काठमाडौँ,१७ कार्तिक –सबैजसो सदस्य राजनीतिक क्षेत्रमा क्रियाशील भइरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मिता दाहाल संगीत क्षेत्रमा लागिरहेकी छन् ।
पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्र चण्डकी नातिनी स्मिताले छोटो समयमै संगीत उद्योगमा निकै फड्को मा रेकी छन् । स्मिताको लोभलाग्दो क्रेज देखेर परिवारका सबै सदस्य अचम्मित छन् । ‘मेरा गीत सुनेर सबै मख्ख छन्, खुशी हुन्छन्,’ स्मिताले भनिन्, ‘मलाई सबैले हौसला दिन्छन् ।’
पछिल्लो समय गायन क्षेत्रमा चम्किएका थोरै कलाकारमध्ये पर्छिन् स्मिता । एकपछि अर्को गीत बजारमा ल्याइरहेकी स्मिताले अब यसै क्षेत्रमा भविष्य स्थापित गर्ने निर्णय गरेकी छन् ।
पारिवारिक पृष्ठभूमि राजनीति भए पनि स्मितालाई कहिल्यै राजनीतिमा ‘करिअर’ बनाउने सोच आएन । बिहान उठेर देशको राजनीति क्षेत्रबारे चासो राख्ने, सरकारको कामबारे सोधपुछ गर्ने, विभिन्न मिटिङमा व्यस्त हुने उनका परिवारका अन्य सदस्य जस्तो उनको दिनचर्या छैन । स्मिताको दिनचर्यामा बिहानदेखि साँझसम्म संगीत छुट्दैन । राजनीतिमा धेरै व्यस्त रहने उनका हजुरबुवा प्रचण्डले स्मिताको दिनचर्याबारे चासो राख्छन् ।
हालै स्मिताले आफ्ना हजुरबुवाबारे एउटा अचम्मको र हस्य खोलेकी छन् । ‘हरेक हजुरबुवाले आफ्ना नातिनातिनीलाई माया गर्छन् तर मेरो हजुरबुवाले अति माया गर्नुहुन्छ,’ स्मिता भन्छिन्, ‘अब कस्ता खालका गीत ल्याउँदैछौं । दर्शकले कस्तो खालका गीतको अपेक्षा गरेका छन् । कहाँ जाँदैछौं । के गर्दैछौं । जस्ता हरेक कुराको चासो राखिरहनुहुन्छ ।’
हजुरबुबाले भ्याएसम्म आफ्नो संगीत क्षेत्रबारे सधैजसो चासो राख्ने गरेको उनले बताइन् । ‘मेरा अहिलेसम्मका सबै गीत उहाँले सुन्नुभएको छ । साँझ खाना खाने बेलामा राजनीतिभन्दा धेरै मेरै गीतबारे घरमा कुराकानी हुन्छ,’ उनी थप्छिन्, ‘कहिलेकाहीँ एकदमै व्यस्त भए फरक कुरा हो, नत्र हजुरबुवा मेरो गीत सुन्दै राति निदाउनुहुन्छ ।’
आफ्ना गीतका भिडियोमा कति भ्युज आएका छन्, कति शेयर भएका छन् जस्ता स–साना कुरामा समेत चासो राख्ने गरेका स्मिताले बताइन् ।
त्यसो भए प्रचण्डले स्मिताको सबैभन्दा मन पराउने गीत कुन हो त ? उनले भनिन्, ‘नयाँ गीत आएपछि त्यो सुनिहाल्नुहुन्छ । तर मैले महसूस गरेअनुसार ‘बिगार्दैन कसैको केही’ अन्य गीतको तुलनामा धेरै मन पराएको गीत हो ।’ यो गीत स्मिता १४ वर्षको हुँदा बजारमा आएको हो, जसको भिडियो भने निर्माण भएको छैन ।
लोकान्तरबाट साभाार
माइला लामा बादलु जे लमा, प्रचण्डकी नातिनी मायालु गितमा
खोज्दछन मेरा यि आँखाहरु, ति साथीहरुलाई
जसको रगतले रंगियो धर्ती, ति महान यात्रीलाई
डोकोमा खाना वोकेर जंगल, ल्याउने ति आमालाई
झिकेर मुटु दिउँला झै मायाँ, गर्ने ति वावालाई
धसेर संगिन आँगानको डिलमा, गोलीले उडाए
वोरामा ज्यँदै हालेर कयौं, नदिमा वगाए
खोज्दछन मेरा यि आँखाहरु, ति साथीहरुलाई
