शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

यस्ता किसिमका महिलालाई असाध्यै रूचाउछन् पुरुष

शनिवार , कार्तिक २२, २०७७

मानव सृष्टिका लागि महिला र पुरुष दुवै उत्तिकै महत्वपूर्ण एवं एक–अर्काका परिपूरक हुन् । यीमध्ये कुनै एकको अ नुपस्थितिमा प्राकृतिक सृष्टि सञ्चालन सम्भव छैन तसर्थ महिलालाई पुरुष एवं पुरुषलाई महिलाको आवश्यकता पर्छ ।

त्यसैले पनि विवाह नामक संस्कार सम्पन्न गर्ने सनातन परम्परा छ । यसका लागि महिला–पुरुष दुवैले आफ्नो रुचिअनुरूप विपरीत लिङ्गी छनोट गर्छन् । यसमा कसैले सुन्दरता त कसैले बुद्धिमत्तामा जोड दिन्छन् अनि कसैले यी दुवैको संयोजन चाहन्छन् भने कतिपयले हरेक समय आफू अनुकूल चल्ने जीवनसाथी पनि चाहेका हुनसक्छन् ।

यहाँ पुरुषको रोजाइमा कस्ता महिला पर्छन् भन्ने जिज्ञासा शान्त पार्ने प्रयास गरिएको छ । श्रीमान्का लागि श्रीमतीको सौन्दर्यले महत्वपूर्ण अर्थ राख्छ तर सुन्दरता मात्र सबैथोक भने होइन । श्रीमान्ले श्रीमतीको सौन्दर्यभन्दा बढी अन्य कुरामा ध्यान पुर्‍याएका हुन्छन् । त्यस्ता केही विशेष गुण भएका महिलालाई सुन्दरता औसत मात्र भए पनि पुरुषले अत्यधिक रुचाउँछन् ।

संस्कार : - पुरुषहरू सुन्दरभन्दा संस्कारी महिलालाई रुचाउँछन् । संस्कार नभएका तर सुन्दर महिलालाई रुचाइहाले पनि त्यो क्षणिक समयका लागि मात्र हुन्छ । हरेक पुरुषमा आफ्नी श्रीमतीले घरको रीतिरिवाज पालना गरून् र परिवारका आफूभन्दा ठूला सदस्यको सम्मानमा कुनै कसर न राखून् भन्ने चाहना हुन्छ ।

ठूल्ठूलो स्वरमा कुरा गर्ने, आफूभन्दा ठूलाको अप-मान गर्ने तथा स्वेच्छाचारी महिला कहिल्यै पुरुषको रोजाइमा पर्दैनन् । श्रीमती संस्कारी नहुँदा आफूले लज्जित हुनुपर्ने हो कि भन्ने ड र पुरुषको मनमा सदैव रहन्छ । श्रीमान्हरू श्रीमतीको मनको सुन्दरतालाई प्रशस्त महत्व दिन्छन् ।

पारिवारिक : - श्रीमान्हरूको चाहना श्रीमतीले आफैंले जसरी आफ्ना आमाबाबुलाई पनि हृदयदेखि नै रुचाऊन् भन्ने हुन्छ त्यसैगरी घरका अन्य सदस्यलाई पनि उसैगरी प्रेमपूर्ण व्यवहार गरून् र कसैसँग द्वे-ष नलिऊन् भन्ने हुन्छ । आफ्नी श्रीमती असल गृहनिर्मातृको भूमिकामा रमाएको हेर्ने चाहना अधिकांश पुरुषमा पाइन्छ ।

मनको सुन्दरता : - पहिलो हेराइमा शारीरिक सुन्दरतालाई महत्व दिने श्रीमान्हरू श्रीमतीको मनको सुन्दरतालाई प्रशस्त महत्व दिन्छन् । त्यसैले श्रीमान्हरू श्रीमतीको मन सुन्दर होस् भन्ने चाहन्छन् । सरलता, विनम्रता एवं राम्रो व्यवहारका कारण सबैको मन जित्न सक्ने महिलालाई पुरुषहरूले बढी रुचाउँछन् ।

