शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

हाकिम पत्नीहरू खो रमा हु लिए

सोमवार , कार्तिक २४, २०७७

काठमाडौँ ,२४ कार्तिक - कोभिड सं क्रमणको कारण सरकारले खोल्नमा ब न्देज लगाएका मसाज पार्लरहरू खुलेआम सञ्चालन भइरहेको सूचनाका आधारमा आइतबार प्रहरीले अ परेशन चलायो । त्यसक्रममा ठमेल, क्षेत्रपाटीका १८ वटा मसाज पार्लर खुला थिए । प्रहरीले सबैलाई समातेर हि रासतमा राख्यो । तीमध्ये तीनजना प्रहरी परिवारकै सदस्य परे । एक जना थिइन्, सरिता (नाम परिवर्तन) । केही समय सोह्रखुट्टे र भर्खरै कालिमाटी बृत्तबाट सरुवा भएका पा ल थरका इन्स्पेक्टरकी पत्नी हुन् ।

उनलाई छु टाउन बहालवाला एसएसपीदेखि थुप्रै डिएसपीले प्रहरीलाई द बाब दिँदा ठमेलका डिएसपी र नभुलमा छन् । अर्की थिइन्, क्षेत्रपाटी र नरदेवी बीचको गल्लीमा मसाजको बोर्ड राखेर अन्य क्रि याकलाप सञ्चालन गर्ने महिला । उनी आफूलाई भूपूडिएसपीकी पत्नी भन्दै थिइन् । प्रहरीका पत्नीमात्रै भए त केही थिएन ।

एक त सरकारले खोल्न अनुमति नदिएको मसाज पार्लर खुलेको, अर्कोतिर सेवाग्राहीका रुपमा सेना–प्रहरी नै बढी जाने कुराले टाउको खा न थालेपछि प्रहरीलाई आपत पर्‍यो । आइतबार दिउँसो समातिएका उनीहरू सोमबार बिहानै हाजिर जमानीमा छुटेका छन् । लामो ल कडाउन, पतिको कमाइले घरखर्च नचल्ने, पढालेखा महिलाले गृहिणी भएर घरमै बसिरहन पनि मन नलाग्ने, श्रम गरेर दुई/चार पैसा कमाउन सकिए केटाकेटीको पढाइ खर्चलाई पनि भरथेग हुने स मस्या त यहाँनेर पनि छ किनकि नेपालमा रोजगारीको उपयुक्त अवसर छैन ।

जन आस्थाबाट साभार

कुन बार जन्मिएको मानिसको भविष्य र आचरण कस्तो हुन्छ ?

मानिसको जन्मेको समय र उसको वातावरणले उसको भविष्य निर्धारण गर्ने गर्दछ । कुन बालक कुन बार र समयमा जन्मेका हुन्, उनीहरुको उक्त साइतले स्वाभाव र चरित्र निर्धारण गर्ने ज्योतिषहरुले बताउने गरेका छन् । त्यसैले कुन बार जन्मेका मानिसहरु कस्ता हुन्छन् र उनीहरुको जीवनको विकासक्रम कसरी अगाडि बढेको हुन्छ । त्यसलाई हामीले यहाँ प्रस्तुत गरेका छौ ।

आइतबार जन्मेका व्यक्ति :- सकारात्मक सोचका मालिक हुन्छन् र निकै विश्वसनीय हुन्छन् । तपाईंहरु अन्र्तमुखी हुने भएका कारण थोरै साथीहरु हुन्छन् । निकै संवेदनशील हुने भएका कारण तपाईंहरु कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइ रहनु हुन्छ ।. तपाईंहरुमा चिन्तन श क्ति निकै धेरै हुने भएका कारण लेखन अथवा वकालतको क्षेत्रमा हुनुहुनेछ । तपाईंहरु अरुलाई सहयोग गर्न सधैँ तत्पर त हुनुहुन्छ नै तर तपाईंको चाँडै रि साउने बानीले तपाईंले सहयोग गर्ने व्यक्तिहरु तपाईंसँग रि साउने गर्दछन् ।

