शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

अमेरिकाको नतिजा के आउला ?

आइतवार , कार्तिक ९, २०७७

काठमाडौँ, ८ कार्तिक - सन् १७७६ मा बेलायतबाट स्वतन्त्रता पाएको अमेरिका पूर्ण संघीय शासन भएको मुलुक हो । विश्वको पहिलो लिखित संविधान सन् १७८९ मा बनाएको अमेरिकामा व्यक्तिगत स्वतन्त्रतालाई विशेष महत्व दिइन्छ ।

प्रत्यक्ष कार्यकारी राष्ट्रपति नै त्यहाँको सर्वाधिक श क्तिशाली पद हो । चार वर्षका लागि चुनिने राष्ट्रपतिले संविधानअनुसार बढीमा दुई कार्यकाल चलाउन पाउँछन् । दोस्रो वि श्व यु द्धभन्दा अघि राष्ट्रपति फ्रयांकलिन डि.रुजबेल्ट भने लगभग चार कार्यकाल नै पदमा रहेका थिए । उनले सन् १९३३ को निर्वाचनमा अ त्यधिक मत ल्याएका थिए भने सन् १९४५ सम्म रहिरहे । उनैको प्रत्यक्ष सहभागिता र पहलकदमीमा अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा र विकासको मूल प्रस्तावनासहित २४ अक्टोबर १९४५ मा संयुक्त राष्ट्रसंघको जन्म भएको हो । संयुक्त राष्ट्रसंघका पाँच स्थायी मुलुकमध्ये एक रहेको अमेरिकामै संयुक्त राष्ट्रसंघको मुख्यालयसमेत छ ।

गत निर्वाचनमा बाराक ओवामा दुई कार्यकाल राष्ट्रपति निर्वाचित भएका थिए । सन् २०१६ देखि रिपब्लिनकन पार्टीबाट ध नाढ्य डोनाल्ड ट्रम्प त्यहा  कार्यरत छन् । यसै वर्ष अर्को निर्वाचन हुँदैछ । सात समुद्रपारिको देश नेपालमा समेत त्यसको अनेक कोण, पक्ष र विषयबाट चर्चा हुने गरेको छ । दुईदलीय प्रणालीजस्तै देखिएको अमेरिकामा अन्य दलले समेत निर्वाचनमा भाग लिन्छन् । क्षेत्रीय स्तरमा विभिन्न साना दल अस्तित्वमा भए पनि मूल रुपमा डेमोक्रेटिक र रिपब्लिकन नै एक अर्काका प्रतिस्पर्धी हुन् । सन् २०२० को निर्वाचनमा रिपब्लिकनबाट राष्ट्रपति ट्रम्प नै प्रतिस्पर्धामा छन् भने डेमोक्रेटिकको तर्फबाट पूर्वउपराष्ट्रपति जोइ बाइडेन आमने–सामने छन् ।

यसअघि ट्रम्प क ट्टर एवं उग्र राष्ट्रवादी नारा उछालेर निर्वाचनमा जित्न सफल बनेका थिए । तत्कालीन समय निकै प्रभावशाली मानिएकी पूर्वराष्ट्रपति बिल क्लिन्टनकी श्रीमती हिलारी थोरै इलोक्टोरल मतले हारेका थिइन् । आप्रवासी र विदेशी कामदारप्रति निकै क डा रुपमा प्रस्तुत भएका ट्रम्प मुस्लिमप्रति पनि रु खो र आ क्रामक थिए । ‘मेक अमेरिका ग्रेट अगेन’ भन्ने मूल नारा अघि सारेका ट्रम्पले अमेरिका छिर्ने विदेशीलाई रोक लगाउन छिमेकी मेक्सिकोमा पर्खाल नै लगाउने भनेका थिए । तर, हालसम्म त्यसको थालनी हुन सकेको छैन । अफ्रिकी–अमेरिकन काला जातिप्रति अति कडा नीति लिएका ट्रम्पको शासनकालमै हजारौंले ज्यान गुमाएको बाइडेनले प्रेसिडेन्टल डिबेट (विवाद) मा सवाल उठाएका छन् । काला जातिकै फ्योएड नामका व्यक्तिलाई प्रहरीेले घाँटी थिचेर मा रेको घटनाले अमेरिकामा मात्र होइन, विश्वभर चर्चा र आलोलना भएको थियो ।

