शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

बाइडेनको पक्षमा २१ हजार मृ त मानिसको नामबाट भोट !

शनिवार , कार्तिक २२, २०७७

काठमाडौँ,२२ कार्तिक– अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनको जित लगभग पक्का भइसकेको छ। मतगणना अन्तिम चरणमा पुगेसँगै उनले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई निकै मतान्तरले पछि पारिरहेका छन्।

बाइडेनले हालसम्म २६४ इलेक्टोरल भोट पाएका छन्। जितका लागि उनलाई अब थप ६ इलेक्टोरल भोटको आवश्यक छ। २७० इलेक्टोरल भोटको नजिक रहेका बाइडेनमाथि निर्वाचनमा धाँ धली गरेको आरोप लागेको छ।

यसअघि नै ट्रम्पले निर्वाचन स्वच्छरुपले नभएको भन्दै मतगणना रोक्न गरेको माग अदालतले खा रेज गरेको थियो। यसैबिच शुक्रबार पेन्सिलवेनियाको मतदाता सुचिमा २१ हजार मृत मानिसको नाम रहेको विषय निकै भा इरल भयो। उक्त भाइरल दा बीमा २१ हजार म रिसकेका व्यक्तिको नामबाट बाइडेनलाई मत हालिएको बताइएको थियो।

तर उक्त कुरा झु ट भएको अमेरिकी समाचार संस्था न्यूयोर्क टाइम्सले जानकारी दिएको छ। कसैले गलत अ फवाह फैलाएको र त्यही अ फवाह भाइरल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन्। एजेन्सी

३२ वर्षपछि पूरा हुँदै ‘मिडिल–क्लास जो’ को ह्वाइट हाउस सपना !

काठमाडौँ,क – डेमोक्रेटिक पार्टीका जो बाइडेन अमेरिकाको ४६औँ राष्ट्रपति निर्वाचित भएर ह्वाइट हाउसमा प्रवेश गर्ने तर्खरमा छन्। औपचारिक रुपमा परिणाम आइनसके पनि जित सुनिश्चित भएकाले बाइडेनले ह्वाइट हाउस प्रवेश गरेपछि आफुले गर्ने कामको तयारी थालेका छन्।

 

अमेरिकी राजनीतिमा गएको चार वर्षमा डोनाल्ड ट्रम्पले पारेको चिरा बाइडेनले कम गर्ने अपेक्षा गरिएको छ।

कडा प्रतिस्पर्धामा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउने क्रममा बाइडेनले केही कीर्तिमान समेत भंग गरेका छन्। ७८ वर्षीय बाइडेन राष्ट्रपति निर्वाचित हुने हालसम्मकै वयोवृद्ध नेता बनेका छन्। यसअघि यो कीर्तिमान सन् २०१६ मा ७० वर्षको उमेरमा राष्ट्रपति बनेका ट्रम्पको नाममा थियो। त्यस्तै, तेस्रो प्रयासमा राष्ट्रपति पद सुनिश्चित गरेका बाइडेनले हालसम्मकै सर्वाधिक मत प्राप्त गरेका छन्। यसअघि १९८८ र २००८ मा पनि उनले राष्ट्रपतिमा दाबेदारी प्रस्तुत गरेका थिए। तर, दुवै पटक उनी असफल भएका थिए।

 

झण्डै ५० वर्ष लामो समय राजनीतिमा बिताएका बाइडेनले आफ्नो जीवनमा ठुल्ठूला पारिवारिक दुखान्त र राजनीतिक आरोहअवरोह झेलेका छन्। उनी २० नोभेम्बर १९४२ मा पेन्सलभेनिया राज्यको स्क्र्यान्टनमा जन्मेका थिए। उनका बुबा कार सेल्सम्यान थिए। तर, १९५० को दशकमा रोजगारी गुमाएपछि उनका बुबा आफ्नो परिवार लिएर छिमेकी राज्य डेलावेयर बसाइँ सरे। बाइडेन त्यसबेला १० वर्षका थिए। बालककालमा भक्भकाउने समस्याका कारण आफूलाई ‘ड्यास’ उपनामले बोलाउने गरिएको तीतो स्मृति बाइडेनसँग छ।

