शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

क्याबिनेट र एमाले–माओवादीका क ष्ट

आइतवार , कार्तिक ९, २०७७

काठमाडौँ,९ कार्तिक – गत बुधबार साँझ प्रधानमन्त्रीले एकाएक तीन जना नयाँ मन्त्री थपेपछि अर्का अध्यक्षले निकटस्थहरूलाई दिएको प्रतिक्रिया यस्तो थियो– ‘भन्ने एकथरि, गर्ने अर्कोथरि मात्र होइन, म नपरी ।’ लामो समयदेखि मन्त्रिमण्डल पुनर्गठनको र स्सा क स्सी मा प्रधानमन्त्री केपी शर्मा ओलीले हाललाई तीन रिक्त पद मात्र पूर्ति गर्ने मुडमा आफू रहेको बताउँदै आउनुभएको थियो । तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने तीन वटा वि कल्प दिएर पुनर्गठन नै गर्नुपर्नेमा जोड दिनु भएपनि वहाँ ट समस नहुनुभएको पछिल्लो पुनर्गठनले देखाएको छ ।

उपेन्द्र यादवको पार्टीले सम्हाल्दै आएका स्वास्थ्य र शहरी बिकास पनि उसको सत्ता ब हिर्गमनसङ्गै एमालेको भागमा गएको अर्थ लगाइएको छ । रिक्त ती मन्त्रालयमा यसअघि पूर्व एमाले कोटाका मन्त्रीहरू रहेको, त्यसमा पूर्व एमाओवादीले ढि म्किन नपाउने र पार्टी एकता नहुँदैको जस्तो तेरो र मेरोको कित्ताकाट झल्किरहने प्रधानमन्त्रीको आशय बुझेसङ्गै प्रचण्डले केही दिनअघि रि साएर ‘त्यसोभए तपाईंलाई जे मन लाग्छ त्यहि गर्नुुस्’ भनेपछि तीन जना सदस्य थप्ने बाटो खुलेको प्रधानमन्त्रीनिकट समूहले बताएको छ ।

तर, पार्टीभित्र लामो समयदेखि कायम अ विश्वासको वातावरणलाई चिर्न पूर्व एमालेबाटै तीन वटा मन्त्रालयमा मन्त्री नियुक्त गर्नुअघि प्रधानमन्त्रीले कम्तिमा एमालेकै आफ्ना अग्रज पूर्व अध्यक्ष र महासचिव माधव नेपाल तथा झलनाथ खनालसँग सल्लाह या जानकारी शेयर गर्नुभएको भए परिस्थिति थप जटिल न बन्ने एकथरिको बुझाई छ । एमालेकै भागका मन्त्रालयमा मान्छे भरिए पनि एमाले भनेको एक ब्यक्ति त हैन । तर, पूर्व माओवादी र पूर्व एमाले दुबैतर्फ आफ्ना आ लोचकलाई एकै ठाउँमा राखेर पे ल्ने मनस्थिति बनाएपछि मन्त्रिपरिषदको पछिल्लो हेरफेर र नयाँ नियुक्तिले पार्टीमा ऊर्जाभन्दा समस्या थपिदिएको छ । भलै अर्थमन्त्री नियुक्त महासचिव विष्णु पौडेलको हकमा दाहालले पहिले नै समर्थन जनाउनुभएको बताइन्छ ।

कोरोना म हा मा री बढ्दै गएपछि प्रधानमन्त्रीले क्याबिनेट बैठकमा हिजोका दिनमा झैँ लम्बेतान भाषण गर्न छाड्नुभएको छ । एकजना मन्त्रीका अनुसार ‘मुख्य सचिवले एजेण्डा प्रस्तुत गर्ने र आवश्यकताअनुसार सम्बन्धित मन्त्रीले भनाई राख्ने काम झटपट हुन्छ । प्रधानमन्त्रीले यसो मुण्टो हल्लाएपछि एजेण्डा पास भएको मानिन्छ ।’

क्याबिनेट बैठकमा जाँदा प्रधानमन्त्री निवास पस्ने बेलैमा प्रत्येक मन्त्रीको ज्वरो नाप्ने कामदेखि मास्क र स्यानिटाइजरको व्यवस्थापनमा सुरक्षाकर्मीले विशेष ध्यान दिने गरेका छन् । सबैले जुत्ता छोप्नेगरी प्लाष्टिकको खोल लगाए पनि प्रधानमन्त्रीले भने मुखमा मास्क मात्र लगाउने गरेको मन्त्रीहरू बताउँछन् । खाजा पनि म हा मा री शुरु भएदेखि चिया र बिस्कुटमा सिमित भएकोले पनि बैठक धेरैबेर नबस्ने गरेको हो ।

यसैबीच एक भारी मन्त्री चलाउन नसकेको झोँक सचिवहरूलाई चलाएरै भएपनि प्रधानमन्त्रीले आत्मसन्तुष्टी लिएको एकजना मन्त्रीले बताएका छन् ।

