्लेखनीय मौसमी प्रणाली छैन । हालको मौसमको अवस्था :– हिमाली भूभागमा आंशिका बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो :- सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। आज राती :- देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कार्तिक २३ गते देखी २९ गतेसम्मको साप्ताहिक राशिफल हेर्नुहोस्

मेष राशि (चु, चे,चो, ला, लि, लु, ले, लो, अ) :- साताको प्रारम्भमा सामाजिक कार्यमा अग्रसरता जनााउने अवसार प्राप्त हुनेछ । पद प्रतिष्ठामा बृद्धिहुने योग रहेकोछ । मान्यजनहरुको साथ सहयोगमा जटिल कार्य हरु सम्पादित रहनेछन । पूराना मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहनेछ । परीवारका सदस्यहरुको स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । मोरञ्जनका साधन खरीदको उत्तम योग रहेकोछ । अध्यन अध्यापनमा समय राम्रो रहेकोछ । अरुको बिश्वासमा कार्यहरु नसुम्पिनु राम्रो रहनेछ । आय आर्जनका बिभिन्न श्रोतहरु फेला पर्नेछन । साताको उत्तरार्ध तर्फ परीवारका सदस्यहरु बाटँ टाढाँहुन सक्ने सम्भनबना रहेकोछ । अनावश्यक खर्चबढ्न सक्ने सम्भाबनां रहेकोछ । ब्यपार ब्यवसायमा समेत सामान्य सामान्य घाटाको सम्भाबना रहेकेनछ । दाम्पत्य सम्बन्धमा भने सुमधुरता छाउनेछ । बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- अधिक आत्मबिश्वासका कारण मनमा घमण्ड उत्पन्न हुन सक्ने सम्भाबना रहेकोछ । यात्रामा भने सामान्य झमेला रहनेछ । मित्रजनहरुको साथसहयोग मनग्य प्राप्त रहनाले मन प्रशन्न रहनेछ । अधुरा कार्यहरु सम्पादन गर्नका निम्ती उत्तम समय रहेकोछ । मंगल बार पश्चात भने भौतिक साधनको प्रयोगमा बिषेश साबधानि अपनाउनु पर्नेछ । पारीवारका सदस्यहरुमा कसैको स्वास्थमा तनाब देखा पर्नेछ । भुमि तथा वाहन शुख प्राप्त रहने योग रहेकोछ । कार्य सम्पादनको श्रेय भने गैरब्यतिहरुले सहजता पूर्णरुपमा प्राप्त गर्नेछन । सवारी साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु होला । साताको अन्त्यमा अध्यन अध्यापनका श्रेत्रमा समय ब्यतित रहनेछ । आर्थिक क्षेत्र दरीलो बनाउने खालका कार्यको प्रारम्भ समेत हुने समय रहेकोछ । यो साता मध्यम रहनेछ । मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- साताको प्रारम्भमा दिर्घकालिन आम्दानिका निम्ती सामान्य लगानि गर्नु पर्ने समय रहेकोछ । बाणीमा मधुरता छाउनाले रुष्टब्यतिहरु लाई समेत नजिक ल्याउन सफल रहिनेछ । भोजभतेर जन्यकार्यमा सहभागीताको योग बन्नेछ । पुराना लगानि उठाउन समयले बिशेष साथ दिएकोछ । साथिभाईहरुको साथसहयोगमा जटिलकार्यहरु सम्पादित रहनेछन । मान्यजनहरुको मार्गदर्शनमा सभासम्मेलनमा सरीक रहने अवसर प्राप्त रहनेछ । भौतिक साधनको प्रयोगमा अधिक समय ब्यतित रहनेछ । आर्थिक क्षेत्र सबल तुल्याउन सामान्य परीश्रम खर्चनु पर्ने समय रहेकोछ । साजेदारीका साथमा नयाँकार्यको थालनि आम्दानिका दिर्घकालिन श्रोत बन्ने योग रहेकोछ । अध्यन अध्यापनका क्षेत्रमा समय मध्यम रहनेछ । कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहनेछ । मान्यजनहरुको साथ सहयोगमा ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । दाम्पत्य सम्बन्धमा भने सामान्य तनाब उत्पन्न हुन सक्नेछ । स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ । सभासम्मेलन सम्लग्न रहने समय रहेकोछ । बाणी तथा कला र्कौशलका क्षेत्रबाट आफन्तजनहरु लाई मोहित तुल्याउन सकिनेछ । खानपानका क्षेत्रमा बिशेष साबधानि अपनाउनु पर्नेछ । मित्रजनहरु सगँको सम्बन्धमा भन्ने सामान्य तिक्तता उत्पन्नहुन सक्नेछ । बल तथा प्रराक्रमका क्षेत्रमा कमि भएको महसुस हुनेछ । यात्रामा बिशेष साबधानि अपनाउनु पर्नेछ । योसाता नयाँ लगनीका साथमा गरीएका कार्यमा बिशेष लाभप्राप्त रहनेछ । सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- साताको