शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

आज कार्तिक १७ गते सोमबारको राशिफल र मौसम

आइतवार , कार्तिक १६, २०७७

बि.सं.२०७७ साल कार्तिक १७ गते सोमबार ई. सं. २०२० नोभेम्वर २ नेपाल सम्बत ११४० कौलागा द्धितीया, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद ऋतु, असोज कृष्ण द्धितीया , चन्द्रमा वृष राशिमा, कृतिका नक्षत्र, वरियान योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ०६ः१६ बजे, सूर्यास्त साँझ ५ः२० बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनैपनि महत्वपूर्ण कार्य तथा दिवश परेको छैन । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजरे १६ मिनेट देखि ७ बजेर ३९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ । नयाँ कामको थालनी आज नगर्नु होला । मन नपरी नपरी बाध्यताका काममा जुट्नुपर्ला । रोगले पनि सताउन सक्छ । खानामा सचेत रहनु पर्ने दिन छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ । धनको साथै अन्नको पनि लाभ हुन सक्छ । प्रेमको प्रसंग सुखद रहला । राम्रा ग्रहको प्रभावले मनमा जोस, जाँगर, उत्साह र उमंग देखा पर्ने छ । काममा अरुको समर्थन पाइने छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– आर्थिक क्षेत्रमा उन्नती हुनेछ । यात्राको योग रहेको छ, परिवारमा पनि खुशिको माहोल छाउनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ । प्रयासलाई जारी राख्नु होला । रुपैँया पैसा आर्जन हुने योग परेको छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– स्वस्थमा सुधार आउने, पढाइमा मन लाग्ने साथै सही निर्णय गर्ने योग छ । व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । टाढाको यात्राको योग छ । नसोचेको स्थानबाट धन आर्जन हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– सोचे अनुसार काम बन्न कठिन छ । नयाँ लुगा, मीठो खानाको आनन्द मिल्नेछ । केही पैसाको हानी पनि होला । समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला । खानपिनमा सजक रहनु होला । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । नोकरीमा आफ्नो बर्चस्व बढाउन सकिनेछ, दिन सामान्य नै छ । विद्यामा समय दिन नसकिएला । ग्रहको सहयोगले आजको दिन प्रयास गरे काममा लाभ मिल्नेछ । काममा कठिनाइ सहनु पर्नेछ । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– व्यापार तथा उद्योगमा फाइदाको योग छ । प्रतिस्पर्धीहरू पछि पर्ने छन् । नसोचेको ठाँउबाट केहि लाभ होला । भाग्योदयको समय रहेको छ । अरुले गरेको कमको मुल्याङ्कन गर्नुपर्ने छ । आय सन्तोष जनक रहनेछ । बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट सामान्य लाभ होला । ब्यापार भने ठिकै मात्र छ । कतैबाट आर्थिक लाभ हुने समय छ, चनाखो भने रहनु होला । कामहरु पनि सजिलैसंग बन्ने छन् । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला, यसले खर्च पनि गराउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । अरुको कम मात्र भर पर्नु होला । हात हतियारबाट जोगिनु पर्ने दिन रहेको छ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन् । जागिरमा पनि समस्या देखा पर्ने देखिन्छ । परिस्थितिसँग केही सम्झौता गर्नुपर्ने छ । जागिरका क्रममा समस्या आउन सक्छ । अरुले आदर गर्नेछन् । मान सम्मान मिले पनि मनमा डर रहने छ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । यात्रामा भने जोगिएर काम गर्नु होला । आतिथ्यपूर्ण सम्मान पाइएला । नवीन रोजगारीको सम्भावना छ । नयाँ कुरा जान्ने सिक्ने सोच आउने छ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– नोकरी तथा राजनितीमा गरेका प्रयासहरु फलदाइ रहनेछन् । अरुले तपाइको तारिफ गर्न सक्छन् । दिगो फाइदा हुने काम सुरु हुन सक्छ । नयाँ कामको लागि नयाँ अवसर आउनेछ । नयाँ कामका स्रोत फेला पर्लान । तपाईको दिन शुभ रहोस् ।

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार

मौसम विश्लेषण :-उल्लेखनीय मौसमी प्रणाली छैन । हालको मौसमको अवस्था :-हाल कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेशका पहाडी भूभाग तथा प्रदेश न १ मा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो :- गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभाग तथा प्रदेश १ मा आंशिक देखि सामान्य बदली तथा प्रदेश २ मा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का बर्षा तथा प्रदेश न १, गण्डकी प्रदेश र लुम्विनी प्रदेशका एक दुइ स्थानमा हल्का बर्षाको सम्भावना छ । आज राती :- प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।  तपाइको भाग्य यो साता कति शुभ ? कार्तिक १६ गते देखी २२ गतेसम्मको साप्ताहिक राशिफल हेर्नुहोस् मेष राशि (चु, चे,चो, ला, लि, लु, ले, लो, अ) :- साताको प्रारम्भमा पारीवारिक साथ सहयोगमा ब्यपार ब्यवसायमा गरेको लगानी उत्तम साबित रहनेछ । दाम्पत्य सम्बन्धमा वा प्रेम सम्बन्धमा प्रगाढता छाउनेछ । सामान्य शारिरीक आलस्यताले कार्य क्षेत्र प्रभाबित रहने समय रहेकोछ । गरीरहेका कार्यमा सामान्य परीर्वतको योग रहेकोछ । नयाँ कार्य प्रारम्भका निम्ती समय उत्तम रहेकोछ । मान्यजनहरुको स्वास्थमा समस्यादेखा पर्नेछ । आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । संचित रकम खर्चको सम्भाबना रहेकोले बिषेश ध्यान पूर्याउनु होला । पुराना लगानि उठाउन समयले साथ दिनेछ । अहंताको बृद्धिहुनाले आफन्तजनहरु सगँको सम्बन्धमा भने सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । मनोरञ्जनपुर्ण यात्राको योग रह।ेकोछ । पुराना मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरु सगँको सम्बन्धमा खराबि उत्पन्न हुन सक्नेछ । बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- साताको प्रारम्भमा नजिकका ब्यत्तिहरुबाट धोका हुनाले तपाइका गुह्यकुराहरु अरु सामु प्रस्फुटित हुनेसम्भाबना रहेकोछ । ब्यपार ब्यवसायमा अधिक लगानि नगरैकै बेस रहनेछ । आफ्नो सामान्य लापरवाहिले तपाईका माल सामानहरु गुम्न सक्ने सम्भाबना रहेकोछ । प्रियजनहरु सँगको भेटघाटले मन प्रशन्न रहनेछ । गरीरहेको कार्यका क्षेत्रमा मान सम्मान प्राप्तीको योग रहेकोछ । यात्रा मनोरञ्जन पुर्ण ब्यतित रहनेछ । मित्रजनहरुको साथ सहयोगमा आम्दानीका श्रोतहरु सवल बन्नेछन । पारीवारिक साथ सहयोग मनग्य प्राप्त