बि.सं.२०७७ साल कार्तिक २० गते बिहिबार ई. सं. २०२० नोभेम्वर ५ नेपाल सम्बत ११४० कौलागा पञ्चमी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद ऋतु, असोज कृष्ण पञ्चमी , चन्द्रमा मिथुन राशिमा, आद्र्रा नक्षत्र, शिव योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०६ः१८ बजे, सूर्यास्त साँझ ५ः१८ बजे हुनेछ ।
आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनैपनि महत्वपूर्ण कार्य तथा दिवश परेको छैन । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजरे १८ मिनेट देखि ७ बजेर ४० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ । आहार विहारमा विशेष स त र्क रहनु राम्रो हुन्छ । विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान पाइने समय छ । प्राय सबै कामहरू बन्नेछन् । काममा साथ सहयोग पनि पाइनेछ । आर्थिक लाभ हुने दिन छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ । खानपानमा विचार पुर्याउनु होला । स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ । केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला । बैदेशिक कार्यमा असफलभै दुख पाउने योग छ । भाग्यले साथ दिनेछैन, धनको नाश पनि होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– तपाइको बुद्दीको सहि प्रयोग भइ चिताएका काममा सफलता पाइने योग छ, अन्नको लाभ पनि होला । परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ । आज कसैबाट समर्थन एवम् धन पाइने दिन छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अन्नको पनि लाभ मिल्न सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– धनको लाभ अर्थात रुपैया पैैसा कमाइने दिन छ । पुराना साथीसंगको भेटघाटले मन रमाउने छ । आज तपाइलाई अनौठो तरिकाबाट धन लाभ हुन सक्छ । परिवारबाट सुखको अनुभुति पनि मिल्ला । धन कमाउने बाटाहरुको थालनी हुने दिन छ । सोचेका काममा सफलता पनि मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– अनौठो तरिकाबाट रुपैँया पैसा कमाइने छ । आज रमाइलो यात्राको योग पनि रहेको छ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । रमणीय र सुखद यात्राको योग छ । आज तपाइको कहीं टाढाको यात्रा हुने दिन छ । परिवारमा खुशिको माहोल छाउनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– आज तपाइलाई सामान्य रोगले सताउला, सावधान रहनु होला । साथै भौतिक सर सामानको पनि क्षति हुने दिन छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ । भौतिक साधनको पनि क्षति हुने दिन छ, होस पुर्याउनु होला । दैनिक प्रयोगको सामान बिग्रनाले अर्थ हानी हुन सक्छ । शरिरमा रोगले पनि सताउने दिन छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– बन्देैन भनेको काम पनि तपाइको अथक प्रयासमा बन्ने दिन छ । आफन्तको सहयोग पनि प्राप्त हुने दिन छ । नसोचेको आफन्तसँग भेटघाट हुनाले मन प्रफुल्ल हुने छ । सोचे अनुसार काम सम्पन्न भने हुँदैन । मान प्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । तर, सोचेको काममा भने बाधा बेहोर्नु पर्ला ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– आम्दानीका प्रशस्तै बाटाहरु खुल्ने दिन छ । ब्यापार ब्यवसायमा राम्रै आम्दानी हुने दिन छ । आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । बन्द व्यापारबाट लाभ मिल्नेछ । स्वास्थ्यमा कुनै समस्या देखिने छैन । पढाइमा सफलता मिल्ने दिन छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– काम गर्न जाँगर आउनाले धनको लाभ होला । सन्तान पक्षबाट सुखको अनुभुति पनि हुनेछ । नँया काम सम्बन्धि योजना बनाउँदा फाइदा हुन सक्छ । साथै ब्यापार ब्यवसायबाट पनि लाभ मिल्ने देखिन्छ । आज तपाइलाई काम गर्न मन लाग्नाले मनमा खुशी मिल्नेछ । आफन्तले पनि काममा साथ दिने छन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– विचार बढ्ने, समयमा निर्णय नहुँदा काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । चोट पटकको भय पनि छ । हात हतियारबाट जोग्गिएर काम गर्नुहोला, छरछिमेकसँग सामान्य मनमुटाव पर्ने देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– धन मान पाउने योग छ । नोकरी तथा राजनितीमा आफ्नो बर्चस्व बढाउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आज तपाइको कुनै काममा झमेलाको सामना गर्नुपर्ने योग छ । जागिरमा केही अल्छीपन छाउनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– परिवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखमा रमाउने समय छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । कृषि कार्यबाट पनि फाइदा लिन सकिन्छ । पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ, पढाइमा भने मन नजाला ।
तपाईको दिन शुभ रहोस् ।
आजको मौसम
मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार
मौसम विश्लेषण :- हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको देखिन्छ ।
हालको मौसमको अवस्था :-- हाल पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो :- देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू-भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ ।
आज राती :- देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
कार्तिक १६ गते देखी २२ गतेसम्मको साप्ताहिक राशिफल हेर्नुहोस्
मेष राशि (चु, चे,चो, ला, लि, लु, ले, लो, अ) :- साताको प्रारम्भमा पारीवारिक साथ सहयोगमा ब्यपार ब्यवसायमा गरेको लगानी उत्तम साबित रहनेछ । दाम्पत्य सम्बन्धमा वा प्रेम सम्बन्धमा प्रगाढता छाउनेछ । सामान्य शारिरीक आलस्यताले कार्य क्षेत्र प्रभाबित रहने समय रहेकोछ । गरीरहेका कार्यमा सामान्य परीर्वतको योग रहेकोछ । नयाँ कार्य प्रारम्भका निम्ती समय उत्तम रहेकोछ । मान्यजनहरुको स्वास्थमा समस्यादेखा पर्नेछ । आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । संचित रकम खर्चको सम्भाबना रहेकोले बिषेश ध्यान पूर्याउनु होला । पुराना लगानि उठाउन समयले साथ दिनेछ । अहंताको बृद्धिहुनाले आफन्तजनहरु सगँको सम्बन्धमा भने सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । मनोरञ्जनपुर्ण यात्राको योग रह।