काठमाडौँ,९ कार्तिक – गायक दिल बिश्वकर्माले आफ्नो पहिलो डेब्यु गीत ‘अष्ट्रेलिया जाउली माया’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन्। डान्सिङ बिटको रमाइलो गीतले विदेशमा होइन स्वदेशमा केहि गर्नु पर्छ भन्ने संदेश बोकेको छ।
यस गीतमा स्वर हाल वैदेशिक रोजगारको क्रममा दक्षिण कोरियामा रहेका गायक दिल विश्वकर्माको रहेको छ। यस गीतलाई प्रकाश न्यौपानेले लेखेका हुन् भने तिलक बस्नेतले संगीतवद्द गरेका हुन्। रमेश सेन्चुरीले गीतलाई संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडियोमा नायिका आँचल शर्माको साथमा कलाकार सुलेमान शंकर ( इकु) र सागर लम्साल ‘बले’ फिचर्ड छन्। सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको यस भिडियोलाई उत्सव दहालले छायांकन गरेका हुन्।
विकाश दहालले सम्पादन गरेको भिडियोलाई मुस्कान ढकालको निर्देशनमा तयार पारिएको हो।दशैँको शुभकामना सहित निर्माण टिमले यसै भिडियो मार्फत दर्शक , स्रोता तथा मिडिया हाउस बाट सकारात्मक प्रतिक्रियाको अपेक्षा गरेका छन्।
भिडियो :
महानायक राजेश हमाल संग आज्ञा खतिवडाको रोमान्स( हेर्नुस
भिडियो )
काठमाडौँ, ९कार्तिक – बरिष्ठ गायक इन्द्रजित मिजारको स्वरमा आबद्द ‘जुनमा हेरूँ तिमीलाई’को म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीको गीतमा शब्द हाल अमेरिकामा बसेर आफ्नो संगीत यात्रा अघि बढाइरहेका भुटानी नेपाली गीतकार गोपाल लोहारको रहको छ । गीतमा संगीत बरिष्ठ संगीतकार सुरेश अधिकारीको रहेको छ । यस गीतलाई चन्द सिंहले संगीत संयोजन गरेका हुन् ।
चलचित्र देउतामा समावेश ‘अब यो बाटो मेरो हो’ बोलको गीत पश्चात २७ वर्ष पछि गायक मि जारको स्वरमा रहेको गीतमा महानायक राजेश हमाल अभिनयले गरेका छन् । नायक हमालको साथमा भिडियोमा आज्ञा खतिवडा र दिलिप केसी फिचर्ड छन् । समी श्रेष्ठले कोरियोग्राफी गरेको यस भिडियोलाई श्याम तामाङले छायांकन गरेका हुन् । विकाश दहालले भिडियो सम्पादन गरेका हुन् । श्याम लामा र काजी लिम्बुको निर्देशनमा भिडियो तयार पारिएको हो ।
गीतकार लोहारको अफिसिएल च्यानल ‘गोलो प्रोडक्शन’ मार्फत भिडियो सार्वजनिक भएको हो । पुरानो पुस्ता र नयाँ पुस्ताका लोकप्रिय कलाकारहरुका आवाजमा उत्कृष्ठ गीतहरु सार्वजनिक गर्दै आएका गीतकार लोहारका यसअघि थुप्रै गीतहरु सार्वजनिक भैसकेका छन् । आगामी दिनहरुमा अझै स्तरिय गीत संगीत प्रस्तुत गर्दै जाने उनले बताएका छन् । दशैँको कोशेली स्वरूप प्रस्तुत यस गीतलाई सुनेर प्रतिक्रिया दिन हुन् निर्माण टिमले सम्पूर्ण दर्शक, स्रोतालाई आग्रह गरेका छन् ।