काठमाडौँ,२२ कार्तिक – नीति, विधि र पद्धतिलाई तिलाञ्जली दिने पार्टी र सरकारको मूल नेतृत्वका कारण करीव दुई तिहाई बहुमतले आरामको सरकार सञ्चालन गर्ने युगीन अवसरलाई पनि सत्तारुढ नेकपाले राष्ट्र र जनताको पक्षमा अधिकतम काम गर्ने कालखण्डका रुपमा स्थापित गर्न चुकिरहेको छ । लगभग तीन वर्षे एकल सत्ता नेकपाको आन्तरिक कलह र झैझगडामा व्यतित हुँदा नेकपालाई मत दिने नागरिक र पार्टीलाई सत्तामा पु¥याउन अहोरात्र खटिने आम कार्यकर्तामा निकै निराशा र वैचैनी बढ्दो छ । तैपनि सत्तामा गएपछि पार्टी र जनता, पार्टीको नीति, विधि र पद्धति विर्सने रोगले मूल नेतृत्वलाई अझै छाडेको छैन । काम कुरो एकातिर विवाद झिकी विनासतिर गर्ने मूल नेतृत्वको अविराम चालाले कता लैजाला नेकपालाई ? यो आम कार्यकर्ताको टाउको दुखाइको विषय बनेको छ ।
नेकपा एमाले व्युँताउने वैमौसमी राग किन ?
नेकपाका दुई अध्यक्ष प्रचण्ड र के पी ओलीका बीचमा विहीवार भेटघाट भयो तर कुरा मिलेन । केपी ओलीले बुधवार प्रदेश एकमा आफ्नो गुटको भर्चुअल मिटिङमा पार्टी फुट्ने, पूर्व एमालेलाई एकतामा जोड गर्ने र जनताको वहुदलीय जनवादमा एकताबद्ध हुनका लागि भनेको कुरालाई प्रचण्डले आपत्ति जनाए । सचिवालय, स्थायी समितिको वैठक राख्न नमान्ने तर गुटगत वैठक र फुटको कुरा गर्ने कार्यप्रति प्रचण्डको आपत्ति थियो । तर, अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीले समकक्षी प्रचण्डको आपत्तिलाई वास्ता गरिरहेका छैनन् ।
पार्टी कमिटीको वैठक राख्नै नचाहने, पार्टी वैठकले गरेका निर्णयहरु निरन्तर अवज्ञा गर्ने र उल्टै सरकारलाई पार्टीभित्रैबाट सहयोग भएन भन्ने प्रधानमन्त्री ओलीको दुःखेसो र गुनासो आफैं नाच्न नजान्ने आँगन टेढो देख्ने दृष्टिभ्रमका रुपमा मात्र रहेको घटनाक्रमहरुले देखाइरहेका छन् । वास्तवमा प्रधानमन्त्रीलाई सिङ्गो नेकपाको एकता जोगाउने र ठूलो कम्युनिष्ट पार्टीका रुपमा नेकपाले पाएको सत्ता अवसरलाई जनमुखी बनाउने चिन्ता र चासो हुनुको सट्टा पार्टी एकतापछि इतिहास बनिसकेको नेकपा एमाले व्युँताउने हुटहुटी देखिनुले प्रधानमन्त्री ओली एकता जोगाउने भन्दा बढी पार्टी फुटाउन आतुर देखिएका छन । यसले नेकपालको एकतालाई अरुले हैन, मूल नेतृत्वले नै संकटमा धकेलेको देखिदैंछ ।
राजीनामाको वेमौसमी राग
अहिले प्रधानमन्त्री ओलीको राजीनामा पार्टीभित्र वा बाहिरबाट कसैले पनि औपचारिक रुपमा मागिरहेका छैनन् । तर, अस्पताल उद्घाटनको कार्यक्रममा गएर प्रधानमन्त्री ओलीले आफै राजीनामा नदिने, आफूले राजीनामा दिए देश वर्वाद हुने हास्यास्पद घोषणा गरेका छन् । चोरलाई चोरको खुट्टा काट भन्दा हत्त न पत्त उचाले जस्तो, प्रधानमन्त्री आफैले कसैले नमागेको राजीनामाको राग अलाप्दा प्रधानमन्त्री ओली नै अस्थिर बन्दै गएको प्रतित भएको छ । आफै बोक्सी आफै झाँक्री गर्ने यो प्रधानमन्त्रीको शैलीले जग हसाइ गरेको छ ।
वुधवार नै प्रम केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा नदिने भनी सार्वजनिक रुपमा दिएको अभिव्यक्तिप्रति पनि प्रचण्डले वुधवारको वैठकमा आपत्ति जनाएका थिए । तर, समकक्षी प्रचण्डको आपत्तिलाई पनि प्रधानमन्त्रीले सकारात्मक रुपमा लिएको पाइएको छैन ।
वैठक छल्ने किन र कहिलेसम्म ?
वुधवारको दुई अध्यक्षबीचको भेटवार्तामा प्रचण्डले सचिवालयको वैठक राख्न भन्दा केपीले मानेनन् । त्यसैले पार्टी मुख्यालय धुम्वाराहीमा शुक्रवार कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालयको वैठक धुम्वाराहीमा आयोजना गरे । प्रधानमन्त्रीले पार्टी कमिटी र वैठकहरुलाई अस्वीकार गर्ने प्रवृत्ति नछोडेपछि प्रचण्डले वैठकबाटै समाधान खोज्न आफैले सचिवालयको वैठक आयोजना गरेका हुन, भलै शुक्रवारको सचिवालय वैठकलाई अनौपचारिक संज्ञा दिइएको छ । तर, जुन पार्टीले ओलीलाई अध्यक्ष र प्रधानमन्त्री बनायो, त्यही पार्टीको वैठक नमान्ने प्रधानमन्त्रीको प्रवृत्ति बिनासकाले विपरीत बुद्धि झै हुन पुगिरहेको छ । प्रधानमन्त्री नआउँदा र त्यसलाई ‘इगो’ को रुपमा लिंदा मन्त्री रहेका सचिवालय सदस्यलाई आउन नैतिक रुपमा पनि अप्ठ्यारो पारेको हुन सक्छ । यो परिस्थिति लामो समय रहनु हुँदैन ।
जो अगुवा उही बाटो……..
