सिन्धुलीको दुधौली नगरपालिका वडा नं ११ टा“डीबाट वडा नं ९ को हात्तीवन गा“छी जोड्ने कमलानदीमा निर्माण सम्पन्न पक्की पुल ।
सिन्धुली,१५ कार्तिक – दुधौली नगरपालिका–११ टाडी निवासी कुलबहादुर मगर कमला नदी वारपार गर्ने क्रममा ज्या नै जा नेगरी आफुले भोगेको सा स्ती अहिले पनि झल्झली सम्झनु हुन्छ । एक बर्ष अघिसम्मको यो उदेक लाग्दो घट्ना अहिले भने सपनामा परिणत भएको उहाँको भनाई छ ।
दुधौली नगरपालिका–११ टाँडी र वडा नं. ९ हात्तिवन गाछीलाई जोड्ने गरी कमला नदीमा छ सय मिटर लामो पक्कि पुल निर्माण भई सञ्चालनमा आएसँगै त्यस क्षेत्रका बासिन्दाले बर्षादको मौसममा ज्या नै जा नेगरी भो ग्दै आएको सा स्तीबाट यो बर्षदेखि मु क्ति पाएको स्थानीय बताउछन् ।
टाँडी निवासी मगर भन्नुहुन्छ, “नत्र पुलकै अ भावमा प्रत्येक बर्ष बर्षादको मौसममा कमला नदी वारपार गर्दा चार/पाँच जनाले ज्या न गु माउदै आएका थिए । साह्रो गाह्रो परेका बेला कमला नदीमा भेल भन्न पाईदैनथ्यो । अप्ठेरोमा परेका मानिसले दनुवारलाई तार्न लगाई कमला नदीवार पार गर्नु पर्ने बाध्यता थियो ।
२०७४ मंसिरमा संझौता भइ ०७५ को जेठबाट टाँडी र हात्तिवन गाछीलाई जोड्ने गरी कमला नदीमा पुल निर्माणको काम शुरु भएको थियो । सडक विभाग पुल महाशाखा अन्तर्गत कालिका, रसुवा ज्वाइन्ट भेन्चर कम्पनीले निर्माण गरेको उक्त पुलको लागत भ्याट सहित ७८ करोड रहेको स्थानीयको भनाई छ ।
वर्षादको चार महिना अत्यन्तै क ष्टकासाथ जीवनयापन गर्ने त्यस क्षेत्रका बासिन्दाले अब बाह्रै महिना दुःख झेल्नु नपर्ने भएको स्थानीय फणिन्द्रबहादुर बस्नेत बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अब यो पुलमा मोटर सरर गुड्न थालेको छ । उद्घाटन भने गर्न बाँकी रहेको छ ।” उहाँले हिजोका दुःखका काहाली लाग्दो दिन संझिदा आङ्ग सिरिङ्ग गर्ने र पुल निर्माणपछि खुसीको सञ्चार छाएको सुनाउनुभयो ।
उहाँले थप्नुभयो, “वर्षातमा वारपार गर्न नसक्दा ज्यादै कठिन थियो, हिंउदमा समेत चिप्ला ढुंगा हुने भएकाले पार गर्न कम्ता क ष्ट थिएन्, अब त पुलबाटै सरर हिड्न पाईएको छ । बिगतमा कमलामा पुल नहुदा हेलिएर वारपार गर्नेको ज्या नै जाने गरेको थियो । काम परेपछि बाढी आएको भएपनि पार गर्नु पर्ने अवस्था आउने र पार गर्दा ब गाएर ज्या न जाने गरेको थियो ।”
वारपार गर्दा मात्र हैन्, पुल नहु“दा उ पचार नपाएर विरामीको अ कालमै ज्या न जाने गरेको अनगिन्ती घटनाका रहेको उहाँको भनाई छ । स्थानीयका अनुसार कमला नदीमा बाढी आएपछि विरामीको उपचार गर्न नपाएरै मृत्यु हुने गरेको थियो । एकातिरबाट कमलाले थुन्ने अर्कोतिर तावाखोला पार गर्न नसकिने माझमा परेर जीवन धान्न नै निकै कठिन थियो ।
पक्कि पुल निर्माणपछि स्थानीयमा उत्साह बढेको दुधौली नगरपालिका–११ का वडा अध्यक्ष कुमार लामा बताउनुहुन्छ । उहाँका अनुसार पुल दुई वर्षको अवधिमै निर्माण सम्पन्न भएको हो । करिब दुई बर्षअघि दुधौली नगरपालिका–५ खनिया“बाट वडा नं ६ को हर्षाही जोड्ने कमला नदीको पक्की पुल निर्माण सम्पन्न भएर सञ्चालन आइसकेको छ ।
नेपाल सरकारको राष्ट्रिय गौरबको आयोजना मदन भण्डारी राजमार्ग धरान–चतरा–सिन्धुली–हेटौडा सडक अन्तर्गत कटारीदेखि सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीसम्म बाह्रै महिना यातायात सञ्चालन गर्न पुल निर्माण भएपछि सुविधा पुगेको स्थानीय बासिन्दा बताउ“छन् । तर राजमार्ग अन्तर्गत दुधौली नगरपालिकाकै २ नं वडाको हत्पते र वडा नं ३ को झुुंगा जोड्ने कमलानदीको पुल भने निर्माण शुरु भएको १० वर्षमा बल्ल कामले गती लिएर अन्तिम चरणमा पुगेको छ । यो पुल समेत कमलानदीको ४० किलोमीटर हाराहारीको लम्वाईमा चारवटा पक्की पुल हुनेछ ।
