मुम्बई - बलिउड मेगास्टार अमिताभ बच्चन उनको ट्विटका कारण प्राय: ट्रोलको सि कार भइरहन्छन् । बच्चनको पछिल्लो ट्विटका कारण उनी पुनः एकपटक ट्रोलको सि कार भएका हुन् ।
तर योपटक अमिताभले ट्विटरमा लेखेको कारणभन्दा पनि केही नलेखेपछि ट्विटर प्रयोगकर्ताहरु आ क्रोशित भएका हुन् । योपटक उनको केही नलेखिएको ट्विटभन्दा पनि प्रयोगकर्ताहरुको कमेन्टले दर्शकको ध्यान तानेको छ ।
खासमा अमिताभले हालै आफ्नो तीन हजार ७०३औं ट्विटमा आफूले एउटा केही सोचिरहेको जस्तो फोटो हाल्दै यसो लेखे, “सोचिरहेको छु... होइन होइन, भयो ! पछि कुनैबेला मौका मिल्यो भने बोल्छु...।” उनको यो ट्विटपछि नै प्रयोगकर्ताहरुले उनको मजा उदाउँदै कमेन्ट गरिरहेका छन् ।

नाने थान नामक एक ट्विटर प्रयोगकर्ता लेख्छन्, “सोचेरै बस्नु न ट्विट किन गर्नुपर्यो ? तपाईंको सोचको हामीलाई आवश्यकता छैन... रामनाम जपेर आजसम्मको दिन जस्तै चुप लागेर बिताउनुहोस्...एङ्ग्री योङ म्यानबाट युजलेस ओल्ड म्यान बनिसक्नुभयो तपाईं ।”
त्यस्तै अन्य प्रयोगकर्ताहरुले पनि सोचरै बस्दा हुने किन यस्तो ट्विट गर्नुपर्यो भन्दै भनेका छन् । -नवभारत टाइम्स
‘अमित जी’ नभन्दा फिल्मबाट हटाइए कादर खान,अमिताभलाई
पर्खिरहे मृ त्युको अ न्तिम स्वा ससम्म
काठमाडौं, -भारतीय चलचित्रका प्रसिद्ध अभिनेता कादर खानको जन्म २२ अक्टुबर १९३७ मा भएको थियो । कादर खान एक राम्रो हास्य कलाकार र ख लनायक थिए, साथै एक संवाद लेखकका रूपमा उनले धेरै सुपरहिट फिल्महरू दिएका छन् । अफगानिस्तानमा जन्मिएर भारतीय सिने क्षेत्रमा चर्चित खान भारतीय साहित्यमा अब्बल लेखक र हास्यविधामा जमेका कलाकार थिए। उनले महानायक अमिताभ बच्चनका लागि धेरै फिल्महरूमा संवाद लेखे। एक प्रकार अमिताभलाई यो शिखर सम्म पुग्न कादर खानले पनि सहयोग पुर्याइरहेका छन् । तर अमिताभलाई ‘अमित जी’ नभनेको कारण कादर खानलाई फिल्मबाट ह टाइएको थियो।
एक भिडियोमा कादर खानले कसरी फिल्म पाउन छाडे र कसरी अमिताभ बच्चनलाई ‘अमित जी’ नभनेकोमा फिल्मबाट हटाइए भनेर बताएका छन्।
उक्त भिडियोमा कादर खान भन्छन्, ‘म अमिताभ बच्चनलाई अमित भनेर बोलाउँथे। एक निर्माता मकहाँ आए र भने तपाईले सिरजीलाई भेट्नुभयो? मैले भने को सर? उनले भने तपाईलाई थाहा छैन ? उनले अमिताभलाई औंल्याए र भने उहाँ हाम्रो सर हुनुहुन्छ। मैले भने कि उनी अमिताभ हुन्। सबैले त्यसबेलादेखि अमिताभलाई सर, सर जी, भनेर बोलाउन शुरू गरे तर अमितजी वा सर जी मेरो मुखबाट कहिल्यै बाहिर आएनन्। बोल्न नसक्ने भएकोले मैले उनको समूह छोडिदिएँ।

कादर खान अघि भन्छन्, ‘के कसैले आफ्नो साथी वा भाईलाई अरु कुनै नामले बोलाउन सक्छ? यो असम्भव छ म यो गर्न सक्दिन र त्यसैले म त्यहाँबाट निस्किए। यसैले म उनको फिल्म ‘खुदा गवाह’ मा थिइन्। त्यसपछि मैले उनको फिल्म ‘गंगा जमुना ..’ लेखे र आधामा छोडे। यसपछि केही अन्य फिल्महरू पनि थिए, जुन मैले काम गर्न शुरू गरेको थिए तर ती पनि छोड दिए। ‘
कादर खानको सन् २०१९ कै पहिलो दिन जनवरी १ मा ८१ वर्षको उमेरमा नि धन भयो। क्यानाडाको एक अस्पतालमा उ पचार भइरहेका बेला खानको नि धन भएको थियो। यसै बिच कादर खानका छोरा सरफराजले कादर खान क्यानडा गएपछि उनलाई बलिउड उद्योगबाट बाईपास गरेको आ रोप लगाए । सरफराजले भनेका थिए ‘कादर खान आफ्नो अ न्तिम स्वा ससम्म बलिउडका महानायक अमिताभ बच्चनलाई सम्झि रहेका थिए ।’
उनले भने, ‘चलचित्र जगतमा यस्ता धेरै मानिसहरु छन् जुन मेरे बुबाको निकै नजिक थिए । तर एक व्यक्ति, जसलाई मेरो बुबाले निकै मन पाराउनु हुन्थ्यो, वहाँ हो बच्चन साहब (अमिताभ बच्चन)। म बुबवासँग सोध्थे कि वहाँ फिल्म जगतमा सबैभन्दा ज्यादा कसलाई सम्झनुहुन्छ भनेर तब वहाँ सिधै उत्तर दिनुहु्न्थो बच्चन साहब। साथै मलाई थाहँ छ कि त्यो माया आपसी थियो।’
भावुक हुदै सरफराजले भने, ‘म चाहान्थे कि बच्चन साहबलाई थाहा होस कि मेरो बुबा अन्तिम स्वा ससम्म वहाँसँग कुरा गर्न भनि रहन्थे ।’
आफ्नो सुपरस्टर्डमको समय जसरी राजेश खन्नाले सलीम जावेदलाई ‘हाथी मेरा साथी’मा ब्रेक दिएका थिए, त्यस्तै राजेश खन्नाले कादर खानलाई पहिलो पटक फिल्म ‘रोटी’ मा संवाद लेखक रुपमा अवसर दिएका थिए। त्यसपछि कादर खानले राजेश खन्नाका सबै चलचित्रहरूका लागि संवाद लेखे।
कादर खानले जीतेन्द्रको र श्रीदेवीको फिल्म तोहफापछि उनका सबै फिल्महरूको सम्वाद लेखेका थिए। शक्ति कपूर, डेविड धवन र गोविन्दा ती व्यक्ति हुन् , जसले १९८० र १९९० को दशकको क्रममा कादर खानसँग नजिक रहेर काम गरेका थिए ।