सिन्धुली,२१ कार्तिक – सिन्धुली जिल्लामा वि पन्न वर्गको जीवनस्तर उकास्न कबुलियत वन सारथी बन्दै गएको छ । जिल्लामा वि पन्न वर्गका परिवारहरुले कबुलियती वन समूहमा आबद्ध भई गरेको सामूहिक आयआर्जनका कृयाकलापले उनीहरुको जीवनस्तरमा सुधार आउन थालेको स्थानीय उपभोक्ताले बताएका छन् । कमलामाई नगरपालिका–१२ स्थित भेडीखोर कबुलियती वन समूहका अध्यक्ष हस्तबहादुर स्याङ्तान वन कार्यालयसँग कबुलियतनामा गरि लिएको वनमा समूहले आयमुलक अम्रिसो खेती, घाँस खेती, र मौरीपालन व्यवसाय गरेको बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “सात वर्षअघि साँढे दुई हेक्टर जङगल वन कार्यालयसँग कबुलियत गरी लिएर सामूहिक आयमुलक खेती गरेका छौ । उक्त वनबाट पाँच घरका तीन दर्जनभन्दा बढी व्यक्ति लाभान्वित भएका छौं ।” उक्त वनबाट हुने आम्दानीले जीवनस्तरमा सुधार आउन थालेपछि विपन्न वर्गका परिवार कबुलियती वनलाई सारथी बताउन थालेको उहाँले सुनाउनुभयो ।
त्यस्तै गोलान्जोर गाँउपालिका–५ रतनचुरास्थित सौर्यडाँडा कबुलियती वन समूहले पनि वन कार्यालयसँग नै कबुलियत गरि लिएको वनमा व्यवसायिक रुपमा नै अम्रिसो खेती गरी मनग्य आम्दानी लिदै आएको छ । उक्त वन समितिका अध्यक्ष कृष्णहरी बस्नेत उक्त कबुलियती वन समूहमा ११ जना सदस्य रहेकोमा सबैले व्यवसायिक रुपमा नै अम्रिसो खेती गरेको बताउनुहुन्छ ।
“वन कार्यालयसँग ४० बर्षका लागि कबुलियत गरि लिएको ना ङगो वन यतिखेर हराभरा मात्र भएको छैन, वि पन्न समुदायको जीवनस्तर उकास्न पनि धेरै सहयोगी भएको छ,” उहाँले भन्नुभयो, “कबुलियतती वनको ३० हेक्टरमा सामूहीक रुपमा नै गरिएको अम्रिसो खेतीबाट चित्त बुझ्दो रुपमा आम्दानी पनि लिदै आएका छौं ।”
यि दुई वटा कबुलियती वन समूह त समूदायले लाभ लिएको उदाहरणका मात्र हुन् । त्यसो त डिभिजन वन कार्यालयका अनुसार जिल्लामा हालसम्ममा चार सय ५६ वटा कबुलियती वन समूह गठन गरि गरिबीको रेखामुनी रहेका समुदायलाई हस्तान्तरण भई सकेको छ । उक्त कार्यक्रमबाट तीन हजार ६३५ विपन्न घर परिवार लाभान्वित भएका छन् । हस्तान्तरण भएको वनले जिल्लाको कुल राष्ट्रिय वन क्षेत्रफलमध्ये करिब दुई हजार ७०४ हेक्टर ओगटेको छ ।
कार्यक्रम अन्तर्गत ४० वर्षका लागि लिजमा लिएको नांगो वनमा वि पन्न परिवारले गरेको फलफुल, जडिबुटी, अम्रिसो, घाँस खेतीले हरियालीमा परिणत गर्नुका साथै पशुपालन व्यवसायबाट आर्थिक अवस्थामा सुधार आउन थालेको सम्बन्धित परिवारले बताएका छन् ।
पछिल्लो समयमा बढ्दो वन बि नाशलाई रोक्न कम हैसियत भएको राष्ट्रिय वन क्षेत्रलाई कबुलियती वनको रुपमा समुदायलाई हस्तान्तरण गर्न सुरु गरिएपछि सिन्धुली जिल्लामा नाङ्गो वन समेत हरियालीमा परिणत हुदै गएको डिभिजन वन कार्यालय सिन्धुलीले जनाएको छ ।
