शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

यस्तो छ आजको विदेशी विनिमयदर

शुक्रवार , कार्तिक २१, २०७७

काठमाडौं २१ कार्तिक - नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय १८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ३३ पैसा रहेको जनाएको छ।

त्यस्तै, युरो एकको खरिददर १ सय ४० रुपैयाँ ०१ पैसा र बिक्रीदर १ सय ४० रुपैयाँ ४२ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १ सय ५४ रुपैयाँ ८१ पैसा र बिक्रीदर १ सय ५५ रुपैयाँ ५९ पैसा रहेको छ ।

आज फेरि बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं. २१ कार्तिक – नेपाली बजारमा सुनको मूल्यमा आज फेरि ब ढेको छ । बिहिबार सुनको मूल्य तोलामा ९६ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा एक हजारले ब ढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छा पा वा ल सुनको मूल्य प्रतितोला ९७ हजार २ सय कायम गरिएको छ भने ते जा वी सुनको मूल्य ९६ हजार ७ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२५५ रहेको महासंघले जनाएको छ ।

कोरोना सं क्रमित मनोज गजुरेलको आ ईसियूमा उपचार हुँदै

काठमाडौं, – कार्तिक १० गते सोमबार कोरोना भा इरस संक्रमण पुष्टि भएका चर्चित स्ट्यान्डअप कलाकार मनोज गजुरेलको अवस्था ग म्भीर भएको छ।

स्वास्थ्य अवस्था गम्भीर भएपछि अस्ति बुधबार उनलाई उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको थियो। थप उपचारका लागि उनलाई हिजो आईसियूमा सारिएको हो।

हास्यव्यग्य समूह सिस्नुपानी नेपालका महासचिव तथा गजुरेलका निकट मित्र टंकराज आचार्यले दिएको जानकारी अनुसार सं क्रमण पुष्टि भएयता घरमा नै आइसोलेशन बसिरहेका उनको बुधबारबाट स्वास्थ्य अवस्था ज टिल बनेपछि अस्पताल भर्ना गरिएको हो।

आफूलाई कोरोना भा इरसको संक्रमण भएको फेसबुकबाट सार्वजनिक गरेका गजुरेलले आफ्ना दाजुलाई अस्पताल ल्याउने लैजाने क्रममा आफू संक्रमित भएको शंका व्यक्त गरेका थिए। उनलाई लक्षणसहितको कोरोना पुष्टि भएको थियो।

नेपाली कलाकार क-कसलाई भयो कोरोना सं क्रमण ?

काठमाडौं,- नेपाली कलाकारहरूले कोरोना भा इरस (कोभिड-१९) खेलाची गर्ने रोग नभएको बताएका छन् । कोरोना सं क्रमणबाट पी डित बनेका कलाकारहरूले कोरोना वि रुद्ध लड्न आफैँ सु रक्षित भएर बस्नुपर्ने सुझाव पनि दिएका छन् ।

कोरोना सं क्रमणबाट मुक्त भएका वरिष्ठ कलाकार हरिवंश आचार्यले भने, “यो रो ग आफूलाई लागेपछि मात्र यसको पी डा थाहा हुन्छ । त्यसैले आफू र आफ्नो परिवारलाई यो रोग लाग्नबाट बचाउन सक्ने सम्पूर्ण उपाय अपनाउनुपर्छ ।”

दुई साता घरमै एकान्तबास बसेर सं क्रमणमुक्त भएपछि उनले सबैलाई सचेत भएर बस्न आग्रह गरेका हुन् । आचार्यले भने, “कोरोनालाई कतिपयले हल्का विषय बनाएका छन्, यसमा हामी एकदमै गम्भीर बन्नुपर्छ । सचेत रहेर आफ्नो दैनिकी अगाडि बढाउनुपर्छ, १४ दिनको एकान्तबासले धेरै कुरा सिकायो भने पीडा के हो भन्ने पनि बुझायो ।”