बाइडेनले सन् १९६५ मा युनिभर्सिटी अफ डेलावेयरबाट स्नातक उत्तीर्ण गरेका थिए। त्यसपछि न्युयोर्कको सिराक्युज युनिभर्सिटीबाट कानुनको डिग्री लिए। आफू मध्यमवर्गबाट आएको र आइभी लिगको उत्पादन नभएकोमा बाइडेन गर्व गर्ने गर्छन्। १९६६ मा निलिया हन्टरसँग उनको विवाह भयो। यो दम्पतीबाट तीन सन्तान जन्मिए।

 

अध्ययनपछि वकिलका रुपमा काम गर्न डेलावेयर फर्केका बाइडेन राजनीतिमा लागे। न्यु क्यासल काउन्टी परिषदमा १९७० देखि १९७२ सम्म उनले काम गरे। १९७२ मा २९ वर्षको उमेरमा उनी अमेरिकी सिनेटर चुनिए। त्यसको एक महिना नबित्दै उनकी पत्नी र एक वर्षीया छोरी कार दुर्घटनामा मारिए। उनका दुवै छोरा गम्भीर घाइते भए।

त्यसबेला बाइडेन वासिङ्टनमा सिनेटरको नयाँ अफिस सजाउँदै थिए। अचानक फोनमा उनले निलियाको दुर्घटनाको खबर सुने। दुर्घटनापछि उनले सिनेट पद त्याग्ने सोच बनाए। जबकि उनले शपथ समेत लिएका थिएनन्।

‘कसरी कुनै व्यक्ति जानाजान आ’त्म’ह’त्या गर्ने निर्णय लिन्छ, जीवनमा पहिलो पटक मैले थाहा पाएँ,’ बाइडेनले पछि भनेका छन्।

‘मैले व्यक्तिगत रुपमा चिनेकामध्ये बाइडेन सबैभन्दा दुर्भाग्यशाली र सबैभन्दा भाग्यमानी व्यक्ति हुन्,’ बाइडेनका मित्र टेड कौफम्यानले भनेका छन्।

यो वियोगका कारण बाइडेनले राजनीतिक जीवन नै त्याग्ने सोच बनाएका थिए। तर, ६ महिनाका लागि मात्र प्रयास गर्ने भनेर निकटस्थहरुले सम्झाएपछि उनले पत्नीवियोगको दुई सातापछि शपथ लिए। त्यसपछि लगातार ६ कार्यकाल उनी डेलावेयरको सिनेटर चुनिए।

दु र्घटनामा घाइते भएका दुई छोरालाई उनले हुर्काए। जसमध्ये बौ बाइडेन राजनीतिमा लागेर डेलावेयरको न्यायाधिवक्ता बने। तर, सन् २०१५ मा ४६ वर्षको उमेरमा ब्रेन क्यान्सरका कारण उनको मृत्यु भयो।

बाइडेनका अर्का छोरा हन्टर अल्कोहल र लागूऔषध दुर्व्यसनका कारण २०१४ मा अमेरिकी नौसेनाबाट बर्खास्त भए। लगत्तै उनी आफ्ना पिता उपराष्ट्रपति भएकै बेला युक्रेनको एक तेल कम्पनीको बोर्ड सदस्य बनेका थिए। त्यसबेला उनले भ्रष्टाचार गरेको आरोप ट्रम्पले चुनावी अभियानका क्रममा लगाएका थिए।

सन् १९७५ मा बाइडेनको भेट जिल ज्याकोब्ससँग भयो। उनी आफ्ना पहिलेका पतिसँग सम्बन्धविच्छेदको प्रक्रियामा थिइन्। १९७७ मा बाइडेनले आफूभन्दा ८ वर्ष कान्छी जिलसँग विवाह गरे। १९८१ मा उनीहरुको एक छोरी जन्मिइन्।

सिनेटरका रुपमा बाइडेनले मुख्यगरी विदेश नीति, न्याय र लागूऔषधसम्बन्धी नीतिमा बढी ध्यान दिए। सिनेटको फरेन रिलेसन्स कमिटीमा उनी दुई कार्यकाल प्रमुख रहे। सिनेटरका रुपमा ३० वर्ष कार्यरत रहँदा बाइडेनले विपक्षीसँग पनि गठबन्धन कायम गर्नसक्ने नेताको छवि बनाए। जसका कारण उनी आलोचनाको सिकार समेत बने। १९७० को दशकमा उनले रंगभेदीहरुसँग पनि सहकार्य गरेको तथा १९९० को दशकमा अश्वेतहरुमाथि ज्यादती गर्न सघाउ पुर्‍याउने कानुन बनाएको विषयमा पार्टीभित्रै उनको आलोचना हुने गरेको छ। उनले हालै त्यसमा आफ्नो गल्ती पनि स्वीकार गरेका छन्। सन् २००३ मा इराक आक्रमणको पक्षमा उनले मत दिएका थिए।

