देशमा प्रशस्त मात्रामा रोजगारीको अबसर सिर्जना न हुदा बैदेशीक रोजगारका क्षेत्रमा दिनहुँ आकर्षण बढ्दै गई रहेको छ । अमेरिका, बेलायत, जापान, अस्ट्रेलिया कोरिया आदि देशमा जानेको सङ्ख्या कम छैन भने खा डी मुलुकमा पुग्ने पनि अ त्यधिक छन् । मुलुकभित्र रोजगार सिर्जना नहुनुले एक थरी युवा विदेसिई रहेका छन् भने बढी आम्दानीको मोहले त्यता लर्कने पनि कम छैन । डाक्टर, ईन्जिनियर, वकिल, पत्रकार जस्ता गण्यमान्य व्यक्तित्वसमेत विदेशी रोजगारीका लागि म रिहत्ते गरिरहेको यथार्थ सबैसामु छर्लङ्ग छ । बेरोजगारीको पीडामा रन्थनिएका युवा होउन अथवा अन्य विभिन्न कारणले विदेश जान खोज्नेको लाममा कहिल्यै कमि नआएको देखिनुले वैदेशिक रोजगार अहिलेका लागि अत्यन्तै महत्वको विषय बनेको छ ।
मुलुकमा रोजगारीको सिर्जना नहुनु त ख ट्कँदो पक्ष रहेको छ नै, प्रतिभा प्रस्फुटनका लागि मनग्ये अबसर नहुनुले पनि यहाँका अनेक प्रकारका जनशक्ति विदेशीभूमि तर्फ हानिई रहेका छन् । मुलुकभित्र शान्ति, सु रक्षा र स्थायित्वको अनुभूति टाढैको विषय बनेकाले पनि यहाँका उद्योगपति तथा व्यापारिलाई समेत विदेशीभूमी आकर्षण बन्दै गएको छ । देशमै रोजगार सिर्जना गर्ने नीति तथा कार्यक्रम कागजमा मात्र सिमित बन्नुले विदेश जानेमा कुनै कमि ल्याउन नसकेको हो । वैदेशिक रोजगारमा गएकाले पठाएको रेमिट्यान्सबाट अहिलेको अर्थतन्त्रको ठूलै हिस्सा ओगट्नुले पनि वैदेशिक रोजगार उजागर गरेको छ ।
अहिलेको विषमस्थितीमा वैदेशिक रोजगारको महत्व विषेश रहे पनि यस दिशामा आवश्यक कदम नचालिनुलाई भने उदेककै कुरो मान्नु पर्छ । मूल कुरो वैदेशिक रोजगार सिर्जनाको हो यस दिशातर्फ उल्लेख्य कदम अघि बढेको पाईदैन । यस क्षेत्रलाई व्यवस्थित तथा मर्यादित बनाउनेतर्फ खासै काम भएको अनुभूति पाईदैन । वैदेशिक रोजगारका नाममा ठग्ने, ठगिनेको संख्या प्रशस्त रहनुले स्थितिको गम्भिर्यता स्वत छर्लङ्ग हुन्छ । तसर्थ सरकारी निकायले भएका कानून, नियम अपर्याप्त भए सुधार गरी विदेशिनेको हकमा सुव्यवस्थित कार्य अघि बढाउनै पर्छ । अनि मात्रै वैदेशिक रोजगार व्यवसाय व्यवस्थित र मर्यादिन बन्ने छ ।