बजारमा सहजै ब न्दुक किन्न पाइने प्रजातान्त्रिक र मानवअधिकारको बढी वकालत गर्ने अमेरिकामा आज पनि ३१ राज्यमा मृ त्युदण्ड दिने कानुनी व्यवस्था छ । जातीय हिं सा, लु टपाट, ह त्या, चो री, ब ला त्का र, वि भेदजस्ता आपराधिक र सामाजिक समस्याले ग्रस्त अमेरिकामा हालैको कोरोना महामारीले अर्थतन्त्र ध्वस्तप्राय बनेको भन्ने गरिन्छ । स्वयं राष्ट्रपतिलाई नै कोरोना लागेको छ । कोरोनाको महामारी पनि निर्वाचनको प्रमुख मु द्दा बन्दै आएको छ । विश्वमा कोरोनाको संख्या पनि अमेरिकामै सबैभन्दा बढी छ ।

राष्ट्रपति ट्रम्पलाई गत निर्वाचनमा जस्तो सहज स्थित देखिन्न, उनका कतिपय वाचा पूरा भएका छैनन् । कोरोनाका कारण लगभग ३ करोडले रोजगारी गुमाइसकेका छन् । अमेरिकामा कतिपय नेपाली संगठनले खुला रूपमै बाइडेनको पक्षमा चुनावी प्रचार गर्न थालिसकेका छन् । हालैको दशकमा डिभी, पर्यटन तथा अन्य भिसाबाट नेपालीहरू उल्लेख्य संख्यामा अमेरिका पुगिसकेका छन् र पुग्दै छन् । राम्रो कमाइ हुने, स्वतन्त्रता, सुरक्षा तथा समृद्धिको तीव्र चाहनाले विश्वबाट अमेरिकाको बाटो रोज्ने मानिसको संख्या करोडौं छ ।

निर्वाचनको अनेक पक्षबाट विश्लेषण गर्न सकिन्छ । फलानो दल र फलानो उम्मेदवार विजयी भए हुने थियो भन्ने खालको कामना र चाहना गर्न सकिन्छ तर खासमा चुनावको दिनसम्म आउने राजनीतिक मुद्दा, मत जाहेर गर्ने मतदाता वा अमेरिकी नागरिकको मूल प्रवृत्ति र छनोट कता पर्छ त्यसैले कुन दल विजयी होला भन्न सकिन्छ । चुनावअघिका सबै अनुमान विगतमा कर्कलाको पानीजस्तै भएका थिए । तर, यसपालि पुन ः ट्रम्पले जित्न सक्ने थोरैलाई मात्र विश्वास रहेको देखिन्छ । अमेरिकी निर्वाचनले विश्व राजनीति निरन्तर तात्दै गएको छ ।

जन आस्थाबाट साभार

अमेरिकी चुनाव आउन ११ दिन बाँकी, ५० मिलियन बढीले गरिसके

मतदान

काठमाडौँ, ५ कार्तिक – अमेरिकामा राष्ट्रपति चुनाव आउन अब ११ दिन बाँकी रहेको छ । तर चुनावको मुख्य दिन नोभेम्बर ३ आउनु अगाडि नै झण्डै ५० मिलियन बढी अमेरिकनले मतदान गरिसकेका छन् । उनीहरुले हुलाकमार्फत मतपत्र पठाएर र अर्लि भोटिङमा उपस्थीत भएर मतदान गरेका हुन् ।