सन् १९८८ को राष्ट्रपतीय निर्वाचनमा बाइडेनले डेमोक्रेटिक पार्टीको उम्मेदवार बन्ने प्रयास गरेका थिए। तर, उनको भाषणको केही अंश बेलायतको लेबर पार्टीका नेता निल किन्नकको भाषणबाट चोरिएको सार्वजनिक भएपछि उनले सो अभियान त्यागे।

सन् २००८ मा पनि राष्ट्रपति बन्ने उनको प्रयास सफल भएन। सो वर्षको जनवरीमा भएको आयोवा ककसमा पाँचौँ स्थान मात्र हात पारेपछि उनी पछि हटे। तर, उम्मेदवार बनेपछि ओबामाले बाइडेनलाई उपराष्ट्रपति बनाउने घोषणा गरे। त्यसपछि लगातार ८ वर्ष उनी अमेरिकाको उपराष्ट्रपति रहे।

बाइडेनलाई ‘मिडिल–क्लास जो’ उपनामले बोलाउने गरिएपनि वास्तवमा उनी करोडपति हुन्। खासगरी उपराष्ट्रपतिको कार्यकाल सकिएपछि उनको सम्पत्ति बढेको छ। महंगो पुस्तक सम्झौता र प्रचार यात्रामार्फत उनले त्यसयता डेढ करोड डलरभन्दा बढी कमाएको बताइएको छ। डेलावेयरमा रहेको उनका दुई वटा घरको मूल्य ४० लाख डलर रहेको फोर्ब्सले जनाएको छ। उनले प्रतिभाषण ४० हजार डलरदेखि १ लाख ९० हजार डलरसम्म लिएका छन्।

ट्रम्पको छाप कसरी मेटाउलान?

ट्रम्पको नेतृत्वमा अनिश्चयमा फसेको अमेरिकामा बाइडेनले आफूलाई भरपर्दो र अनुभवी नेताका रुपमा उभ्याएका छन्। तर, मध्यपन्थी नेताको छवि बनाएका बाइडेनका लागि आगामी दिन निकै चुनौतीपूर्ण छन्।

कोरोना भाइरस रोकथामका लागि ट्रम्पले अपनाएको नीतिको उनले आलोचना गरेका छन्। बाइडेनले कोरोना परीक्षण र खोप सहज र निशुल्क उपलब्ध गराउने बताएका छन्। त्यसैले जनवरीमा सत्ता सम्हालेपछि उनका लागि पहिलो चुनौती भनेको कोरोना भाइरस नियन्त्रण र त्यसले गरेको आर्थिक क्षति न्यूनीकरण नै हो। स्वास्थ्य सेवालाई सहज र सस्तो बनाउने बताइरहँदा उनी बर्नी स्यान्डर्सले अघि सारेको ‘मेडिकेयर फर अल’ को विपक्षमा उभिएका छन्।

घरेलु राजनीतिमा ट्रम्पको छापलाई मेटाउनु बाइडेनका लागि अर्को प्रमुख चुनौती हुनेछ। ट्रम्पले सन् २०१६ को भन्दा बढी मत प्राप्त गरेका छन्। ल्याटिनो र अफ्रिकन अमेरिकनहरुमा उनको प्रभाव झनै बढेको छ। झण्डै आधा जनसंख्याले उनको उग्र नीतिलाई समर्थन गरेको छ। सिनेट पनि रिपब्लिकनहरुको नियन्त्रणमा हुँदा बाइडेनले आमूल सुधारका कार्यक्रम अघि बढाउन सक्ने छैनन्।

