एजेन्सी, १५ कार्तिक- बलिउड अभिनेता सन्जय दत्त हाल क्या न्सरलाई जितेर खुशीको खबर दिएका छन् । उनी हाल पुरै तरिकाले ठिक भएका छन् । बच्चाको जन्मदिनमा सन्जयले सामाजिक सञ्जाल इस्टाग्राममा एक पोस्ट गर्दै आफु पुरै स्व स्थ्य भएको जानकारी दिएका हुन् ।
क्या न्सर जितेपछि उनले स्वरुप पनि परिर्वतन गरेका छन् । सन्जय दत्तको यो नयाँ स्वरुप हेयरस्टाइलिस्ट आलिक हकिमले इन्टाग्राममा सेयर गरेका हुन् । नयाँ स्वरुपमा सन्जय कुल देखिएका छन् । आलिमले इस्टाग्राममा सन्जयको तस्वीर सेयर गर्दै यो स्वस्पलाई के भन्नु हुन्छ पनि भनेका छन् । सन्जयको नयाँ हेयरस्टाइललाई प्लेटिनम ब्लोड लुक भनिन्छ । फोटोमा सन्जयको दारी पनि सेतो देखिएको छ । निलो शर्ट र आँखामा कालो चश्मा लगाएका सन्जय यो लुकमा धेरै कन्फिडेन्ट र कुल देखिएका छन् ।
उनले अगष्ट ११ मा उपचारबाट ब्रे क लिएको बताएपनि उनि पछिल्लो समयमा छातिको क्या न्सरसँग जु धिरहेका थिए । तर अब भने उनी क्या न्सरबाट मुक्त भएको एक पोस्ट मार्फत जानकारी दिएका छन् ।
उनले लेखेका छन्, ‘पछिल्लो केही हप्ता देखि आफु र आफ्नो परिवारमा धेरै मु स्किलले समय बितेको थियो र हाल त्यो मु स्किल परिस्थितिलाई जितेको खुशी बच्चाको जन्मदिनको अवसरमा सेयर गरेको छु । परिवार, साथी र सबै शुभचिन्तकहरु प्रति आभारी छु ।’
ज्योति मगर घरज्वाई बस्ने केटा खोज्दै
काठमाडौँ, – चर्चित लोक तथा दोहोरी गायिका तथा मोडल ज्योति मगरले काठमाडौंमा भव्य घर बनाएकी छिन्।
कलाकारिता बाटै उनले काठमाडौंमा घर बनाएको कुरा पहिले नै बताएकी थिइन्। कोरोना म हा मा री शुरु भन्दा पहिले नै बनाइसकेको घरमा हाल उनी बस्दै आएकी छिन्। विकट गाउँ रोल्पामा जन्मेर काठमाडौंमा सं घर्ष गर्दै आफूले घर बनाएको कुरामा उनी गौरव गर्छिन्।

काठमाडौंको कोटेश्वरमा उनले तीन तलाको भव्य विशाल घर बनाएकी छन्। अविवाहित गायिका मगरले अब बिहे गर्ने इच्छा पनि प्रकट गरेकी छन्। उनले आफुले घरज्वाँई बस्ने दुलाह खोजिरहेको तर मन मिल्ने मान्छे नपाएको पनि उल्लेख गरिन्।
रमाइलो गर्दै उनले भनिन्: ‘घर भैसक्यो अब घरजम गर्ने तयारीमा छु।’
ज्योती मगर विशेषगरी उनका गीत र भिडियो अनि समय समयमा दिने बयानका कारण प्रायः चर्चामा रहने गर्छन्। नेपाली समाजले उनका धेरै गीतहरूलाई पाच्य मान्दैन। दशकभन्दा लामो समयदेखि कलाकारीतामा सक्रिय उनले नाम र दाम दुवै कमाएकी छन्।
पछिल्लो समयमा उनले आफ्ना गीतहरुमा केही परिवर्तनहरू देखाउन थालेको देख्न सकिन्छ। शुरुवातमा उत्ताउला र उच्छृंखल हुने गीतहरू अहिले अलिकति सुधार भएको हुन सक्ने धेरैको बुझाई रहेको छ।
उनको घरमा उनका दिदीका छोरा पनि बस्दै आएका छन्। उनीसँग आफ्नै लग्जरी कार पनि छ। उनको शौखिन जीवनशैली निक्कै लोभलाग्दो छ।
अरु कालाकारको अवस्था हेर्दा र ज्योतिलाई नियाल्दा उनले आकाश, पाताल हुनेगरी आर्थिक रुपमा सम्पन्नता ल्याएकी छिन्।