ेकोछ । पुराना मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरु सगँको सम्बन्धमा खराबि उत्पन्न हुन सक्नेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- साताको प्रारम्भमा नजिकका ब्यत्तिहरुबाट धोका हुनाले तपाइका गुह्यकुराहरु अरु सामु प्रस्फुटित हुनेसम्भाबना रहेकोछ । ब्यपार ब्यवसायमा अधिक लगानि नगरैकै बेस रहनेछ । आफ्नो सामान्य लापरवाहिले तपाईका माल सामानहरु गुम्न सक्ने सम्भाबना रहेकोछ । प्रियजनहरु सँगको भेटघाटले मन प्रशन्न रहनेछ । गरीरहेको कार्यका क्षेत्रमा मान सम्मान प्राप्तीको योग रहेकोछ । यात्रा मनोरञ्जन पुर्ण ब्यतित रहनेछ । मित्रजनहरुको साथ सहयोगमा आम्दानीका श्रोतहरु सवल बन्नेछन । पारीवारिक साथ सहयोग मनग्य प्राप्त रहनेछ । साताको अन्त्यतिर प्रतिपक्षीहरु कमजोर रहनाले कार्य सम्पादनमा सहजता रहनेछ । बिभिन्न अवसरहरु प्राप्तहुने योग रहेता पनि समयको प्रयोगमा भने पछि परीनेछ । दिर्घकालिन फाईदा मुलक कार्यमा समय ब्यतित गरेमा उत्तम रहनेछ । मेहेनत अनुसारको फल प्राप्ती रहनेछ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- साताको प्रारम्भमा रचनात्मक कार्यका क्षेत्रमा जुट्ने समय रहेकोछ । कलाकौशलको प्रयोगमा आफन्तजनहरुको मन जित्न सफल रहिनेछ । आम्दानिका श्रोत साधन प्राप्त रहेता पनि कार्य क्षेत्रमा सामान्य ढिलाईको योग रहेकोछ । बौधिक ब्यत्तित्वहरुको सामु आफु कमजोर भएको महसुस रहनेछ । सामाजिक कार्यमा जुट्न उत्तम समय रहेकोछ । प्रतिश्पर्दाजन्य कार्यका अब्बल स्थान प्राप्त रहने योग रहेकोछ । परीवारका सदस्यहरुबाट टाढाँ भएको महसुस हुनेछ । नयाँ लगानिका क्षेत्रमा बिशेष साबधानि अपनाउनु पर्नेछ । साताको अन्त्य तिर पारीवारीक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । ब्यपार ब्यवसायमा साजेदारी उत्तम रहनेछ । मान्यजनहरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित रहनेछन । दाम्पत्य सम्बन्धमा भने सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :-साताको प्रारम्भमा पारीवारिक झोर झमेलाले सताउन सक्नेछ । भुमि तथा संचित रकममा बादबिवादको समस्या उत्पन्न हुन सक्नेछ । गरीरहेको कार्यमा सामान्य ढिलाईको योग रहनेछ । सभासम्मेलन जन्यकार्यमा सहभागीता जनाउदा बिशेष साबधानि अपनाउनु होला मानसम्मानमा आचँ आउन सक्ने सम्भाबना रहेकोछ । आम्दानिका प्रशस्त बाटाहरु फेला परेता पनि कार्यप्रतिको लगन सिलतामा भने कमि आउनेछ । आफुभन्दा सानाको स्वास्थमा सामान्य समस्या उत्पन्न हुनाले मनमा चन्चलताले सताउन सक्नेछ साताको अन्त्यमा देश बिदेशको यात्राको योग रहनेछ । स्वास्थमा सामान्य सुधारको योग रहेकोछ । तपाईको कार्यको बिश्लेषण गर्नेहरुका कारण कार्य प्रतिको जोस जागर कमि रहनेछ । अरुको बिश्वासमा सुम्पीएका कार्यहरुले अपसको भागीदार बनाउन सक्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- साताको सुरुवाति दिन उत्तम रहनेछन । पुराना लगानि उठाउन समयले साथ दिनेछ । अहंताको बृद्धिहुनाले आफन्तजनहरु सगँको सम्बन्धमा भने सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । मनोरञ्जनपुर्ण यात्राको योग रह।ेकोछ । पुराना मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । मगंलबार पश्चात भने भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरु सगँको सम्बन्धमा खराबि उत्पन्न हुन सक्नेछ । जटिल कार्यहरुको बिशेष जिम्मेवारी प्राप्त रहनाले कार्य प्रति लगनसिल रहनु पर्नेछ । सबारी साधनको प्रयोगमा बिशेष साबधानि रहनु पर्नेछ । साताको अन्त्यमा बौधिक ब्यत्तित्वहरुको साथ तथा सहयोगमा आम्दानीका बिभिन्न बाटाँहरु फेला पर्नेछन । कला कौशलको प्रयोगमा आफन्तजनहरुको मन जित्न सफल रहिनेछ । नयाँ कार्यको थालनिले मन हर्षित तुल्याउनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : – साताको सुरुमा वाणीका कारण आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य झमेला उत्पन्न हुन सक्नेछ । संचित रकम अनावश्यक क्षेत्रमा खर्चको सम्भाबना रहेकोछ । यात्राकारक समय रहेता पनि सामान्य चोटपटकको सामना भने गर्नुपर्नेछ । बिश्वासिला ब्यत्तिहरु बाट धोका हुन सक्नाले अरु प्रति पुर्ण जिम्बेवारी नछोड्नु उत्तम रहनेछ । मगंलबार पश्चात मित्रजनरुको सहयोमा जटिल कार्यहरु सम्पादित रहनेछन । परीवारको असहज परीस्थीती लाई सहज तुल्याउन तपाईको अग्रसरता उत्तम रहनेछ । यात्राका क्रममा सामान्य समस्या झल्नु पर्ला । अध्यन अध्यापनका निम्ती उत्तम समय रहेकोछ । साताको अन्त्यमा भने जीम्बेवारी लीईएका कार्यहरु समयमा पुरा गर्न नसक्नाले मानसिक चिन्ताको सामना गर्नु पर्नेछ । सभा सम्मेलन जन्य कार्यमा सहभागीताको योग रहेकोछ । मान्यजनहरुको पद प्रर्दशन अबलम्बन गर्नु उत्तम रहनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- साताको प्रारम्भमा बिशिष्ट ब्यत्तिहरुको साथ सहयोगमा नयाँ कार्यको थालनि रहनेछ । भोज भतेर जन्य कार्यमा तथा मनोरञ्जनात्मक कार्यमा सहभागीताको योग बन्नेछ । कार्य क्षेत्रमा आफनो प्रभुत्व जमाउन सफल रहिनेछ । ब्यापार ब्यवसायका क्षेत्रमा जिवन साथीको सहयोग उत्तम रहनेछ । मगंलबार पश्चात भने स्थान परीर्वतनको योग रहनेछ । गरीरहेको कार्यमा सामान्य ढिलाईको योग रहनेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुनसक्नेछ । संचित रकम खर्चगर्नु पर्ने सम्भाबना रहेकोछ । साताको अन्त्यमा बलतथा पराक्रममा बृद्धिहुनेछ । तात्कालिक यात्राको सम्भाबना रहनेछ । मित्रजनहरुको सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । मनोरञ्जनपुर्ण यात्राको योग रहेकोछ । नयाँ योजनाका साथमा नयाँ लगानिको थालनि मित्रजनहरुको सहयोगमा सम्पादित रहनेछन ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : – साताको प्रारम्भमा परीवारका सदस्यहरु सगँ बाट टाढा भएकाृ अनुभब रहनेछ । सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । बिश्वासिला ब्यक्तिहरुबाटनै धोका हुन सक्नेछ । गरीरहेको कार्यमा समेत सामान्य अपजसको भागीदार भईनेछ । गोप्यताका साथ कार्य सम्पादनमा जुटेमा बिस्तारै कार्य सम्पादित रहनेछन । मगंलबार पश्चात अधुरा कार्यहरु सम्पादन गर्न परीवारको साथ सहयोग प्राप्त रहनेछ । नयाँ लगानिका साथमा ब्यापार ब्यवसायको थालनि उत्तम रह।नेछ । अध्यन अध्यापनमा रुची जाग्नेछ । कला कौशलको प्रयोगमा समय ब्यतित रहनेछ । साताको अन्त्य तिर । संचित रकम खर्चको सम्भाबना रहनेछ । भोजभतेर जन्यकार्यमा सहभागीताको योग बन्नेछ । शारीरीक अस्वस्थतामा बृद्धिहुन सक्ने सम्भाबना रहेकोछ । आफन्तजनहरु सगँको सम्बन्धमा समेत तिक्तता उत्पन्न हुन सक्नेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) : – साताको प्रारम्भमा पुराना मित्रजनहरुको साथ सहयोगमा नयाँकार्यको थालनिको योग बन्नेछ । आम्दानिका चौतर्फि बाटाँहरु फेला पर्नेछन । पशु तथा चौपायबाट मनग्य लाभ उठाउन सकिनेछ । कला कौशलको प्रयोगमा साथै साहित्य संगीतका क्षेत्रमा समय ब्यतित रहनेछ । मगलबार पश्चात