कलाकार तथा नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामा घरमा एकान्तबासका साथै अस्पतालमा समेत उ पचारका लािग बस्नु परेको सम्झँदै भन्छन्, “थुप्रै पीडाका बीच मैले कोरोना जितेको हो ।”

उनले अगाडि भने, “मैले हरेक दिन कोरोनासँग लडिरहेँ । अनेक दुःख र कष्टबीच कोरोनासँगको सङ्घर्षमा हार मानिनँ । यसबीचमा मैले भोगेका कष्टप्रद क्षण अनगन्ती छन्, कोरोनाले गलाउन खोजिरहँदा पनि मैले निरन्तर सङ्घर्ष गरेर जितेँ ।”

यसैगरी हास्य कलाकार मनोज गजुरेलले कोरोना संक्रमण पुष्टि भएको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे । आफ्नै घरमा एकान्तबास बसेका गजुरेलले कडा खालका कुनै लक्षण नदेखिए पनि मानसिक तनाव भएको स्वीकार गरे ।

संक्रमणबाट बच्न सुरक्षाका सम्पूर्ण उपाय अपनाउँदा अपनाउँदै पनि कोरोना जुनसुकै बेला, जसलाई पनि लाग्न सक्ने भएकाले सचेत रहन उनले आग्रह गरे । कोरोनाबाट मुक्त हुन ध्यान केन्द्रित गरेको र घरेलु उपचारले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न मनलाई बहलाउने कार्यमा लागेको अनुभव सुनाउँदै उनले आफू सचेत रहन, अरूलाई सुरक्षित रहन तथा संक्रमण देखिहालेमा पनि नआत्तिन, विश्वासिलो चिकित्सकको सम्पर्कमा रहन सुझाव दिए ।

अर्का हास्य कलाकार देवीराम पराजुली ‘भोक लाग्यो’लाई पनि कोरोना संक्रमण भएको र यो रोगसँग लड्दै बिस्तारै निको हुन लागेको बताए । हास्य शृङ्खला जिरे खुर्सानीमा भोक लाग्यो पात्रको अभिनय गर्दै आएका पराजुलीले सामाजिक सञ्जालमा कोरोनाले माया गर्दा र कोरोनाबाट विछोड हुँदाको अवस्थाको भनेर तस्बिर सेयर गरेका छन् ।

नेपाली हास्य टेलिशृङ्खला ‘भद्रगोल’ का निर्माता तथा कलाकार सुवास कार्की ‘बेलासे’ लाई कोरोना संक्रमण भएको छ भने गायक खेम सेन्चुरी कोरोना संक्रमणमुक्त भएका छन् । हल्का ज्वरो आउने, रुघाखोकी लाग्ने भएपछि पीसीआर परीक्षण गराएको जानकारी दिँदै उनले रिपोर्ट पोजेटिभ आएपछि घरमै एकान्तबासमा बसेको जानकारी दिए ।

घरमै बसेर तातोपानी पिउने, व्यायाम गर्ने तथा खानपिनमा बढी ध्यान दिन थालेपछि संक्रमणमुक्त भएको उनकाे अनुभव छ । तातोपानी, बेसारपानी, दालचिनी पानी, सुप र तितेपाती लगायत थप भिटामिन तथा फलफूल खाएको जानकारी उनले दिए ।

मानसिक तनाव धेरै हुने भएकाले मेडिटेसन तथा मन र दिमागलाई आनन्द हुने सङ्गीत सुनेको पनि जानकारी दिँदै उनले सचेत भएर सुरक्षित बस्दा कोरोना बाहिर हल्ला फैलिएजस्तो नरहेको अनुभव सुनाएकाे खबर बुधबारकाे गाेरखापत्रमा यलु जाेशीले लेखेकी छन् ।

गायक तथा सङ्गीतकार टङ्क बुढाथोकी भदौ महिनामा संक्रमित भएका थिए । घरमै एकान्तबास बसेका बुढाथोकीले घरेलु उपचार पद्धति अपनाएका कारण सं क्रमणमु क्त भएको जानकारी दिए ।

प्रतिक्रिया