प्रधानमन्त्री समेतको निर्देशनमा कर्णाली प्रदेश सरकारमा नियोजित विवाद खडा गरेको स्पष्ट छ । तर, आफैले हानेको तीरमा व्याकफायर भएपछि पनि प्रधानमन्त्री ओली प्रतिशोधी हर्कतका लागि तयार देखिन्छन । कर्णालीमा चाल्ने स्टेपलाई हेरेर केपीले संघमा स्टेप चाल्ने उनी निकट स्रोतले बतायो । प्रचण्ड र माधव नेपालले मिलेर कर्णालीमा मन्त्रीमण्डल एकलौटी पुनर्गठन गरेमा प्रमले सङ्घमा त्यसको जवाफ दिने तयारी गरेको बुझिएको छ । बालुवाटार स्रोतका अनुसार गिरिराजमणि पोखरेल, वर्षमान पुन, शक्ति बस्नेत, बिना मगर, रामेश्वर राय यादव लगायतलाई निकाल्ने तयारीमा प्रधानमन्त्री पुगेका छन । त्यसको ठाउँमा हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, प्रभु साहसहितका टिमलाई मन्त्रीमा लैजाने योजना रहेको छ । यो तथ्यलाई गजुरेल, रायमाझी, पौडेल र साहले निरन्तर प्रधानमन्त्री ओलीको पक्ष लिंदै हिडेका घटनाक्रमहरुले पनि सिद्ध गर्दै आएको छ । आफ्नो निकट बनाएर मन्त्री छान्ने प्रधानमन्त्रीको रहर वा हठ प्रतिशोधको उदाहरण नै हो ।
प्रमुख सचेतक देव गुरुङलाई हटाउने ?
पार्टीको आन्तरिक कलहमा स्वस्थ र फरकमत राख्ने जो कोहीलाई ठेगान लगाउने तर आरती उतार्नेहरुलाई दोहो¥याइ, तेहे¥याइ लाभका पद दिने रोग नै प्रधानमन्त्री ओलीको छ । अहिले आफ्नो विपक्षको सेखी झार्न प्रमुख सचेतकबाट देव गुरुङलाई हटाउने प्रपञ्चमा प्रधानमन्त्री पुगेका छन ।
आफ्नो वि पक्षमा रहेका सांसदलाई पनि हटाउने
आफ्नो सत्ता बलियो पार्न प्रधानमन्त्री ओलीले समानुपातिक साँसदहरुलाई पनि बलीको बोको बनाउन खोजिरहेका छन । पार्टीमा आफ्नो प्रस्तावको विपक्षमा जाने सबै समानुपातिक सांसदलाई हटाइदिने र आफ्ना निकटका लाई लैजाने तयारीमा प्रधानमन्त्री ओलीको समय बितिरहेको बुझिएको छ । यसका लागि उनले निर्वाचन आयोगका प्रमुखसँग छलफल गरिरहेका छन् । यसरी आफै सर्वेसर्वा हुने उनको प्रयासले सिङ्गो नेकपाको भविष्यलाई अरु संकटउन्मुख बनाउँदै लगेको छ ।
अन्तिम अस्त्र संसद विघटन र मध्यावधि चुनाव
प्रधानमन्त्री ओलीलाई थप स्वेच्छाचारी हर्कतका लागि कतिपयले उकासिरहेका छन् । आफ्नो अनुकूल जाने अवस्था नभएमा संसद विघटनसम्मको तयारीमा केपी ओली रहेका छन् । केपीले संसद विघटन गरे कसरी प्रतिवाद गर्ने भनेर प्रचण्ड–माधव पक्षले कानुन व्यवसायीहरुसँग छलफल गरिरहेका छन् । संसद विघटनसम्म गरी मध्यावधि चुनाव गरेर देशलाई कुन दिशामा लाने भूत प्रधानमन्त्रीमा सवार हुँदै गएको हो भन्ने खुट्याउन राजनीतिक शास्त्रका पण्डितहरुलाई पनि महाभारत हुन थालेको छ ।
मुद्दा दिने कार्यसँगै ट्रम्पले सडक आन्दोलन गराइरहेका छन् । गडबड गराउन खोजिरहेका छन् । उनी धाँधली भएको पुस्टि गराएर ह्वाइट हाउसबाट हारे पनि सजिलै ननिस्कने गुरुयोवजना बनाइरहेका छन् ।
विश्वको सबैभन्दा श क्तिशाली राष्ट्रमा भइरहेको निर्वाचनको परिणामको जटिलताका कारण अमेरिकामात्र होइन विश्वलाई नै तरङ्ग पारिरहेको छ ।
झिल्को अनलाइनबाट साभार
गृहमन्त्री राम बहादुर थापा बादल कुन गुटमा ?
