बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

स मस्या जस्ताको तस्तै

शनिवार , कार्तिक २२, २०७७

नेपालमा धेरै समय भयो बालबालिकाको जीवनस्तर सुधार गर्नका लागि काम थालेको । तर स मस्या जस्ताको तस्तै रहेको हामी माझ लुकेको छैन । सरकारी मात्र होईन, गैरसरकारी संस्था समेत बालबालिकाको उन्नतीको लागि यो काम गर्ने र त्यो काम गर्ने भनेर प्रचार गरेको गर्‍यै छन् । काम भने फिटिक्कै प्रभावकारी रुपमा हुन सकिरहेको छैन । बालबालिकाको समस्य उठाउदा बालश्रमीक र सडक बालबालिकाको स मस्या आई हाल्छ । अझ देशका कयौ बालबालिकाले खान, लाउन, सुरक्षितसाथ बस्न, स्कूल जान र मनोरञ्जन गर्न पाएका छैनन् । बाल अधिकारको जतिचर्चा गरे पनि यस्ता समस्या नि मिट्यान्न पार्नु त कहाँ हो कहाँ ? अलिकति घटाउन समेत यहाँ कसैलाई जाँगर चल्दैन ।

खाली विदेशी हरिया डलर सहयोग स्वरुप आए बालअधिकारको क्षेत्रमा केकेन गर्ने छौ भनेर झ्याली पिट्न चाँही जानेका छन् । अनी विदेशीले यस्तैलाई मात्र किन पत्याएको होला । अहिलेसम्म गरेको लगानी बालुवामा पानी हालेसरह भए पछि अब त सहयोगको स्वरुप पनि परिबर्तन गर्नु पर्ने हो नि दाताले । यो काम अहिलेसम्म किन नगरेको होलान् । होटेल–रेष्टुराँ, घर आदि ठाँउमा बालबालिकाले काम गर्नु परिरहेको हामीले जताततै देखेका छौं । तर बालबालिकाको यस्तो अवस्था हुदा पनि कसैले कुनै आवाज उठाएका छैनन् ।

होटेलमा खान गयो भने झन् उल्टै काम गर्न बसेका बालबालिकालाई झ पारेर आउछौं । अलिकति पनि श्र मीक बालबालिका माथि दया हुने हो भने यस्ता होटेलमा आजैदेखि खान छाड्नु पर्छ । नत्र होटेल वा विभिन्न ठाँउमा काम गर्ने बालबालिका भोकै हुनेछन् । उनीहरुको भरणपोषणका लागि कुनै उपाय त हामीले निकाल्नै पर्छ । सामान्यतया उनीहरुको अध्ययन र मनोरञ्जन गर्ने समय हानी नहुने गरी जो खिम नभएको आय मुलक काम लगाउन पनि सकिन्छ । सधैभरी उनीहरुको भरणपोषणमा समस्या पर्ने भएकाले पनि यो उपाय अप्नाउन सकिन्छ । सडकमा रहेका र आफ्नो पेट पाल्न श्र म गर्न बा ध्य सबै बालबालिकालाई यसै गरी उ द्धार गर्न सकिन्छ । तर काम गर्ने ईच्छा शक्ति भने चाहिन्छ नै ।

प्रतिक्रिया