काठमाडौं,१९ कार्तिक – बलिउड महानायक अमिताभ बच्चन वि रुद्ध प्रहरीमा उ जुरी परेको छ । पीटीआईका अनुसार शोका निर्माता र सञ्चालक बच्चनविरुद्ध भाजपाबाट प्रतिनिधित्व गर्ने महाराष्ट्रका विधायक अभिमन्यु पवारले लातुर जिल्ला प्रहरीमा उ जुरी दर्ता गराएको हो । यस विवादको मुख्य जड चाही लोकप्रिय रियालिटी क्वीज शो ’कौन बनेगा करोड’ (केबीसी) हो । यसैले अमिताभलाई विवादमा तानेको हो ।
अमिताभको कार्यक्रम केबीसीको शुक्रवार प्रसारित कर्मवीर एपिसोडमा सोधिएको एक प्रश्नले हिन्दु र बौद्ध धर्मावलम्वीको भावनामा चोट पुर्याएको सांसद पवारले आरोप लगाएका छन् । प्रहरीमा दिएको उजुरीपत्रमा लेखिएको छ, प्रश्न सोध्ने अमिताभ बच्चनविरुद्ध एक्सन लिन माग गर्दछौँ । सांसद पवारले प्रश्नका चारै विकल्प हिन्दु धर्मसँग सम्बन्धित भएको बताएका छन् । उनले यो प्रश्न पछाडिको हिन्दु धर्मालम्बीहरुको भावनामाथि खेलवाड भएको बताएका छन् ।
पवारले उजुरीपत्र ट्वीटरमा राख्दै लेखेका छन्, ’हिन्दुहरुलाई बदनाम गर्ने प्रयास गरिएको छ। साथै बुद्ध र हिन्दुहरुलाई एक अर्काबाट अलग देखाउने प्रयास गरिएको छ। जबकी यी दुबै लामो समयदेखि प्रेमपूर्ण तरिकाबाट बसिरहेका छन्।’ केहि दिन अघि अमिताभले ‘ कौन बनेका करोडपति’ शो मा २५ डिसेम्बर १९२७ मा डा बीआर अम्बेडर र उनका अनुयायीहरुले कुन धर्मग्रन्थको प्रति जलाएको थियो? यहि प्रश्नले अहिले अभिताभ बच्चनलाई प्रहरी चौकीसम्म डोर्याउन लागेको हो ।
‘अमित जी’ नभन्दा फिल्मबाट हटाइए कादर खान,अमिताभलाई पर्खिरहे मृ त्युको अ न्तिम स्वा स सम्म
काठमाडौं, -भारतीय चलचित्रका प्रसिद्ध अभिनेता कादर खानको जन्म २२ अक्टुबर १९३७ मा भएको थियो । कादर खान एक राम्रो हास्य कलाकार र ख लनायक थिए, साथै एक संवाद लेखकका रूपमा उनले धेरै सुपरहिट फिल्महरू दिएका छन् । अफगानिस्तानमा जन्मिएर भारतीय सिने क्षेत्रमा चर्चित खान भारतीय साहित्यमा अब्बल लेखक र हास्यविधामा जमेका कलाकार थिए। उनले महानायक अमिताभ बच्चनका लागि धेरै फिल्महरूमा संवाद लेखे। एक प्रकार अमिताभलाई यो शिखर सम्म पुग्न कादर खानले पनि सहयोग पुर्याइरहेका छन् । तर अमिताभलाई ‘अमित जी’ नभनेको कारण कादर खानलाई फिल्मबाट ह टाइएको थियो।
एक भिडियोमा कादर खानले कसरी फिल्म पाउन छाडे र कसरी अमिताभ बच्चनलाई ‘अमित जी’ नभनेकोमा फिल्मबाट हटाइए भनेर बताएका छन्।