रहनेछ । साताको अन्त्यतिर प्रतिपक्षीहरु कमजोर रहनाले कार्य सम्पादनमा सहजता रहनेछ । बिभिन्न अवसरहरु प्राप्तहुने योग रहेता पनि समयको प्रयोगमा भने पछि परीनेछ । दिर्घकालिन फाईदा मुलक कार्यमा समय ब्यतित गरेमा उत्तम रहनेछ । मेहेनत अनुसारको फल प्राप्ती रहनेछ । मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- साताको प्रारम्भमा रचनात्मक कार्यका क्षेत्रमा जुट्ने समय रहेकोछ । कलाकौशलको प्रयोगमा आफन्तजनहरुको मन जित्न सफल रहिनेछ । आम्दानिका श्रोत साधन प्राप्त रहेता पनि कार्य क्षेत्रमा सामान्य ढिलाईको योग रहेकोछ । बौधिक ब्यत्तित्वहरुको सामु आफु कमजोर भएको महसुस रहनेछ । सामाजिक कार्यमा जुट्न उत्तम समय रहेकोछ । प्रतिश्पर्दाजन्य कार्यका अब्बल स्थान प्राप्त रहने योग रहेकोछ । परीवारका सदस्यहरुबाट टाढाँ भएको महसुस हुनेछ । नयाँ लगानिका क्षेत्रमा बिशेष साबधानि अपनाउनु पर्नेछ । साताको अन्त्य तिर पारीवारीक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । ब्यपार ब्यवसायमा साजेदारी उत्तम रहनेछ । मान्यजनहरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित रहनेछन । दाम्पत्य सम्बन्धमा भने सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- साताको प्रारम्भमा पारीवारिक झोर झमेलाले सताउन सक्नेछ । भुमि तथा संचित रकममा बादबिवादको समस्या उत्पन्न हुन सक्नेछ । गरीरहेको कार्यमा सामान्य ढिलाईको योग रहनेछ । सभासम्मेलन जन्यकार्यमा सहभागीता जनाउदा बिशेष साबधानि अपनाउनु होला मानसम्मानमा आचँ आउन सक्ने सम्भाबना रहेकोछ । आम्दानिका प्रशस्त बाटाहरु फेला परेता पनि कार्यप्रतिको लगन सिलतामा भने कमि आउनेछ । आफुभन्दा सानाको स्वास्थमा सामान्य समस्या उत्पन्न हुनाले मनमा चन्चलताले सताउन सक्नेछ साताको अन्त्यमा देश बिदेशको यात्राको योग रहनेछ । स्वास्थमा सामान्य सुधारको योग रहेकोछ । तपाईको कार्यको बिश्लेषण गर्नेहरुका कारण कार्य प्रतिको जोस जागर कमि रहनेछ । अरुको बिश्वासमा सुम्पीएका कार्यहरुले अपसको भागीदार बनाउन सक्नेछ । सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- साताको सुरुवाति दिन उत्तम रहनेछन । पुराना लगानि उठाउन समयले साथ दिनेछ । अहंताको बृद्धिहुनाले आफन्तजनहरु सगँको सम्बन्धमा भने सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । मनोरञ्जनपुर्ण यात्राको योग रह।ेकोछ । पुराना मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । मगंलबार पश्चात भने भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरु सगँको सम्बन्धमा खराबि उत्पन्न हुन सक्नेछ । जटिल कार्यहरुको बिशेष जिम्मेवारी प्राप्त रहनाले कार्य प्रति लगनसिल रहनु पर्नेछ । सबारी साधनको प्रयोगमा बिशेष साबधानि रहनु पर्नेछ । साताको अन्त्यमा बौधिक ब्यत्तित्वहरुको साथ तथा सहयोगमा आम्दानीका बिभिन्न बाटाँहरु फेला पर्नेछन । कला कौशलको प्रयोगमा आफन्तजनहरुको मन जित्न सफल रहिनेछ । नयाँ कार्यको थालनिले मन हर्षित तुल्याउनेछ । कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : – साताको सुरुमा वाणीका कारण आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य झमेला