शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

आज कार्तिक २४ गते सोमबारको राशिफल र मौसम

सोमवार , कार्तिक २४, २०७७

बि.सं.२०७७ साल कार्तिक २४ गते सोमबार ई. सं. २०२० नोभेम्वर ९ नेपाल सम्बत ११४० कौलागा अष्टमी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण नवमी , चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, ब्रम्हा योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०६ः२१ बजे, सूर्यास्त साँझ ५ः१५ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज विश्व स्वतन्त्रता दिवश परेको छ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजरे २१ मिनेट देखि ७ बजेर ४२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– विगतका निर्णयले काम बि ग्रन सक्छ । मान्यजनको सुझाव प्रति पनि विश्वास नलाग्ला । होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । अतिथिको सम्मान गर्ने अवसर पाइएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– काममा परिवारजनको सहयोग जुटाउन सक्दा फाइदा होला । पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ । प्रतिष्ठा कमाउने काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :–  बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ । सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान् । भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । स्वास्थ्य कमजोर रहनाले सोचेजति काम गर्न नसकिएला । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :–  शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन् । स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला । यावसायिक काममा राम्रै फाइदा मिल्नेछ । लामो समयदेखि रोकिएको काम बन्नेछन् । बौद्धिक कार्यबाट धन लाभ हुनेछ । प्रयत्न गरेका काम ढिलै भए पनि पुरा हुनेछन । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– प्रशस्त धन आर्जन गर्ने मौका छ। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– नयाँ जिम्मेवारी पाइएला । पारिवारिक आवश्यकता पूर्ति होला । श्रमको उचित मूल्यांकन हुनेछ । शुभचिन्तकहरूको सुझावलाई वेवास्ता नगर्दा दुःख पाइनेछ । परिवारजनबाट टाढिनुपर्ला । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नुका साथै समस्या थपिन सक्छन् । बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– पठन पाठनमा त्यति समय दिन नसकिएला । अरूले आलोचना गर्न सक्छन् । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । प्रयत्न गर्दा पनि उपलब्धि हासिल गर्न गाह्रो पर्ला । सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– काममा रोकावट र मान सम्मानमा आघात पुग्ने समय छ । रुपैँया पैसा कमाउने बेला छ । सोच्दै नसोचेको काम सम्पादन हुने समय छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :–  उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । सोचेभन्दा बढी नै लाभ हुने समय छ । साझेदारी काममा विशेष लाभ मिल्नेछ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । यात्राको पनि योग छ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :–  तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला । विगतको कामबाट भने लाभ हुनेछ । सामाजिक क्षेत्रमा अग्रसर हुने दिन छ । वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । दाम्पत्य जीवन रमाइलो रहनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :–  गरिएका कामको उचित प्रतिफल पाइनेछ । कृषि चौपायामा केही समस्या देखिएला । अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ । मौकाको फाइदा उठाउन नसकिएला । व्यावसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तपाईको दिन शुभ रहोस् ।

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार

मौसम विश्लेषण :- उल्लेखनीय मौसमी प्रणाली छैन । हालको मौसमको अवस्था :– हाल देशभर मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो :-देशभर सामान्यतय सफा रहेता पनि अपरान्ह पछि पहाडी भू-भागमा आंशिक बदली रहनेछ । आज राती :- देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कार्तिक २३ गते देखी २९ गतेसम्मको साप्ताहिक राशिफल हेर्नुहोस्