सिन्धुलीमा ५० बेडको आ ईसोलेसन भवन सञ्चालनमा
सिन्धुली, – सिन्धुली जिल्लामा कोरोना सं क्रमितका बिरामी बढ्दै गएपछि निर्माण सुरु गरिएको ५० बेडको आ ईसोलेसन भवन बिहिबार (आज)देखि सञ्चालनमा आएको छ ।
कमलामाई नगरपालिका–६ शिबनगरस्थित उक्त भवन निर्माण कार्य पुरा गरी निर्माण उपभोक्ता समितिले बुधबार अनौपचारिक एक कार्यक्रम बिच सिन्धुली अस्पताललाई बुझाएपछि उक्त आ ईसोलेसन भवन सञ्चालनमा ल्याईएको सिन्धुली अस्पताल विकास समितिले जनाएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोख्रेलले उक्त भवनलाई ‘सिन्धुली अस्पताल कोभिड–१९ युनिट’ नामाकरण गरिएको र अब बिरामी भर्ना गर्न उपचार गर्न तयारी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “उक्त भवन पिसिआर परिक्षण, आ इ सि यु, भेन्टिलेटर र अक्सिजन उत्पादन गर्ने मेसिन सहित सुविधा सम्पन्न हुने छ । आ ईसियु र पिसिआर परिक्षण गर्ने मेसिन भने केही दिनभित्र जडान भई सक्ने छ ।”

भवन निर्माण उपभोक्ता समितिका संयोजक एवं नेपाल रेडक्रस सोसाईटी सिन्धुली शाखाका सभापति असोक श्रेष्ठले करिब दुई महिनाको प्रयासमा उक्त भवन निर्माण पुरा गरी सिन्धुली अस्पताललाई बुझाएको बताउनुभयो । उहाँका अनुसार भवनको कुल निर्माण लागत एक करोड ४० लाख रुपैया रहेकोमा एक करोड १७ लाख ९५ हजार रुपैयामा नै दुई वटा भवन निर्माण तयार भएको जानकारी दिनुभयो । उक्त भवन गत भदौ ५ गतेदेखि निर्माण सुरु गरिएको थियो । फलामको ट्रष्टमा ईटाले जडान गरिएको एक तले दुई वटै भवनमा गरी आठ वटा कोठा रहेका छन् ।
उक्त भवन निर्माण गर्न दुई करोड दुई लाख २२ हजार रुपैया जुटेको र केही दिनमै भवन निर्माणमा भएको खर्च सार्बजनिक गरिने भवन निर्माण उपभोक्ता समितिका संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।
भवन निर्माणका लागि बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले ९७ लाख १५ हजार छ सय रुपैया सहयोग गरेको र बाँकी रकम स्थानीयस्तरमा नौ वटै पालिका, विभिन्न सामाजिक सघ संस्था, निर्माण व्यवसायि र व्यक्तिहरुको सहयोगमा जुटेको उहाँले बताउनुभयो ।
उक्त भवनलाई आवश्यक बेडहरु मध्ये ग्रामीण महिला चेतना केन्द्रले २५ वटा, नेपाल रेडक्रस सिन्धुली शाखा, सहकार्य नेपाल र मेरीगोल्ड ईन्टरनेश्नल प्रालि भक्तपुरले १०/१० वटा बेड सेट सहयोग गरेको निर्माण उपभोक्ता समितिले जनाएको छ ।
पछिल्लो समयमा सिन्धुली जिल्लामा कोरोना सं क्रमितको संख्या बढेसँगै बिरामीको उपचार गर्न आईसोलेसन बेडको अभाव हुदै गएको छ । सिन्धुली अस्पताल र एपोलो अस्पतालमा गरी ४४ वटा आईसोलेसन बेड मात्रै रहेको छ । हाल जिल्लामामा सक्रिय संक्रमितको सङख्या १७२ जना रहेको सिन्धुली अस्पतालले जनाएको छ ।
सक्रिय सं क्रमित बिरामी मध्ये सिन्धुली अस्पताल र एपोलो अस्पतालमा गरी २० जनाको आईसोलेसनमा उपचार भई रहको र बाँकीको होम आईसोलेसनमा उपचार भई रहेको स्वास्थ्य कार्यालय सिन्धुलकिा प्रमुख जितेन्द्र साहले बताउनुभयो ।
हालसम्मका कुल संक्रमित मध्ये ९७ जना उपचारपछि कोरोनालाई जितेर घर गई सकेको उहाँले जानकारी दिनुभयो ।