उत्पन्न हुन सक्नेछ । संचित रकम अनावश्यक क्षेत्रमा खर्चको सम्भाबना रहेकोछ । यात्राकारक समय रहेता पनि सामान्य चोटपटकको सामना भने गर्नुपर्नेछ । बिश्वासिला ब्यत्तिहरु बाट धोका हुन सक्नाले अरु प्रति पुर्ण जिम्बेवारी नछोड्नु उत्तम रहनेछ । मगंलबार पश्चात मित्रजनरुको सहयोमा जटिल कार्यहरु सम्पादित रहनेछन । परीवारको असहज परीस्थीती लाई सहज तुल्याउन तपाईको अग्रसरता उत्तम रहनेछ । यात्राका क्रममा सामान्य समस्या झल्नु पर्ला । अध्यन अध्यापनका निम्ती उत्तम समय रहेकोछ । साताको अन्त्यमा भने जीम्बेवारी लीईएका कार्यहरु समयमा पुरा गर्न नसक्नाले मानसिक चिन्ताको सामना गर्नु पर्नेछ । सभा सम्मेलन जन्य कार्यमा सहभागीताको योग रहेकोछ । मान्यजनहरुको पद प्रर्दशन अबलम्बन गर्नु उत्तम रहनेछ । तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- साताको प्रारम्भमा बिशिष्ट ब्यत्तिहरुको साथ सहयोगमा नयाँ कार्यको थालनि रहनेछ । भोज भतेर जन्य कार्यमा तथा मनोरञ्जनात्मक कार्यमा सहभागीताको योग बन्नेछ । कार्य क्षेत्रमा आफनो प्रभुत्व जमाउन सफल रहिनेछ । ब्यापार ब्यवसायका क्षेत्रमा जिवन साथीको सहयोग उत्तम रहनेछ । मगंलबार पश्चात भने स्थान परीर्वतनको योग रहनेछ । गरीरहेको कार्यमा सामान्य ढिलाईको योग रहनेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुनसक्नेछ । संचित रकम खर्चगर्नु पर्ने सम्भाबना रहेकोछ । साताको अन्त्यमा बलतथा पराक्रममा बृद्धिहुनेछ । तात्कालिक यात्राको सम्भाबना रहनेछ । मित्रजनहरुको सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । मनोरञ्जनपुर्ण यात्राको योग रहेकोछ । नयाँ योजनाका साथमा नयाँ लगानिको थालनि मित्रजनहरुको सहयोगमा सम्पादित रहनेछन । बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : – साताको प्रारम्भमा परीवारका सदस्यहरु सगँ बाट टाढा भएकाृ अनुभब रहनेछ । सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । बिश्वासिला ब्यक्तिहरुबाटनै धोका हुन सक्नेछ । गरीरहेको कार्यमा समेत सामान्य अपजसको भागीदार भईनेछ । गोप्यताका साथ कार्य सम्पादनमा जुटेमा बिस्तारै कार्य सम्पादित रहनेछन । मगंलबार पश्चात अधुरा कार्यहरु सम्पादन गर्न परीवारको साथ सहयोग प्राप्त रहनेछ । नयाँ लगानिका साथमा ब्यापार ब्यवसायको थालनि उत्तम रह।नेछ । अध्यन अध्यापनमा रुची जाग्नेछ । कला कौशलको प्रयोगमा समय ब्यतित रहनेछ । साताको अन्त्य तिर । संचित रकम खर्चको सम्भाबना रहनेछ । भोजभतेर जन्यकार्यमा सहभागीताको योग बन्नेछ । शारीरीक अस्वस्थतामा बृद्धिहुन सक्ने सम्भाबना रहेकोछ । आफन्तजनहरु सगँको सम्बन्धमा समेत तिक्तता उत्पन्न हुन सक्नेछ । धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) : – साताको प्रारम्भमा पुराना मित्रजनहरुको साथ सहयोगमा नयाँकार्यको थालनिको योग बन्नेछ । आम्दानिका चौतर्फि बाटाँहरु फेला पर्नेछन । पशु तथा चौपायबाट मनग्य लाभ उठाउन सकिनेछ । कला कौशलको प्रयोगमा साथै साहित्य संगीतका क्षेत्रमा समय ब्यतित रहनेछ । मगलबार पश्चात अनावश्यक यात्रकाकारण सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । पारीवारिक सम्बन्धमा सामान्य तिक्तता उन्पन्न