काठमाडौँ, १९ कार्तिक – पछिल्लो समय निकै विवादमा फसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र जब पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विचमा वि वाद उत्पन्न हुन्छ, गृहमन्त्री राम बहादुर थापा बादलबारे विभिन्न अड्कलबाजी सुरु हुन्छ ।
सचिवालय सदस्य बादल अहिले कुन गु टमा छन ? ओली कि प्रचण्ड ? माधव नेपाल गुटमा पो हो कि । तर उनी हमेशा बोल्दैनन् । उनी कुनै निश्चित बैठकमा सहभागी भएको र नभएको आधारमा कतिपयले उनको कित्ता निर्धारण गर्छन् ।
तर उनी सधैं नबोल्ने भने होइन । ‘जब बोल्छन्, बोल्ने मात्रै नभएर कित्ता नै प्रष्ट पारिदिन्छन्’, लामो समयदेखि उनी नजिक रहेका एक नेता भन्छन् । आइतबार खुमलटार भेलामा पनि बादलले मुख खोले ।
बादलको भनाइ थियो,’पार्टीलाई संस्थागतरुपमा बढाउनुपर्छ, विधि र पद्दतिमा चल्नुपर्छ । तर, वि भाजन हुने ठाउँसम्म पुग्नु हुन्न ।’
पार्टी वि वादमा तटस्थ देखिने उनी आइतबार खुमलटार पुगेका थिए । त्यहाँ सचिवालयका बहुसंख्यक सदस्यहरू(कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र बादल) थिए ।
एकदिन अघिको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी वि भाजनको संकेत गरेको भन्दै आफू निकटका नेतालाई प्रचण्डले ब्रिफिङ गरेका थिए ।
यसपछि बादल सहित सचिवालयका सदस्यहरूले वि भाजनसम्म पुग्ने बाटो रोज्न नहुने धारणा राखे । प्रचण्डले बोलाएको यो भेला सकिएपछि भने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई तत्काल मन्त्रिपरिषद् पुनर्गठन नगर्न निर्देशन दिइयो । मुख्यमन्त्री शाहीले ओली पक्षका दुई मन्त्री (दल रावल र नन्दसिंह बुढा) लाई बर्खास्त गरी नेता नेपाल निकट तीन जनालाई मन्त्री नियुक्त गर्ने तयारी गरेका थिए ।
तर, रावल र बुढालाई राजीनामा नगर्नू, बरु हटाए हट्नु भन्ने निर्देशन दिएका ओलीले चाल्न सक्ने संभावित कदमबारे अनुमान गरेरै कर्णालीको मन्त्रिपरिषद् पुनर्गठन रोकियो । तर, साढे तीन महिना पछाडि प्रचण्ड-नेपाल समूहमा सहभागी बादलले भने यो समूहलाई सशर्त साथ दिने सन्देश दिए । नभन्दै, भेलाले पनि पार्टी संस्थागत रुपमा चल्नुपर्छ, तर विभाजनसम्म पुग्नु हुन्न भन्ने निष्कर्ष निकाल्यो ।
‘बादललाई कहिले प्रचण्ड, त कहिले ओलीतिर लागेको विश्लेषण गरिन्छ । तर, एजेण्डा र अडान चाहिँ माधव नेपालसँग मिल्छ’, उनी निकट एक नेता भन्छन् । गएको साउन २ को खुमलटार भेलामा पनि बादलले आइतबारकै जस्तो अभिव्यक्ति दिएका थिए ।
त्यसबेला, ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट हटाउने तयारी भएको थियो । त्यसबेला बादलले दुवै पदबाट कसैलाई हटाउँदैमा समस्या हल नहुने अडान लिए । बादल सँगै, उपाध्यक्ष वामदेव गौतमको ‘यूटर्न’ले नेकपा संकटको रूप बदलिएको थियो ।
आइतबारको भेलामा पनि बादलले पार्टीभित्र कसैलाई निषेध गरेर जाने पक्षमा कोही लाग्न नहुनेमा बादल अडिग थिए । बादलले आफू निकटहरुसँग भन्ने पनि गरेका छन्, ‘ओली र प्रचण्डका धेरै कुरा समान छन् । आफूलाई अनुकुल पार्टी परिभाषा दिन्छन् ।’
द्वन्द्वकालदेखि शान्तिपूर्ण अवधिको राजनीतिक घटनाक्रममा पनि बोल्दै नबोल्ने, तर अन्तिम समयमा कित्ता प्रष्ट हुनेगरी निर्णय लिने स्वभाव उनीसँग रहेको नेकपाका नेताहरु बताउँछन् ।
पार्टी भित्रको विवादको सम्बन्धमा बादलले निएको अडानचाहिँ ठ्याक्कै माधवकुमार नेपालसँग मिल्छ । पार्टीमा जति नै विवाद भए पनि पार्टी विभाजनमा कुनै पनि हालतमा जानु हुन्न भन्ने नेपालको दृढ अडान छ । उनी निकट नेताका अनुसार वादलको पनि त्यही अडान हो ।
‘दुई पिलरको घर कहाँ धेरै टिक्छ र ?’