राष्ट्रपति ट्रम्पले अमेरिका फर्स्टको नीति अघि सारेर गएको चार वर्षमा सहयोगी मुलुकहरुसँगको सम्बन्धमा पनि जटिलता ल्याएका छन्। ट्रम्पले अनेकौँ महत्वपूर्ण सन्धिसम्झौता भंग गर्ने, अन्तर्राष्ट्रिय सहकार्यबाट बाहिरिनेजस्ता काम गरेर अमेरिकी छविमा ठूलो धक्का लगाएका छन्। विश्वमा अमेरिकाको नेतृत्वदायी भूमिकालाई पुनस्र्थापित गर्ने बताएका बाइडेनले विदेशनीतिलाई कसरी सही मार्गमा ल्याउँछन्, धेरैका लागि चासोको विषय बनेको छ।

हालै पेरिस जलवायु सम्झौताबाट औपचारिक रुपमा अमेरिका बाहिरिएको छ। लगत्तै बाइडेनले आफ्नो कार्यकालको पहिलो दिन सो सम्झौतालाई पुनः अनुमोदन गर्ने घोषणा गरेका छन्। त्यस्तै इरानसम्बन्धी आणविक सम्झौता र विश्व स्वास्थ्य संगठनबाट बाहिरिने निर्णयलाई पनि बाइडेनले उल्ट्याउने अपेक्षा गरिएको छ।

‘ट्रम्पको ‘अमेरिका फर्स्ट’ भनेको ‘अमेरिका एक्लै’को नीति हो,’ बाइडेनका विदेशनीति सल्लाहकार ब्रायन म्याकिअन भन्छन्, ‘आफ्नो कार्यकालको पहिलो दिन नै बाइडेनले प्रमुख मित्र मुलुकहरुलाई फोन गरेर अमेरिका सामान्य अवस्थामा फर्केको र उनीहरुलाई आफ्नो साथसहयोग रहेको सन्देश दिनेछन्।’

तथापि अमेरिकाको विदेशनीतिलाई सबैभन्दा बढी प्रभावित गर्ने मुलुक यतिबेला चीन र रुस हुन्। बढ्दो रणनीतिक, आर्थिक, प्राविधिक टक्करमाझ यी मुलुकसँगको सम्बन्धलाई नयाँ स्वरुप दिन बाइडेनका लागि सम्भव देखिँदैन। बरु, उनले चीनप्रतिको वर्तमान अमेरिकी नीतिलाई निरन्तरता दिने सम्भावना ज्यादा देखिएको विश्लेषकहरु बताउँछन्।

अमेरिकी निर्वाचन : बाइडेन र ट्रम्पको इलेक्टोरल कलेज मत बराबर भए के हुन्छ ?

वाशिङ्टन -३ नोभेम्बरमा भएको अमेरिकी निर्वाचनको मतगणना जारी रहेको छ । ४४ राज्यहरुको मतगणना सकिए पनि मुख्य निर्णायक मानिएका ६ वटा राज्यहरुको मतगणना जारी रहेको छ ।

बीबीसीका अनुसार हालसम्म डेमोक्रेटिक उमेदवार जो बाइडेनले २५३ र सत्तारुढ रिपब्लिकन उमेदवार डोनाल्ड ट्रम्पले २१४ इलेक्टोरल कलेन मत प्राप्त गरेका छन् । राष्ट्रपतिमा निर्वाचित हुनका लागि २७० इलेक्टोरल मत आवश्यक पर्छ ।

तर, दुबै उमेदवारले २६९-२६९ इलेक्टोरल कलेज मत प्राप्त गर्नसक्ने सम्भावना भने अझै बाँकी रहेको बीबीसीले जनाएको छ । यसका लागि रिपब्लिकन ट्रम्पले एरिजोना, नर्थ क्यरोलिना, नेवाडा र पेन्सलभानियमा जित हात पार्नुपर्ने हुन्छ ।

जर्जियामा बाइडेले महत्वपूर्ण कायम गर्दै लगेका छन् । जर्जियामा अब केही हजार मत मात्रै गणना गर्न बाँकी छ ।

यदि कुनै पनि उमेदवारले बहुमत ल्याउन नसकेको अवस्थामा त्यसपछिको निर्णय अमेरिकन कंग्रेसले गर्नेछ । त्यसका लागि हाउस अफ रिप्रेजेन्टेटिभले राष्ट्रपति चयनका लागि मतदान गर्नेछन् ।

