शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा कक्षा ११ को परिक्षामा विद्यार्थीहरुबाट दोहोरो दस्तुर असुल्दै विद्यालयहरु

मंगलवार , कार्तिक १८, २०७७

सिन्धुली,१८ कार्तिक – सिन्धुलीमा कोभिड १९ कारण रोकिएको कक्षा ११ को परिक्षामा सामेल हुन विद्यार्थीहरुले परिक्षा दस्तुर दोहोरो तिर्नुपर्ने भएको छ । माध्यामिक विद्यालयतह कक्षा ११ को परिक्षामा सामेल हुनका लागि पाचसय रुपैंया थप दस्तुर बुझाउनुपर्ने विद्यालयहरुले नियम बनाएका छन् । यसअघि परिक्षा दस्तुर वापत प्रति विद्यार्थी ६ सय रुपैंया असुल गरिएको थियो ।

कोभिड १९ का कारण विद्यालयमा गएर अध्ययन गर्न नपाएका विद्यार्थीहरुलाइ दोहोरो दस्तुर लिनु गैर कानूनी भएको र तत्काल निर्णय फिर्ता लिन विद्यार्थी अगुवाहरुले चेतावनी दिएका छन् । पहिला नै परिक्षा दस्तुर ६ सय लिइएको छ, फेरि परिक्षामा सामेल हुनका लागि पाचसय थप गर्नु अन्याय हुने भएकाले निर्णय पुनराबलोकन गर्न नेपाल विद्यार्थी संघ सिन्धुलीका अध्यक्ष उत्पल खड्काले बताउनु भयो । उहाँले विद्यार्थीहरुलाई दोहोरो मार पार्ने काम भए चुप भएर नवस्ने चेतावनी दिनु भयो ।

राष्ट्रिय परिक्षा वोर्डले कोभिड १९ का कारण परिक्षा संचालन खर्च पठाउन नसकिएका विद्यार्थीहरुस“ग उठाउन लागिएको बुझिएको उहाँको भनाइ छ । गतवर्ष नै परिक्षा दस्तुर लिइसकेपछि फेरि विद्यार्थीहरुलाई परिक्षा संचालन खर्च भनेर माग्नु जायज नहुने उहाँको तर्क छ । शिक्षा विकास तथा समन्वय ईकाईका अनुसार जिल्लाका नौ वटै स्थानीय तहका शिक्षाशाखा प्रमुख, पेशागत संगठनका प्रमुख र विद्यालयका प्रधानाध्यापकहरु बीच कात्तिक २१ गदेदेखि परिक्षा सुरु गर्ने सहमति भएको छ ।

राष्ट्रिय परिक्षा वोर्ड जनकपुरका प्रकाश काफ्लेका अनुसार ६ सय रुपैंया“ लिएकोमा दुइसय रुपैंया“ प्रवेशपत्र र अन्य खर्च तथा बा“की चारसय रुपैंया“ कक्षा १२ को परिक्षामा विद्यार्थीहरुलाइ मिलान गरिदिने सहमती भएको छ । राष्ट्रिय परिक्षा वोर्डले यस्तो व्यवस्था गरेको भनि सूचना भने कहिंकतै प्रकाशित गरेको छैन् । परिक्षा वोर्डले सहमती जनाएको हो भने सूचना प्रकाशित हुनुपर्ने र पा“सयको ठाउ“मा चारसय मात्र माग हुनुपर्ने तिनै अध्यक्ष खड्काको राय छ । विद्यार्थीहरुबाट १६ लाख भन्दा बढि असुल गरि हिनामिना गर्न नपाइने उहाँको भनाई छ । पहिला राष्ट्रिय परिक्षा वोर्डले लिएको शुल्क कक्षा १२ मा मिलान हुने निर्देश भएकाले सोही अनुसार गरिएको प्रभात मावि रानीवासका प्रधानाध्यापक अरुणकुमार थिङले बताउनु भयो ।

शिक्षा विकास तथा समन्वय ईकाईका सिन्धुलीका प्रमुख नेत्रप्रसाद गजुरेलले राष्ट्रिय परिक्षा बोर्डले कोभिड–१९ का कारण रोकिएको कक्षा ११ को परिक्षा विद्यालय आफैले सञ्चालन गर्ने कार्य विधि बनाएको जानकारी दिनु भयो । उहाँका अनुसार परिक्षामा सिन्धुली जिल्लाका क्याम्पस सहित ६३ वटा माविका कक्षा ११ मा अध्ययनरत तीनहजार १५० विद्यार्थी सहभागि हुने छन् ।

परिक्षा विद्यालयले फरक फरक मितीमा गर्नु भन्दा एउटै मितिमा संचालन गर्न सहमति जुटेको छ । राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को परिक्षा मंसिर ९ गतेबाट संचालन गर्ने मिति तोकेको र त्यो भन्दा अगाडी नै कक्षा ११ को परिक्षा सक्न कार्यविधिमा उल्लेख गरेको पनि ईकाई प्रमुख गजुरेलले जानकारी दिनु भयो । कक्षा ११ को परिक्षाको मिति तयस“गै विद्यालयले परिक्षाको तयारी सुरु गरेका छन् ।