प्रारम्भमा सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । नजिकका मित्रजनहरुले धोका दिनाले साजेदारीकार्यमा सामान्य तनाबको सामना गर्नु पर्नेछ । पारीवारका सदस्यहरुबाट टाढा भएको महसुस रहनेछ । भोगबिलाशिताको सरसामान खरिदमा सामान्य खर्चको सम्भाबना रहेकोछ । मगंलबार प्रश्चातभने मान्यजनहरुको सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । नयाँ ब्यापार ब्यवसायमा लगानी लगाउन समयले साथदिनेछ । अध्यन अध्यापनमा रुचि जाग्नेछ । पारीवारिक सम्बन्धमा रहेको समस्या सामान्य सुधारउन्मुख रहनेछ । साताको अन्त्यतिर स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । आफन्तजनहरु सित सामान्य वादविवादको सम्भाबना रहेकोले बिशेष साबधानि रहनुहोला । यो साता आर्थिक कारोबारमा साबधानि अपनाउनुनै उत्तम रहनेछ । कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- साताको प्रारम्भ उत्तम रहनेछ । कला कौशलका क्षेत्रबाट आम्दानि प्राप्त रहनेछ । कार्य क्षेत्रमा मानसम्मान प्राप्तीको योग रहनेछ । अध्यन अध्यापनका निम्ती समय मध्यम रहनेछ । नयाँ कार्यहरु पनि प्रारम्भहुनेछन । पुराना मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । मगंलबार पश्चात भने अनावश्यक खर्चका कारण मनमा सामान्य चिन्ताले सताउनेछ । परीवारका सदस्यहरु सगँ सामान्य मनमुटाब रहन सक्ने सम्भाबना रहेकोछ । तपाइको कार्यमा त्रुटिखोज्नेहरु बाटँभने बच्नुपर्ने समय रहेकोछ । साताको अन्त्यतिर अधुराकार्यहरु पून सुचारु गर्न समयले साथ दिनेछ । साजेदारी कार्यमा हात नहाल्नुनै बेश रहनेछ । ब्यपार ब्यवसायमा जिवन साथीको अग्रसरता उत्तम रहनेछ । यो साताको प्रारम्भ तथा अन्त्यमा आर्थिक कारोबार गरे पनि साताको मध्यमा भने सजग रहनु होला। तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- गरीरहेको कार्यमा अधिक समय खर्चनु पर्नेछ । सामाजिक कार्यका क्षेत्रमा सामान्य अपजसको सामना गर्नुपर्ने हुदा बिशेष साबधानि अपनाउनु होला । सामान्य अप्रिय खबरले मन बिचल्लीत गराउन सक्नेछ । भौतिक साधनको अधिक उपयोग समेत कष्टकर रहन सक्नेछ । आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नेछन । मित्रजनहरुको साथ सहयोगमा दिर्घकालिन आम्दानिका मार्ग तयार गर्ने अवसार प्राप्त रहनेछ । बौधिक ब्यतित्वहरु सगँको भेटघाटले मन रोमाञ्चीत तुल्याउनेछ । पठन पाठनमा समय उत्तम रहनेछ । साताको अन्त्य तिर भने तात्कालिन आर्थिक अभाबको सामना गर्नु पर्ने सम्भाबना रहनेछ । प्रतिपक्षीहरु सबल रहनाले प्रतिस्पर्दाजन्य कार्यमा बिशेष साबधानि अपनाउनु पर्नेछ । यो साता नयाँ कार्यका क्षेत्रमा लगानि गर्न बिशेष सोच बिचार पूर्याउनु होला । बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- साताको प्रारम्भमा सामाजीक कार्यमा जुट्ने उत्तमसमय रहकोछ । रोकिएर रहेका कार्यहरु सम्पादन गर्न बिषेश समय रहेकोछ । मान्यजनहरुको साथ सहयोग प्राप्त रहनेछ ।स्थीर क्षेत्रमा लगाइएको लगानिको दिर्घ कालिन फाईदा प्राप्त रहनेछ । महत्वपूर्ण जिम्बेवारी हात लाग्ने समय रहेकोछ । सभासम्मेलन जन्यकार्यमा सहभागीताको योग रहेकोछ । मान्यजनहरुको साथ सहयोगमा नयाँ कार्यको थालनिको निम्ती उत्तम समय रहनेछ । कार्य क्षेत्रमा लगाईएको लगनसीलताको राम्रो कदर हुनेछ । अध्यन अध्यापनका क्षेत्रमा खर्चिएको समय मध्यम रहनेछ । आम्दानिका बिभिन्न श्रोतहरु फेला परेतापनि कार्य क्षेत्रमा एक्लोपनको अनुभब रहनेछ । साताको अन्त्यमा अनावश्यक खर्चको सम्भाबना रहनेछ । परीबारका सदस्यहरुबाट टाढाँ भएको महसुस रहनेछ । बिश्वासिला ब्यत्तिहरुबाटँ धोका हुन सक्ने सम्भाबना रहेकोले साबधानि रहनु होला । धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- साताको प्रारम्भमा स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । गरीरहेको