हरेक राज्यका एकजना प्रतिनिधिहरुले एक मत दिन पाउनेछन् । अमेरिकन कंग्रेसका ५० राज्यबाट प्राप्त हुने ५० मतमध्ये २६ मत ल्याउने उमेदवार विजयी हुनेछ ।

हाल ब्याटलग्राउण्ड राज्यहरु अलास्का, एरिजोना, नर्थ क्यारोलिना, नेवाडा, जर्जिया र पेन्सलभेनियाको अन्तिम मत गणना जारी छ ।

मतगणना जारी रहेका राज्यहरुमा एरिजोना, नर्थ क्यारोलिना, नेवाडा र जर्जियामध्ये कुनै दुई राज्यमा जिते डेमाक्रेटिक उमेदवार जो बाइडेन अमेरिकाका आगामी राष्ट्रपति बन्‍नेछन् । उनले पेन्सलभेनियामा मात्रै जिते पनि अमेरिकाको आगामी राष्ट्रपति बन्ने निश्‍चित छ ।

बाइडेनले जर्जियामा महत्वपूर्ण अग्रता कायम गरेका छन् । उनका प्र तिद्वन्द्वी रिपब्लिकन उमेदवार डोनाल्ड ट्रम्पले मतगणना जारी रहेका राज्यहरु मध्ये एरिजोना, नर्थ क्यारोलिना, नेवाडा र जर्जियामा कुनै तीन राज्यसँगै पेन्सलभानियामा जित हात पारे दोस्रो कार्यकालका लागि राष्ट्रपति बन्‍ने छन् ।

ट्रम्पले एरिजोना, नेवाडा, नर्थ क्यारोलिना र पेन्सलभेनिया राज्यमा जित निकाले मत परिणाम बराबरी हुनेछ । बीबीसी

ट्रम्पले बोल्दाबोल्दै टीभी च्यानलले बीचैमा का ट्यो प्रत्यक्ष प्रसारणः यस्तो छ कारण

एजेन्सी ,२१, कार्तिक । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आ लोचना सुरु भएको छ । राष्ट्रपतीय निर्वाचन मतगणना जारी रहेका बेला ट्रम्पको मत कम देखिन थालेपछि ट्रम्पले आ क्रोश पोख्न थालेका छन् ।

उनले सम्बोधनका क्रममा पनि झु ट बोल्न थालेको पाइएको छ । उनले गरेको सम्बोधनमा झुट बोल्न थालेपछि टेलिभिजन च्यानलहरुले बीचमै प्रत्यक्ष प्रसारण काटेका छन् । ट्रम्पले ग लत सूचना दिएको भन्दै टेलिभिजनले प्रत्यक्ष प्रसारण कटाएको जनाएका छन् । प्रत्यक्ष प्रसारण गर्ने टेलिभिजनहरुका अनुसार ट्रम्पले १७ मिनेटको सम्बोधनमा प्रमाण नभएका दा बीहरू गरेका थिए । । डेमोक्रेटहरूले अ वैध भोट हालेको अनि निर्वाचन हडप्न खोजेको आ रोप ट्रम्पको थियो।

महत्त्वपूर्ण राज्यहरूमा ट्रम्पका प्र ति द्व न्द्वी जो बाइडनले अग्रता बढाउँदै लगेको अवस्थामा ट्रम्पको आक्रो’श अभिव्यक्त भएको हो । ‘अमेरिकाका राष्ट्रपतिको भाषणको प्रसारण बीचैमा रोक्ने मात्र नभई सुधार्ने स्थितिमा हामी आइपुगेका छौं,’ एमएसएनबीसी टीभीका प्रस्तोता ब्रायन विलियम्सले बताए । अनि उक्त टीभीले प्रत्यक्ष प्रसारण बीचैमा रोक्यो । एनबीसी र एबीसी न्युजले पनि ट्रम्पको प्रत्यक्ष प्रसारण रोके ।

‘अमेरिकी जनताले आफ्ना राष्ट्रपतिबाट यस्तो कुरा सुन्नुपरेको वि रक्त लाग्दो स्थिति हो,’ सीएनएनका जेक ट्याप्परले बताए । निर्वाचन ह डपेको भन्ने झू टमाथि झू ट बोलेको र कुनै प्रमाण नदिइकन आ रोप मात्र लगाएको भनी उनले ट्रम्पको भाषणको व्याख्या गरे ।

प्रतिक्रिया