समझदार : - सामान्यतया पुरुषहरू आफ्नो इसारामा चल्ने सुन्दर श्रीमती चाहन्छन् समझदार होइन भनिन्छ । तथापि यो सत्य होइन । पुरुषहरू समझदार, जिम्मेवारी निर्वाह गर्न सक्ने, हरेक समस्या हल गर्न सक्ने, हरेक निर्णयमा उचित सल्लाह दिन सक्ने श्रीमती चाहन्छन् ।

खाना बनाउन सिपालु :- भनिन्छ, श्रीमान्को मन छुन पेटको मार्ग भएर हिँड्नुपर्छ । त्यसैले पनि सुन्दर महिलाभन्दा मीठो खाना बनाउन जान्ने श्रीमतीले सजिलै श्रीमान्को मनमा डेरा जमाउँछिन् । श्रीमती खाना बनाउन सिपालु भए श्रीमान्ले आफन्त एवं साथीभाइका अगाडि गर्व गर्न सक्छन् ।

आदर्श आमा : - असल श्रीमती एवं बुहारीका साथै आफ्नी श्रीमती सन्तानका लागि असल आमा पनि बनून् भन्ने चाहना हरेक श्रीमान्मा हुन्छ । सन्तानको स्वास्थ्यदेखि लिएर पढाइ–लेखाइको पनि ख्याल राख्दै उनीहरूलाई संस्कारवान् बनाउन लागिपर्ने महिला सदैव पुरुषहरूको रोजाइमा पर्छन् ।

हिम्मतपूर्वक काम गर्ने र पुरुषको कमजोरी नभै शक्ति बन्ने महिलालाई पुरुषहरूले असाध्यै रुचाउँछन्

विपत्तिमा साथ : - जीवन सुख–दु:खको सङ्गम हो । त्यसैले कहिलेकाहीँ दु:ख पनि आउन सक्छ । यस्तो बेलामा आफ्नी श्रीमतीले साथ दिऊन् भन्ने अपेक्षा हरेक पुरुषमा हुन्छ । त्यस्ती महिला पुरुषको नजरमा विश्वकै सुन्दर महिला बन्न सफल हुन्छिन् । यसका साथै आ-पत्तिका बेला हिम्मतपूर्वक काम गर्ने र पुरुषको कमजोरी नभै शक्ति बन्ने महिलालाई पुरुषहरूले असाध्यै रुचाउँछन् ।

अन्तरंगमा सक्रिय : - अन्त-रंग सक्रिय एवं रुचिपूर्वक भाग लिने श्रीमतीप्रति हरेक श्रीमान् हृदयदेखि नै समर्पित हुन्छन् । सुन्दर एवं राम्रो फिगर भएका तर नखरा बढी गर्ने एवं सिर्जनशील यौ-नस-म्बन्ध नरुचाउने महिलाहरू पुरुषको रोजाइमा पर्दैनन् ।

कुन राशिका युवतीलाई कस्तो सासु पर्छन् ?

हरेक युवतीले बिहेभन्दा पहिले देखि नै धेरै सपनाहरु सजाउने गर्छन । र उनीहरुको मनमा बिहेलाई लिएर धेरै कौतहताहरु आउने गर्छन । आफ्नो सपनाको राजकुमार मिलोस भन्ने सबै युवतीहरुको चाहना रहने गर्छ । साथै बिहेपछि कस्तो पो बुढा मिल्ने हो, घरपरिवारको मान्छे कस्तो पो होलान, बुझने होलान कि नहोलान भनेर अनेक कुराहरु खेलाएर गर्छन ।

सबैभन्दा मुख्य कुरा त मलाई कस्ती सासु पर्लिन भनेर केटीहरु बेलाबखत चिन्ता मान्छन् । ज्योतिष शास्त्रमा हरेक व्यक्तिको भविष्य कस्तो रहने बारे अड्कल लगाउने गरिन्छ भने विवाहको सम्बन्धमा पनि राशी अनुसारको वैवहारिक सम्बन्ध साथै परिवारको निर्धारण रहने गर्दछ। राशी अनुसारको फल मिल्ने हुँदा कुन राशी भएका युवतीलाई कस्तो व्यवहार भएकी सासु मिल्छ भन्ने यसरी थाहा पाउन सकिन्छ । जुन निम्ननुसार छ ।