कार्यमा समेत सामान्य झमेला उत्पन्न हुनेछ । आफन्तजनहरु सगँ बादबिवादको सम्भाबना रहेकोछ । मित्रजनहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । सम्पादित कार्यको उत्तम श्रेय प्राप्तहुनाले मन प्रशन्न रहनेछ । मान्यजनहरु सगँको भेटघाटले उत्साहा दिलाउनेछ । यात्रामा बिशेष साबधानि अपनाउनु पर्नेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । कार्य सम्पादनका निम्ती बिभिन्न कठिनाईको सामना गर्नु पर्ने समय रहेकोछ । सबारी साधनको प्रयोगमा साबधानि अपनाउनु उत्तम रहनेछ । मानसम्मानमा समेत आचँ आउन सक्नेछ । सामान्य अप्रिय खवरको श्रवण मनमा चिन्ता उत्पन्न हुन सक्नेछ । साताको अन्त्यमा आम्दानिका श्रोतहरु प्रशस्त फेला परेता पनि कार्य सम्पादनमा भने बिलम्ब हुन सक्नेछ । मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- भौतिक साधनको प्रयोगमा समय ब्यतित रहेनछ । पारीवारिक सम्बन्धमा सामान्य समस्या देखा पर्ने सम्भाबना रहेकोछ । शारीरिक आलस्यताका कारण गरीरहेको कार्यमा सामान्य ढिलाईको योग रहेकोछ । सामान्य अप्रिय खबरले मनलाई चन्चल तुल्याउन सक्नेछ । आत्मसम्मानमा ठेस पुग्नसक्ने सम्भाबना रहेकोछ । बिद्यार्थी वर्गका निम्ती समय सामान्य कठिन रहनेछ । बौधिक ब्यत्तित्वहरुका सामु आफु कमजोर भएको महसुस रहनेछ । नयाँकार्यमा साजेदारी नगर्नुनै उत्तम रहनेछ । गरीरहेको कार्यमा क्षणिक परीर्वतन तथा ढिलाईको सामना गर्नुपर्नेछ । बिहिबार पश्चात भने अधुराकार्यहरु स्वतः सम्पादित रहनेछन । परीवारका सदस्यहरु बाट टाढा रहेको अनुभब हुन सक्नेछ । योसाता कार्य क्षेत्रमा सामान्य तनब रहेता पनि आम्दानिमा भने असर रहने छैन । कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- सामान्य अप्रिय खबरले मन बिचल्लीत गराउन सक्नेछ । भौतिक साधनको अधिक उपयोग समेत कष्टकर रहन सक्नेछ । मनोबिलासिताका साधनको खरीदमा सामान्य खर्चको सम्भबना रहेकोछ । नयाँ लगानिका साथमा थालिएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । शारीरिक आलस्यताले कार्यक्षेत्रमा सामान्य ढिलाईको सामना गर्नुपर्ला । बिश्वासिला ब्यत्तिहरुबाट धोकाहुन सक्नेछ । संचित रकम खर्चको सम्भाबना रहेकोले बिषेश साबधानि अपनाउनु उत्तम रहनेछ । बौधिक ब्यत्तित्वहरुका सामु आफु कमजोर भएको महसुस रहनेछ । नयाँकार्यमा साजेदारी नगर्नुनै उत्तम रहनेछ । स्वास्थका क्षेत्रमा समेत सामान्य समस्या देखा पर्नेछ । खानपानमा साबधानि अपनाउनु होला । सम्पासदत कार्यको श्रेय गैर ब्यत्तिहरुले प्राप्त गर्नाने मनमा खिन्नता उत्पन्नहुन सक्नेछ । मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- यो साता गरीरहेको कार्य परीर्वतनको सम्भाबना रहनेछ । अध्यन अध्यापनमा समय ब्यतित रहनेछ । आफुभन्दा सानाको सहयोगमा नयाँ कार्य थालनिको योग बन्नेछ । कला कौशलको प्रयोगले हरकसैलाईृ मोहित तुल्याउन सकिनेछ । सामाजिक कार्यका क्षेत्रमा जुट्दा सामान्य मान सम्मान समेत प्राप्त रहनेछ । आर्थिक क्षेत्र सबल तुल्याउन सामान्य परीश्रम खर्चनु पर्ने समय रहेकोछ । देशबिदेशको यात्राका निम्ती समय मध्यम रहनेछ । बिहिबार पश्चात भने ब्यापार ब्यवसायमा नयाँ लगानी गर्नु उत्तम रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । अधुरा कार्यहरु सम्पादन गर्न समय राम्रो रहेकोछ । प्रेम सम्बन्धमा प्रगाढता छाउनेछ । योसाता तपाईको कार्य प्रगतिको चर्चा चल्नेछ साथै अधुरा लगानि उठाउने दिन समेत रहेकोछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– व्यवसायिक क्षेत्रमा लाभप्रद छ । पुराना इष्टमित्र र प्रेमीप्रेमिकाको मिलन हुने समय छ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । सहयोग, पुरस्कार र हौशला जस्ता कुराहरुमा बृद्दी हुनेछ । बिग्रिएका कामहरु बन्ने छन् ।  

प्रतिक्रिया