काठमाडौँ,२० कार्तिक - कोरोना भा इरसको म हा मारी का कारण आठ महिनादेखि दर्शकले सिनेमा हलमा नयाँ फिल्म हेर्न पाएका छैनन् । लकडाउनको समयमा यूट्यबमा पनि खासै धेरै फिल्म सार्वजनिक भएनन् । जसले गर्दा दर्शकहरु हलमा हेर्न छुटेका फिल्महरु यूट्युबमा प्रतिक्षा गरेर बसेका छन् । यसबीच, बिहीवारबाट अभिनेता अनमोल केसी स्टारर फिल्म ‘ए मेरो हजुर ३’ यूट्युबमा उपलब्ध भएको छ ।
हलमा रिलिजको डेढ वर्षपछि यो फिल्म यूट्युबमा आएको हो । नजिकिँदै गरेको तिहारको छेको पारेर बुढासुब्बा डिजिटलबाट सार्वजनिक भएको फिल्मले एक सेलिब्रेटी र फ्यानबीचको प्रेमकथा वाचन गरेको छ । झरना थापा निर्देशित फिल्ममा अनमोलसँग सुहाना थापाको जोडी बाँधिएको छ । फिल्ममा अनमोल गायकको भूमिकामा छन् भने उनको फ्यानको भूमिकामा सुहाना छिन् ।
घरेलु ब क्सअफिसमा ९ करोड ग्रस कलेक्सन गरेको फिल्मले समीक्षकबाट खासै तारिफ पाउन सकेको थिएन । दर्शकहरुले भने फिल्म निकै रुचाएका थिए । यही फिल्मबाट सुहानाले अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । समीक्षक र दर्शकले उनको अभिनयको मुक्तकण्ठले प्रशंसा गरेका थिए । यूट्युबमा पहिलो पटक फिल्म हेर्ने दर्शकले पनि उनको अभिनय रुचाएका छन् ।
दर्शकहरुले लामो समयदेखि प्रतिक्षा गरेका कारण ‘ए मेरो हजुर ३’ यूट्युबमा सबैभन्दा धेरै पटक हेरिने पहिलो नेपाली फिल्म बन्ने अनुमान गरिएको छ । यो फिल्मको चौंथो पार्टको दशैंको फूलपातीबाट छायांकन भइरहेको छ । तिहारसम्म छायांकन सकेर फिल्मलाई यसै वर्ष प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छ । फिल्ममा दोस्रो पटक अनमोल र सुहानाले स्क्रिन शेयर गरेका छन् ।
फिल्म हेर्नुहोस् :
नेपाली कलाकार क-कसलाई भयो कोरोना सं क्रमण ?
काठमाडौं, १९ कार्तिक- नेपाली कलाकारहरूले कोरोना भा इरस (कोभिड-१९) खेलाची गर्ने रोग नभएको बताएका छन् । कोरोना सं क्रमणबाट पी डित बनेका कलाकारहरूले कोरोना वि रुद्ध लड्न आफैँ सु रक्षित भएर बस्नुपर्ने सुझाव पनि दिएका छन् ।
कोरोना सं क्रमणबाट मुक्त भएका वरिष्ठ कलाकार हरिवंश आचार्यले भने, “यो रो ग आफूलाई लागेपछि मात्र यसको पी डा थाहा हुन्छ । त्यसैले आफू र आफ्नो परिवारलाई यो रोग लाग्नबाट बचाउन सक्ने सम्पूर्ण उपाय अपनाउनुपर्छ ।”
दुई साता घरमै एकान्तबास बसेर सं क्रमणमुक्त भएपछि उनले सबैलाई सचेत भएर बस्न आग्रह गरेका हुन् । आचार्यले भने, “कोरोनालाई कतिपयले हल्का विषय बनाएका छन्, यसमा हामी एकदमै गम्भीर बन्नुपर्छ । सचेत रहेर आफ्नो दैनिकी अगाडि बढाउनुपर्छ, १४ दिनको एकान्तबासले धेरै कुरा सिकायो भने पीडा के हो भन्ने पनि बुझायो ।”
कलाकार तथा नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामा घरमा एकान्तबासका साथै अस्पतालमा समेत उ पचारका लािग बस्नु परेको सम्झँदै भन्छन्, “थुप्रै पीडाका बीच मैले कोरोना जितेको हो ।”
उनले अगाडि भने, “मैले हरेक दिन कोरोनासँग लडिरहेँ । अनेक दुःख र कष्टबीच कोरोनासँगको सङ्घर्षमा हार मानिनँ । यसबीचमा मैले भोगेका कष्टप्रद क्षण अनगन्ती छन्, कोरोनाले गलाउन खोजिरहँदा पनि मैले निरन्तर सङ्घर्ष गरेर जितेँ ।”