मेष राशि (चु, चे,चो, ला, लि, लु, ले, लो, अ) :- साताको प्रारम्भमा सामाजिक कार्यमा अग्रसरता जनााउने अवसार प्राप्त हुनेछ । पद प्रतिष्ठामा बृद्धिहुने योग रहेकोछ । मान्यजनहरुको साथ सहयोगमा जटिल कार्य हरु सम्पादित रहनेछन । पूराना मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहनेछ । परीवारका सदस्यहरुको स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । मोरञ्जनका साधन खरीदको उत्तम योग रहेकोछ । अध्यन अध्यापनमा समय राम्रो रहेकोछ । अरुको बिश्वासमा कार्यहरु नसुम्पिनु राम्रो रहनेछ । आय आर्जनका बिभिन्न श्रोतहरु फेला पर्नेछन । साताको उत्तरार्ध तर्फ परीवारका सदस्यहरु बाटँ टाढाँहुन सक्ने सम्भनबना रहेकोछ । अनावश्यक खर्चबढ्न सक्ने सम्भाबनां रहेकोछ । ब्यपार ब्यवसायमा समेत सामान्य सामान्य घाटाको सम्भाबना रहेकेनछ । दाम्पत्य सम्बन्धमा भने सुमधुरता छाउनेछ । बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- अधिक आत्मबिश्वासका कारण मनमा घमण्ड उत्पन्न हुन सक्ने सम्भाबना रहेकोछ । यात्रामा भने सामान्य झमेला रहनेछ । मित्रजनहरुको साथसहयोग मनग्य प्राप्त रहनाले मन प्रशन्न रहनेछ । अधुरा कार्यहरु सम्पादन गर्नका निम्ती उत्तम समय रहेकोछ । मंगल बार पश्चात भने भौतिक साधनको प्रयोगमा बिषेश साबधानि अपनाउनु पर्नेछ । पारीवारका सदस्यहरुमा कसैको स्वास्थमा तनाब देखा पर्नेछ । भुमि तथा वाहन शुख प्राप्त रहने योग रहेकोछ । कार्य सम्पादनको श्रेय भने गैरब्यतिहरुले सहजता पूर्णरुपमा प्राप्त गर्नेछन । सवारी साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु होला । साताको अन्त्यमा अध्यन अध्यापनका श्रेत्रमा समय ब्यतित रहनेछ । आर्थिक क्षेत्र दरीलो बनाउने खालका कार्यको प्रारम्भ समेत हुने समय रहेकोछ । यो साता मध्यम रहनेछ । मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- साताको प्रारम्भमा दिर्घकालिन आम्दानिका निम्ती सामान्य लगानि गर्नु पर्ने समय रहेकोछ । बाणीमा मधुरता छाउनाले रुष्टब्यतिहरु लाई समेत नजिक ल्याउन सफल रहिनेछ । भोजभतेर जन्यकार्यमा सहभागीताको योग बन्नेछ । पुराना लगानि उठाउन समयले बिशेष साथ दिएकोछ । साथिभाईहरुको साथसहयोगमा जटिलकार्यहरु सम्पादित रहनेछन । मान्यजनहरुको मार्गदर्शनमा सभासम्मेलनमा सरीक रहने अवसर प्राप्त रहनेछ । भौतिक साधनको प्रयोगमा अधिक समय ब्यतित रहनेछ । आर्थिक क्षेत्र सबल तुल्याउन सामान्य परीश्रम खर्चनु पर्ने समय रहेकोछ । साजेदारीका साथमा नयाँकार्यको थालनि आम्दानिका दिर्घकालिन श्रोत बन्ने योग रहेकोछ । अध्यन अध्यापनका क्षेत्रमा समय मध्यम रहनेछ । कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहनेछ । मान्यजनहरुको साथ सहयोगमा ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । दाम्पत्य सम्बन्धमा भने सामान्य तनाब उत्पन्न हुन सक्नेछ । स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ । सभासम्मेलन सम्लग्न रहने समय रहेकोछ । बाणी तथा कला र्कौशलका क्षेत्रबाट आफन्तजनहरु लाई मोहित तुल्याउन सकिनेछ । खानपानका क्षेत्रमा बिशेष साबधानि अपनाउनु पर्नेछ । मित्रजनहरु सगँको सम्बन्धमा भन्ने सामान्य तिक्तता उत्पन्नहुन सक्नेछ । बल तथा प्रराक्रमका क्षेत्रमा कमि भएको महसुस हुनेछ । यात्रामा बिशेष साबधानि अपनाउनु पर्नेछ । योसाता नयाँ लगनीका साथमा गरीएका कार्यमा बिशेष लाभप्राप्त रहनेछ । सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- साताको प्रारम्भमा सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । नजिकका मित्रजनहरुले धोका