सिन्धुली,२२ कार्तिक – सिन्धुलीको कमलामाई नगरपालिका–२ खोल्माडाँडा निवासी एक युवाले विदेशबाट फर्केर आई गाँउमै बाख्रा पालन व्यवसाय गरेर मनग्य आम्दानी लिनु भएको छ ।
दुई बर्षसम्म विदेशमा पसिना बगाउदा पनि सोचे जस्तो कमाई नभएपछि खोल्माडाँडा निवासी प्रेम बम्जनलाई स्वदेश फर्किएर गाँउमै सुरु गरेको व्यावसायिक बाख्रा पालनले मनग्य कमाई दिएको हो । “एक समय गाउँमा बिदेश जानेहरुको लहर नै चल्यो, विदेशमा पैसा कुम्ल्याउने सुरले साथिसँगै म पनि २०६५ सालमा कुवेत गए,” उहाँले भन्नुभयो, “तर सोचे जस्तो के हुन्थ्यो, दुई बर्षमै घर फर्किए र बाख्रा पाल्ने सोच बनाए ।”
साथिहरुसँग छलफल गरेर २०७१ साल जेठबाट सुरु गरेको बाख्रा पालन व्यवसायले अहिले माम र दाम दुवै दिएको उहाँले सुनाउनुभयो । १० जना साथि मिलेर सामूहिक रुपमा १८ लाख रुपैया लगानी गरेर खोल्माडाँडा बाख्रा पालन फर्म नामाकरण गरि दर्ता दर्ता गरेर बाख्रा पालन सुरु गरेको उहाँले जानकारी दिनुभयो ।
व्यावसायि बम्जनका अनुसार ३५ वटा बाख्राबाट सुरु गरेको ब्यबसाय अहिले फस्टाउदै खोरमा ८० वटा खसीबाख्राको संख्या पुगेको छ । खोरमा स्थानीय खरि जात र बोयर जातका खसी, बोक र बाख्रा रहेका छन् । गाउँमै पाँच सात जना युवाले रोजगारी पनि पाएका छन् । बाख्रा पालन गर्ने प्रेरणा त बम्जनलाई बिदेशी बसाईले नै दिएको थियो । त्योसँगै अन्य साथि, आफन्त र चिनेजानेकाले पनि सर्मथन गरे ।
सिन्धुली उद्योग बाणिज्य संघले बाख्रा पालन सम्बन्धी १८ दिने तालिममा नाम सिफारिस गरेपछि बाख्रापालन सम्बन्धी तालिम लिने अबसर मिल्यो बम्जनलाई । “तालिम पश्चात सिटिभिटीबाट आधिकारीक रुपमा बाख्रा पालन सम्बन्धी प्रमाण पत्र पनि पाई,” उहाँले भन्नुभयो, “यसले मलाई बाख्रापालन ब्यबसाय गर्ने हौसल्ला र प्रेरणा मिल्यो ।”
गाडी चलाउने काम भनेर कुबेत पुग्नु भएका बम्जनले थोरै पारिश्रमिकमा नै धेरै मेहनत गर्नु प¥यो । “कुबेतमा स्कुल बस चलाउथे, जम्मा नेपालको ३० हजार रुपैया मुस्किलले कमाउथे, उहाँले भन्नुभयो, ‘त्यहि पैसा पनि पुरै पाउन मुस्किल हुन्थ्यो । बिदेशको काम गर्ने तौरतरिका र खटाईले दुई बर्षपछि नेपाल आउन बाध्य बनायो ।”
बिदेशलाई सधैको लागि उतै छोडेर आए उहाँले सुनाउनुभयो । नेपाल आएपछि उहाँले उही पुरानो दैनिकी सुरु गर्नुभयो । व्याबसायीक रुपमा बाख्रा पालन गर्न एकातिर बम्जनलाई चुनौती थियो भने अर्को तिर बिदेशी बसाईको पीडालाई मलम लगाउनु थियो । अहिले उहाँले कुबेतको बसाईलाई सम्झन पनि चाहानु हुन्न ।
उहाँका अनुसार २०७२ सालको भूकम्पमा परेर पाँच सात ओटा बाख्रा पनि मरे । बिनाशकारी भूकम्पले बाख्राको खोर पनि भत्काई दियो । “तर मैलै हार मानिन,” उहाँले भन्नुभयो, “उन्नत जातको राम्रो बोकाको उत्पादन गर्दा किलोको हजार देखि १२ सय रुपैयासम्ममा बिक्रि वितरण हुन थाल्यो । राम्रै आम्दानी हुदै गएपछि झनै आफुलाई हौसल्ला मिल्दै गएको छ ।”
बार्षिक रुपमा तीन लाख रुपैया भन्दा माथिनै आम्दानी गर्दै आएको उहाँले सुनाउनुभयो । उहाँको खोरमा उत्पादन भएका खसीबाख्रा गाँउघरमा नै बिक्रि हुदै आएको छ । एउटा बिउ बोका ६० हजार रुपैयासम्ममा बिक्रि भएको छ ।
यो बर्ष उहाँले प्रदेश सरकारबाट बाख्रा पालनको लागि ३० लाख रुपैया अनुदान समेत पाउनु भएको छ । उक्त पैसाले बाख्रा पालन ब्यबसायलाई अझ फराकिलो बनाउन सुरु गर्नु भएको छ । अन्य युवालाई थप रोजगारी दिने उहाँको योजना छ ।
उहाँका अनुसार चरिचरण र घाँसको लागि गाउँमा समस्या छैन । सामान्य रोग लाग्दा त्यसको उपचारको लागि पशु चिकित्सकको सल्लाह दिदै आएका छन् । उहाँलाई अहिले सन्तुष्टि सँगै खुसि पनि मिलेको छ । घर परिवार, गाउकै युवा साथिसँग मिलेर गाउमै बसेर बाख्रा पालन ब्यबसाय गर्दा आनन्द लागेको उहाँले बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, “गर्नेहरुको लागि नेपालमा के छैन ? अबसर रोजगारी र सम्भाबना सबै छ ।” यतिखेर व्यावसायि बम्जन स्वदेशमा नै बसेर राम्रो रोजगारी गर्न सकिन्छ भन्ने उदाहरणको पात्र बन्नु भएको छ ।