यसैगरी हास्य कलाकार मनोज गजुरेलले कोरोना संक्रमण पुष्टि भएको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे । आफ्नै घरमा एकान्तबास बसेका गजुरेलले कडा खालका कुनै लक्षण नदेखिए पनि मानसिक तनाव भएको स्वीकार गरे ।
संक्रमणबाट बच्न सुरक्षाका सम्पूर्ण उपाय अपनाउँदा अपनाउँदै पनि कोरोना जुनसुकै बेला, जसलाई पनि लाग्न सक्ने भएकाले सचेत रहन उनले आग्रह गरे । कोरोनाबाट मुक्त हुन ध्यान केन्द्रित गरेको र घरेलु उपचारले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न मनलाई बहलाउने कार्यमा लागेको अनुभव सुनाउँदै उनले आफू सचेत रहन, अरूलाई सुरक्षित रहन तथा संक्रमण देखिहालेमा पनि नआत्तिन, विश्वासिलो चिकित्सकको सम्पर्कमा रहन सुझाव दिए ।
अर्का हास्य कलाकार देवीराम पराजुली ‘भोक लाग्यो’लाई पनि कोरोना संक्रमण भएको र यो रोगसँग लड्दै बिस्तारै निको हुन लागेको बताए । हास्य शृङ्खला जिरे खुर्सानीमा भोक लाग्यो पात्रको अभिनय गर्दै आएका पराजुलीले सामाजिक सञ्जालमा कोरोनाले माया गर्दा र कोरोनाबाट विछोड हुँदाको अवस्थाको भनेर तस्बिर सेयर गरेका छन् ।
नेपाली हास्य टेलिशृङ्खला ‘भद्रगोल’ का निर्माता तथा कलाकार सुवास कार्की ‘बेलासे’ लाई कोरोना संक्रमण भएको छ भने गायक खेम सेन्चुरी कोरोना संक्रमणमुक्त भएका छन् । हल्का ज्वरो आउने, रुघाखोकी लाग्ने भएपछि पीसीआर परीक्षण गराएको जानकारी दिँदै उनले रिपोर्ट पोजेटिभ आएपछि घरमै एकान्तबासमा बसेको जानकारी दिए ।
घरमै बसेर तातोपानी पिउने, व्यायाम गर्ने तथा खानपिनमा बढी ध्यान दिन थालेपछि संक्रमणमुक्त भएको उनकाे अनुभव छ । तातोपानी, बेसारपानी, दालचिनी पानी, सुप र तितेपाती लगायत थप भिटामिन तथा फलफूल खाएको जानकारी उनले दिए ।
मानसिक तनाव धेरै हुने भएकाले मेडिटेसन तथा मन र दिमागलाई आनन्द हुने सङ्गीत सुनेको पनि जानकारी दिँदै उनले सचेत भएर सुरक्षित बस्दा कोरोना बाहिर हल्ला फैलिएजस्तो नरहेको अनुभव सुनाएकाे खबर बुधबारकाे गाेरखापत्रमा यलु जाेशीले लेखेकी छन् ।
गायक तथा सङ्गीतकार टङ्क बुढाथोकी भदौ महिनामा संक्रमित भएका थिए । घरमै एकान्तबास बसेका बुढाथोकीले घरेलु उपचार पद्धति अपनाएका कारण सं क्रमणमु क्त भएको जानकारी दिए ।
छिन्न भिन्न हुँदै छक्का पञ्जा टिम
काठमाडौँ, – दीपकराज गिरी , दीपाश्री निरौलाको टिमबाट कलाकार जितु नेपाल (मुन्दे) बाहिरिएका छन् । हास्य कलाकारको टिमले सुरु गरेको ‘६ एकान ६’देखि ‘छ माया छपक्कै’सम्मसँगै आएका जितुले दीपक दीपाको टिमबाट अलग भएको बताएका छन् ।
ल कडाउनको समयमा टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’बाट दीपाश्री निरौला हटाइए पछि यि बीच म नमुटाव रहेको बुझिएको छ । दीपाश्री निरौलालाई ह टाएर मुन्द्रेको कमेडी क्लबमा अध्यक्षका रूपमा करिष्मा मानन्धरलाई राखेका थिए ।