काठमाडौँ,– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अब कुनै चमत्कार नभए पार्टी फु ट्ने निश्चत देखिएको चर्चा हुन थालेको छ । नेकपाका शीर्ष नेताहरुले नै पार्टी फु टको संघारमा रहेको भन्न थालेका छन् । पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा केपी शर्मा ओली पक्षका नेताहरुले एक अर्कालाई दोषी देखाएर पार्टी फु टबाट जोगाउन आह्वान गरिरहेका छन् । तर आ–आफ्नो ग ल्ती भने कसैले स्वीकार गरेका छैनन् । एकता जोगाउन सार्वजनिक आह्वान गरे पनि भित्रभित्रै पार्टी फु टपछिको रणनीतिबारे पनि तयारी गरिरहेका छन् ।
पार्टीको पछिल्लो वि वाद हेर्दा नेकपाको एकताको आधार स माप्त नै भएको बताउँछन् वाम राजनीतिक विश्लेषक मुमाराम खनाल । उनले भने, ‘पार्टी जेका लागि गठन भएको थियो त्यसको आधार नै स माप्त भएको छ, त्यसैले यो पार्टी अब एक रहन्न ।’ उनका अनुसार अध्यक्षद्वय ओली र प्रचण्डबीच सहमति भएर मात्र नेकपा बनेको हो । विश्लेषक खनाल भन्छन्, ‘दुई अध्यक्षको बीचमा दुईजना अध्यक्ष र दुवैजना प्रधानमन्त्री बन्ने सहमति भएको थियो । यदि संविधानले दुईटा प्रधानमन्त्रीको प्रावधान राखेको भए, दुवैजना प्रधानमन्त्री हुनुहुन्थ्यो । तर प्रावधान नभएको कारणले आधा आधा समय प्रधानमन्त्री बन्ने सहमति गर्नुभएको थियो ।अहिले त्यो सहमति कार्यान्वयन गर्नुपर्ने बेला आएपछि लफडा शुरु भएको हो । त्यसैले जुन आधारमा एकता भएको थियो, त्यो आधार नै स माप्त भएपछि अब एकीकरणकरणको औचित्य समाप्त भएको हो ।‘
नेकपाकै नेता अनुसार पार्टीमा १७ लाखदेखि १८ लाखसम्म नेता तथा कार्यकर्ताहरु रहेका छन् । तर एकीकरणको समयमा अरु कसैसँग पनि सल्लाह गरिएन । ‘दुईजना जादुगरले एकीकरण गरे, र आज त्यही दुई जादुगरको बीचमा लफडा शुरु भएको छ,’ उनी भन्छन्, ‘दुईटा पिलरले मात्र कहिल्यै घर बन्दैन् । त्यसका लागि अन्य सहायक पिलरहरु चाहिन्छन् । दुईटा पिलरमा मात्र घर ठडाउने प्रयास गरियो भने त्यो धेरै दिनसम्म टिकाउ हुँदैन ।’
‘ओलीको मिसन थियो माओवादी समाप्त पार्ने, त्यसमा उनी सफल भएपछि उनले प्रचण्डलाई अब जानुहोस् भनेका हुन्,’ खनालले भने, ‘माओवादी गणतन्त्र विरोधी, संघीयता विरोधी ओलीसँग किन एक हुन गयो ? प्रचण्डले आफ्ना सबै सहकर्मी बाबुराम भट्टराई, मोहन वैद्य ‘किरण’, विप्लवलगायतलाई छाडेर अोलीसँग एक्लै किन गए ? किनभने ओली प्रचण्डबाहेक अरुलाई लिन चाहँदैन थिए । माओवादीको मुख्य व्यक्तिमार्फत् नै माओवादी समाप्त गर्न सकियो भने जडैदेखि समाप्त हुन्छ भन्ने बुझेर उनले यस्तो गेम खेले । सोही मिसन पूरा भएपछि आज प्रचण्डलाई ‘अब जानुस्’ भने ।’
अब पार्टी फु टेपछि जसको स्वार्थ जहाँ मिल्छ त्यहीँ बस्ने उनको बुझाइ छ । एमालेका केही मान्छे प्रचण्डले तान्न सक्छन् भने माओवादीका केही मान्छे ओलीले तान्न सक्छन् । त्यो खेल शुरु पनि भइरहेको छ ।
प्रधानमन्त्री ओलीमा पार्टी फु टाउने हतारो देखिएको अर्का वाम विश्लेषक श्याम श्रेष्ठ बताउँछन् । प्रधानमन्त्री ओलीले लगातार पार्टी फु टाउने चेतावनी दिइरहेको तर प्रचण्ड, माधवकुमार नेपालहरु पार्टी फु टाउन ड राइरहेको उनी बताउँछन् । ‘पार्टी फु ट्ने निश्चित नै छ तर यसको दो ष कसले लिने भन्ने कुरामा अ ड्केको छ । प्रचण्डलाई पनि भित्रै मनदेखि अलग भइ जाओस् भन्ने होला तर उनले पनि पार्टी फुटको दोष लिन चाहेका छैनन्,’ विश्लेषक श्रेष्ठको भनाइ छ ।
पार्टी फुटको दिशामा गइसकेको र ढिलो–चाँडो फुट्ने निश्चित रहेको उल्लेख गर्दै उनले यो फुटलाई कसैले जोगाउन सक्छ भने त्यो केन्द्रीय कमिटीको बैठक मात्र रहेको उनी बताउँछन् । तर प्रधानमन्त्री ओलीले कुनै पनि कमिटीको बैठक नै नबोलाउने भनिसकेको कारण पार्टी फुट्ने निश्चित भएको उनको जिकिर छ ।
‘क्रियाकलाप हेर्दा अध्यक्षहरुले नै पार्टी जोगाउन नचाहको देखिन्छ,’ श्रेष्ठ भन्छन्, ‘नेकपासँग देश बनाउने ठूलो अवसर थियो तर उनीहरुले अवसर गुमाए ।’ जनताले नेकपामाथि निकै ठूलो विश्वास गरेको तर ती सबै आशामाथि नेकपाका नेताहरुले कुठराघात गरेको बताउँदै श्रेष्ठले अब त्यति चाँडो कम्युनिस्टमाथि नेपाली जनताले विश्वास नगर्ने बताए ।