तपाईं पैसावाल हुनुहुन्छ र आफ्नो बलबुँतामा नै पैसा कमाउने कोसिस गर्नुहुन्छ ।. तपाईं कनै पनि कुरामा सम्झौता गर्नुहुन्न । तपाईं सौन्दर्यलाई मन पराउनुहुन्छ त्यसकारण आइतबार जन्मेका व्यक्तिहरु धेरै जसो प्रेम विवाह गर्ने गर्दछन् । तपाईंको रुपरंगमा तपाईंले आफूले आफैलाई भाग्यमानी नै सम्झनुपर्नेछ । तपाईं आफ्नो सम्बन्धलाई निकै सम्मान गर्नुहुन्छ त्यसकारण मानिसहरु तपाईंको झनक्क रिसाउने बानी भइकन पनि मानिससहरु तपाईंलाई छोड्न चाहन्नन् ।

सोमबार जन्मेका व्यक्ति :– सोमबार जन्मेका व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ । तपाईं मृदुभाषी हुनुहन्छ तर तपाईं निकै मुडी हुनुहुन्छ । तपाईं निकै संवेदनशील हुनुहुन्छ त्यसकारण निकै चाँडै न र्भस हुनुहुन्छ । तपाईंलाई आफ्नो परिवारसँग समय बिताउन निकै रमाइलो लाग्छ । तपाईंका लागि सम्बन्ध निकै महत्व राख्नेछ ।. तपाईं पढाईमा तिक्ष्ण हुनुहुन्छ र आफ्नो करियरमा निकै माथि पुग्नुहुन्छ ।७. सोमबार जन्मने महिलाहरु भविष्यमा निकै माया र केयर गर्ने श्रीमतीको रुपमा परिचित हुन्छिन् । सोमबार जन्मेका पुरुषहरु निकै माया गर्ने स्वभावका हुन्छन् तर अलि लोभी हुने भएका कारण उनीहरुले प्रायजसो आफ्नी श्रीमतीको गाली सुन्नुपर्ने हुन्छ । तपाईं आफ्नो सौन्दर्यमा निकै ध्यान दिनुहुन्छ र तपाईंको सुन्दरताले धेरैजसोलाई आकर्षित पनि गरेको हुन्छ । हुन त तपाईं सबैलाई सम्मान गर्नुहुन्छ तर तपाईंको मुडी स्वभावले तपाईंलाई तनाव दिने गर्दछ ।

मंगलबार जन्मेका व्यक्ति : –मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् । मंगलबार जन्मने व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै नै उठ्ने गर्दछ । उनीहरुलाई विलासिताको जीवन बाँ च्न मनपर्ने हुँदा यी व्यक्तिहरुसँग निकै धेरै लुगा, गाडी, घरलगायत विलासिताका सबै सामग्रीहरु हुने गर्दछ ।

यस्ता व्यक्तिहरु इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन् जसकारण आफ्नो बलबुँतामा नै सफलता हाँसिल गर्ने गर्दछन् ।७. यिनिहरु सामाजिक हुँदैनन् र भगवानमाथि विश्वास राख्ने गर्दछन् । यस्ता व्यक्तिहरु सजिलैसँग कसैलाई माफी दिँदैनन् । यी व्यक्तिहरु निकै खर्चिला हुने गर्दछन् र आफ्नो निर्णय आफैँ लिने गर्दछन् । उनीहरुको वैवाहिक जीवन निकै सुखमय तरिकाले व्यतीत हुने गर्दछ र उनीहरुले निकै राम्रो जीवनसाथी पाउने गर्दछन् । कुनै पनि कुरामा छिट्टै मन भरिने कुरा यी व्यक्तिहरुको नकारात्मक पक्ष हो । स्ट्रेट फरवार्ड हुने भएका कारण धेरैजसो मानिसहरुले उनीहरुको बारेमा गलत धारणा बनाउने गर्दछन् तर यी व्यक्तिहरुको मन निकै कोमल हुने गर्दछ ।