दिनाले साजेदारीकार्यमा सामान्य तनाबको सामना गर्नु पर्नेछ । पारीवारका सदस्यहरुबाट टाढा भएको महसुस रहनेछ । भोगबिलाशिताको सरसामान खरिदमा सामान्य खर्चको सम्भाबना रहेकोछ । मगंलबार प्रश्चातभने मान्यजनहरुको सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । नयाँ ब्यापार ब्यवसायमा लगानी लगाउन समयले साथदिनेछ । अध्यन अध्यापनमा रुचि जाग्नेछ । पारीवारिक सम्बन्धमा रहेको समस्या सामान्य सुधारउन्मुख रहनेछ । साताको अन्त्यतिर स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । आफन्तजनहरु सित सामान्य वादविवादको सम्भाबना रहेकोले बिशेष साबधानि रहनुहोला । यो साता आर्थिक कारोबारमा साबधानि अपनाउनुनै उत्तम रहनेछ । कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- साताको प्रारम्भ उत्तम रहनेछ । कला कौशलका क्षेत्रबाट आम्दानि प्राप्त रहनेछ । कार्य क्षेत्रमा मानसम्मान प्राप्तीको योग रहनेछ । अध्यन अध्यापनका निम्ती समय मध्यम रहनेछ । नयाँ कार्यहरु पनि प्रारम्भहुनेछन । पुराना मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । मगंलबार पश्चात भने अनावश्यक खर्चका कारण मनमा सामान्य चिन्ताले सताउनेछ । परीवारका सदस्यहरु सगँ सामान्य मनमुटाब रहन सक्ने सम्भाबना रहेकोछ । तपाइको कार्यमा त्रुटिखोज्नेहरु बाटँभने बच्नुपर्ने समय रहेकोछ । साताको अन्त्यतिर अधुराकार्यहरु पून सुचारु गर्न समयले साथ दिनेछ । साजेदारी कार्यमा हात नहाल्नुनै बेश रहनेछ । ब्यपार ब्यवसायमा जिवन साथीको अग्रसरता उत्तम रहनेछ । यो साताको प्रारम्भ तथा अन्त्यमा आर्थिक कारोबार गरे पनि साताको मध्यमा भने सजग रहनु होला। तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- गरीरहेको कार्यमा अधिक समय खर्चनु पर्नेछ । सामाजिक कार्यका क्षेत्रमा सामान्य अपजसको सामना गर्नुपर्ने हुदा बिशेष साबधानि अपनाउनु होला । सामान्य अप्रिय खबरले मन बिचल्लीत गराउन सक्नेछ । भौतिक साधनको अधिक उपयोग समेत कष्टकर रहन सक्नेछ । आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नेछन । मित्रजनहरुको साथ सहयोगमा दिर्घकालिन आम्दानिका मार्ग तयार गर्ने अवसार प्राप्त रहनेछ । बौधिक ब्यतित्वहरु सगँको भेटघाटले मन रोमाञ्चीत तुल्याउनेछ । पठन पाठनमा समय उत्तम रहनेछ । साताको अन्त्य तिर भने तात्कालिन आर्थिक अभाबको सामना गर्नु पर्ने सम्भाबना रहनेछ । प्रतिपक्षीहरु सबल रहनाले प्रतिस्पर्दाजन्य कार्यमा बिशेष साबधानि अपनाउनु पर्नेछ । यो साता नयाँ कार्यका क्षेत्रमा लगानि गर्न बिशेष सोच बिचार पूर्याउनु होला । बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- साताको प्रारम्भमा सामाजीक कार्यमा जुट्ने उत्तमसमय रहकोछ । रोकिएर रहेका कार्यहरु सम्पादन गर्न बिषेश समय रहेकोछ । मान्यजनहरुको साथ सहयोग प्राप्त रहनेछ ।स्थीर क्षेत्रमा लगाइएको लगानिको दिर्घ कालिन फाईदा प्राप्त रहनेछ । महत्वपूर्ण जिम्बेवारी हात लाग्ने समय रहेकोछ । सभासम्मेलन जन्यकार्यमा सहभागीताको योग रहेकोछ । मान्यजनहरुको साथ सहयोगमा नयाँ कार्यको थालनिको निम्ती उत्तम समय रहनेछ । कार्य क्षेत्रमा लगाईएको लगनसीलताको राम्रो कदर हुनेछ । अध्यन अध्यापनका क्षेत्रमा खर्चिएको समय मध्यम रहनेछ । आम्दानिका बिभिन्न श्रोतहरु फेला परेतापनि कार्य क्षेत्रमा एक्लोपनको अनुभब रहनेछ । साताको अन्त्यमा अनावश्यक खर्चको सम्भाबना रहनेछ । परीबारका सदस्यहरुबाट टाढाँ भएको महसुस रहनेछ । बिश्वासिला ब्यत्तिहरुबाटँ धोका हुन सक्ने सम्भाबना रहेकोले साबधानि रहनु होला । धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- साताको