काठमाडौं, ८ - अन्य समयभन्दा ध्यान दिने व्यक्तिहरु दसैंमा भने वास्ता नगरी खाने गरेको देखिन्छ । मासु खाने व्यक्तिहरुले बढी खाने र लामो समयसम्म राखेर खाने गरेको पाइन्छ । यस्तोले शरीरलाई फाइदा गर्दैन । मा सुलाई राख्दा फ्रिज भए ५ डिग्री सेल्सियस तापक्रममा राख्ने वा चिसो पानीको भाडामा राख्नुपर्छ । तर पाकेको मासु र काँचो मासु एकै ठाउँमा राख्नु हुँदैन ।
अघिल्लो दिन पकाएर राखेको मासुलाई भोलिपल्ट सामान्य (अलिअलि) तातो बनाए खानु हुँदैन । राम्रोसँग तताउनुपर्छ । जसले गर्दा मासुमा रहेका ब्या क्टेरिया मरेर जान्छन् । मासु पकाउँदा थोरै तेल राखेर पकाउने र मसाला पनि थोरै प्रयोग गर्नुपर्छ ।
यसअघिका दसैंमा हरेकपटक खाँदा एक कचौरा मा सु खानुहुन्थ्यो भने यसपटक आधा कचौरा मात्र मासु खाने गरौं । मिठाइ पनि पहिलाको भन्दा आधा मात्र खाऔं । त्यसैगरी मा सुसँगै रेसादार तरकारी तथा फलफूल (फाइबर हुने ) खानुपर्छ । रेसादार खानेकुराले हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भने शरीरलाई चाहिने सूक्ष्म तत्त्वहरु प्राप्त गर्छ । योसँगै हामीले दैनिक दुई लिटर पानी अनिवार्य पिऔं ।
कोरोना सं क्रमणबाट जोगिन र यदि सं क्रमण भइहाले चाँडो निको हुन रो ग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा खानुपर्छ ।
रोग प्रतिरोधात्मक क्षमता बढाउन प्रोटिन भएका खानेकुरा जस्तै गेडागुडी, दूध-दही, माछा, मासु र अन्डा आदि खानुपर्छ । हामीले टुसा नउमारेका भन्दा टुसा उम्रेका गेडागुडी खाए शरीरलाई फाइदा गर्छ । एकचौथाइ अन्न, एकचौथाइ गेडागुडी र दुईचौथाइ तरकारी भए मात्र सुन्तलित आहार मानिन्छ । सामान्यत: हामीले भात बढी, गेडागुडी र दाल कम खाने गर्छौं, यो राम्रो बानी होइन् । खानामा सागपात, गेडागुडी दाललाई बढी प्राथमिकता दिनु उत्तम हुन्छ ।
वृद्धवृद्धालाई पच्न सक्ने खानेकुरा दिनुपर्छ । उनीहरुलाई खसीको मासुभन्दा कुखुराको दिने गरौं । कुखुरामा सेतो मासु हुन्छ जसले अ सर गर्दैन । यदि कुखुराको मासु खाँदैनन् । खसीकै मासु खाएमा पनि छाला (रौं वा कि टाणुहरु हुने ) नखाने । बरु बोसोविनाको खाँदा राम्रो मानिन्छ ।
हरेक दिन परिवारका सबैले एउटा फल खाने बानी गरौं । बालबालिकाहरुलाई पौष्टिक खाद्य पदार्थको लिटो घिउमा पकाएर खान दिनुपर्छ । घरमै बसेका वा कोरोना संक्रमितले पनि सन्तुलित आहार खान र दिनहुँ वाफ लिँदा शरीरलाई फाइदा हुन्छ ।
कोभिड संक्रमण भएर होम आइसोलेनमा बसेकाले तातोपानी र गुर्जो वा अन्य जडीबुटीसँगै सन्तुलित भोजन गर्नुपर्छ । यस्तै दिनहुँ वाफ लिने गर्नुपर्छ । शरीर गल्दै गएमा थप भिटामिन सी, डी वानका ट्याबलेट खानुपर्ने हुन्छ, अझ हरेक दिन जिंक खानुपर्ने हुन्छ । अझ जटिल समस्या देखिए तुरुन्तै अस्पताल जानुपर्ने हुन्छ ।