बुधबार जन्मेका व्यक्ति :- बुधबार जन्मेका व्यक्तिहरु शान्त, विदुषी र बिजनेश माइन्डका हुने गर्दछन् । तपाईंको जीवनमा योजनाहरुको कुनै स्थान नभए पनि तपाईं निकै सुव्यवस्थित तरिकाले काम गर्न चाहनुहुन्छ । तपाईं सफा र स्वच्छ विचारधाराका मालिक हुनुहुन्छ । तपाईंलाई नयाँ–नयाँ कुराहरु जान्न निकै मन लाग्छ।. तपाईंको कुरा गर्ने तरिका निकै प्रभावशाली छ । तपाईंहरु कुनै पनि कुरामा त्यति तनावमा नहुने भएका कारण तपाईंहरु जीवनमा निकै सन्तुष्ट हुन्छ । सकारात्मक सोच सँगै जीवनमा अघि बढ्ने तपाईंहरुले निकै सफलता हात पार्नु हुन्छ ।

तपाईंहरुलाई धेरै रिस त उठ्दैन तर एकचोटी रिसाइसकेपछि तपाईंको रिस शान्त हुन निकै समय लाग्ने गर्दछ । तपाईंहरु कसैलाई पनि सजिलै माफी दिनुहुन्न । कुनै पनि व्यक्ति एक पटक मननपरेमा ती व्यक्तिहरुले जे गरे पनि तपाईंलाई प्रभावित तुल्याउन सक्दैनन् । तपाईंहरु खर्चिलो स्वाभावको हुनुहुन्छ र आफ्नो निर्णय आफैँ लिनुहुन्छ । तपाईंको वैवाहिक जीवन निकै सुखी हुन्छ किनभने तपाईं आफ्नो पार्टनरको निकै हेरबिचार गर्नुहुन्छ । तीब्र बुद्धि हुने भएका कारण बुधबार जन्मिएका मानिसहरु प्रायः शैक्षिक क्षेत्रमा देखिन्छन् ।

बिहिबार जन्मेका व्यक्ति :- बिहिबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् । तपाईं मानिसहरुलाई निकै इज्जत गर्नुहुन्छ त्यसकारण मानिसहरुका लागि आदर्श पनि हुनुहुन्छ । तपाईं सफा र स्वच्छ बिचारधाराका मालिक हुनुहुन्छ । तपाईंको भित्र नेतृत्व गर्ने गुण हुन्छ त्यसकारण तपाईं जुन क्षेत्रमा काम गर्नुहुन्छ त्यहाँको उच्च पद अवश्य हाँसिल गर्नुहुन्छ । तपाईं निकै मेहनत गर्नुहुन्छ र आफ्ना सामानहरु आफूले भने कै ठाउँमा होस् भन्ने चाहनुहुन्छ । स्वतन्त्रता तपाईंलाई मन पर्ने भएका कारण बन्धनमा बस्न चाहनुहुन्न । तपाईं चाँडै नै मानिसहरुलाई विश्वास गर्नुहुन्छ जसको प्रतिफल तपाईंले भोग्न पर्छ । तपाईंको धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम ।

तपाईं स्ट्रेट फरवार्ड हुनुहुन्छ र सुन्दरताको प्रिय हुनुहुन्छ ।. बिहिबार जन्मेका व्यक्ति आकर्षक र अन्टेन्सन प्रिय हुने भएका कारण धेरैजसो यिनिहरु प्रेम विवाह गर्छन् । उनीहरुको वैवाहिक जीवन सुखमय हुने गर्दछ ।. स्वास्थ्यको दृष्टिकोणले बिहिबार जन्मेका व्यक्तिहरु धेरैजसो सानो–तिनो रोगको शिकार हुने गर्दछन् जस्तै ज्वरो, पेट दुखाई अथवा टाउको दुखाई । बिहिबार जन्मेका व्यक्तिहरु धेरै पैसा कमाउने गर्दछन् र मन खोलेर खर्च पनि गर्छन् ।

शुक्रबार जन्मेका व्यक्ति :- शुक्रबार जन्मेका व्यक्तिको मन, दिमाग र शरिर निकै राम्रो हुने गर्दछ । तपाईंहरु धेरैजसो रचनात्मक क्षेत्रमा देखिनुहुन्छ । तपाईंलाई संगीत, फिल्मी क्षेत्र, मिडिया, खेलजस्ता कुराहरुले आकर्षित गर्ने गर्दछ । तपाईं मधुर स्वरमा बोल्नुहुन्छ र मनमोहक मुस्कानका मालिक हुनुहुन्छ । तपाईं निकै भावुक हुनुहुन्छ जसका कारण कहिलेकाँही तपाईं दुखी पनि हुनुहुनेछ । यदि तपाईं पुरुष हुनुहुन्छ भने महिलाहरुमा र महिला हुनुहुन्छ भने पुरुषहरुमा लोकप्रिय हुनुहुन्छ ।७. तपाईं आफ्नो सम्बन्धमा निकै सजक हुनुहुन्छ तर कहिलेकाँही यहि सजकता नै सम्बन्धमा भारी पर्ने गर्दछ ।