‘जसरी एकीकरण भयो, त्यसरी भत्किन लागेको छ । एकीकरण गर्ने बेला दुईजना अध्यक्षले अरु कसैसँग छलफल गरेनन् । दुई फरक स्कूलिङ्गबाट आएका पार्टीले नयाँ पार्टी कस्तो बनाउने बहस गर्नुपथ्र्यो, नयाँ पार्टीको सद्धान्तिक, वैचारिक पक्षमा दुवै पार्टीमा बहस चलाउनु पथ्र्यो,’ राजनीतिक विश्लेषक हरि रोका भन्छन्, ‘तर दुईजना अध्यक्षको स्वार्थ मिलेपछि हतारमा पार्टी एकीकरण भयो । आज स्वार्थ नमिल्ने देखेपछि पार्टी फुट्न लागेको छ ।’
उनले भने, ‘पार्टी एकीकरणकै शुरुवातामा नेताहरुले गल्ती गरे । एकीकरण गर्नु पूर्व कुनै बहस चलाइएन । गोप्य कोठामा बसेर दुईजना अध्यक्षले सहमति गरेर भएको एकीकरणको भविष्य यस्तै हुन्छ ।’ प्रधानमन्त्री ओलीले आफूलाई नसच्याएसम्म पार्टी एकीकृत नरहने र यो पार्टी फुट्यो भने उनकै कारण मात्र फुट्ने बताउँदै उनले ओलीको डोमिनेशन सहेर धेरै दिनसम्म कसैले बस्न नचाहने उनको जिकिर छ ।
‘प्रधानमन्त्री ओलीले म भन्दा बहादुर कोही छैन, म जतिको सुपरपावर कोही छैन, म जतिको बुझ्ने यहाँ कोही छैन, म जे बोल्छु त्यही हुनुपर्छ भन्छन्,’ रोकाको भनाइ छ, ‘के अोलीले बोलेको कुरा पत्थरको अक्षर हो, जसलाई कसैले काट्न सक्दैन ? ओलीले दुई तिहाई पनि मान्दिनँ, पार्टीको निर्णय पनि मान्दिनँ, कुनै बैठक पनि बस्न दिन्न भन्नुको अर्थ के हो ? यस्तो तानाशाही र निरङ्कुश शासन कहीँ पनि हुँदैन ।’
४० प्रतिशत जसले पुर्याउँछ त्यसले पार्टी फोड्ने र पार्टी फोरेपछि सरकारको कुरा पनि आउने उनी बताउँछन् । ‘पार्टी फुटेपछि काँग्रेस र जसपाले जसलाई साथ दिन्छ, त्यसकै नेतृत्वमा सरकार बन्छ,’ भित्रभित्रै त्यो खेलमा पनि नेताहरु लागि सकेको उनले बताए ।
रातोपाटीबाट साभार
एक होलान् माधव नेपाल र ओली ?
काठमाडौं, – गुमनाम रहेका नेता प्रदीप नेपाललाई भेट्न गत शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेताहरू घरमै पुगे। तस्बिरै खिचेर सामाजिक सञ्जालमा हाले। पार्टी फुट्लाझैं गरी दुई अध्यक्षको सम्बन्ध बि ग्रिएका बेला भएको उक्त भेटलाई लिएर धेरैखाले अड्कलबाजी भए।
कतिले अनुमान लगाए– अब नेकपा विभाजन हुँदै छ, उनलाई फेरि सक्रिय हुन आग्रह भयो । कतिपयले त पूर्वएमाले ब्युँताएर प्रदीप नेपाललाई अध्यक्ष नै बनाउन लागेको भनिदिए। तर, नेपालले अन्नपूर्णसँग भने, ‘पार्टी एकता बचाउन तपाईंले माधव कमरेडलाई सम्झाइदिनुपर्यो भन्ने उहाँहरू (ओलीनिकट नेताहरू) को आग्रह थियो।’यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन् ।
नभन्दै सोमबार वरिष्ठ नेता माधव नेपाल उनलाई भेट्न गोठाटार पुगे। त्यहाँ उनीहरूबीच करिब दुई घण्टा बातचित भयो। ‘उहाँ (माधव नेपाल) ले हिजो (आइतबार) टेलिफोन गर्नुभएको थियो। तपाईंकहाँ प्रधानमन्त्रीका मान्छे आएछन्, मैले पत्रपत्रिका पढेर थाहा पाएँ। म भोलि लप्सीफेदीको कार्यक्रममा जानु छ। फर्किंदा तपाईंकहाँ पस्छु भन्नुभएको थियो,’ प्रदीपले भने, ‘त्यसपछि उहाँ आउनुभयो। कुरा खस्रा–मिठा भन्छन् नि ! त्यही भयो।’
पार्टीभित्र दुई अध्यक्षको पेचिलो अन्तरसंघर्ष चुलिइरहेका बेला नेताहरू शंकर पोखरेल, विष्णु रिमाल, भानुभक्त ढकाल, सूर्य थापा, राजन भट्टराईलगायत उनलाई भेट्न शनिबार गएका थिए। भेटपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले धेरैपछिको सामूहिक भेटमा रमाइलो र दुर्लभ कुराकानी पनि हुने नै भयो भन्दै तस्बिरसमेत सार्वजनिक गरे। उनीहरू के गर्न आए ? भन्दै वरिष्ठ नेता नेपालले प्रदीपसँग जिज्ञासा राखेको उनले सुनाए। ‘तपाईंहरू (ओली–नेपाल) मिल्नुपर्यो रे ! मलाई पनि सक्रिय भइदिनुपर्यो, तपाईं हामी सबैको अभिभावक हुनुहुन्छ भन्दै आउनुभएको थियो’, प्रदीपले माधवलाई जवाफ दिए।