जसको रगतले रंगियो धर्ती, ति महान यात्रीलाई …
नेपाली जनता र स र्वहारा वर्गको पक्षमा गीत लेख्ने र गाउँदै हिड्ने जनवादी गायक माइला लामा यि र यस्तै गितका कारण अहिले जेलमा छन् । १० वर्षे माओवादी ज न यु द्धका सहयोद्धाले नै उनलाई जेलसम्मको यात्रा गराए।
काठमाडौँको नागार्जुन नगरपालिकास्थित डाँडागाउँ घर भएका लामा नेपाली समाजको आमुल परिवर्तनका लागि मा ओवादीको अग्र मो र्चामा थिए। गित लेख्ने र तीनै गित गाएर नेपाली समाजमा परिवर्तनको आशा जगाए । दश बर्षको लडाइँ र नेताहरुको ज्यान बचाउन अहोरात्र खटिए । ज न यु द्धकै क्रममा ग म्भीर घा इते भए। उ पचार समेत नपाउँदा राम्ररी सुन्न नसक्ने र आँखा पनि कमै देख्ने स मस्याले अहिले पनि उनी पीडित छन् ।
माईला लामा जस्ता हजारौँ नेपाली युवाले ज टिल समयमा मा ओवादीका लागि भौतिक शारिरको आहुती दिए । गित गाएर जनतालाई माओवादी प्रति विस्वास जगाए । माओवादी नेताको सुरक्षा कवज भएर उनीहरुको सुरक्षा गरे। जव माओवादी शान्तिपुर्ण राजनितिमा फर्कियो तव नेताहरु सत्ता स्वार्थमा हराए । तर, जो सत्तामा हराउन सकेनन्, उनीहरुले हिजो जनतासँग गरेका वाचा सम्झिए। माईला लामा तिनै मध्येका एक थिए ।
माओवादी नेता सत्ता हराएका मात्र होईनन, हिजोका गित पनि विर्सिए। अव उनीहरु मायाँ पिरतीका गितमा रमाउँन थालेका छन् । एक समय थियो, मा ओवादी नेता/कार्यकर्ता मायाँ पिरतीका गित संगितलाई वुर्जुवा भन्थे। तर, गित संगीत र कलाको कुनै साँध सिमाना हुँदैन । यो त मानिसको जिवन शैली र भावनासँग गासिएको विषय हो। सिष्ट भाषा र समाज सुहाउँदा मायाँ पिरतीका गित पनि गित नै हुन भन्ने वुझन माओवादी कार्यकर्तालाई निकै समय लाग्यो ।
‘देर आए, दुरुस्त आए’ भनेझै अव भने माओवादी नेता/कार्यकर्ताले गित संगितको वास्तविक्त वुझन थालेको महसुस हुन थालेको छ ।त्यसैले होला हालै पुष्पकलम दाहाल (प्रचण्ड) की नातीनी एवं गायिका स्मिता दाहाल र अभिनेता सलोन बस्नेत अभिनीत म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘मायाले मलाई बोलायो’ बोलको यो गित जनयुद्धताका हुन्थ्यो भने वजारमा नआउन पनि सक्थ्यो। तर, समयले कोल्टे फेरेको छ, मायाँ पिरतीका गितलाई वुर्जुवा देख्ने पुस्ताको वोलवाला कमजोर भएर नै हुनुपर्छ स्मिताको गित वजारमा आएको छ ।
गितलाई दर्शक तथा श्रोतले अत्यन्तै मन पराएका छन। सुरीलो स्वर र सुन्दरताकी धनी स्मिताको यो गित अर्थपुर्ण पनि छ । बाल्यकालमा वसेको मायाँ वयस्क हुँदै जाँदा कसरी गाढा हुँदै जान्छ भन्ने कथा म्युजिक भिडियोमा देखाईएको छ ।
राजनराज सिवाकोटीको शब्द तथा सङ्गीत रहेको गीतमा स्मिताकै स्वर छ । नायक सलोन बस्नेतले आफ्नै प्रोडक्सन हाउस ‘प्रफेक्ट प्लान’बाट निर्माण गरेको यस म्युजिक भिडियोको निर्देशन शिशिर खातीले गरेका हुन् ।
युट्युव मार्फत सार्वजनिक भएको यो गित विहिवारसम्म लगभग ५ लाख २५ हजारले हेरीसकेका छन्।