उक्त भिडियोमा कादर खान भन्छन्, ‘म अमिताभ बच्चनलाई अमित भनेर बोलाउँथे। एक निर्माता मकहाँ आए र भने तपाईले सिरजीलाई भेट्नुभयो? मैले भने को सर? उनले भने तपाईलाई थाहा छैन ? उनले अमिताभलाई औंल्याए र भने उहाँ हाम्रो सर हुनुहुन्छ। मैले भने कि उनी अमिताभ हुन्। सबैले त्यसबेलादेखि अमिताभलाई सर, सर जी, भनेर बोलाउन शुरू गरे तर अमितजी वा सर जी मेरो मुखबाट कहिल्यै बाहिर आएनन्। बोल्न नसक्ने भएकोले मैले उनको समूह छोडिदिएँ।
कादर खान अघि भन्छन्, ‘के कसैले आफ्नो साथी वा भाईलाई अरु कुनै नामले बोलाउन सक्छ? यो असम्भव छ म यो गर्न सक्दिन र त्यसैले म त्यहाँबाट निस्किए। यसैले म उनको फिल्म ‘खुदा गवाह’ मा थिइन्। त्यसपछि मैले उनको फिल्म ‘गंगा जमुना ..’ लेखे र आधामा छोडे। यसपछि केही अन्य फिल्महरू पनि थिए, जुन मैले काम गर्न शुरू गरेको थिए तर ती पनि छोड दिए। ‘
कादर खानको सन् २०१९ कै पहिलो दिन जनवरी १ मा ८१ वर्षको उमेरमा नि धन भयो। क्यानाडाको एक अस्पतालमा उ पचार भइरहेका बेला खानको नि धन भएको थियो। यसै बिच कादर खानका छोरा सरफराजले कादर खान क्यानडा गएपछि उनलाई बलिउड उद्योगबाट बाईपास गरेको आ रोप लगाए । सरफराजले भनेका थिए ‘कादर खान आफ्नो अ न्तिम स्वा ससम्म बलिउडका महानायक अमिताभ बच्चनलाई सम्झि रहेका थिए ।’
उनले भने, ‘चलचित्र जगतमा यस्ता धेरै मानिसहरु छन् जुन मेरे बुबाको निकै नजिक थिए । तर एक व्यक्ति, जसलाई मेरो बुबाले निकै मन पाराउनु हुन्थ्यो, वहाँ हो बच्चन साहब (अमिताभ बच्चन)। म बुबवासँग सोध्थे कि वहाँ फिल्म जगतमा सबैभन्दा ज्यादा कसलाई सम्झनुहुन्छ भनेर तब वहाँ सिधै उत्तर दिनुहु्न्थो बच्चन साहब। साथै मलाई थाहँ छ कि त्यो माया आपसी थियो।’
भावुक हुदै सरफराजले भने, ‘म चाहान्थे कि बच्चन साहबलाई थाहा होस कि मेरो बुबा अन्तिम स्वा ससम्म वहाँसँग कुरा गर्न भनि रहन्थे ।’
आफ्नो सुपरस्टर्डमको समय जसरी राजेश खन्नाले सलीम जावेदलाई ‘हाथी मेरा साथी’मा ब्रेक दिएका थिए, त्यस्तै राजेश खन्नाले कादर खानलाई पहिलो पटक फिल्म ‘रोटी’ मा संवाद लेखक रुपमा अवसर दिएका थिए। त्यसपछि कादर खानले राजेश खन्नाका सबै चलचित्रहरूका लागि संवाद लेखे।
कादर खानले जीतेन्द्रको र श्रीदेवीको फिल्म तोहफापछि उनका सबै फिल्महरूको सम्वाद लेखेका थिए। शक्ति कपूर, डेविड धवन र गोविन्दा ती व्यक्ति हुन् , जसले १९८० र १९९० को दशकको क्रममा कादर खानसँग नजिक रहेर काम गरेका थिए ।
बलिउड अभिनेता सैफ अलि खान ८ सय करोडको दरबारमा बस्छन्