हुन सक्नेछ । मनोबिलासिताका साधनको प्रयोगका निम्ती अधिक खर्चको सम्भाबना रहनेछ । कार्य क्षेत्रमा जिम्बेवारीको कमि महसुस रहनेछ । साताको अन्त्यमा बल तथा पराक्रममा बृद्धिहुनाले अधुराकार्यहरु सम्पादित रहनेछन । ब्यपार ब्यवसायमा लगाईएका लगानिको उत्तम प्रतिफल प्राप्त रहनेछ । साजेदारीकार्यका क्षेत्रबाट समेत मनग्य लाभ प्राप्त हुने समय रहनेछ । मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):- साताको प्रारम्भमा शारिरीक आलस्यताका कारण सामान्य कार्यमा अधिक श्रम खर्चनु पर्नेछ । मानसम्मानमा आचँ आउन सक्ने सम्भाबना रहेकोले साबधानि अपनाउनु राम्रोहुनेछ । भुमि तथा बाहन शुख प्राप्त रहनेछ । पारिवारीक झोरझमेलाले सताउन सक्नेछ । भौतिक साधनको प्रयोगमा सजग रहनु होला । आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नाले मन हर्षित रहनेछ । अध्यन अध्यापनमा बिताईएका समय उत्तम रहनेछन । नयाँ कार्यको थालनि भएता पनि नयाँ लगानिमा भने साबधानि अपनाउनु पर्नेछ । पुराना मित्रजनहरुको साथ सहयोगमा कार्य सम्पादित रहनेछन । साताको अन्त्यतिर मनोरञ्जनका क्षेत्रमा सामान्य खर्चको सम्भाबना रहनेछ । देश बिदेशको यात्राको योग रहनेछ । सामाजिक कार्यमा अग्रसर रहने समय रहेकोछ । साजेदारीकार्यमा साबधानी अपनाउनु पर्नेछ । कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- साताको प्रारम्भमा मनोरञ्जन पूर्ण यात्राको सम्भाबना रहेकोछ । मित्रजनहरुको अधिक निकटता अपजसको कारण बन्न सक्नेछ । अरु द्वारा सम्पादित कार्यको श्रेय तपाईले प्राप्त गर्नाले मन प्रशन्न रहनेछ । अधिक आत्म बिश्वासका कारण मित्रजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । मान्यजनहरुको साथ सहयोगमा भुमि लाभ तथा मानसम्मान प्राप्त रहने समय रहेकोछ । भौतिक साधनको प्रयोमा समय ब्यतित रहनेछ । श्रम र मेहेनतको उचित मुल्याङ्कन प्राप्त रहनाले कार्य प्रति जोस जागर बढेर जानेछ । पुराना मित्रजनहरु सगँको भेटघाछले मन प्रशन्न रहनेछ । साताको अन्त्यतिर अध्यन अध्यापनका क्षेत्रबाट आम्दानिका क्षेत्रमा निकैटेवा पूग्नेछ । साजेदारी पूर्वक नयाँ कार्यको थालनि दिर्घकालिन आम्दानिका श्रोतहरु बन्नेछन । कला कौशलको प्रयोगमा समय ब्यतित रहला । मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :-यो साता त्यति उत्तम रहने छैन गरीरहेको कार्यमा सामान्य तनाबको सामना गर्नु पर्नेछ । खानपानका कारण स्वास्थमा समेत समस्या उत्पन्न हुन सक्नेछ । कार्य सम्पादनमा गोप्यता अपनाउनु उत्तम रहनेछ । स्थीर क्षेत्रमा लगाईएको लगानिको प्रतिफल प्राप्तगर्न अधिक समय पर्खनु पर्नेछ । यात्रां झन्झटिलो हुन सक्नेभएकाले बिशेष साबधानि अपनाउनु होला । अरुद्वारा गरीएको कार्यका त्रुटीको अपजस भोग्नु पर्नेछ । आफ्नो घमण्डका कारण नजिकका मित्रजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अरुको बिश्वासमा कुनैकार्य पूर्णरुपमा नसुम्पीनुनै राम्रो रहनेछ । साताको अन्त्यतिर मान्यजनहरु सगँको सम्बन्धमा समेत सामान्य समस्या उत्पन्न हुन सक्नेछ । सामान्य कार्यका निम्ती अधिक समय ब्यतित रहनेछ । सवारी साधनको प्रयोगमा ध्यान पूर्याउनु उत्तम रहनेछ ।  

प्रतिक्रिया