कार्यालयका अनुसार जिल्लामा उक्त कार्यक्रम आर्थिक वर्ष २०४९/२०५० देखि नेपाल सरकारको १० प्रतिशत र अन्तराष्ट्रिय कृषि विकास कोषको ९० प्रतिशत ऋण सहयोगमा सञ्चालन हुदै आएको छ । पहाडी भेगमा गरिबीको रेखामुनी रहेका वि पन्न परिवारको आर्थिक अवस्थामा सुधार ल्याई आयस्तर बृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन भएको हो ।
कार्यालय प्रमुख नारायण श्रेष्ठ कबुलियती वन कार्यक्रम सामुदायिक वन कार्यक्रम भन्दा पनि राम्रो भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘झण्डै दुई बर्षदेखि कबुलियती वनको नयाँ कार्यक्रम आएको छैन । पुरानो कबुलियती वनको कार्य योजनालाई नबिकरण गर्ने कार्यक्रम मात्र आएको छ । यो बर्ष २० वटा कबुलियती वनको नबिकरणको कार्यक्रम आएको छ ।’
कार्यालय प्रमुख श्रेष्ठले भन्नुभयो, ‘कबुलियती वनसँग आबद्ध विपन्न परिवारको आयस्तर बृद्धि गर्न कार्यालयले समूहहरुलाई बेला–बेलामा निःशुल्क फलफुल र जडिबुटिका बिरुवा बितरण गर्दै आएको छ । कबुलियती वन समूहलाई आय आर्जनका काम गर्नका लागि आँप, लिची, रुख कटहर, जुनार, कागती, नास्पाति, तेजपात्, कुरिलो, अम्रिसो र बाँसका बिरुवा बितरण गर्ने गरिएको छ ।’
समुदायलाई लिजमा ४० बर्षका लागि कबुलियत गरी दिएको वन समूहको पाँच बर्षको कार्य योजना हुने र उक्त अवधि सकिएपछि नबिकरण गरी कार्य योजनाको म्याद थप्दै जानु पर्ने उहाँले बताउनुभयो ।
सिन्धुलीमा कोरोना फैलाउने नेता – दोष जनतालाई ?
भुवन थापा
ख्याल ख्यालमै सिन्धुली अहिले कोरोनाको इपिसेन्नटर बनिसकेको छ । सुरुका दिनमा सिन्धुलीमा विदेशबाट फर्किएका मानिसमा मात्र कोरोना देखिएको थियो । जो सिन्धुली आइपुग्ने वित्तिकै क्वारेनटाइनमा थिएँ र सं क्रमलाइ जितेपछि मात्र घर फर्किए । तर पछिल्लो समय सिन्धुलीमा समुदायमा यत्रतत्र घुमिरहेका मानिसमा कोरोना पुष्टि हुनुले सिन्धुलीमा कोरोना समुदाय स्तरमा पुगेको हो कि भन्ने ड र भएको छ । धेरै परीक्षण हुन् सकेको छैन । जति परीक्षण भएको छ । त्यसमा ३५ प्रतिशतसम्म कोरोना पो जेटिभ देखिनु चि न्ताको विषय हो ।
म हरेक महिना काठमाडौँबाट कम्तीमा एक पटक सिन्धुली पुगेकै हुन्थे । काठमाडौँ कडा ल क डाउन हुँदा पनि मलाइ सिन्धुली जान छेकिएँन । खालि सडकमा मोटरसाइकल ह्युइकाएर धेरै पटक घर पुगियो । तर काठमाडौँमा व्यापक स ङ्क्रमण फैलिन थालेपछि असार देखि म अहिले सम एक पटक पनि घर पुगेको छैन । कतै आफूले कोरोना घर परिवार र समाजमा रोग सारिने हो कि भन्ने डर छ ।
तर सिन्धुलीमा त्यसको कुनै प्रवाह देखिएन । नेता र सांसदलाई रेड जोनबाट सिन्धुलीको गाउँ गाउँ ओहोरदोहोर गर्न कुनै कुनै ल क डाउन र मापदण्डले छेकिएँन । सार्वजनिक यातायात खुलेपछि गाउँ पुगेका नागरिक इ मानदार साथ सेल्फ क्वारेनटाइनमा बसे तर जनप्रतिनिधि र राजनीतिक दलका नेता कार्यकर्तालाई गाउँ गाउँमा सभा र भेला गर्दै डुलिरहे । सिन्धुलीमा कसरी फैलिरहेको छ कोरोना – यस ब्लगमा यिनै कुराको चर्चा गरेको छु ।