तपाईंका निकै धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम । तपाईंलाई रिस निकै कम आउँदछ तर जब आउँछ नजिक भएका व्यक्तिको हालत खराब हुन्छ । तपाईंको राम्रा गुणहरु नै तपाईंका लागि नराम्रो साबित हुन्छ । तपाईंसँग धनको कमी हुँदैन तर तपाईं त्यसलाई बचत गर्न सक्नुहुन्न । तपाईंले प्रत्येक कुराहरुमा सफलता निकै ढिलो पाउनुहुन्छ तर जब पाउनुहुन्छ स्थायी रुपमा पाउनुहुन्छ अर्को शब्दमा भन्नुपर्दा तपाईं मेहनती हुनुहुन्छ र संघर्ष गर्न सक्नुहुन्छ ।

शनिबार जन्मेका व्यक्ति :- शनिबार जन्मेका व्यक्ति निकै गम्भीर र जिम्मेवार हुने गर्दछन् ।२. तपाईं निकै मेधावी, बुद्धिमान र बिजनेस माइन्डका हुनुहुन्छ । अर्को शब्दमा भन्ने हो भने तपाईं हरेक कुरामा परफेक्ट हुनुहुन्छ ।३. तपाईं हाइ क्लास वस्तुहरु मनपराउनुहुन्छ । तपाईंले लगाउने लुगादेखि जुत्तासम्मले तपाईंको हाई क्लास पर्सनालिटी झल्काउँछ । तपाईं हुन त सफा मनको हुनु हुन्छ तर कहिले काँही स्पष्ट वक्ताको रुपमा तपाईंको आलोचना पनि हुने गर्दछ ।

तपाईंको लागि कुनै पनि सम्बन्ध निकै महत्वपूर्ण हुने गर्दछ र साथीहरुको लागि जे पनि गर्न तयार हुनुहुन्छ । तपाईं पैसावाला हुनुहुन्छ तर तपाईं छिट्टै पैसा खर्च गर्नुहुन्न । तपाईंलाई संगीत र खेलमा रुची हुन्छ । तपाईंलाई रिस उठेपछि नराम्रो सँग उठ्छ भने गलत कुराहरुलाई सहन सक्नुहुन्न । तपाईं जिद्दि हुनुहुन्छ र आफूले भनेको जस्तै हुनुपर्छ भन्ने बिचार राख्नुहुन्छ ।. तपाईं कसैलाई पनि ठेस पुर्याउन चाहनुहुन्न । तपाईंको वैवाहिक जीवन सुखमय हुन्छ किनभने तपाईं आफ्नो पार्टनरलाई निकै केयर गर्नुहुन्छ ।

आज कार्तिक २४ गते सोमबारको राशिफल र मौसम

बि.सं.२०७७ साल कार्तिक २४ गते सोमबार ई. सं. २०२० नोभेम्वर ९ नेपाल सम्बत ११४० कौलागा अष्टमी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण नवमी , चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, ब्रम्हा योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०६ः२१ बजे, सूर्यास्त साँझ ५ः१५ बजे हुनेछ ।

आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज विश्व स्वतन्त्रता दिवश परेको छ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजरे २१ मिनेट देखि ७ बजेर ४२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– विगतका निर्णयले काम बि ग्रन सक्छ । मान्यजनको सुझाव प्रति पनि विश्वास नलाग्ला । होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । अतिथिको सम्मान गर्ने अवसर पाइएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– काममा परिवारजनको सहयोग जुटाउन सक्दा फाइदा होला । पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ । प्रतिष्ठा कमाउने काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ । सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान् । भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । स्वास्थ्य कमजोर रहनाले सोचेजति काम गर्न नसकिएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन् । स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला । यावसायिक काममा राम्रै फाइदा मिल्नेछ । लामो समयदेखि रोकिएको काम बन्नेछन् । बौद्धिक कार्यबाट धन लाभ हुनेछ । प्रयत्न गरेका काम ढिलै भए पनि पुरा हुनेछन ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– प्रशस्त धन आर्जन गर्ने मौका छ। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने मौका छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– नयाँ जिम्मेवारी पाइएला । पारिवारिक आवश्यकता पूर्ति होला । श्रमको उचित मूल्यांकन हुनेछ । शुभचिन्तकहरूको सुझावलाई वेवास्ता नगर्दा दुःख पाइनेछ । परिवारजनबाट टाढिनुपर्ला । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नुका साथै समस्या थपिन सक्छन् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– पठन पाठनमा त्यति समय दिन नसकिएला । अरूले आलोचना गर्न सक्छन् । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । प्रयत्न गर्दा पनि उपलब्धि हासिल गर्न गाह्रो पर्ला । सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :–काममा रोकावट र मान सम्मानमा आघात पुग्ने समय छ । रुपैँया पैसा कमाउने बेला छ । सोच्दै नसोचेको काम सम्पादन हुने समय छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । सोचेभन्दा बढी नै लाभ हुने समय छ । साझेदारी काममा विशेष लाभ मिल्नेछ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । यात्राको पनि योग छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला । विगतको कामबाट भने लाभ हुनेछ । सामाजिक क्षेत्रमा अग्रसर हुने दिन छ । वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । दाम्पत्य जीवन रमाइलो रहनेछ । आम्दानी प्रशस्तै बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– गरिएका कामको उचित प्रतिफल पाइनेछ । कृषि चौपायामा केही समस्या देखिएला । अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ । मौकाको फाइदा उठाउन नसकिएला । व्यावसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ ।

तपाईको दिन शुभ रहोस् ।

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार

मौसम विश्लेषण :- उल्लेखनीय मौसमी प्रणाली छैन ।

हालको मौसमको अवस्था :– हाल देशभर मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो :-देशभर सामान्यतय सफा रहेता पनि अपरान्ह पछि पहाडी भू-भागमा आंशिक बदली रहनेछ ।

आज राती :- देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कार्तिक २३ गते देखी २९ गतेसम्मको साप्ताहिक राशिफल हेर्नुहोस्