जन आस्थाबाट साभार

ओलीलाई हटाउन प्रचण्ड र माधवको गोप्य तयारी

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र वि’वाद चुलिंदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीलाई टाउने डि जाइन बनेको छ । सचिवालय डाकेर ओलीको रा जीनामा माग्ने र न माने ह टाउने निर्णय गर्ने गरी नेकपाभित्र डिजाइन भएको हो ।

एक स्रोतका अनुसार नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच ओलीलाई ह टाउने सहमति बनेको हो । सहमति अनुसार प्र चण्ड कार्यकारीसहित अध्यक्ष बनेर पार्टी हाँक्ने र नेपाल प्रधानमन्त्री बन्नेछन् । यसमा दुवै नेताले सहमति बनाएको बुझिएको छ ।

प्रचण्ड र नेपालले आन्तरिक सहमति बनाएर वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमलाई समेत सहमतिमा ल्याएको बुझिएको छ । खनाल र गौतम दुवैजना यसमा सकारात्मक भएको विश्वस्त स्रोतले जानकारी दिएको छ । दुवै नेता ओलीप्रति अ सन्तुष्ट बन्दै आएका छन् । ओलीविरुद्ध गौतम आक्रामक रुपमा प्रस्तुत हुने तयारीमा रहेको बुझिएको छ ।

गौतमले मन्त्रिमण्डल पुर्नगठन लगत्तै आफूलाई सरकारमा नलगिने निश्चित भएपछि २०७७ भित्रै केपी शर्मा ओलीलाई बालुवाटारबाट प्रधानमन्त्रीका रुपमा रहन नदिने निकटस्थसँग बताएको स्रोतले बतायो । मलाई पटक पटक धो का दिने अब म ओलीलाई प्रधानमन्त्री रहन दिन्न भन्दै गौतम ओलीइतरका नेताहरुमाझ कुर्लिएका थिए ।

यसअघि गौतमकै सहयोगमा ओलीको दुईपटकको सत्ता संकट टरेको थियो । माधव नेपालले उक्त घट’नालगत्तै गौतमसँग असन्तुष्टि पोख्दै आएका छन् । उनले पाँच सचिवालय सदस्यको आन्तरिक बैठकमा पनि वामदेव गौतमले छ बुँदेले ओलीको सत्ता जोगिएको बताएका थिए ।

ओलीलाई ह टाउन सक्लान् ?

प्रचण्ड, माधव नेपाल, झलनाथ, वामदेव र नारायणकाजी श्रेष्ठले मोर्चाबन्दी गरेका छन् । यो सचिवालयको कुल सदस्यको बहुमत हो । ओलीले आफूसहित चारजना सचिवालयमा आफ्नो पक्षमा पारेका छन् । जसमा ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल छन् । सबै चारजना सरकारमा सहभागी छन् ।

सचिवालयमा ओली अल्पमतमा देखिन्छन् । स्थायी कमिटी र केन्द्रीय कमिटीमा पनि ओली अल्पमतमा छन् । तर, पार्टी निर्णयले ओली सरकारबाट हट्नुपर्ने वाध्यात्मक अवस्था छैन । उनलाई हटाउन सक्ने संसदीय दलले मात्र हो ।

ओली पक्षले संसदीय दलमा आफ्नो बहुमत दाबी गर्दै आएको छ । त्यसै कारण पनि ओलीलाई हटाउने दुईपटकको प्रयास प्रचण्ड र माधव नेपाल समूहबाट सफल भएन । उनीहरु ब्याक भए ।

ओलीले पार्टी फुटाउन सक्ने चर्चाले पनि नेताहरु हच्किए । वामदेव गौतमले पार्टी फुट्न नदिने भन्दै छ बुँदै ल्याए । उनले सरकारमा जाने आशामा सहमति गरेको विषय उठ्यो । प्रचण्डले पनि ओलीसँग सहमति गरे । तर, सरकार सञ्चालनमा प्रचण्ड निरिह जस्तै भए । मन्त्रिमण्डल पुर्नगठनमा उनको कुनै जोर चलेन । राजदूत नियुक्तिमा पनि प्रचण्ड हेरेको हेरै भए । यसकारण उनी आँधी अघिको सन्नाटा जस्तै भएका छन् । उनको निरिहतालाई कतिपयले कुनै ठुलो कदम चाल्ने तयारीका रुपमा बुझेका छन् ।

माधव नेपाल कुनै महत्वपूर्ण कदम चाल्दा सुनामी नै ल्याउँछु भन्छन् । यसपटक उनी सुनामी नै ल्याउने डिजाइनमा बढेका छन् । यसले अबको एक महिनाभित्र कुनै महत्वपूर्ण राजनीतिक घटना विकास हुने देखिएको छ ।

प्रतिक्रिया