प्रारम्भमा स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । गरीरहेको कार्यमा समेत सामान्य झमेला उत्पन्न हुनेछ । आफन्तजनहरु सगँ बादबिवादको सम्भाबना रहेकोछ । मित्रजनहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । सम्पादित कार्यको उत्तम श्रेय प्राप्तहुनाले मन प्रशन्न रहनेछ । मान्यजनहरु सगँको भेटघाटले उत्साहा दिलाउनेछ । यात्रामा बिशेष साबधानि अपनाउनु पर्नेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । कार्य सम्पादनका निम्ती बिभिन्न कठिनाईको सामना गर्नु पर्ने समय रहेकोछ । सबारी साधनको प्रयोगमा साबधानि अपनाउनु उत्तम रहनेछ । मानसम्मानमा समेत आचँ आउन सक्नेछ । सामान्य अप्रिय खवरको श्रवण मनमा चिन्ता उत्पन्न हुन सक्नेछ । साताको अन्त्यमा आम्दानिका श्रोतहरु प्रशस्त फेला परेता पनि कार्य सम्पादनमा भने बिलम्ब हुन सक्नेछ । मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- भौतिक साधनको प्रयोगमा समय ब्यतित रहेनछ । पारीवारिक सम्बन्धमा सामान्य समस्या देखा पर्ने सम्भाबना रहेकोछ । शारीरिक आलस्यताका कारण गरीरहेको कार्यमा सामान्य ढिलाईको योग रहेकोछ । सामान्य अप्रिय खबरले मनलाई चन्चल तुल्याउन सक्नेछ । आत्मसम्मानमा ठेस पुग्नसक्ने सम्भाबना रहेकोछ । बिद्यार्थी वर्गका निम्ती समय सामान्य कठिन रहनेछ । बौधिक ब्यत्तित्वहरुका सामु आफु कमजोर भएको महसुस रहनेछ । नयाँकार्यमा साजेदारी नगर्नुनै उत्तम रहनेछ । गरीरहेको कार्यमा क्षणिक परीर्वतन तथा ढिलाईको सामना गर्नुपर्नेछ । बिहिबार पश्चात भने अधुराकार्यहरु स्वतः सम्पादित रहनेछन । परीवारका सदस्यहरु बाट टाढा रहेको अनुभब हुन सक्नेछ । योसाता कार्य क्षेत्रमा सामान्य तनब रहेता पनि आम्दानिमा भने असर रहने छैन । कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- सामान्य अप्रिय खबरले मन बिचल्लीत गराउन सक्नेछ । भौतिक साधनको अधिक उपयोग समेत कष्टकर रहन सक्नेछ । मनोबिलासिताका साधनको खरीदमा सामान्य खर्चको सम्भबना रहेकोछ । नयाँ लगानिका साथमा थालिएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । शारीरिक आलस्यताले कार्यक्षेत्रमा सामान्य ढिलाईको सामना गर्नुपर्ला । बिश्वासिला ब्यत्तिहरुबाट धोकाहुन सक्नेछ । संचित रकम खर्चको सम्भाबना रहेकोले बिषेश साबधानि अपनाउनु उत्तम रहनेछ । बौधिक ब्यत्तित्वहरुका सामु आफु कमजोर भएको महसुस रहनेछ । नयाँकार्यमा साजेदारी नगर्नुनै उत्तम रहनेछ । स्वास्थका क्षेत्रमा समेत सामान्य समस्या देखा पर्नेछ । खानपानमा साबधानि अपनाउनु होला । सम्पासदत कार्यको श्रेय गैर ब्यत्तिहरुले प्राप्त गर्नाने मनमा खिन्नता उत्पन्नहुन सक्नेछ । मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- यो साता गरीरहेको कार्य परीर्वतनको सम्भाबना रहनेछ । अध्यन अध्यापनमा समय ब्यतित रहनेछ । आफुभन्दा सानाको सहयोगमा नयाँ कार्य थालनिको योग बन्नेछ । कला कौशलको प्रयोगले हरकसैलाईृ मोहित तुल्याउन सकिनेछ । सामाजिक कार्यका क्षेत्रमा जुट्दा सामान्य मान सम्मान समेत प्राप्त रहनेछ । आर्थिक क्षेत्र सबल तुल्याउन सामान्य परीश्रम खर्चनु पर्ने समय रहेकोछ । देशबिदेशको यात्राका निम्ती समय मध्यम रहनेछ । बिहिबार पश्चात भने ब्यापार ब्यवसायमा नयाँ लगानी गर्नु उत्तम रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । अधुरा कार्यहरु सम्पादन गर्न समय राम्रो रहेकोछ । प्रेम सम्बन्धमा प्रगाढता छाउनेछ । योसाता तपाईको कार्य प्रगतिको चर्चा चल्नेछ साथै अधुरा लगानि उठाउने दिन समेत रहेकोछ ।

प्रतिक्रिया