अमेरिकामा चुनावको दिनमा उपस्थीत हुन नसक्नेहरुले हुलाकबाट मतपत्र पठाएर र अर्लि भोटिङमा उपस्थीत भएर मतदान गर्नसक्ने प्रावधान रहेको छ । कोरोनाको म हामारीका कारण यसपटक ठूलो संख्यामा अमेरिकनले हुलाकबाट मतपत्र मगाएर मतदान गरेका छन् । जसका कारण चुनावको नतिजा आउन कैयन दिन लाग्ने अनुमान गरिएको छ ।

पछिल्लो तथ्यांक अनुशार ४ करोड ९३ लाख १३ हजार ८ सय ९७ जनाले मतदान गरिसकेका छन् । जसमध्ये ३ करोड ४८ लाख ६१ हजार १ सय ६८ जनाले हुलाकबाट मतपत्र मगाएर मतदान गरेका छन् । अन्य १ करोड ४४ लाख ५२ हजार ७ सय २९ जनाले अर्लि भोटिङ गरेका छन् ।

टेक्सासमा सबैभन्दा धेरै झण्डै ५९ लाखले मतदान गरिसकेका छन् । उनीहरुमध्ये झण्डै साढे ५१ लाखले अर्लि भोटिङ र झण्डै साढे ७ लाखले हुलाकबाट मतपत्र मगाएर मतदान गरेका छन् । टेक्सासमा अक्टोबर १३ देखि नै अर्लि भोटिङ सुरु भएको छ । टेक्साससँग ३८ इलेक्टोरल कलेज भोट रहेको छ । टेक्सासमा झण्डै १ करोड १६ लाख मतदाताहरु रहेका छन् ।

 

त्यसपछि क्यालिफोर्नियामा झण्डै ५८ लाखले मतदान गरिसकेका छन् । उनीहरु सबैले हुलाकमार्फत मतपत्र मगाएर मतदान गरेका हुन् । ५५ इलेक्टोरल मत रहेको क्यालिफोर्नियामा झण्डै ३२ लाख डेमोक्र्याट्स र १२ लाख रिपब्लिकनहरुले हुलाकबाट मतपत्र मगाएर मतदान गरिसकेका छन् । कुनै पार्टीमा आवद्ध नभएका झण्डै साढे १३ लाखले पनि मतदान गरिसकेका छन् । क्यालिफोर्नियामा झण्डै डेढकरोड मतदाताहरु रहेका छन् ।

फ्लोरिडामा झण्डै साढे ४२ लाखले मतदान गरिसकेका छन् । जसमध्ये झण्डै १९ लाख डेमोक्र्याट्सहरु रहेका छन् भने झण्डै साढे १४ लाख रिपब्लिकनहरु रहेका छन् । कुनै पार्टीमा आवद्ध नभएकाहरु झण्डै ८ लाख रहेका छन् । उनीहरुमध्ये झण्डै साढे १० लाखले अर्लि भोटिङमा उपस्थीत भएर मतदान गरेका छन् भने झण्डै ३२ लाखले हुलाकबाट मतपत्र मगाएर मतदान गरिसकेका छन् । फ्लोरिडासँग २९ इलेक्टोरल भोट रहेको छ । फ्लोरिडामा ९४ लाख मतदाताहरु रहेका छन् ।

यसपटकको चुनावमा अमेरिकन मतदाताहरुको सकृय सहभागिता हुने अपेक्षा गरिएको छ । २०१६ को चुनावमा जम्मा ५५ दशमलव ५ प्रतिशतले मतदान गरेका थिए भने २०१२ को चुनावमा ५४ दशमलव ९ प्रतिशतले भोट हालेका थिए । सन् २००८ को चुनावमा ५७ दशमलव १ प्रतिशतले र सन् २००४ को चुनावमा ५५ दशमलव ७ प्रतिशतले मतदान गरेका थिए । तर यसपटकको चुनावमा शताब्दीकै सबैभन्दा धेरै प्रतिशत मतदाताहरुले मतदान गर्ने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया