शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

प्रियंका कार्कीको अर्को हट आइटमः पियार घुमाइदेउ पोखरा……(भिडिओ हेर्नुहोस )

शुक्रवार , कार्तिक ७, २०७७

काठमाडौँ, ५ कार्तिक – फिल्म ‘तिम्रो मेरो प्रेम कहानी’को गीत ‘पियार...घुमाइदेउ पोखरा’ सार्वजनिक गरिएको छ । दशैंको फूलपातिको अवसर पारेर सार्वजनिक गीतमा अभिनेत्री प्रियंका कार्की आकर्षक नृत्य सहित प्रस्तुत भएकी छन् ।

एजुकेसन एण्ड माइग्रेसन कर्नरको प्रस्तुति रहेको फिल्ममा स्वर मिना निरौलाको रहेको छ । मिनाले यस अगाडि ‘मेल बजार’ बोलको गीत समेत गाएकी थिइन् ।

गीतमा शब्द तथा संगीत रमण गायकको रहेको छ । कबिराज गहतराजको नृत्य रहेको गीत दशैंको उपहार स्वरुप प्रस्तुत गरिएको एजुकेशन एण्ड माइग्रेसन कर्नरका सुनील उप्रेतीले बताए ।

नेत्र गुरुङको निर्देशन रहेको फिल्ममा सुरज आरडीको निर्माण रहेको छ । फिल्ममा प्रियंका, सुरजको अलवा सारिका केसीको समेत मुख्य भूमिका छ ।

हेर्नुहोस :

करिश्माले खाएको बिस्कुटको बिज्ञापन झुक्याएर खिचिएको थियो ?

सदावहार अभिनेत्री करिश्मा मानन्धर फिल्म ‘हिरोज’ पछि कुनै फिल्ममा अभिनय गरेकी छैनन् । उनी फिल्ममा भन्दा पनि पढाईमा केन्द्रित भएपछि उनी फिल्ममा अभिनय गरेकी छैनन् । १४ वर्षको उमेरमै फिल्म ‘सन्तान’ बाट अभिनय थालेकी करिश्माको पढाईमा ब्रेक भएको थियो । त्यसैका कारण रोकिएको अध्ययनलाई उनले पछिल्लो समय निरन्तरता दिएकी हुन् ।

एक समय करिश्माको फिल्म क्षेत्रमा एक्लै राज थियो । जुन समय उनलाई फिल्म खेलाउनका लागि ननर्माता – निर्देशक र विज्ञापनमा खेलाउन प्रतिष्पर्धा हुन्थ्यो । उनका हरेक चिज बिज्ञापन हुने गर्थेँ । अहिले करिश्माको पुरानो एक तस्विरले हंगामा मच्चाइरहेको छ । २०५२ सालतिर फोटो सुटका बेला नेविको बिस्कुट खाएको तस्विर अहिले भाइरल भइरहेको छ । त्यो समयमा फोटोग्राफर सुब्रत धिमालले आफ्नो स्टूडियोमा करिश्माको फोटोसुट गरेका थिए । त्यो समय निकै चलेको बिस्कुट खाजाका लागि करिश्मालाई सुब्रतले नेविको बिस्कुट खानलाई दिएका थिए ।

,करिश्माले खाइरहेको बिस्कुटको पोजलाई उनले रमाइलोका लागि खिचेका थिए । जुन नेविको बिस्कुटका लागि बिज्ञापन हुन पुग्यो । अहिले पनि त्यो तस्विर सामाजिक सञ्जालमा उतिकै मात्रामा चर्चामा रहेको छ । निर्देशक सुब्रत आचार्यले सामाजिक सञ्जाल फेसबुकमा करिश्माको नेविको बिस्कुट खाइरहेको तस्विर सेयर गर्दै , करिश्मालाई प्रश्न गरेका छन् ,‘ दिदी ,यो बिस्कुट अहिले पनि पाइन्छ ?’

करिश्माले उनको प्रश्नको उत्तर दिदै ,यसको लामो कथा रहेको बताएकी छन् । उनले भनेकी छन,‘ यस्को काहानी छ । शुब्रत धिमाल दाइले फोटो सुट भैराखेको बेलामा खाजा खाने समयमा चियासँग यो बिस्कुट दिनु भयो । अनि यसो पोज गर त भनेर यो फोटो खिचियो । पछि त यो यस्तो पो आयो बिज्ञापन ! मैले पछि धिमाल दाइ को घरमै गएर दाइ यो त बिज्ञापन रहेछ , खोइ मेरो पारिश्रमिक भनेर लिएरै छोडे । ’

प्रतिक्रिया