‘माधव कमरेड यहाँ आइरहनुहुन्छ। त्यही क्रममा आउनुभयो। म एकदम सक्रिय राजनीतिबाट बाहिर छु। अब थाकें। कति गर्न सक्छु र ?’ नेता नेपालसँग भएको कुराकानी बताउँदै उनले अन्नपूर्णसँग भने, ‘तपाईंहरू मिल्नुहुन्छ भने मिल्छ, मिल्नै चाहनुभएन भने मिल्दैन।’
तत्कालीन एमालेभित्र एक समय थियो– प्रदीप नेपाल र ईश्वर पोखरेलले पार्टीको आन्तरिक संगठनको जिम्मेवारीमा हस्तक्षेपकारी भूमिका खेल्थे। प्रदीप नेपालका कुरा त्यतिखेर माधव नेपाल र केपी ओलीसम्मले टार्न सक्दैन थिए। उनी निकै सक्रिय थिए र कडा स्वभावका पनि।
छैटौँ महाधिवेशनदेखि माधव नेपाललाई निरन्तर साथ दिँदै आएका उनी नवौं महाधिवेशनमा भने ओलीनिकट पुगे। ओलीको स्वास्थ्य स्थितिका कारण पनि एकपटक अध्यक्ष बनाउनुपर्ने उनको धारणा थियो। त्यही भएर ओली समूहबाट उपाध्यक्षमा चुनाव लडे। हारे। तर, उनकै सक्रिय भूमिकाका कारण प्रधानमन्त्रीसमेत रहेका ओलीले अध्यक्षमा बाजी मारेको चर्चा अहिले पनि पूर्व एमाले वृत्तमा हुने गर्छ।
त्यसयता भने उमेर, स्वास्थ्य अवस्थालगायत कारण उनी सक्रिय राजनीतिबाट टाढा छन्। पार्टीको आन्तरिक जीवनलाई भने उनले नियाल्न छाडेका छैनन्। उनको स्वास्थ्य अवस्था त्यत्ति राम्रो छैन। अचेल पार्टीभित्रको अप्ठ्यारोमा भूमिका खेलिदिन आग्रह गर्दै नेताहरू उनका निवास पुग्न थालेका हुन्।
शंकर पोखरेल, भानुभक्त ढकाललगायत अन्तरसंघर्षमा पूर्वएमाले धारका नेताहरू एकै कित्तामा उभिनुपर्ने पक्षमा भित्रभित्रै लबिङ गर्दै आइरहेका छन्। प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग संवाद सौहार्दपूर्ण नभएपछि कात्तिक ४ र कात्तिक ११ मा दुईपटक वरिष्ठ नेता नेपाललाई बालुवाटार बोलाएर भेटघाट गरेका थिए।
ती भेटघाटमा प्रधानमन्त्री ओलीले नेपालसँग सहकार्यको प्रस्ताव गरेका थिए। तर, नेपालले दाहालसँगको निकटता घटाएका छैनन्। ‘माधवजीले केपीले कसैलाई टेर्नुहुन्न भन्नुभयो। मैले फेरि तपाईंहरू छलफलमा बस्नुस् भनेर आग्रह गरें,’ प्रदीपले भने। पार्टीभित्र विभाजनको संकेत देखिएको प्रसंगमा पनि दुई नेताबीच छलफल भएको थियो। तर, माधव नेपालले आफ्नो स्वभाव पार्टी विभाजन रोक्नेतिरै रहेको बताएका थिए। उनले प्रदीपलाई उल्टै सोधेका थिए, ‘मलाई यसमा कुनै शंकाले हेर्नुपर्ने छ र ?’
के तपाईले पार्टी विवादमा समन्वयकारी भूमिका खेल्न खोज्नुभएको हो ? भन्ने अन्नपूर्णको जिज्ञासामा उनले भने, ‘अरूले आग्रह गरेका छन्। तर, कति गर्नु ? एउटा मान्छेले कति गर्ने ? गरे पनि अन्तिममा लात्ताले हानिदिने हुन्। मिलाइदियो, उनीहरूले राज गर्छन् अनि म जस्तालाई फेरि उही त हो। कतिपटक हन्डर खाने ? तिमीहरू मिलाऊ, तिमीहरूले नै जिम्मा लिनुपर्छ म सक्दिनँ भनेको छु।’
नेकपामा त्रिपक्षीय शक्ति सन्तुलन छ। अध्यक्षद्वय ओली र दाहाल तथा वरिष्ठ नेता नेपालका आ–आफ्नै समूह छन्। नेपाल जता मिल्छन्, दुई अध्यक्षमा उनैको पल्ला भारी हुने राजनीति छ। यही कारण पनि अहिले नेपाल तानातानमा छन्।
नेकपाको क लह वि स्फोटक मोडमा
काठमाडौं – बीचमा केही शान्तजस्तो देखिएको सत्तारुढ नेकपाभित्र दसैं लगत्तै फेरि आन्तरिक क लह चर्केको छ। दुवै पक्षको तयारी र दौडधूप हेर्दा वि वाद वि स्फोटक मोडमा पुगेको देखिन्छ। आपसी अ विश्ववास र आशंका यति तीव्र भएको छ कि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एक ठाउँमा बसेर संवाद गर्ने वातावरणसमेत बन्न सकेको छैन। वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउने बालुवाटारको प्रयाससमेत सफल हुन सकिरहेको छैन।
खासगरी भदौं २५ को १५ बुँदे ‘यु द्ध वि राम’ लाई वेवास्ता गर्दै संस्थापन पक्ष एकलौटी रुपमा अघि बढ्न थालेको आरोप लगाउँदै प्रचण्ड-नेपाल पक्ष निर्णायक रणनीतिमा जुटेको छ। ओली वि रुद्धको त्यो कदम अब संभवत : अन्तिम हुने बताइएको छ। ओलीसँग पटकपटक सहमति हुँदा पनि बारम्बार धो खा भएकोले अब विश्वास गर्ने अवस्था नरहेको विश्लेषण गर्दै निर्णायक कदम चाल्नुको विकल्प नरहेको निश्कर्ष प्रचण्ड-नेपालले निकालेको छ।आजको अन्नपुर्णपोष्टमा खवर छ ।