मेष राशि (चु, चे,चो, ला, लि, लु, ले, लो, अ) :- साताको प्रारम्भमा सामाजिक कार्यमा अग्रसरता जनााउने अवसार प्राप्त हुनेछ । पद प्रतिष्ठामा बृद्धिहुने योग रहेकोछ । मान्यजनहरुको साथ सहयोगमा जटिल कार्य हरु सम्पादित रहनेछन । पूराना मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहनेछ । परीवारका सदस्यहरुको स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । मोरञ्जनका साधन खरीदको उत्तम योग रहेकोछ । अध्यन अध्यापनमा समय राम्रो रहेकोछ । अरुको बिश्वासमा कार्यहरु नसुम्पिनु राम्रो रहनेछ । आय आर्जनका बिभिन्न श्रोतहरु फेला पर्नेछन । साताको उत्तरार्ध तर्फ परीवारका सदस्यहरु बाटँ टाढाँहुन सक्ने सम्भनबना रहेकोछ । अनावश्यक खर्चबढ्न सक्ने सम्भाबनां रहेकोछ । ब्यपार ब्यवसायमा समेत सामान्य सामान्य घाटाको सम्भाबना रहेकेनछ । दाम्पत्य सम्बन्धमा भने सुमधुरता छाउनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- अधिक आत्मबिश्वासका कारण मनमा घमण्ड उत्पन्न हुन सक्ने सम्भाबना रहेकोछ । यात्रामा भने सामान्य झमेला रहनेछ । मित्रजनहरुको साथसहयोग मनग्य प्राप्त रहनाले मन प्रशन्न रहनेछ । अधुरा कार्यहरु सम्पादन गर्नका निम्ती उत्तम समय रहेकोछ । मंगल बार पश्चात भने भौतिक साधनको प्रयोगमा बिषेश साबधानि अपनाउनु पर्नेछ । पारीवारका सदस्यहरुमा कसैको स्वास्थमा तनाब देखा पर्नेछ । भुमि तथा वाहन शुख प्राप्त रहने योग रहेकोछ । कार्य सम्पादनको श्रेय भने गैरब्यतिहरुले सहजता पूर्णरुपमा प्राप्त गर्नेछन । सवारी साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु होला । साताको अन्त्यमा अध्यन अध्यापनका श्रेत्रमा समय ब्यतित रहनेछ । आर्थिक क्षेत्र दरीलो बनाउने खालका कार्यको प्रारम्भ समेत हुने समय रहेकोछ । यो साता मध्यम रहनेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- साताको प्रारम्भमा दिर्घकालिन आम्दानिका निम्ती सामान्य लगानि गर्नु पर्ने समय रहेकोछ । बाणीमा मधुरता छाउनाले रुष्टब्यतिहरु लाई समेत नजिक ल्याउन सफल रहिनेछ । भोजभतेर जन्यकार्यमा सहभागीताको योग बन्नेछ । पुराना लगानि उठाउन समयले बिशेष साथ दिएकोछ । साथिभाईहरुको साथसहयोगमा जटिलकार्यहरु सम्पादित रहनेछन । मान्यजनहरुको मार्गदर्शनमा सभासम्मेलनमा सरीक रहने अवसर प्राप्त रहनेछ । भौतिक साधनको प्रयोगमा अधिक समय ब्यतित रहनेछ । आर्थिक क्षेत्र सबल तुल्याउन सामान्य परीश्रम खर्चनु पर्ने समय रहेकोछ । साजेदारीका साथमा नयाँकार्यको थालनि आम्दानिका दिर्घकालिन श्रोत बन्ने योग रहेकोछ । अध्यन अध्यापनका क्षेत्रमा समय मध्यम रहनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहनेछ । मान्यजनहरुको साथ सहयोगमा ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । दाम्पत्य सम्बन्धमा भने सामान्य तनाब उत्पन्न हुन सक्नेछ । स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ । सभासम्मेलन सम्लग्न रहने समय रहेकोछ । बाणी तथा कला र्कौशलका क्षेत्रबाट आफन्तजनहरु लाई मोहित तुल्याउन सकिनेछ । खानपानका क्षेत्रमा बिशेष साबधानि अपनाउनु पर्नेछ । मित्रजनहरु सगँको सम्बन्धमा भन्ने सामान्य तिक्तता उत्पन्नहुन सक्नेछ । बल तथा प्रराक्रमका क्षेत्रमा कमि भएको महसुस हुनेछ । यात्रामा बिशेष साबधानि अपनाउनु पर्नेछ । योसाता नयाँ लगनीका साथमा गरीएका कार्यमा बिशेष लाभप्राप्त रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- साताको प्रारम्भमा सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । नजिकका मित्रजनहरुले धोका दिनाले