दीपक दीपाको टिमबाट जितु अघि धुर्मुस–सुन्तली (सीताराम कट्टेल– कुञ्जना घिमिरे) आउट भइसकेका थिए । ‘छ एकान ६’ र ‘वडा नं ६’ गरी दुई फिल्ममा सहकार्य गरेका धुर्मुस–सुन्तलीले तेस्रो फिल्म ‘छक्का पञ्जा’मा साथ छाडेका थिए । उनीहरुबाट छुट्टिएर कुञ्जना र सिताराम कट्टेलले नयाँ फिल्म ‘सेन्टी भा इरस’ निर्माण गरिसकेका छन् । जुन गत फागुनमा प्रदर्शन भइसकेको छ ।
‘तीतो सत्य’देखि सहकार्य गर्दै आएका निर्मल शर्मा पनि ‘छक्का पञ्जा’पछि दीपक–दीपाको समूहबाट अलग भएका थिए । शिवहरि पौडेलले पनि ‘छ माया छपक्कै’देखि अलग भइसकेका छन् । उनले दीपक दीपाको समुहबाट अलगिएर किरण केसीको समूहतर्फ लागेका छन् । छक्का पञ्जा टिम छोडेर किरण केसीको फिल्म ‘लक्का जवान’मा निर्देशन गरिसकेका छन् । कोेरोना महामारीका कारण फिल्म प्रदर्शन हुन सकेको छैन । यस फिल्ममा शिवहरी पौडेलको पनि लगानी रहेको छ ।
हाँस्य कलाकार जितु नेपालले संचालन गर्दै आएको रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’बाट निर्देशक दीपाश्री निरौला बाहिरिइन् । दीपाश्रीले नायक राजेश हमालको बिषयमा दिएको एक अभिव्यक्ति कै कारण उनी शोबाट बाहिरिन् बाध्य भइन् । उनी शोबाट बाहिरिएपछि नायिका करिश्मा मानन्धर अध्यक्षको रुपमा शोमा भित्रिएकी छिन् ।
दीपाश्री ‘मुन्द्रेको कमेडी क्लब’बाट बाहिरिएसँगै चलचित्र बजारमा ‘छक्का पन्जा’ टिमबाट जितु नेपाल पनि बाहिरिएको चर्चा सुरु भएको छ । अनलाइन खबरमा समाचार छ ।
‘मुन्द्रेको कमेडी क्लब’बाट दीपाश्री बाहिरिनुको कारण संचालक जितु नेपालले विज्ञापनदाता र निर्माण कम्पनीलाई देखाएका थिए । जितुले केही समय अगाडि एक अनलाइनसँगको कुराकानीमा विवादपछि विज्ञापनदाताले समस्या उत्पन्न भएको बताएपछि निर्माण कम्पनीले यो बिषयमा कुरा गरेको र दिपाजीले पनि सहर्ष स्विकार गरेको बताका थिए ।
तर, जितुले विज्ञापनदाता र निर्माण कम्पनीको असन्तुष्टीका कारण दीपाश्री शोबाट बाहिरिएको बताएपनि ‘छक्का पन्जा’ टिमलाई भने उनकै कारण दीपाश्री बाहिरिएको भन्ने परेको छ । श्रोतका अनुसार –‘विज्ञापनदाता र निर्माण कम्पनीको भन्दा पनि जितु नै राजेश हमाल विवादपछि दीपाश्रीलाई राखेर शोमाथि जोखिम मोल्न नचाहेको भन्ने वुझाई ‘छक्का पन्जा’ टिमको छ ।
यो बिषयमा जितुले भने–‘मैले पनि टिम टुटेको भन्ने खबर समाचार आएपछि मात्र थाहा पाएँ । तर, हाम्रो टिम टुटेको छैन । मेरो सबैसँग सम्बन्ध राम्रो छ । एउटा कुरा के हो भने, अहिले हाम्रो कम्यूनिकेशन टुटेको भने छ । दीपाश्री दिदीसँग मेरो च्याटमा कुरा हुन्छ । एक दुइवटा चलचित्रमा जितु नेपाल भएन भने पनि सम्बन्ध टुटेको भन्न मिल्दैन । हरेक चलचित्रमा म हुनैपर्छ भन्ने पनि छैन ।’
जितुले आफूले दीपाश्री नराख्ने भए कार्यक्रम नै चलाउँदिन भनेर अडान राख्न नसकेको स्विकार गरे । उनले भने–‘म खुलेर यो कुरा स्विकार गर्न सक्छु कि, मैले दीपा दिदीबिना कार्यक्रम चलाउँदिन भनेर कार्यक्रमको निर्माण कम्पनीसँग अडान नराखेकै हो । तर, मलाई टिमबाट निकालेको भन्ने कुरा दिपकराज गिरी दाइको मुखबाट नसुनेसम्म मलाई विश्वास लाग्दैन ।’