पार्टीको निर्णय र सहमतिको उलंघन गर्दै प्रधानमन्त्री ओलीले आफूखुसी राजदूतहरु नियुक्त गरेको, मन्त्रिपरिषद् पुनर्गठनमा पार्टीभित्र कुनै परामर्श नगरेको, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबिरुद्ध अ विश्वासको प्रस्ताव दर्ता गर्न उक्साएको, सीमा लगायत विषयमा संवाद ठप्प भएका बेला भारतको गुप्तर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयललाई भेटेर त्यसलाई उपलब्धीका रुपमा प्रचार गरेको र पर्सामा पूर्वमाओवादी पृष्ठभूमिका मुकेश चौरसियाको हत्या हुँदा दोषीलाई कारबाही नगर्न दबाब दिएको आरोप लगाउँदै प्रचण्ड-नेपाल पक्ष यतिबेला ओली टिमसँग रुष्ट भएको छ।
केही दिनयता प्रचण्ड हरेक दिनजसो खुमलटारमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतसँग निरन्तर छलफलमा छन्। ओली पार्टी निर्णय मान्ने मुडमा नरहेकोले त्यसका लागि संभावित कदम के हुन्छ भन्ने बारेमा वृहत् परामर्श भइरहेको प्रचण्ड निकट एक स्थायी समिति सदस्यले बताए।
प्रचण्ड-नेपाल पक्षको तयारी र रणनीति सूचना पाएपछि बालुवाटार टिम पनि ओली वचाउ रणनीतिमा सक्रिय भएको छ। त्यसका लागि प्रधानमन्त्रीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई काठमाडौं झिकाएका छन्।
यतिबेला उपप्रधामन्त्री ईश्वर पोखरेल, पार्टी सचिव तथा अर्थमन्त्री विष्णु पौडेल र मुख्यमन्त्रीद्वय पोखरेल र गुरुङको टिम प्रचण्ड-नेपाल पक्षसँग सम्वादका लागि खटिएको छ। प्रचण्ड निवास खुमलटारमा मुख्यमन्त्री पोखेरेलसहित विभिन्न पात्रहरू ओलीको दूतका रुपमा खटिए पनि प्रचण्ड सम्वादका लागि तयार र सकारात्मक नभएको स्रोत बताउँछ। पटकटक धोखा र अपमान भएकोले अब फेरि वार्ता गरेर सहमति गर्नुको कुनै अर्थ नरहेको प्रतिउत्तर प्रचण्डले ओलीलाई पठाएका छन्।
नेकपमा एकाएक फेरि क लह च र्किनुका केही खास कारण छन्। भदौं २५ को यु द्धविराम भं ग हुने पहिलो कारण थियो कर्णालीको अ विश्वास प्रकरण। दसैंको मुखमा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबिरुद्ध ओली पक्षबाट अचानक अ विश्वासको प्रस्ताव दर्ता भयो। मुख्यमन्त्रीवि रुद्ध अ विश्ववास प्रस्ताव दर्ता गर्न उक्साएर शान्त भइसकेको क हल च र्काएको आरोप प्रचण्ड -नेपाल पक्षले लगायो। त्यही विषयमा समान धारणा बनाउन दुई अध्यक्षबीच भेटवार्ता भए पनि दुवै अध्यक्षबाट बेग्लाबेग्लै प्रेस विज्ञप्ति जारी भए र बेग्ला–बेग्लै निर्देशन पठाउने काम भयो। गत कात्तिक ४ गते एक्कासी प्रधानमन्त्रीले सचिवालयमार्फत् चार बुँदे सहमति भएको प्रेस नोट सार्वजनिक गरे। लगत्तै अर्का अध्यक्ष प्रचण्डको सचिवालयले कर्णाली विवादमा कुनै सहमति नभएको भन्दै प्रधानमन्त्रीको खण्डन गर्यो।
ओली पक्षले जारी गरेको चार बुँदेमा मुख्यमन्त्रीविरुद्ध पेश भएको अविश्वास प्रस्ताव फिर्ता लिने, निलम्बित प्रमुख सचेतक गुलावजंङ शाहलाई पुनर्बहाली गर्नुपर्ने, सीताकुमारी नेपालीलाई सचेतकमा फिर्ता गर्नुपर्ने र अरु पार्टी सहमति र समझदारी अनुसार गर्नुपर्ने भनियो। यही चार बुँदे सहमतिको पत्र बोकेर सांसद यामलाल कँडेल सुर्खेत पुगे। अध्यक्ष प्रचण्डले कात्तिक ७ गते नै अर्को विज्ञप्ति जारी गर्दै कर्णालीको विवाद कर्णालीकै नेताहरुले मिलाउनु पर्ने बताउँदै प्रदेश कमिटीलाई निर्देशन दिए। गत कात्तिक ७ गते प्रचण्ड निकट मानिने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अविश्वासको प्रस्ताव सामना गरे र त्यो फेल भयो।
दशैंको मुखमा प्रधानमन्त्री केपी ओलीले मन्त्रीपरिषद् पुनर्गठन गरे ओलीले पार्टीभित्र कुनै सल्लाह तथा परामर्श नगरेको भन्दै प्रचण्ड र नेपाल समूहले असन्तुष्टी जनाए। तीनजना मन्त्रि थपिए। रिक्त अर्थमन्त्रीमा पार्टी महासचिव विष्णु पौडेल नियुक्त भए भने शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ भए। यी दुवैजना ओलीका निकट सहयोग मानिन्छन्। २०७० सालमा सिरहा-५ मा प्रचण्डसँग चुनावी प्रतिस्पर्धामा लीलानाथ श्रेष्ठलाई समेत ओलीले मन्त्रिपरिषद्मा नयाँ अनुहारका रुपमा सामेल गराए।