देशमा दैनिक ५ हजार भन्दा धेरै कोरोना सङ्क्रमित पहिचान भैरहदा सिन्धुलीमा भने गाउँ गाउँ नेकपाको पार्टी प्रवेश र युवा सँगको एकता भेला चलिरहेको थियो । पार्टी प्रवेश र एकता भेलामा नेकपाको माननीय देखि स्थानीय नेता – जो लगातार काठमाडौँमा सिन्धुली ओहोरदोहोर गरिरहेका व्यक्ति सहभागी थिएँ । असोज १९ गते तिनापाटनमा युवा संघको एकता भेलामा १ हजार हा राहारी मानिसको भेला भेला भएको थियो । उक्त कार्यक्रममा काठमाडौँ देखि पुगेका माननीय र सिन्धुलीका प्राय नेकपाको नेताको सहभागीता थियो । सरकारले २५ जना भन्दा धेरै भेला नहुन मापदण्ड जारि गरेको छ । तर माननीय र जनप्रतिनिधिहरु नै कोरोनालेले महामारीको रूप लिएको बेलामा हजारौँ व्यक्ति भेला गरेर कोरोना मापदण्डको खिल्ली उडाएर भेला सम्मेलनमा हिँडिरहेका थिएँ ।
उक्त भेलामा अतिथिको रूपमा सहभागी माननीय गणेश पहाडीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यसले सिन्धुलीमा तरङ्ग ल्यायो । एकता भेला र पार्टी प्रवेशमा सामाजिक दुरी त परको कुरा । हात मिलाएर खुसी साटासाट गरिएको थियो । धेरैको मुखमा मास्क देखिएको थिएँ । सिन्धुली जनस्वास्थ्य कार्यालयले जनाए अनुसार पहाडीको सम्पर्कमा रहेका २२ जनालाई कोरोना पुष्टि भैसकेको छ र त्यो क्रम बढ्दो छ । माननीय पहाडीलाई सङ्क्रमण भएपछि उहाँको सम्पर्कमा रहेकालाई कोरोना पुष्टि हुनु माननीयले अरूलाई कोरोना सारेको भन्न मिल्दैन । उक्त कार्यक्रममा सहभागी हुँदाकै अवस्थामा भेलामा सहभागी अरू व्यक्तिबाट गणेश पहाडी सङ्क्रमित भएको पनि हुन् सक्छ । तर यस्तो महामारीको बेलामा जसरी गाउँ गाउँ राजनीतिक भेला , पार्टी प्रवेश र भेटघाट गर्दै हिँडियो । त्यो गलत थियो ।
उता मारिण गाउँपालिकामा पनि युवा संघको एकता भेलामा सिन्धुलीबाट सहभागी हुन् पुगेका एक व्यक्ति उक्त सम्मेलनबाट फर्किने वित्तिकै कोरोना पुष्टि भएको छ । र त्यसपछि मारिण गाउँपालिकामा एकता भेलामा सहभागी भएका लगायत ८ जनामा सङ्क्रमण देखियो । त्यसैले अहिले सिन्धुलीमा बेमौसमी राजनीतिक भेला र सम्मेलन अहिले कोरोना फैलाउने मुख्य स्रोत भयो । राजनीतिक दल अलिकति पनि गम्भीर बनेनन् ।
सिन्धुलीमा कोरोनाले थप म हा मारीको रूप लिएपछि फेरी असोज २४ गते देखि कमलामाई नगरपालिका र मातहतका कार्यालय ब न्द गरिएको छ । तर कार्यालय बन्द गरेर कमलामाई नगरपालिकाको मेयर साप गाउँ गाउँमा मानिस भेला गरेर विजयादशमीको शुभकामना कार्यक्रममा सहभागी हुन पुग्नु भएको छ । भेला सम्मेलन , चाडपर्वमा हुने भि ड नि यन्त्रण गर्नु पर्ने बेलामा मेयर आफै कार्यालय ब न्द गरेर गाउँ गाउँ भेला सम्मेलन गर्दै हिँड्नु गैरजिम्मेवारको हद नाघेको छ । यसले नगरपालिका कोरोना नियन्त्रणमा गम्भीर भएको देखिँदैन । र फेरी तिनै शुभकामना आनाद्नाप्रदानले कोरोना फैलाइरहेको हुन् पनि सक्छ । जुन कार्यक्रम अहिले गर्न स्वास्थ्य मन्त्रालयले अनुमति दिएको पनि छैन । अहिले नागरिकले गरिरहेका यस्ता कार्यक्रम रोक्नु पर्ने बेलामा जनप्रतिनिधिकै सहभागिता छ ।