अन्त्यमा, दसैं अर्को वर्ष पनि आउँछ । यो दसैंमा कोरोना सं क्रमण हुन नदिने र भए पनि कसरी हुन्छ पराजित गर्ने रो ग प्रतिरोधात्मक खानेकुरामा जोड दिऔं । घरमा पाहुना नबोलाउने र आफू पनि कतै पाहुना लाग्न नजाने गरौं । घरमा बस्दा पनि सकेसम्म भौतिक दूरी कायम गरौं । घरभित्रै दसैं मनाऔं ।
बाह्रखरीबाट साभार
नवरात्रको आठौँ दिन महागौरीको पूजाराधना गरिँदै
काठमाडौँ, ८ कात्तिक (रासस) - नवरात्रको आठौँ दिन दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरीको विधिपूर्वक पूजाराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको पूजाराधना गर्ने वैदिक सनातनी परम्परा छ ।
नवरात्रको पहिलो दिन कात्तिक १ गते दशैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएका स्थानमा नौ दुर्गामध्येकी पहिली शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो ।
दोस्रो दिन पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाराधना गरिएको थियो भने तेस्रो दिन चन्द्रघण्टाको निष्ठाका साथ पूजाराधना गरियो । चौथो दिन कुष्माण्डाको पूजाराधना गरिएको थियो भने पाँचौँ दिन स्कन्दमाताको पूजा गरियो । छैटौँ दिन कात्यायनी तथा सातौँ दिन कालरात्रि देवीको आराधना गरियो ।
बडादशैँको आठौँ दिन आज महागौरी देवीको विशेष पूजाराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएका स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवीस्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।
महागौरीको रङ पहिले केही कालो भएकाले भगवान् शिवले देवीलाई ख्यालठट्टामा ‘ए काली’ भन्ने शब्द प्रयोग गरेछन् । त्यो शब्द भगवतीलाई मन परेनछ । तिनले अत्यन्त कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेकाले उनलाई महागौरी भनिएको हो भन्ने विभिन्न पुराणमा वर्णन गरिएको छ । सेतो वृषभमाथि चढ्ने गोरो वर्णकी श्वेतवस्त्र धारण गरेकी स्वरुपमा महागौरी हुन्छिन् भन्ने ती पुराणमा लेखिएको छ । दुर्गाका यिनै नौ रुपलाई नवदुर्गा पनि भनिन्छ ।
नवरात्रमा देशभरका शक्तिपीठमा पूजाराधना एवं दर्शन गर्न भक्तजनको भीड लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले धेरै मन्दिर बन्द छन् । भौतिक दूरी अपनाएर स्वास्थ्य सुरक्षाका विधिसहित केही मन्दिर भने खुला गरिएको छ जहाँ भक्तजन पुग्ने गरेका छन् ।
कोरोनाबाट बच्न स्वास्थ्य सु रक्षाका विधि अपनाएर मात्र मठमन्दिर जान तथा खानपिन गरी दशैँ, तिहारजस्ता चाड पर्व मनाउन तीनै तहका सरकारले आह्वान गरेका छन् । दशैँको मुख्य दिन नजिकिँदै जाँदा कोरोना भाइरसबाट सङ्क्रमित हुने पनि बढिरहेका छन् ।
दशैँको आठौँ दिन आज शक्तिपीठमा पूजा आराधना गर्न भक्तजनको भीड लाग्ने गरे पनि यस वर्ष कोरोनाको त्रासका कारण मा नसिक रुपमा स्मरण गर्नुपर्ने छ । घरघरमा भने बलिसहित पूजाराधना गरी नेपालीले आजको दिनलाई विशेष रुपमा मनाउँछन् ।