अनावश्यक यात्रकाकारण सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । पारीवारिक सम्बन्धमा सामान्य तिक्तता उन्पन्न हुन सक्नेछ । मनोबिलासिताका साधनको प्रयोगका निम्ती अधिक खर्चको सम्भाबना रहनेछ । कार्य क्षेत्रमा जिम्बेवारीको कमि महसुस रहनेछ । साताको अन्त्यमा बल तथा पराक्रममा बृद्धिहुनाले अधुराकार्यहरु सम्पादित रहनेछन । ब्यपार ब्यवसायमा लगाईएका लगानिको उत्तम प्रतिफल प्राप्त रहनेछ । साजेदारीकार्यका क्षेत्रबाट समेत मनग्य लाभ प्राप्त हुने समय रहनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):- साताको प्रारम्भमा शारिरीक आलस्यताका कारण सामान्य कार्यमा अधिक श्रम खर्चनु पर्नेछ । मानसम्मानमा आचँ आउन सक्ने सम्भाबना रहेकोले साबधानि अपनाउनु राम्रोहुनेछ । भुमि तथा बाहन शुख प्राप्त रहनेछ । पारिवारीक झोरझमेलाले सताउन सक्नेछ । भौतिक साधनको प्रयोगमा सजग रहनु होला । आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नाले मन हर्षित रहनेछ । अध्यन अध्यापनमा बिताईएका समय उत्तम रहनेछन । नयाँ कार्यको थालनि भएता पनि नयाँ लगानिमा भने साबधानि अपनाउनु पर्नेछ । पुराना मित्रजनहरुको साथ सहयोगमा कार्य सम्पादित रहनेछन । साताको अन्त्यतिर मनोरञ्जनका क्षेत्रमा सामान्य खर्चको सम्भाबना रहनेछ । देश बिदेशको यात्राको योग रहनेछ । सामाजिक कार्यमा अग्रसर रहने समय रहेकोछ । साजेदारीकार्यमा साबधानी अपनाउनु पर्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- साताको प्रारम्भमा मनोरञ्जन पूर्ण यात्राको सम्भाबना रहेकोछ । मित्रजनहरुको अधिक निकटता अपजसको कारण बन्न सक्नेछ । अरु द्वारा सम्पादित कार्यको श्रेय तपाईले प्राप्त गर्नाले मन प्रशन्न रहनेछ । अधिक आत्म बिश्वासका कारण मित्रजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । मान्यजनहरुको साथ सहयोगमा भुमि लाभ तथा मानसम्मान प्राप्त रहने समय रहेकोछ । भौतिक साधनको प्रयोमा समय ब्यतित रहनेछ । श्रम र मेहेनतको उचित मुल्याङ्कन प्राप्त रहनाले कार्य प्रति जोस जागर बढेर जानेछ । पुराना मित्रजनहरु सगँको भेटघाछले मन प्रशन्न रहनेछ । साताको अन्त्यतिर अध्यन अध्यापनका क्षेत्रबाट आम्दानिका क्षेत्रमा निकैटेवा पूग्नेछ । साजेदारी पूर्वक नयाँ कार्यको थालनि दिर्घकालिन आम्दानिका श्रोतहरु बन्नेछन । कला कौशलको प्रयोगमा समय ब्यतित रहला ।
मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :-यो साता त्यति उत्तम रहने छैन गरीरहेको कार्यमा सामान्य तनाबको सामना गर्नु पर्नेछ । खानपानका कारण स्वास्थमा समेत समस्या उत्पन्न हुन सक्नेछ । कार्य सम्पादनमा गोप्यता अपनाउनु उत्तम रहनेछ । स्थीर क्षेत्रमा लगाईएको लगानिको प्रतिफल प्राप्तगर्न अधिक समय पर्खनु पर्नेछ । यात्रां झन्झटिलो हुन सक्नेभएकाले बिशेष साबधानि अपनाउनु होला । अरुद्वारा गरीएको कार्यका त्रुटीको अपजस भोग्नु पर्नेछ । आफ्नो घमण्डका कारण नजिकका मित्रजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अरुको बिश्वासमा कुनैकार्य पूर्णरुपमा नसुम्पीनुनै राम्रो रहनेछ । साताको अन्त्यतिर मान्यजनहरु सगँको सम्बन्धमा समेत सामान्य समस्या उत्पन्न हुन सक्नेछ । सामान्य कार्यका निम्ती अधिक समय ब्यतित रहनेछ । सवारी साधनको प्रयोगमा ध्यान पूर्याउनु उत्तम रहनेछ ।