उता महामारीको बिच एक महिना अगाडी हरिहरपुर गढी गाउँपालिकाले जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ । यस्ता खेलकुद प्रतियोगिता गर्न नेपाल सरकारले अहिले अनुमति दिएको छैन । त्यसैले सिन्धुलीका स्थानीय तह आफै बेलाबेला निषेधाज्ञा लाउँदै कोरोना नियन्त्रण मापदण्डको आफै खिल्ली उडाइरहेका छन् । जुन कोरोना फैलाउने स्रोत बनिरेको छ
आइसोलेसन सेन्टरमा पर्यटकको घुइँचो
सिन्धुलीमा कोरोना स ङ्क्रमितलाई राख्न र उपचार गर्न भनेर सरकार र नागरिकको सहयोगमा ५० बेडको आ इसोलेसन बन्दै छ । तर निर्माणको अन्तिम चरणमा रहेको उक्त आइसोलेसन भवन पर्यटकीय स्थलको रूपमा रह्यो । सिन्धुलीमा स्थानीय तहले नि षेधाज्ञा गरेर व्यवसाय ठप्प पार्दा आइसोलेसन सेन्टरमा श्रमदानको नाममा फोटो खिच्नेको खपिनसक्नु भिड भयो । अहिले पनि सिन्धुली पुगेका अधिकांस नेता , सांसद र नागरिक एक पटक निर्माणाधीन आइसोलेसन सेन्टरमा पुग्नु पर्ने नियम नै जस्तो देखिन्छ । पछिल्लोपटक सङ्क्रमित भएका केहि व्यक्ति पनि आइसोलेसन सेन्टरको अनुगमनमा पुगेका थिएँ । अर्को तिर आइसोलेसन सेन्टर लाही ५ हजार सहयोग गर्न पनि ठुलो हुल बाँधिएर निर्माण स्थलमा पुग्ने गरेको छन् । कुनै पनि सार्वजनिक निर्माण क्षेत्रमा जो कोही त्यसरी सजिलोसँग प्रवेश पाउँदैन । तर त्यहाँ त्यो लागु छैन । सिन्धुली पुगेका नेतादेखि नागरिकसम्म आइसोलेसन सेन्टर अनुगमन गरियो भनेर सामाजिक सञ्जालमा तस्बिर हालिरहेका छन् । त्यसैले बढ्दो भिडभाडले आइसोलेसन सेन्टरबाट नै सङ्क्रमणको त्रास फैलाएको छ वा फैलिरहेको छ ।
जनतालाई कारबाही नेताको रजाइँ
सिन्धुली जिल्ला प्रशासनले निकालेको सूचना अनुसार कोरोना नि यन्त्रणमा नेपाल सरकारले तोकेको मापदण्ड पुरा नगर्नलाई सङ्क्रमण रोग एन २०२० अनुसार कारबाही गर्ने चेतावनी दिएको छ । बजारमा मास्क नलगाई हिँड्ने नागरिकलाई १०० रुपौया जरिवाना तिराइएको छ । तर राजनीतिक दल सयौँ व्यक्ति भेला गरेर गाउँ गाउँमा राजनीतिक कार्यक्रम गर्दै हिँडेका छन् । कोरोना नियन्त्रण मापदण्डको खिल्ली उडाइएको छ । न मुखमा मास्क छ न सामाजिक दुरी । रेड जोनबाट गएका नेता कार्यकर्ता निर्बाध रूपमा भेला सभामा सहभागी भएका छन् । सिन्धुलीमा प्रशासनले राजनीतिक दलको कार्यक्रम नियन्त्रण गर्न नसक्दा कोरोना आगो जसरी फैलिरहेको छ । सिन्धुलीमा गाउँबाट दसैं मनाउनको लागि खर्च जुटाउन गाउँबाट खसी बिक्रि गर्न बजारमा ल्याउने किसानलाइ प्रहरीले लखटेको छ भने राजतिनिक दल हजारौं व्यक्ति भेला गर्दै राजनीतिक कार्यकम गर्दै हिड्दा प्रशासन लाचार छ । सिन्धुलीमा जनतालाई कारबाही र नेता र कार्यकर्तालाई रजाइँ छ ।