मेष राशी :– सासु तेज स्वभावका रहने गर्छन। यस राशिका व्यक्तिको सासु कडा स्वभावका कारण घरमा खासै शान्त वातावरण रहन गार्हो हुने गर्छ। मेष राशिका युवतीहरुको सासुसँगको सम्बन्ध खासै राम्रो हुन गार्है रहने गर्छ।

वृष राशी :– सासुसंगको सम्बन्धमा सधैँ उतार९चडाब रहने गर्छ। यस राशी हुनेहरुको सासुबाट कहिले माया मिल्नेछ भने कहिले दुख मिल्न सक्ला। यस राशी हुनेहरुको सासुसँगको तालमेल मध्यम रहने गर्छ।

मिथुन राशी :– अनुरुपको सासु मिल्ने गर्छ। यस राशिको सासुसँगको सम्बन्ध धेरै नै सन्तुलित रहने गर्छ। साथै सासु-बुहारीमा राम्रै ताल-मेल बन्ने गर्छ। तर विचारधारामा भने खासै मेल नहुने हुन्छ।

कर्कट राशी :– सासुसँग प्रतिष्पर्धा हुने गर्छ भने यस राशिका सासु सुन्दरताको मामलामा घमण्डी रहने गर्छन। जसका कारण सम्बन्ध बिग्रने गर्छ। परिवारको मामलामा एकरुपता हुन सके पनि आन्तरिक रुपमा भने यस राशी हुनेहरुको सासुसँगको सम्बन्ध खासै राम्रो रहदैन।

सिंह राशि :– सासु शान्त स्वभावका पर्ने गर्छन्। शान्त रहने भएता पनि सानो-सानो कुरामा बुहारीसँग रिसाउन भने सक्छन। यस राशी हुनेहरुको सासुसँगको सम्बन्ध सामान्यनै रहने गर्छ।

कन्या राशि :– आफ्नो सासुसँगको सम्बन्ध सन्तुलित बनाउन गार्हो पर्ने हुन्छ। बुद्धिमानिको मामलामा प्रतिष्पर्धा रहने हुँदा प्राय मन मुटाबबाट सम्बन्ध गुज्रने हुन्छ। तर, बाहिरी मामलामा भने कन्या राशिलाई आफ्नो सासुबाट राम्रै साथ मिल्न सक्छ।

तुला राशि :– खासै दुख दिन नचाहने पर्ने गर्छन् भने खासै नचाहिने कुरामा रिष नराख्ने हुँदा सम्बन्ध सामान्यनै रहने गर्छ। आफु पनि स्वतन्त्र रहन रुचाउने हुँदा तुला राशिको सासुले खासै तनाव नदिने गर्छन्। तर पारिवारिक मामलामा भने यस राशिको सासु अलि कडा रहने गर्छन।

वृश्चिक राशि :– सासु कडा स्वभावका पर्ने गर्छन्। घर-परिवारमा आफ्नो राज चल्नु पर्छ भन्ने मान्यता राख्ने सासु पर्ने हुँदा यस राशिको सम्बन्ध सासुसँग खासै राम्रो नहुने गर्छ। सासु आफ्नो गृहस्थलमा कुनै पनि प्रकारको परिवर्तन नचाहने हुँदा यस राशिको व्यक्ति आफ्नो सासुसँग संयम रहनु पर्ने हुन्छ।

धनु राशी :– माया गर्ने सासु पर्ने गर्छन्। आफ्नो छोरि भन्दा पनि नजिकको सोच्ने हुँदा यस राशिलाई धेरै इज्जत पनि दिने सासु पर्ने गर्छन्। तर जिम्मेवारीको मामलामा भने धनु राशीलाई शान्त सासु मिल्न गार्हो पर्ने गर्छन्। माया गर्ने भए पनि गल्ति भने खासै मन नपराउने सासु मिल्ने गर्छन् धनु राशीलाई।

मकर राशि :– सासु ठिकै रुष्ठ मिल्ने गर्छन्। खासै दुख दिन नचाहने भएता पनि अल्छी बुहारी मन नपराउने हुँदा यस राशिका व्यक्तिहरु आफ्नो सासुसँग छुट्टै तरिकाबाट प्रस्तुत हुनु पर्ने हुन्छ। सासु पनि सम्बन्ध राम्रो बनाउने भएता पनि धनको मामलामा भने सम्बन्ध बिग्रन सक्ने हुन्छ।