नेकपा कलह चर्काउने एउटा कारण राजदूत नियुक्ति प्रकरण पनि हो। राजदूत नियुक्तिमा पार्टीसँग कुनै सल्लाह नभएको भन्दै प्रचण्ड नेपाल समूहले यसलाई मुद्दा बनाएको छ। अर्थमन्त्रीबाट राजीनामा दिन वाध्य भएका युवराज खतिवडालाई तत्कालै विशेष आर्थिक सल्लाहकार नियुक्त गरिएको थियो। फेरि उनै खतिवडालाई अमेरिकाका लागि राजदूत र मुख्यसचिवको कार्यकाल नसकिँदै लोकदर्शन रेग्मीलाई राजीनामा दिन लगाएर केही घन्टामै बेलायतका लागि राजदूत नियुक्त गरिएको थियो। सचिवको स्वभाविक रोलक्रम भत्काउँदै मुख्यसचिव पदमा परराष्ट्र सचिव शंकरदास बैरागीलाई नियुक्त गरिएको थियो।
त्यसैगरी बीरगंजको पछिल्लो घटनाक्रमले पनि नेकपाको आन्तरिक कलह छताछुल्ल भएको छ। कात्तिक ६ गते पर्साको विन्दवासिनी गाउँपालिका पार्टी कमिटीको शपथ ग्रहण कार्यक्रममा ओली समूहका कार्यकर्ता र प्रचण्ड समूहका कार्यकर्ता बीच झडप भयो। आक्रमण हुँदा जिल्ला समिति सदस्य तथा गाउँपालिका सचिव मुकेश चौरसियाको हत्या भयो। मृतक प्रचण्ड समूहका हुन्। चौरसियाको हत्याको दोषीमाथि कारबाही गर्न प्रचण्ड नेपाल पक्षमले सरकारसँग माग गरे। तर प्रहरीले जघन्य अपराधमा समेत जाहेरी लिन आनाकानी गर्यो। त्यसपछि प्रचण्डले खेद र आश्चार्य व्यक्त विज्ञप्ति निकाले। प्रचण्डले विज्ञप्तिमा भनेका छन्, ‘हत्या जस्तो जघन्य अपराध हुँदा समेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय बनेको छ।’
स्थायी कमिटी सदस्य एवम पूर्वमन्त्री मातृका यावदसहित ३७ जना नेता कार्यकर्ताले हस्ताक्षरगरी पर्साको मुकेश चौरसिया हत्यामा संलग्न व्यक्तिलाई कारवाही गर्न माग गरेका छन्।
भदौं २५ को यद्धविराम के थियो ?
ओली र प्रचण्डबीच उत्पन्न मनमुटावले पार्टी विभाजनको खतरा देखिएपछि साउन ३० गते महासचिव पौडेलेको संयोजकत्वमा ‘विवाद समस्या समाधान सुझाव कार्यदल’ गठन गरिएको थियो।
कार्यदलमा मुख्यमन्त्री पोखरेल, जनार्दन शर्मा र पम्फा भुसाल,भीम रावल र सुरेन्द्र पाण्डे सहभागी थिए। कार्यदलले ओली र दाहालबीच गत वर्ष मंसिर ४ गते भएको कार्यविभाजन सम्बन्धी सहमतिलाई पुर्नव्याख्या गर्दै ओलीले पुर्णरुपमा सरकार चलाउने र प्रचण्डले पुर्णरुपमा पार्टी चलाउने तर एकअर्कासँग समन्वय गर्नुपर्ने प्रस्तावसहित १५ बुँदे प्रतिवेदन दिएको थियो। यस्तै संवैधानिक नियुक्ति, राजदूत नियुक्ति र मन्त्रिपरिषद् हेरफेर गर्दा पार्टीको सल्लाह–सुझाव लिनुपर्ने निर्णय समेत प्रस्तावमा गरिएको थियो।
पार्टी एकताका अन्य निर्णयसमेत गरेर कार्यदलले भदौ ६ गते आफ्नो प्रतिवेदन ओली र दाहालसमक्ष पेश गरेकोमा उनीहरुले त्यसमा सहमति जनाउँदै २५ भदौको स्थायी कमिटी बैठकमा पेश गरेका थिए। स्थायी कमिटी बैठकले पनि त्यसलाई अनुमोदन गरेपछि नेकपामा ‘युद्धविराम’ भएको थियो।
अविश्वास प्रस्तावको हल्ला !
नेकपाभित्र कलकले विस्फोटक रुपमा लिइरहेका बेला अविश्वास प्रस्तावको हल्ला पनि चलेको छ। प्रचण्ड नेपाल पक्षले अब अगाडि बढाउने निर्णायक कदम भनेको अविश्वास प्रस्तावको तहसम्म पनि जानसक्ने अनुमान गरिएको छ। पार्टीमा कुनै पनि सल्लाह नगरी ओलीले दल विभाजन र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि वैशाख १७ गते ओली र प्रचण्ड-नेपाल समूहले संंसदीय दलमा बहुमत देखाउन हस्ताक्षर गरेका थिए।
प्रधानमन्त्री नियुक्त भएको पहिलो दुई वर्ष प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता नहुने संवैधानिक प्रावधान छ। संविधनले एकपटक पेश गरेको अविश्वासको प्रस्ताव असफल भए अर्को एक वर्षभित्र पुनः अविश्वास प्रस्ताव पेश गर्न नसक्ने प्रावधानलाई स्पष्ट राखेको छ। सरकारविरुद्ध निरन्तर अविश्वासको प्रस्ताव दर्ता हुने खेल चल्ने भन्दै संविधानमै यो प्रावधान समेटिएको हो। संविधानको धारा १०० को उपधारा ९४० बमोजिम प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्यमध्ये एक चौथाइ सदस्यले प्रधानमन्त्रीमाथि सदनको विश्वास छैन भनी लिखितरूपमा अविश्वासको प्रस्ताव पेश गर्न सक्नेछन् ।