शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

नेकपा भित्रको राजनीति : आगामी नेतृत्वका लागि माधव नेपाललाई तयार रहन ओलीको आग्रह

शुक्रवार , कार्तिक १४, २०७७

काठमाडौं, १४ कार्तिक - प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीको आगामी नेतृत्वका लागि तयार रहन आग्रह गरेका छन्। कार्तिक ४ र ११ का दुई भेटमा ओलीले पूर्वएमालेको तर्फबाट अबको पार्टी नेतृत्व लिन आग्रह गरेको स्रोतको दावी छ।

‘मंगलबार ओली र नेपालबीच भएको एकल भेटमा ओलीले अबको नेता तपाई नै हो यसमा मेरो पूर्ण समर्थन, साथ र सहयोग रहन्छ’, ओलीलाई उधृत गर्दै स्रोतले भन्यो।

तर माधव नेपाल भने यसमा अझै आश्वस्त भइनसकेको स्रोतको दावी छ। पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग सामान्य सम्बन्ध वि ग्रेपछि ओलीले नेपाललाई बोलाएर एक्लाएक्लै छलफल गरेका थिए। ओलीले नेपाललाई नेतृत्वको तेस्रो पटक प्रस्ताव गरेका हुन्।

कर्णाली प्रदेशको विवाद उत्कर्षमा पुगेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग ख टपट परेपछि ओलीले नेपाललाई बोलाएर भेटघाट गरेका थिए।

‘प्रधानमन्त्री ओलीले नेपालसँग केही समय छलफल गर्नुभएको हो उहाँहरुबीच कोरोना भाइरस संक्रमण तथा पार्टीको विवादबारे सामान्य छलफल भयो।

त्यो भन्दा पनि पारिवारिक कुराकानी बढी भयो’, वालुवाटार निकट स्रोतले भन्यो। प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसँग मंगलबार दिउँसो भेटघाट गरेका थिए। गत कार्तिक ४ गते पनि प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसँग बालुवाटारमा एक्लै छलफल गरेका थिए।

त्यसअघि दुई नेताबीच साउन ९ गते मात्रै एक्लाएक्लै कुराकानी भएको भएपनि खासै उपलब्धी नभएको नेपाल पक्षले जनाएको थियो। भेटका अवसरमा नेपालले दुई पार्टीको एकीकरण भएकाले एउटा पक्षलाई बाहिर राखेर पार्टी सञ्चालन गर्नुको कुनै अर्थ नभएको बताएका थिए।

नेपाल निकट स्रोतका अनुसार दुई नेताहरुको भेटमा प्रधानमन्त्री ओलीले आफूसँग सहकार्यका लागि प्रस्ताव गरेका थिए। नेपालले सो विषयमा कुनै प्रतिक्रिया नदिएको तर पार्टी एकतालाई जोड दिएका थिए।

कर्णाली प्रदेशमा देखिएको विवाद र पर्सामा भएको पार्टी एकताको शपथ ग्रहणका बेला भएको हत्यापछि कार्यकारी अध्यक्ष दाहालसँग ओलीको सम्बन्ध विग्रिएको छ।

संवादहिनतामा संवाद खुलाउने प्रयास

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय ओली र दाहालबीच रोकिएको संवाद खुलाउन तीन नेताहरु लागिपरेका छन्। कर्णाली प्रदेशमा देखिएको विवाद समाधान गर्ने क्रममा दुई अध्यक्षले छुट्टा छुट्टै पत्राचार गरेर विवाद झन् बल्झाएपछि संवाद टुटेको थियो।

नेपाल निकट स्रोतका अनुसार दुई नेताहरुको भेटमा प्रधानमन्त्री ओलीले आफूसँग सहकार्यका लागि प्रस्ताव गरेका थिए। नेपालले सो विषयमा कुनै प्रतिक्रिया नदिएको तर पार्टी एकतालाई जोड दिएका थिए।

उनीहरुबीच संवाद टुटेपछि बुधबार पार्टीका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ तथा विहिबार लुम्बिनी प्रदेशमा मूख्यमन्त्री शंकर पोखरेल दाहाल निवास खुमलटार पुगेर संवाद खुलाउने प्रयास गरेका थिए।

प्रधानमन्त्री ओलीले गत मंगलबार कार्यकारी अध्यक्ष दाहालसँग संवादमा स्थानीय प्रदेश कमिटीलाई नै कर्णाली विवादका विषयमा निर्णय गर्ने जिम्मा दिन गरेको प्रस्ताव विपरीत अलग्गै चार वुँदे सहमति भन्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सार्वजनिक गरेपछि उता दाहालको सचिवालयले कुनै सहमति नभएको भनेर प्रेस नोट जारी गरी विवाद ज्यूका त्यू रहेको संकेत गरेको थियो।

त्यसपछि कार्तिक ५ मा प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशका मूख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पत्रचार गरे गुलाबजंग शाहमाथिको कारवाही फिर्ता गर्न निर्दैशन दिएका थिए।

दाहालले पनि त्यसलाई काउण्टर दिने गरी विवाद समाधान प्रदेशबाट खोज्न कार्तिक ७ मा अर्को पत्र लेखेपछि भने दुई अध्यक्षवीच कटुता उत्पन्न भएको प्रष्ट देखिएको थियो।

दुई अध्यक्षबीचको तिक्तताले पार्टी काम र सरकारी कामलाई समेत प्रभावित पारेपछि संवाद खुलाउन पार्टीकै तीन नेताहरु सक्रिए भएका हुन्।तर संसदीय दलका उपनेता सुवास नेम्वाङले दुई अध्यक्षबीच संवाद नटुटेको दावी गरेका छन्।

उहाँहरुबीच कुराकानी भैरहेको छ संवाद टुटेको अवस्था होइन’, उनले भने ‘जनार्दन शर्मालाई कोरोना संक्रमण भएपछि उहाँपनि आइसोलेशनमा बस्नु भएको हो त्यो विषयमा प्रधानमन्त्रीलाई सहित जानकारी थियो यसलाई हामी संवाद टुटेको भन्छौ भने गलत हुन्छ। ’ संसदीय दलका उपनेता नेम्वाङले बुधबार मात्रै दाहाललाई भेटेर आएका थिए।

बुधबार पार्टी महासचिव पौडेलले केन्द्रीय कमिटीको बैठक एक महिना पर सार्ने विषयमा छलफल गर्न खुमलटार पुगेका थिए। उनी खुमलटार जानु अघि वालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेटघाट गरी खुमलटार गएर दाहालको स्वीकृति लिएर केन्द्रीय कमिटीको बैठक एक महिना पर सार्ने सूचना जारी गर्न लगाएका थिए।

त्यसक्रममा उनले दुइअध्यक्षबीचको संवाद सुचारु गर्न र पार्टी कामलाई निरन्तर रुपमा अघि बढाउन दुवै अध्यक्षलाई आग्रह गरेका थिए। पौडेल खुमलटारबाट निस्केपछि संसदीय दलका उपनेता नेम्वाङ खुमलटार पुगेका थिए।

उनले पनि दुई अध्यक्षबीच संवाद सुचारु गरेर स्थायी कमिटीको बैठकले पास गरेको निर्णय अनुसार पार्टी अघि बढ्नु पर्ने बताए थिए। ‘दुवै अध्यक्षबीच केही दिनमै भेटघाट हुन्छ यसमा अन्यथा मान्नु पर्दैन’, उपनेता नेम्वाङले भने।

कर्णाली प्रदेशको विवाद समाधान गर्नका लागि काठमाडौ आएका नेताहरुसँग प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष दाहालले बेग्लै पार्टी सञ्चालन गर्न खोजेको आभास दिइरहेको आरोप लगाएका थिए।

‘एउटै पार्टीका नेताहरूलाई उहाँले बेग्लाबेग्लै भेट गर्नुभयो। समस्या हो, समस्या छ भने त्यसलाई सम्बोधन गर्न सामुन्नेमा राखेर छलफल गर्नुपर्छ।

उहाँले त्यसो गर्नुभएन’, भन्दै दाहालले बेग्लै पार्टी सञ्चालन गरेको आभाष दिएको आरोप लगाएपछि दाहाल ओलीसँग चिढिएका थिए। दाहालले कर्णालीका नेताहरूसँग बेग्ला बेग्लै छलफल गरेका थिए।

दाहालले बेग्लाबेग्लै खुमलटारमा बोलाएर भेटेको र गुटबन्दी गर्न खोजेको भन्दै ओलीले चित्त दुखाएपछि दुवै अध्यक्ष संवादबाट टाढा भएका थिए। दाहालले ओलीकै सहमतिमा उनीहरूसँग छलफल गरेको बताइए पनि ओली भने असन्तुष्ट भएका थिए।

दसैं अघिबाटै दुई अध्यक्षमा बोलचाल समेत बन्द भएपछि लुम्बिनी प्रदेशका मूख्यमन्त्री शंकर पोखरेल पनि काठमाडौ आएर सक्रिय भएका छन्। उनी विहिबार खुमलटार पुगेर दाहालसँग भेटघाट गरेका थिए।

उनीहरुबीच के के विषयमा कुराकानी भयो भन्नेबारेमा केही जानकारी नआए पनि पोखरेलले दुई अध्यक्षबीच संवाद खुलाउने प्रयास गरेका छन्।

दाहालसँग सम्बन्ध विग्रेपछि ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दुई पटक भेटघाट गरेका छन्। उनीहरुबीच एक्लाएक्लै संवाद भएको छ। कार्तिक ४ गते र कार्तिक ११ गते उनीहरुबीच वालुवाटारमा संवाद भएको हो। तर यो विषयमा नेपाल निकट नेताहरुले ओलीलाई संकट परेपछि मात्रै नेपाललाई खोज्ने गरेका दावी गरेका छन्।

उनीहरुले ओलीको यस्तो बानी पुरानै भएकाले यस्ता भेटको कुनै अर्थ नहुने दावी गरेका छन्। ‘ओलीलाई संकट पर्यो भने माधव नेपाललाई बोलाएर फकाउने प्रयास गर्छन तर नेपालले उठाउँदै आएको विधि र पद्धतिलाई कार्यान्वयन गर्दैनन् त्यसकारण यस्ता भेटको कुनै अर्थ छैन’, नेपाल निकट एक स्थायी कमिटी सदस्यले भने। नागरिक दैनिकमा खबर छ।

 

‘र’ प्रमुखको प्रधानमन्त्रीलाई के हुनसक्छ कोशेली ?

काठमाडौँ, १४ कार्तिक – ०७२ सालको माघ २६ गते पूर्व प्रधानमन्त्री सुशील कोइरालाको दे हावसानमा श्र ध्दान्जली चढाउन वायुसेनाको जहाज लिएर भारतबाट बिदेशमन्त्री सुषमा स्वराज नेपाल आइन् । उक्त टोलीमा काङ्ग्रेस,कम्युनिस्ट,जनता दलसहित सबै प्र तिपक्षी दलका नेता सँलग्न थिए,अलिअगाडि नेपालमाथि ना कावन्दी लगाउन भूमिका खेलेका प्रधानमन्त्री नरेन्द्र मोदीका रास्टृय सु रक्षा सल्लाहकार अजित डोभाल पनि सङ्गै आए । त्यो बेला उक्त यात्रालाई अन्यथा मानिएन किन त्यसमा सरकारको लेजिटिमेट प्रतिनिधित्व थियो बिदेश मन्त्रीको तहमा । तर,यसपालिको परिस्थिति भिन्न रह्यो । सेनाको जहाजमा गुप्तचर प्रमुख आए इतिहासकै पहिलो घटनाको रूपमा । यही कात्तिक ५ गते दिउँसो भारतीय खुफिया संस्था ‘र’ का प्रमुख सामन्तकुमार गोयल काठमाडौं आए । राती साढे ९ बजेदेखि मध्यरातसम्म तीन घण्टा प्रधानमन्त्रीसँग वार्ता गर्न भनेर बालुवाटार पुगे । उक्त गोप्य वार्ताको बेलिबिस्तार केही पनि बाहिर आएको छैन । यसबीच आगामी साता स्थल सेना प्रमुख मनोज मुकुन्द नरवाणे नेपाली सेनाको मानार्थ महारथिको दर्जा ग्रहण गर्न काठमाडौं आउँदैछन् । तर,यता रक्षामन्त्रीको जि म्मेवारी भने दशैंअघिको मन्त्रिमण्डल पुनर्गठनमा ईश्वर पोखरेललाई हटाएर स्वयँ प्रधानमन्त्रीले लिनुभएको छ ।

गोयल र नरवाणेको भ्रमणलाई राजनीतिक वृत्तले निकै सावधानीका साथ हेरेको छ । दुबै भ्रमणलाई नेपालले हालै जारी गरेको नयाँ नक्साले समेटेको भूभागप्रति भारत सरकारको अ सन्तुष्टि पोख्ने अवसरको रूपमा प्रयोग गरिएको विश्लेषण एकथरिले गरेका छन् भने अर्काथरिले चाहिँ प्रधानमन्त्री केपी शर्मा ओली सरकारको बारेमा भारतले बनाएको पछिल्लो धारणा ‘फेस टु फेस’ जानकारी दिनमा प्रयोग गरिएको ठोकुवा गरेका छन् ।

हुन तः यसअघि भारतीय प्रधानमन्त्रीको कार्यालय (पीएमओ) को धारणा भन्दै सोसम्बन्धमा केहि कुरो बाहिर आएको थियो । नेपालले नयाँ नक्सा जारी गरेपछि पीएमओले कालापानी र लिपुलेकको बारेमा आफूले सोचौंला,हेरौंला,बिचार गरौंला भन्ने आशयको कुनैपनि प्रतिबद्धता नेपालसमक्ष जाहेर नगर्ने सूचनालाई अनौपचारिक माध्यमबाट सम्बन्धित ठाउँमा पुर्याएको थियो । भारतले त्यसो गर्नुको अर्थ ‘कालापानी र लिपुलेकको एजेण्डामा प्रवेश गरेर नेपालसँग कुनैपनि वार्ता नगर्ने भन्ने अडान रहेको’ भारतीय दूतावाससँग निकट स्रोतको दाबी छ ।

भारतले सो कुराको जानकारी गराउँदै नेपाललाई सोहीबमोजिम महसुस गराउन ‘कुराकानी त थाल्न सकिएला तर,तिमी त्यससम्बन्धमा कुनै थप कदम नचाल अन्यथा,आज आफूले चालेको कदमलाई भोलि तिमी आफैँले टुङ्गोमा पुर्याउन सक्दैनौ’ भन्ने मन्त्र वाक्य सुनाउने क्रममा सामन्त एक्कासी काठमाडौं आएको स्रोतले बताएको छ । त्यसो त बिदेशी गुप्तचर प्रमुख स्वयं यसरी हाकाहाकी आएर प्रधानमन्त्रीसङ्ग सीधा संवाद गर्नु यता अप्ठ्यारो पर्दा रा हत पुर्याउनु हो भन्नेहरुको पनि कमि छैन । भारतीय पक्षले नेपाललाई पछिल्लो छ महिनादेखि सीमा विवाद सम्बन्धमा कुनैपनि किसिमको ‘फरवार्ड स्टेप’ नचाल्न सुझाव दिएको छ ।

दशैंअघि शिक्षा मन्त्रालयअन्तर्गत पाठ्यक्रम विकास केन्द्रले तयार पारेको पाठ्यपुस्तक सार्वजनिक हुनबाट एकाएक रोकिनु पनि त्यसैको एउटा कारक थियो भनिन्छ । पाठ्यपुस्तक प्रकाशन हुन लागेको सुईंको पाएलगत्तै भारतले उपल्लो निकायमा ‘कलिला बालबालिकाको दिमागमा भारतबिरोधी विष हालेर भारतले हाम्रो भूमि खोस्यो (खायो) भनेपनि आखिर त्यो कुरा नेपालले कहिल्यै पुनर्प्राप्ती गर्न नसक्ने ठोकुवा गर्दै त्यस्तो विषय तन्काउन किन नेपाल उध्यत छ ?’ भनेर प्रश्न गरेको श्रोतको दावी छ ।

भारतसङ्ग कडिकडाउ कुरा गर्ने हो भने नेपालसङ्ग सार्कको अध्यक्ष र चीनको छिमेकी हुनुको फाइदा पनि छ । तर,ब्यवहारमा त्यसो हुन सकिरहेको छैन । जोश चल्दा मच्चिने र अरु बेला थच्चिने विशेषता नै बन्न पुगेको देखिन्छ ।

भारतले सिमानाको एजेण्डामा कुनै पनि खालको द्विपक्षीय वार्ता गर्दै नगर्ने अड्डी कस्दै आएको छ । कूटनीतिक र राजनीतिक च्यानलको मर्यादाभित्र रहेर आफूले गरेको प्रयासलाई नेपालले मतलब नगरेको निश्कर्ष निकालेपछि भारतले अहिले खुफिया एजेन्सीका प्रमुखलाई परिचालन गरेको हो ।

यसबीच एक्कासी सामन्त जुन ढंगले काठमाडौं आएर प्रधानमन्त्रीसँग गो प्य भेट गरे त्यसमा दुईथरि अड्कल लगाइएको छ । पहिलो अडकलमा ‘पाँच बर्षको लागि निर्वाचित सत्ता भएकोले यसको निर्वाध निरन्तरतामा असल छिमेकीको नाताले सद्भाव र सहयोगको प्रतिबद्धता ।’

दोस्रो तथा मुख्य विषय: पुराना सम्बन्ध र सहयोगका प्रसङ्ग कोट्याएर प्रधानमन्त्रीलाई झसङ्ग बनाउनु तथा ‘सिमानाको बारेमा थप ‘फरवार्ड स्टेप’ नचाल्न मित्रवत सुझाव दिनु । स्रोतका अनुसार भारतको सहयोग रहने भरपर्दो आश्वासन दिएर मध्यराति गोयल बालुवाटारबाट बाहिरिएको सूचना भारतीयहरूले काठमाडौंमा छरपस्ट पारिरहेका छन् ।

हुन तः यस्ता चेतावनीपूर्ण कुरा,भाषा र शैलि कूटनीतिक च्यानलले व्यक्त गर्न सक्दैन । राजनीतिक तहमा पनि औपचारिक र सांकेतिक भाषा मात्र प्रयोग गरिन्छ । अन्य देशका अनुभवलाई हेर्ने हो भने पनि सर्वत्र सुराकी र खुफिया एजेन्सीले मात्र त्यस्तो काम गर्ने गरेको पाइन्छ । सामन्त स्वयम सुरक्षा निकायको पृष्ठभूमिबाट आएकाले त्यसरी कुरा राख्नुलाई खुफिया एजेन्सीहरूले स्वाभाविक रूपमा लिएका छन् ।

अर्कोतर्फ भारतीयहरूले नेपाल सरकारले “सार्वजनिक खपतको लागि” जे बोले वा जे गरेपनि सेनाबीचको सम्बन्धलाई उसले यो वा त्यो नाममा ‘ब्रेक’ गर्न नसक्ने विश्वास लिएका छन् । हुन पनि दुबै देशका सेनामाझ धेरै पुस्तादेखि कसिलो सम्बन्ध रहँदै आएको छ । उनीहरूबीच कहिल्यैपनि ‘वारफुटिङ्ग’ को अवस्था नआउने विश्वास कायम रहिआएको छ । त्यसैको आधारमा भारतीयहरूले नेपालको राजनीतिक नेतृत्वले इच्छा नराख्दा नराख्दै पनि दुई देशका सेनाको पहलमा नेपाल सरकारसँग कुरा गरेर अन्ततः नरवाणेको भ्रमण तय गरेको हुनुपर्छ ।

स्थल सेनाध्यक्ष नरवाणेले प्रधानमन्त्री ओलीलाई भेटेर सीमा विवादलगायतका विषयमा सम्झाउने भन्ने कुरोमा कुनै सत्यता नरहेको विज्ञहरू बताउँछन् । किनकि उनको औपचारिक च्यानल र सम्वाद नेपाली सेनासँग मात्र हुने भएकाले उनले जे कुरा भनेपनि नेपाली सेनाका सेनापतिसँग मात्रै गर्ने हो । उच्च सुरक्षा सूत्रका अनुसार नरवाणेले आगामी साता तीन दिन काठमाडौंमा रहँदा नेपाली सेनापतिलाई नामै नलिई तर प्रष्ट बुझिने गरी चिनियाँ जनमुक्ति सेनाको पोजिशनबारे ‘फेस टु फेस’ कुरा गरेर सहयोग बृध्दिबारे अवगत गराउने सोच हुनसक्छ ।

तर,उनले प्रधानमन्त्री,राष्ट्रपतिलगायतका विशिष्ट राजनीतिक व्यक्तित्वलाई भेटेपनि त्यो शिष्टाचार भेट मात्र हुने भएकाले त्यसले गहिरो अर्थ नराख्ने बताइन्छ । नरवाणे आगमनको सतहमा मानार्थ महारथिको हैसियत ग्रहण गर्ने भनिएपनि लुकेको एकमात्र टार्गेट भनेको नेपाली सेनालाई उत्तरी छिमेकीप्रति धेरै नढल्कने गराउनु हो ।

जन आस्थाबाट साभार ।

प्रतिक्रिया