जितु नेपाल बाहिरिएको बिषयमा यो टिमका सदस्य दिपकराज गिरीले केही पनि बताएनन् । उनले भने–‘जितु नेपालको शो पूर्ननिर्माण हुन सक्छ भने, छक्का पन्जा टिम पनि पूर्ननिर्माण हुन सक्छ ।’
दिपकका अनुसार, यो टिममा शिवहरि पौडेल, विल्सन विक्रम राइको प्रवेश भएको छ । उसो त, यो टिमसँग केही चलचित्रमा शिवहरि र विल्सनले काम गरिसकेका छन् । किरण केसी, निर्मल शर्मा पनि यो टिमसँग मिलेर अगाडि बढ्ने तयारीमा छन् । यसरी हेर्दा, ‘छक्का पन्जा’ टिमलाई झनै बलियो र ठूलो बनाउने तयारी दिपकराज र दीपाश्रीको छ ।
जितु नेपाल र दिपकराज गिरीले यो बिषयमा खुलेरै कुरा गर्न नचाहेपनि ‘मुन्द्रेको कमेडी क्लब’पछि उत्पन्न विवादले दिपक–दीपा र जितु नेपालविच सम्बन्ध भने चिसिएको वुझ्न सकिन्छ । जितुले संचालन गर्दै आएको शो केदार घिमिरेले संचालन गरेको ‘आमा अग्नी कुमारी मिडिया’ नामक युटुब च्यानलबाट अपलोड हुँदै आएको थियो । तर, अहिले जितुले आफ्नै युटुब च्यानल संचालन गरेर शो अपलोड गर्न थालेका छन् ।
जितुले यो बिषयमा भने–‘मलाई कि एड्भरटाइजिङले युटुबको हकमा कि तपाई आफ्नै च्यानलबाट अपलोड गर्नुहोस् कि हामी अपलोड गर्छौ भनेपछि मैले आफ्नै च्यानल खोलेर अपलोड गर्न थालेको हुँ । मेरो र केदार घिमिरेविच पनि कुनै खालको सम्बन्ध विग्रिएको छैन ।’
के दीपकराज र निश्चलबीच टिमअप हुँदैछ ?
काठमाण्डौ, – कोरोना भा इरसका कारण आठ महिनादेखि फिल्म क्षेत्र सुनसान छ । सिनेमा हलको गेटमा ताल्चा झुण्डिएको छ । निर्माण सम्पन्न भएका फिल्म कम्प्यूटरको हार्ड डिस्कमा थन्किएका छन् । निर्माणको तयारीमा रहेका फिल्म सरकारको अनुमति कुरेर बसेका छन् । सरकारले फिल्म क्षेत्रमा लगाएको प्र तिबन्ध फुकुवा नगर्दा फिल्म क्षेत्र अब कसरी अगाडि बढ्ला भन्ने अन्योलको स्थिति छ ।
सरकारले फिल्म निर्माण र प्रदर्शन खुल्ला गरेपछि फिल्म क्षेत्रलाई चलायमान बनाउन ठूला मेकरबीच सहकार्य हुनुपर्ने र ठूला स्टारले शेयरमा काम गर्नुपर्ने आवाज उठिरहेको अवस्थामा फिल्म क्षेत्रका बलशाली मेकरको रुपमा कहलिएका दीपकराज गिरी र ‘लु ट’ पछि नेपाली फिल्ममा कथा भन्ने शैली नै परिवर्तन गरेका निश्चल बस्नेतबीच नयाँ फिल्ममा सहकार्यको चर्चा चलेको छ ।
काठमाडौंस्थित गोकर्ण फरेष्ट रिसोर्टमा दीपकराज र निश्चलसँगै निर्देशक दीपाश्री निरौला र अभिनेत्री स्वस्तिमा खड्काबीच विशेष भेटघाट भएको थियो । त्यहाँ उनीहरुले एकसाथ डिनर पनि गरेका थिए । स्वस्तिमा र दीपाश्रीले सामाजिक सञ्जाल इन्स्टाग्राममा गोकर्ण रिसोर्ट घुमेका र कुराकानी गर्दै डिनर गरेका तस्विर तथा भिडियो क्लिप्सहरु शेयर गरेका छन् ।
दीपकराज र निश्चलको यो भेटघाटलाई फिल्मकर्मीहरुले विशेष रुपमा लिएका छन् । नयाँ प्रोजेक्टमा सहकार्यका लागि उनीहरुबीच भेटघाट भएको हुनसक्ने कतिपयको आँकलन छ । यद्यपि, उनीहरुबीच कुन शिलशिलामा भेटघाट भएको थियो, त्यो भने खुलेको छैन । यो अवस्थामा यी दुई ठूला मेकरबीच टिमअप हुन सकेको खण्डमा नेपाली फिल्म क्षेत्रका लागि निकै फाइदाजनक हुनेछ ।