काठमाडौँ,९ कार्तिक – दशैँको कोशेली स्वरूप गायिका रचना रिमाल र गायक एस लामा ले आफ्नो नयाँ गीत ‘फि दा भए ’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
गीतमा मायालु प्रेमील जोडिको प्रेम प्रसङगलाई समेटिएको छ । मोतिलाल भुजेलको शब्द तथा अशोक थापाको संगीत एवम् एरेन्ज गीतमा रहेको छ । कोभिड १९ को अवस्थामा पनी मुस्ताङका विभिन्न रमणिय स्थानहरुलाई गीतमा कै द गरिएको छ ।
पछिल्लो समयमा निकै ब्य स्त छायाँकार सुरज खनालको छायाँकन तथा सम्पादन भिडियोमा रहेको छ । ‘फिदा भए ’ गीतको भिडियोमा एस लामा, सन्ध्या अहंकारीको फिचरिङ तथा अभिनय रहेको छ ।
काठमाडौँ,९ कार्तिक – गायक दिल बिश्वकर्माले आफ्नो पहिलो डेब्यु गीत ‘अष्ट्रेलिया जाउली माया’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन्। डान्सिङ बिटको रमाइलो गीतले विदेशमा होइन स्वदेशमा केहि गर्नु पर्छ भन्ने संदेश बोकेको छ।
यस गीतमा स्वर हाल वैदेशिक रोजगारको क्रममा दक्षिण कोरियामा रहेका गायक दिल विश्वकर्माको रहेको छ। यस गीतलाई प्रकाश न्यौपानेले लेखेका हुन् भने तिलक बस्नेतले संगीतवद्द गरेका हुन्। रमेश सेन्चुरीले गीतलाई संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडियोमा नायिका आँचल शर्माको साथमा कलाकार सुलेमान शंकर ( इकु) र सागर लम्साल ‘बले’ फिचर्ड छन्। सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको यस भिडियोलाई उत्सव दहालले छायांकन गरेका हुन्।
विकाश दहालले सम्पादन गरेको भिडियोलाई मुस्कान ढकालको निर्देशनमा तयार पारिएको हो।दशैँको शुभकामना सहित निर्माण टिमले यसै भिडियो मार्फत दर्शक , स्रोता तथा मिडिया हाउस बाट सकारात्मक प्रतिक्रियाको अपेक्षा गरेका छन्।