कुम्भ राशि :– सासु राजनीतिज्ञ मिल्ने हुँदा सजक रहनु पर्ने हुन्छ। चतुर तरिकाको सासु मिल्ने हुँदा यस राशिको सासुबाट दुख खेप्नु पर्ने हुन्छ। हत्तपत्त सम्बन्ध नबिग्रिने भए पनि सम्बन्ध बिग्रिएमा कुम्भ राशिको आफ्नो सासुसँगको सम्बन्ध स्थापित गर्न गार्हो पर्ने गर्छ।

मीन राशि :– आफ्नो सासुसँगको सम्बन्ध धेरै राम्रो रहने गर्छन्। यस राशिलाई आफ्नो सासु कि त धेरै राम्रो पर्ने गर्छ,कि धेरै रि स गर्ने पर्ने गर्छन्। आफ्नो सासुसँगको सम्बन्ध धेरै राम्रो रहने गर्छन्। यस राशिलाई आफ्नो सासु कि त धेरै राम्रो पर्ने गर्छ,कि धेरै रिस गर्ने पर्ने गर्छन्। यस राशि आफ्नो सासुको सामु खासै नबस्ने हुँदा सम्बन्ध नबिग्रिने गर्छ।

एउटा भैँसी ८१ लाखमा बिक्री

काठमाडौँ, – सबैभन्दा धेरै दूध दिएर विश्व रेकर्ड राखेको भारतको एक भैँसी भारु ५१ लाख (नेपाली ८१ लाख ६० हजार) मा बिक्री भएको छ। हरियाणाका किसान सुखवीर सिंहले पालेको मुर्रा जातको भैँसी सोमबार यति ठूलो मूल्यमा बिक्री भएको हो। सरस्वती नाम दिइएको उक्त भैँसीले ३३.१३१ किलो दूध दिएर एक पाकिस्तानी भैँसीको धेरै दूध दिने विश्व रेकर्ड तो डेको थियो। यसअघि पाकिस्तानी कृषकले पालेको भैँसीले ३२.०५० किलो दूध दिएर विश्व रेकर्ड राखेको थियो।

सरस्वती भैँसी लुधियानाका पवित्र सिंहले खरिद गरेका छन्। कुनै समय एक करोड रुपैयाँमा पनि बिक्री नगरेका सुखवीरले भैँसी चोरिने डर भएपछि ८१ लाख ६० हजारमा बिक्री गरेका हुन्। भैँसी बेच्नुअघि किसानले एउटा कार्यक्रम राखेका थिए। जसमा राजस्थान, युपी, पञ्जाबलगायतका ठाउँबाट करिब ७ सय किसान सहभागी भएका थिए। सुखवीरका अनुसार उनले चार वर्षअघि बरवाला जिल्लाको खोखा गाउँका किसान गोपीरामबाट उक्त भैँसी २ लाख ८ हजारमा खरिद गरेका थिए।

किसान सुखवीर सिंहका अनुसार सरस्वती भैँसीले गत वर्ष २९.३१ किलो दूध दिएर हिसार क्षेत्रमा आयोजित एक प्रतियोगितामा प्रथम पुरस्कार हासिल गरेको थियो। हिसारको सेन्ट्रल इन्स्टिच्युट अफ बफेलो रिसर्चको कार्यक्रममा पनि २८.७ किलो दूध दिएर पुरस्कार जितेको थियो।

हरियाणा पशुधन विकास बोर्डको आयोजनामा भएको कार्यक्रममा समेत उक्त भैँसीले २८.८ किलो दूध दिएर पुरस्कार जितेको थियो। पछिल्लो पटक केही दिनअघि लुधियानाको जगरांवमा आयोजित डेरी एण्ड एग्रो एक्स्पोमा भाग लिँदा सरस्वती भैँसीले ३३.१३१ किलो दूध दिएर भारु. दुई लाख (ने.रु.३ लाख २० हजार) नगद पुरस्कार जितेको थियो। एजेन्सी-

प्रतिक्रिया