साजेदारीकार्यमा सामान्य तनाबको सामना गर्नु पर्नेछ । पारीवारका सदस्यहरुबाट टाढा भएको महसुस रहनेछ । भोगबिलाशिताको सरसामान खरिदमा सामान्य खर्चको सम्भाबना रहेकोछ । मगंलबार प्रश्चातभने मान्यजनहरुको सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । नयाँ ब्यापार ब्यवसायमा लगानी लगाउन समयले साथदिनेछ । अध्यन अध्यापनमा रुचि जाग्नेछ । पारीवारिक सम्बन्धमा रहेको समस्या सामान्य सुधारउन्मुख रहनेछ । साताको अन्त्यतिर स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । आफन्तजनहरु सित सामान्य वादविवादको सम्भाबना रहेकोले बिशेष साबधानि रहनुहोला । यो साता आर्थिक कारोबारमा साबधानि अपनाउनुनै उत्तम रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- साताको प्रारम्भ उत्तम रहनेछ । कला कौशलका क्षेत्रबाट आम्दानि प्राप्त रहनेछ । कार्य क्षेत्रमा मानसम्मान प्राप्तीको योग रहनेछ । अध्यन अध्यापनका निम्ती समय मध्यम रहनेछ । नयाँ कार्यहरु पनि प्रारम्भहुनेछन । पुराना मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । मगंलबार पश्चात भने अनावश्यक खर्चका कारण मनमा सामान्य चिन्ताले सताउनेछ । परीवारका सदस्यहरु सगँ सामान्य मनमुटाब रहन सक्ने सम्भाबना रहेकोछ । तपाइको कार्यमा त्रुटिखोज्नेहरु बाटँभने बच्नुपर्ने समय रहेकोछ । साताको अन्त्यतिर अधुराकार्यहरु पून सुचारु गर्न समयले साथ दिनेछ । साजेदारी कार्यमा हात नहाल्नुनै बेश रहनेछ । ब्यपार ब्यवसायमा जिवन साथीको अग्रसरता उत्तम रहनेछ । यो साताको प्रारम्भ तथा अन्त्यमा आर्थिक कारोबार गरे पनि साताको मध्यमा भने सजग रहनु होला।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- गरीरहेको कार्यमा अधिक समय खर्चनु पर्नेछ । सामाजिक कार्यका क्षेत्रमा सामान्य अपजसको सामना गर्नुपर्ने हुदा बिशेष साबधानि अपनाउनु होला । सामान्य अप्रिय खबरले मन बिचल्लीत गराउन सक्नेछ । भौतिक साधनको अधिक उपयोग समेत कष्टकर रहन सक्नेछ । आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नेछन । मित्रजनहरुको साथ सहयोगमा दिर्घकालिन आम्दानिका मार्ग तयार गर्ने अवसार प्राप्त रहनेछ । बौधिक ब्यतित्वहरु सगँको भेटघाटले मन रोमाञ्चीत तुल्याउनेछ । पठन पाठनमा समय उत्तम रहनेछ । साताको अन्त्य तिर भने तात्कालिन आर्थिक अभाबको सामना गर्नु पर्ने सम्भाबना रहनेछ । प्रतिपक्षीहरु सबल रहनाले प्रतिस्पर्दाजन्य कार्यमा बिशेष साबधानि अपनाउनु पर्नेछ । यो साता नयाँ कार्यका क्षेत्रमा लगानि गर्न बिशेष सोच बिचार पूर्याउनु होला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- साताको प्रारम्भमा सामाजीक कार्यमा जुट्ने उत्तमसमय रहकोछ । रोकिएर रहेका कार्यहरु सम्पादन गर्न बिषेश समय रहेकोछ । मान्यजनहरुको साथ सहयोग प्राप्त रहनेछ ।स्थीर क्षेत्रमा लगाइएको लगानिको दिर्घ कालिन फाईदा प्राप्त रहनेछ । महत्वपूर्ण जिम्बेवारी हात लाग्ने समय रहेकोछ । सभासम्मेलन जन्यकार्यमा सहभागीताको योग रहेकोछ । मान्यजनहरुको साथ सहयोगमा नयाँ कार्यको थालनिको निम्ती उत्तम समय रहनेछ । कार्य क्षेत्रमा लगाईएको लगनसीलताको राम्रो कदर हुनेछ । अध्यन अध्यापनका क्षेत्रमा खर्चिएको समय मध्यम रहनेछ । आम्दानिका बिभिन्न श्रोतहरु फेला परेतापनि कार्य क्षेत्रमा एक्लोपनको अनुभब रहनेछ । साताको अन्त्यमा अनावश्यक खर्चको सम्भाबना रहनेछ । परीबारका सदस्यहरुबाट टाढाँ भएको महसुस रहनेछ । बिश्वासिला ब्यत्तिहरुबाटँ धोका हुन सक्ने सम्भाबना रहेकोले साबधानि रहनु होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- साताको