सदरमुकाम सिन्धुलीमाढीमा धान फल्ने खेत मासिदै

सिन्धुली,१७ कार्तिक – सदरमुकाम सिन्धुलीमाढीका धान फल्ने खेत धमाधम मासिदै गएको छ ।

सदरमुकाम सिन्धुलीमाढीमा पछिल्लो समयमा बढ्दो सहरीकरणसँगै खेती योग्य उर्बर भूमि धमाधम मासिदै गएको स्थानीयले बताएका छन् । धान, मकै, गँहु र तरकारी फल्ने फाँटको खेतमा अहिले धमाधम सिमेन्टका कङक्रिट घरहरु ठडिदै गएको कमलामाई नगरपालिका–४ निवासी हरि श्रेष्ठ बताउनुहुन्छ ।

सदरमुकाम सिन्धुलीमाढीको सुन्दरताको रुपमा रहेको फाँटको खेत मासिदै जाँदा सदरमुकामको प्राकृतिक सौन्दर्य नै गुमेको उहाँको ठम्याई छ । उहाँले भन्नुभयो, “दिनदिनै फाँटको खेत घडेरीका रुपमा प्लानिङ गरी बिक्री गर्ने क्रम बढेको छ । यसले तत्काल जग्गाधनीलाई त राम्रै पैसा प्राप्त भई खुशी भएका होलान, तर प्राकृतिक प्रेमी मानिसहरु भने सदरमुकामको सौन्दर्य गुमेकोमा चिन्तित छन् ।”

फाँटको उर्बर जमिनलाई बँचाएर पाखाभित्तामा रहेका रातमाटा, बोझे, ढकालगाँउ, पोख्रेलगाँउ, मल्लागाँउ, राममाडी लगायतका ठाँउलाई बस्ति विकासमा नगरपालिकाले चासो दिनु पर्ने उहाँको सुझाब छ ।

स्थानीयका अनुसार फाँटका खेतमा अहिले तीब्र सहरीकरण भई रहेको छ । अघिल्लो पुस्ताले खेती गरेको जमिनमा अहिले पछिल्लो पुस्ताले प्लानिङ गरी घडेरीको रुपमा बिक्री गरी सुविधा खोज्दै सहर पलायन हुने क्रम बढेको छ । पछिल्लो समयमा खेत धनीहरु अन्य पेसामा लागेका र कृषि कार्य खर्चिलो बन्दै गएपछि पनि खेत घडेरीका रुपमा मासिने क्रम बढेको बताईएको छ ।

“एक दशक अघिसम्म ढुंग्रेबास कटेपछि घर भेट्न कित धुरा बजार नै पुग्नु पर्दथ्यो, कि त बजार नै,” ढुंग्रेबास बजार निवासी सन्तोस दाहाल भन्नुहुन्छ, “अहिले ढुंग्रेबास पुच्छारको ग्वाङखोला कट्ने बित्तिकै अनगिन्ती घर भेट्न पाईन्छ । घर पनि धमाधम बन्दै छन् ।”

पछिल्लो समयमा सदरमुकाम सिन्धुलीमाढीमा मानिसले पाउने आधारभुत सुविधा धमाधम बढ्दै गएपछि ठूला सहर ताक्ने मानिसको रोजाईमा सिन्धुलीमाढी पर्दै गएको उहाँको बुझाई छ । भुकम्पपछि बिस्थापित ग्रामीण क्षेत्रका बासिन्दा गाँउ नफर्किर सदरमुकाममै घर बनाएर बसेपछि खेती योग्य जमिन झन् घटेको जनाईएको छ ।

फाँटमा घर बनाएर बसोबास गर्ने क्रम बढेपछि कमलामाई नगरपालिकालाई पनि सडक, खानेपानी, बिजुली, विद्यालय, ढल निकास लगायतको व्यवस्थापन गर्न समस्या भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका बरिष्ठ सामाजिक विकास अधिकृत सागरकुमार ढकाल पनि फाँटमा तीब्र रुपमा बनेको कङक्रिट घरहरुले नगरको सौन्दर्य नै गुमेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “उर्बर जमिनलाई कङक्रिटमा परिणत गरेको, अव्यवस्थित तरिकाले घरहरु बनि रहेको र सरसफाईको व्यवस्थापन गर्न एक दमै गाह्रो भएको छ ।”

यि तीन वटै समस्याले मुख्य समस्याको रुपमा सहरको सौन्दर्यता गुमाएको उहाँको ठम्याई छ । फाँटमा घर बनाउन रोक्न नगरपालिकाले अहिलेसम्म कुनै ठोस नीति नल्याएको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया