काठमाडौँ,९ कार्तिक – पाकिस्तानकी टिकटक स्टार जन्नत मिर्जा पाकिस्तानबाट जापानमा ब साई सरेकी छन्। २२ बर्षे मिर्जा पहिलो पाकिस्तानी प्रयोगकर्ता हुन्, जसको टिकटकमा १० करोड भन्दा बढी फलोअर्स छन् । प्रशंसकहरू उनको निर्णयबाट दु:खी भएका छन् । उनका इन्स्टाग्राममा करोड भन्दा बढी फलोअर्स छन् र उनका तस्बिरहरू अक्सर भा इरल हुन्छन्।
जन्नतले हालसालै शेयर गरिन् कि जब टिकटकलाई पाकिस्तानमा प्र ति ब न्ध लगाइएको थियो, उनी जापानमा थिइन। जन्नतले अब जापानमा नै बस्ने स्पष्ट पारेकी छन् ।
जन्नतले आफ्नो इन्स्टाग्राममा एउटा तस्विर शेयर गरिन्, जहाँ धेरै प्रशंसकहरूले उनलाई पाकिस्तान फर्केर कहिले आउने भएर सोधेका छन् । जन्नतले यस प्रश्नको जवाफ दिएकी छिन र उनी जापानमा ब साई सरेको वताउँछिन् ।
जन्नतलाई एक फ्यानले सोधे, तपाईं किन पाकिस्तान छोड्दै हुनुहुन्छ? यसमा जन्नतले उत्तर दिँदै भनिन – किनभने पाकिस्तान धेरै मिठो र राम्रो छ तर पाकिस्तानको जनताको मा न सिकता राम्रो छैन।
यो भन्दा पहिले जन्नत मिर्जाले पाकिस्तानमा टिकटक प्र ति ब न्धको समर्थन गरिन रे। उनले भनेकी थिइन – म आफैंमा पाकिस्तानमा टिकटकको प्र ति ब न्ध चाहान्छु तर यो स्थायी आधारमा हुनु हुँदैन। उनले – पाकिस्तानमा टिकटक प्र तिबन्ध भएपछि जापान गएको उल्लेख गरिन । चाखलाग्दो कुरा के छ भने भारतमा पाकिस्तान भन्दा पहिले पनि टिकटकलाई प्र तिबन्ध लगाइएको थियो।
एउटा भैँसी ८१ लाखमा बिक्री
सबैभन्दा धेरै दूध दिएर विश्व रेकर्ड राखेको भारतको एक भैँसी भारु ५१ लाख (नेपाली ८१ लाख ६० हजार) मा बिक्री भएको छ। हरियाणाका किसान सुखवीर सिंहले पालेको मुर्रा जातको भैँसी सोमबार यति ठूलो मूल्यमा बिक्री भएको हो। सरस्वती नाम दिइएको उक्त भैँसीले ३३.१३१ किलो दूध दिएर एक पाकिस्तानी भैँसीको धेरै दूध दिने विश्व रेकर्ड तो डेको थियो। यसअघि पाकिस्तानी कृषकले पालेको भैँसीले ३२.०५० किलो दूध दिएर विश्व रेकर्ड राखेको थियो।

सरस्वती भैँसी लुधियानाका पवित्र सिंहले खरिद गरेका छन्। कुनै समय एक करोड रुपैयाँमा पनि बिक्री नगरेका सुखवीरले भैँसी चोरिने डर भएपछि ८१ लाख ६० हजारमा बिक्री गरेका हुन्। भैँसी बेच्नुअघि किसानले एउटा कार्यक्रम राखेका थिए। जसमा राजस्थान, युपी, पञ्जाबलगायतका ठाउँबाट करिब ७ सय किसान सहभागी भएका थिए। सुखवीरका अनुसार उनले चार वर्षअघि बरवाला जिल्लाको खोखा गाउँका किसान गोपीरामबाट उक्त भैँसी २ लाख ८ हजारमा खरिद गरेका थिए।
किसान सुखवीर सिंहका अनुसार सरस्वती भैँसीले गत वर्ष २९.३१ किलो दूध दिएर हिसार क्षेत्रमा आयोजित एक प्रतियोगितामा प्रथम पुरस्कार हासिल गरेको थियो। हिसारको सेन्ट्रल इन्स्टिच्युट अफ बफेलो रिसर्चको कार्यक्रममा पनि २८.७ किलो दूध दिएर पुरस्कार जितेको थियो।
हरियाणा पशुधन विकास बोर्डको आयोजनामा भएको कार्यक्रममा समेत उक्त भैँसीले २८.८ किलो दूध दिएर पुरस्कार जितेको थियो। पछिल्लो पटक केही दिनअघि लुधियानाको जगरांवमा आयोजित डेरी एण्ड एग्रो एक्स्पोमा भाग लिँदा सरस्वती भैँसीले ३३.१३१ किलो दूध दिएर भारु. दुई लाख (ने.रु.३ लाख २० हजार) नगद पुरस्कार जितेको थियो। एजेन्सी