प्रारम्भमा स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । गरीरहेको कार्यमा समेत सामान्य झमेला उत्पन्न हुनेछ । आफन्तजनहरु सगँ बादबिवादको सम्भाबना रहेकोछ । मित्रजनहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । सम्पादित कार्यको उत्तम श्रेय प्राप्तहुनाले मन प्रशन्न रहनेछ । मान्यजनहरु सगँको भेटघाटले उत्साहा दिलाउनेछ । यात्रामा बिशेष साबधानि अपनाउनु पर्नेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । कार्य सम्पादनका निम्ती बिभिन्न कठिनाईको सामना गर्नु पर्ने समय रहेकोछ । सबारी साधनको प्रयोगमा साबधानि अपनाउनु उत्तम रहनेछ । मानसम्मानमा समेत आचँ आउन सक्नेछ । सामान्य अप्रिय खवरको श्रवण मनमा चिन्ता उत्पन्न हुन सक्नेछ । साताको अन्त्यमा आम्दानिका श्रोतहरु प्रशस्त फेला परेता पनि कार्य सम्पादनमा भने बिलम्ब हुन सक्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- भौतिक साधनको प्रयोगमा समय ब्यतित रहेनछ । पारीवारिक सम्बन्धमा सामान्य समस्या देखा पर्ने सम्भाबना रहेकोछ । शारीरिक आलस्यताका कारण गरीरहेको कार्यमा सामान्य ढिलाईको योग रहेकोछ । सामान्य अप्रिय खबरले मनलाई चन्चल तुल्याउन सक्नेछ । आत्मसम्मानमा ठेस पुग्नसक्ने सम्भाबना रहेकोछ । बिद्यार्थी वर्गका निम्ती समय सामान्य कठिन रहनेछ । बौधिक ब्यत्तित्वहरुका सामु आफु कमजोर भएको महसुस रहनेछ । नयाँकार्यमा साजेदारी नगर्नुनै उत्तम रहनेछ । गरीरहेको कार्यमा क्षणिक परीर्वतन तथा ढिलाईको सामना गर्नुपर्नेछ । बिहिबार पश्चात भने अधुराकार्यहरु स्वतः सम्पादित रहनेछन । परीवारका सदस्यहरु बाट टाढा रहेको अनुभब हुन सक्नेछ । योसाता कार्य क्षेत्रमा सामान्य तनब रहेता पनि आम्दानिमा भने असर रहने छैन ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- सामान्य अप्रिय खबरले मन बिचल्लीत गराउन सक्नेछ । भौतिक साधनको अधिक उपयोग समेत कष्टकर रहन सक्नेछ । मनोबिलासिताका साधनको खरीदमा सामान्य खर्चको सम्भबना रहेकोछ । नयाँ लगानिका साथमा थालिएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । शारीरिक आलस्यताले कार्यक्षेत्रमा सामान्य ढिलाईको सामना गर्नुपर्ला । बिश्वासिला ब्यत्तिहरुबाट धोकाहुन सक्नेछ । संचित रकम खर्चको सम्भाबना रहेकोले बिषेश साबधानि अपनाउनु उत्तम रहनेछ । बौधिक ब्यत्तित्वहरुका सामु आफु कमजोर भएको महसुस रहनेछ । नयाँकार्यमा साजेदारी नगर्नुनै उत्तम रहनेछ । स्वास्थका क्षेत्रमा समेत सामान्य समस्या देखा पर्नेछ । खानपानमा साबधानि अपनाउनु होला । सम्पासदत कार्यको श्रेय गैर ब्यत्तिहरुले प्राप्त गर्नाने मनमा खिन्नता उत्पन्नहुन सक्नेछ ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- यो साता गरीरहेको कार्य परीर्वतनको सम्भाबना रहनेछ । अध्यन अध्यापनमा समय ब्यतित रहनेछ । आफुभन्दा सानाको सहयोगमा नयाँ कार्य थालनिको योग बन्नेछ । कला कौशलको प्रयोगले हरकसैलाईृ मोहित तुल्याउन सकिनेछ । सामाजिक कार्यका क्षेत्रमा जुट्दा सामान्य मान सम्मान समेत प्राप्त रहनेछ । आर्थिक क्षेत्र सबल तुल्याउन सामान्य परीश्रम खर्चनु पर्ने समय रहेकोछ । देशबिदेशको यात्राका निम्ती समय मध्यम रहनेछ । बिहिबार पश्चात भने ब्यापार ब्यवसायमा नयाँ लगानी गर्नु उत्तम रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । अधुरा कार्यहरु सम्पादन गर्न समय राम्रो रहेकोछ । प्रेम सम्बन्धमा प्रगाढता छाउनेछ । योसाता तपाईको कार्य प्रगतिको चर्चा चल्नेछ साथै अधुरा लगानि उठाउने दिन समेत रहेकोछ ।

प्रतिक्रिया