काठमाडौँ, ७ कार्तिक – बलिउड अभिनेता सैफ अलि खानले ५० औं जन्मदिन मनाए । केहि दिन अघि उनि र करिनाले फेरि बच्चाको बाबु पनि बन्न लागेको पनि खुलासा गरे । सैफ अलि खान अभिनेता त हुन नै उनि पटौदीका राजकुमार पनि हुन् । २०११ मा बाबुको निधन पश्चात सैफ १० औं राजकुमार बनेका हुन् । उनकी आमा सर्मिला टै गोर बलिउडकी कुनै जमानाकी लोकप्रीय नायिका हुन् ।
सैफको फिल्म केरियरको साथमा उनको सम्पत्तिको पनि चर्चा हुन्छ । अभिनेता सैफ अली खानको करोडौं मुल्यको आलिसान पटौदी प्यालेसको बारेमा जो कोहीलाइ जानकारी छन् । उनी अन्य कलाकारको भन्दा धेरै सम्पत्तिका मालिक हुन् । उनको धेरै पुख्यौली सम्पत्ति नै हो । उनको सम्पत्तिको कुरा गर्दा हरियाणामा रहेको दरबार पटौदीको मुल्य करिब ८ सय करोड छ ।
राजस्थानको नीमरमणमा पनि उनकै हो । निमराको फो र्ट भाडामा लिएपछि सैफले फेरी किनेका थिए । त्यस्तै मुम्बईमा धेरै फ्ल्याटहरु छन् जसमध्ये एउटा ४.२ करोड रुपैयाँ र अन्य २ बंगलाको ६ करोड रुपैयाँ मुल्य रहेको बताइन्छ । त्यस्तै उनको स्विजरल्याण्डमा पनि घर छ ।
उनीसँग कारहरु ३.४ करोडको अडी आर ८०, ९० लाखको फोर्य मस्तांग, १.४४ करोडको बीएमडब्लु ७ सिरीज, १.५६ करोडको ल्यान्ड रावर स्पोर्ट लगायत छ । यसबाहेक अभिनेताको करिब १०० करोड अन्यत्र लगानी छ । २०१९ को सुची अनुसार फोब्सले १०० कलाकारको सुचीमा सैफलाई ७४ औं नम्बरमा राखेको छ । सैफ महल बाहेक २८५ करोडका मालिक हुन् ।
सैफ फुर्सदको समयमा परिवारसँग यो प्यालेसमा बस्ने गर्दछन् । उनको पिताको नि ध न भएपछि यो प्यालेसलाई भाडामा दिइएको थियो । पछि सैफले पैसा तिरेर पटौदी प्यालेस आफ्नो नाम गरेका थिए । उनले फिल्ममा काम गरेर आठ सय करोडको यो प्यालेस फिर्ता लिएका थिए ।
सैफले भनेका छन्, ‘जब पिताको नि धन भयो तब पटौदी प्यालेस, नीमराना होटललाई भाडामा दिइएको थियो । अमन र फ्रान्सिस होटल चलाउँथे । फ्रान्सिसको नि धन भएपछि मैले पटौदी प्यालेस फिर्ता लिएँ ।’ उनले फिल्ममा कमाएको पैसाले यो प्यालेस फिर्ता लिएको बताएका छन् । हालै यही प्यालेसमा सैफ र करीनाले विवाहको ८औं वर्षगाँठ सेलिब्रेट गरेका थिए ।
सैफको पटौदी प्यालेस हरियाणाको गुरुग्राममा अवस्थित छ । यसलाई दुनियाँको सबैभन्दा सुन्दर महलमध्ये एक मानिन्छ । १० एकडमा फैलिएको यो प्यालेसमा सात ड्रेसिङ रूम, सात बेडरूम, सात बिलियर्ड रूम, डाइनिङ रूम र ड्रइङ रूमसहित १ सय ५० वटा कोठा छन् । यो प्यालेसमा ‘मंगल पान्डे, वीर जारा, मेरे ब्रदर की दुल्हन’ लगायतका फिल्म समेत छायांकन भएको छ ।