कोरोना सं क्रमण त्रासका कारण थला परेको पर्यटन क्षेत्रमा पछिल्ला दिनमा केही सकारात्मक गतिविधि देखिन थालेका छन् । राष्ट्रिय आम्दानीको मुख्य स्रोतमध्ये एक मानिने यो क्षेत्रलाई चलायमान बनाउन सकिएमा धेरै तर्फबाट फाइदा लिन सकिन्छ । सु रक्षा संवेदनशीलतालाई ख्याल राखेर सुरक्षित तवरबाट विस्तारै पहिलेकै अवस्थामा फर्काउनेतर्फ सरकारको ध्यानाकर्षण हुनुपर्छ । कोरोना म हामारीका बीचमा पनि नेपालको पर्यटन क्षेत्र सुरक्षित छ भन्ने सन्देश विश्वसामु दिन सक्नुपर्छ ।
सरकारले गत चैत ११ गतेदेखि रोकेको हिमाल आरोहण तथा पदयात्रा अनुमति कात्तिक १ गतेदेखि खुला गरि सकेको छ । अब केवल स्वा स्थ्य मा पदण्डलाई कसरी कडाइका साथ पालना गराउने भन्ने विषय मात्रै बाँकी छ । पदयात्रा र पर्वतारोहण खुला भएसँगै हालै बहराइनका राजकुमारसहितको टोली सफलतापूर्वक नेपालका हिमाल आरोहण गरी फर्किसकेको घटनाले पनि पर्यटन क्षेत्रमा थप उत्साह जागेको छ । स्वास्थ्य मापदण्ड पालना गरेर पर्यटनका अन्य क्षेत्र पनि खुला गराउन सकिने सन्देश यसले दिएको छ । तर पर्यटन क्षेत्र सुरक्षित गन्तव्य रहेछ भन्ने सन्देश विश्वसामु दिने चु नौतीको सामना गर्न सानोतिनो प्रयासले मात्रै सम्भव छैन भन्ने यथार्थ पनि यतिखेर सरकारले बिर्सनु हुन्न ।
पर्यटन क्षेत्रलाई सुचारु गराउन सरकारले विभिन्न प्रयास गरिरहेको छ । पर्यटनलाई सुचारु गराउन सकिएमा व्यवसाय मात्रै चलायमान बन्दैन, यो क्षेत्रमा आश्रित मजदुर तथा व्यवसायीको दैनिक जीवन निर्वाहमा समेत सहज हुनेछ । सिन्धुली जिल्लामा हिउदको मौसम सुरुसँगै सिन्धुलीगढी, पञ्चकन्या पोखरी, कुशेश्वर महादेव मन्दिर, माईस्थान मन्दिर लगायतका ऐतिहासिक स्थलहरु तथा धार्मिकस्थलहरुमा आन्तरिक पर्यटक आउने क्रम सुरु भएको छ । हरेक स्थानीय तहले आफ्नो क्षेत्रभित्र रहेका यस्ता हिमालको प्रचारप्रसार गर्न सक्नुपर्छ । पर्यटक आकर्षित गर्न स्थानीय स्तरमै प्याकेज ल्याउनुपर्छ ।